ताजा समाचार
कन्तुरमा राखेको एउटा गोप्य चिठी
डा. ऋषिराज बराल
प्रिय मित्रहरू !
म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने रहेछ l तर, वर्गसङ्घर्षको बाटो बडो अनौठो हुँदो रहेछ l कल्पनै नगरेको बाटो हिँड्नुपर्दो रहेछ l आफैँ विरुद्ध, आफ्नै विरुद्ध लड्नुपर्ने हुँदो रहेछ l यसो नगरी अघि बढ्ने कुरा सम्भव नहुने रहेछ l यहाँ सम्बन्धको इतिहास, भावुकता, श्रद्धाका कुराहरू गौण बन्दा रहेछन् l खोजी हुँदो रहेछ, आँधीतुफान र चट्टानमा फसेको जहाजलाई कुशलतापूर्वक पार लगाउने विम्बहरू l मैले यस्तै केही भोगेको छु l अहिले म यो भोगाइको शृंखलातर्फ जान्न, समयक्रममा त्यो पोको फुकाऊँला l अहिले इतिहास भइसकेको एउटा सानो सन्दर्भ मात्र प्रस्तुत गर्छु l
कुरा पुरानै हो, मैले कतै थन्क्याएको थिएँ, भन्छन्, गुहु पुछेको टालो पनि काम लाग्छ भनेर l कन्तुर खोतल्दा फेला पर्यो एउटा बन्द खाम l कतिपयलाई रिस पनि उठ्ला l उठोस्, सत्यको सामना गर्न नसक्नेहरू हिजो पनि रिसाएका थिए, आज पनि र भोलि पनि रिसाउँछन्, मेरा लागि नयाँ कुरा होइन l कतिपय यस्ता कुरा हुन्छन्, जुन, पछिल्लो पुस्तालाई भन्नैपर्ने, सुनाउनुपर्ने हुन्छ l मलाई थाहा छ, क्रान्तिकारीताको नाममा खाओवादको अभ्यास गरिरहेकाहरूलाई यसले सबैभन्दा बढी पोल्छ l जति सिस्नु-पानी लगाउँदा पनि ऐया नभन्नेहरूलाई पोल्नुपर्छ l नराम्रो गरी पोल्नुपर्छ l मैले अलिकति सिस्नु-पानी लगाउँन खोजेकै हुँ l
लेखकीय प्रतिबद्धताको पक्षमा रहेका हामीले यो भोगाइ अध्ययन गर्नु आवश्यक छ l सत्यतथ्यप्रति समर्पित क्रान्तिकारी बौद्धिक-सांस्कृतिक क्षेत्रले के-कस्तो आँधीतुफानसित लड्नुपर्दो रहेछ र कस्ताकस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुँदो रहेछ भन्ने कुराको जानकारीका लागि पनि यो भोगाइको अध्ययन गर्नु आवश्यक छ l ठेट्ना त ठेट्ना भइगए, पाका र अनुभवी भनिएका नेताहरूबारे स्थितिबोध गर्न पनि तीता-मीठा कुरा अध्ययन गर्नु आवश्यक छ l नेपालको माओवादी आन्दोलनको जुन स्थिति छ, माओवादी आन्दोलनको झण्डाको रक्षा कसरी होला भन्ने जुन चिन्ता हामीमा छ, यसलाई नयाँ दिशा र गति दिने कुरामा सबैभन्दा पहिले सबैले आ-आफ्नो तहबाट आत्मसमीक्षा गर्नु आवश्यक छ l मेरो विचारमा अगुवाहरूबाट सही दिशाबोध हुन सकेन भन्ने नै हो l बुढो हुनुको अर्थ पाको हुनु होइन रहेछ, मान्छे जति बुढो हुँदै गयो, त्यति साँघुरो पो हुँदो रहेछ l
प्रचण्डले क्रान्तिप्रति गद्दारी गरे भन्ने निष्कर्षका साथ मोहन बैद्य 'किरण' को नेतृत्त्वमा हामीले २०६९ सालमा प्रचण्ड समूहका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनायौं l केही दिन चहलपहल गरे पनि फेरि भित्रभित्रै सरकारमा जाने रकमी खेलभित्र कार्यकर्ता अल्मल्याउन थालेपछि बिस्तारै दुई लाइन सङ्घर्ष सुरु भयो l २०७० सालमा पोखराको केन्द्रीय समितिको विस्तारित बैठकसम्म पुग्दा आन्तरिक अन्तर्विरोधहरू खुलेरै देखापरे l त्यस बैठकमा कडाइका साथ प्रस्तुत हुने अनिल