
भाकपा (माओवादी) का छापामार सेना र सरकारी फौजबीच ठाउँठाउँमा भिडन्त, सरकारी सुरक्षा बलका ५ जनाको मृत्यु आधा दर्जन मरणासन्न

यसैक्रममा सो पार्टीले बहिष्कारको आह्वानसहित पर्चापमप्लेट वितरण गर्नुका साथै ठाउँठाउँमा ‘प्रतिक्रियावादी चुनाव वहिष्कार गरौँ’ भनेर लेखिएका ब्यानरहरू पनि टाँगेको छ । खास गरेर विशेष जोनल क्षेत्रहरू, झारखण्ड, छत्तिसगढ र दण्डकारण्ड्य क्षेत्रमा पार्टीले वहिष्कार अभियानलाई तीव्र बनाएको छ र यस प्रक्रियामा मोदी सरकारको सुरक्षा निकाय र माओवादी छापामार सेनाबीच ठाउँठाउँमा भिडन्त भइरहेको समाचारहरू प्रकाशमा आएका छन् ।
यसै क्रममा हिजो अप्रिल ४ तारिखमा छत्तिसगढ राज्यको बस्तर र कङ्कड क्षेत्रको बीचमा पर्ने महलामा माओवादी छापामार सेनाले थापेको एम्बुसमा परेर अर्धसैनिक दस्ता बोर्डर सेक्युरिटी फोर्स ११४ औँ बटालियनका असइसहित ४ जनाको मृत्यु भएको र अन्य ४ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एम्बुसमा गाडी परेपछि दुवैतिरबाट भएको गोली हानाहानमा उनीहरूको मृत्यु भएको कुरा पनि समाचारमा जनाइएको छ ।
छातिसगढ़ राज्यको बस्तर जिल्लामा ११ अप्रिलमा र कङ्कडमा १८ अप्रिलमा लोकसभाको चुनावको मिति तय गरिएको छ ।
भिडियो फिचरview all