
तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन : किरण

केहि दिन अघि मात्र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी मओवादी) को कार्यालय बैठक बसी एकताका सम्बन्धमा गरिएको निर्णयमा यसो भनिएको थियो : ''विभिन्न घटकहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गर्न र ध्रुवीकरणको प्रक्रियालाई गति दिनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ l"
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता किरण र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता विप्लवबीच भेट भएको भनिएको सन्दर्भ र सेरोफेरोमा आएको सो वक्तव्यप्रति खास गरेर विप्लव समूहका कार्यकर्ता बढी उत्साहित भैरहेको अवस्थामा कमरेड किरणबाट आएको पछिल्लो धारणाले अन्योल उत्पन्न गराएको कुरा क्रान्तिकारी माओवादीका नाम बताउन नचाहने एक जना नेताले जानकारी गराएका छन् l क्रान्तिकारी माओवादीको एउटा तप्का चुनावमा भाग लिने भए माओवादी केन्द्रसित किन एकता नगर्ने भन्ने स्थितिमा रहेको र पार्टी विभाजन भएको २ वर्षसम्म जहाँको तहीं रहेको र कार्यकर्तामा निरासा आउँन थालेकाले बैद्य समूहसित एकता किन नगर्ने भन्ने बहस विप्लव समूहमा चल्न थालेको कुरा पनि थाहा हुनआएको छ l
क्रान्तिकारीहरू एकता हुनुपर्ने, ध्रुबीकरण हुनुपर्ने भन्ने विषय राम्रो भए पनि को क्रान्तिकारी भन्ने कुरा प्रस्ट नभएको अवस्था र सबैभन्दा प्रमुख कुरा कर्यदिशामै आन्योल रहेको अवस्थामा हतारमा एकता गर्नुको अर्थ छैन भन्ने कुरामा दुई मत छैन l दुवै पार्टीले आगामी सम्मेलन तथा महाधिवेशनमा लिने नीतिले नै एकतासम्बधी ठोस वातावरण तयार पार्ने छ भन्ने कुराको आशा गर्न सकिन्छ l
भिडियो फिचरview all