शर्मा, ऋषिराज बरालहरू पार्टी कारबाहीको पहिलो निसाना बने l अनिल कमरेडलाई जिम्मवारीविहीन बनाएर कार्यालयमा राखियो र बराललाई The Next Front मा पार्टी नीतिविरूद्ध लेखेको भनी सार्वजनिक रूपमै चरित्र हत्या गर्नुका साथै कारबाही गरियो l हामी त पोखरा बैठकमा विप्लवले उठाएकै विचारको पक्षमा थियौं, तर कारबाही गर्नुपर्ने निर्णयमा विप्लव-प्रकाण्ड दुवैको सहीछाप थियो l मलाई लाग्यो यिनीहरूका क्रान्तिका ठूलाठूला कुरा पनि नक्कली थिए-आफ्नो भूमिका विस्तार गर्ने मेलो मात्र l मेरो ठहर अहिले पनि यस्तै छ l मैले लेखेको टिप्पणीको आपत्तिजनक भनेर ममाथि बन्चरो प्रहार गरिएको अंश यस्तो थियो :
Before the CC meeting some of the senior members, who used to project themselves close to General Secretary were pleading for the participation in the CA election. Those who were pleading for the participation in the CA election, have come out from the dark cavern. This meeting has brought them in the daylight. This decision has done a great damage also for them, who were in the position to register the party in the Election Commission. Not only this, the dirty game of party re-unification, played in the dark room, alsohas ended. The revolutionaries have got victory over such bad tendencies.
सरल र सहज किसिमले मिलाउन सकिने कुरालाई योजनाबद्ध किसिमले जटिल बनाइयो l पोखरा बैठकको निर्णयबाट आत्तिएकाहरूले ममाथि बन्चरो प्रहार गरे l कारबाही गर्ने यस्तो हुकुमी शैलीप्रति सहमत नभएकाले म कुनै पनि उत्तर दिने पक्षमा थिइन, जे गर्छन् गरून् भन्ने पक्षमा थिएँ l संबिधान सभाको चुनावमा भाग लिनुपर्छ भन्नेमा बाहिर बादल, देव गुरुङ, हितमान/पम्फाहरू देखिए पनि संबिधानसभाको चुनावमा भाग लिने र मन्त्री हुने चाहनामा गौरव पनि थिए l कमरेड किरणको भित्री चाहना पनि संबिधानसभाको चुनावमा भाग लिने भन्ने नै थियो भन्ने मेरो बुझाइ हो र सो कुरा बाहिर पनि आइसकेको छ l पोखरा बैठकअघि पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा प्रकाशित 'पिपुल्स भ्वाइस' मा सम्पादकका नाताले विप्लवको लेख अनुवाद गरी राखेको थिएँ l आफूलाई नसोधी राखेको र आफ्नो विचारभन्दा फरक भएकाले अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरव मसित सबैभन्दा बढी रिसाएका थिए l र मलाई कारबाहीको फेहरिस्त उनैले सुनाएका थिए l मसित बयान लिने जिम्मा पनि उनैले लिएका थिए l उनले विप्लवको पक्षमा उभिएको कुराको समेत टिप्पणी गरे l मलाई अन्तर्राष्ट्रिय विभागबाट हटाए l बयान दिनैपरे पनि यस किसिमको दिन्छु भनेर लेखेको, तर त्यतिबेर सुरक्षित राखेको यो प्रतिक्रियाको समग्र अंश अब बाहिर ल्याउने समय भएको छ भन्ने मलाई लागेको छ l
पार्टीले गति नलिएको र कार्यदिशा प्रस्ट नभएको कुरामा विप्लवजीहरूसित सहमत भए पनि उहाँले अघिसार्नु भएको कार्यदिशा र अन्य कुरामा म सहमत थिइन र त्यसरी रहस्यमय किसिमले पार्टीसित सम्बन्ध विच्छेद गर्ने कुरा पनि मलाई उचित लागेको थिएन l बादलहरू मात्र होइन, आफूलाई कमरेड किरणका खम्बा ठान्ने बौद्धिक-सांस्कृतिक मोर्चा कब्जा गरेर बसेका केही खाओवादीहरू, एक अर्थमा पार्टीमा कमरेड किरणले पुलपुल्याएर राखेका टपरेहरू पनि विप्लवजीहरूसित म पनि गइदिए हुन्थ्यो भन्नेमा थिए l समग्र विश्लेषण पछि विप्लव समूहभन्दा किरणकै नेतृत्त्व ठीक र नेकपा-मओवादी नै सही ठानी विप्लवसित भन्दा किरणसित वैचारिक सङ्घर्ष गर्नु सही र ओजपूर्ण हुन्छ भन्ने निष्कर्ष निकालेर नेकपा -माओवादीमै बस्ने ठहर गरें l संबिधान सभाको चुनावपछि कसरी जाने भनेर पोखरा बैठकले गरेको निर्णय लागू गरेको भए पार्टी फुटने थिएन र माओवादी आन्दोलनको यस्तो भद्रगोल स्थिति पनि हुने थिएन भन्ने चाहिं मलाई अहिले पनि लागिरहेको छ l किरण-बादल जसरी-तसरी समय टार्ने र विप्लवको हतारो मानसिकता र छिटै ठूलो नेता बन्ने महत्त्वाकांक्षा नै विभाजन र भद्रगोलको कारकतत्व बन्यो l
विप्लवजीहरू फुटेर गएपछि फरक मत राख्ने म एक्लै थिएँ र ममाथि प्रहार र नियन्त्रण बढी हुनथाल्यो । बुझिने गरी नै हुनथाल्यो, बादलका मान्छेहरू भित्रभित्रै सक्रिय थिए, आफूलाई किरणका खाँटी मान्छे भन्नेहरू चाहिं पत्रपत्रिकामा मेरो विरुद्ध लेख्नमा रमाउँन थाले l आन्दोलनको इतिहासमा गजबको अनुभूति गरें। ''ऋषिराज बराल 'क्रान्तिका लागि चाहिने मान्छे हो', तर उसलाई उसको योग्यता–क्षमता अनुसार जिम्मेदारी दिनु हुँदैन, कारिन्दा बनाइरहनु पर्छ, नियन्त्रणमा राखिरहनु पर्छ ।" मैले बोध गरेको पार्टीसंस्कृति यही नै हो, 'नेताहरू' बाट प्राप्त व्यवाहारभाव पनि यही नै हो । टुप्पीमा समातेर माथि पुर्याइएको एउटा स्वाँठले त '' ऋषिराज बराल जनयुद्ध विरोधी लेखक हो" भनेर पनि लेख्यो । नेकपा-माओवादी सम्बद्ध प्रकाशनहरूमै लेख्यो l ''यस कुरालाई प्रमाणित गर्नुपर्यो" भनेर मैले किरण कमरेडलाई धेरैपल्ट भनें, वहाँ कपाल बटारेर आधा घन्टासम्म घोरिइरहनु भयो, केही बोल्नु भएन। बरू एउटा कार्यक्रममा मार्क्सवादी लेखक खेम थपलिया र अशोक सुबेदीहरूले प्रश्न उठाएको कुरा सुनें l त्यहाँ पनि किरण कमरेडबाट केही उत्तर आएन भन्ने सुनियो l कति जब्बर प्रभाव क्षेत्रीयतावाद र प्रभाववादको l म यसलाई कोटरीवाद भन्ने गर्छु । कमरेड किरण कोटरीमा बढी रमाउन मन गर्नुहुन्छ र वहाँलाई यही कोटरीले सिध्याउँछ l
जतिसुकै सिद्धान्त र विचारको कुरा गरे पनि गौरवको चिन्तन बादलहरूकै चिन्तन हो l प्रचण्डको पार्टीसित एकतामा जाने, ठूलो पार्टीको नेता हुने, चुनावमा भाग लिने र मन्त्री हुने चाहना वहाँको पनि हो l 'रातो पाटी' अनलाइनसितको कुराकानीमा वहाँको यो चाहना बाहिर आइसकेको छ l वहाँको मूल अन्तर्विरोध प्रचण्डसित हो र किरणबिनाको पेरिसडाँडाको आफ्नो एक्लो उपस्थितिको अर्थ छैन भन्ने वहाँलाई थाहा छ l वैचारिक भाषा र जोड र कोण मिलाएर पेरिसडाँडातिर उक्लने सोचाइ किरण कमरेडको पनि थियो l तारतम्य मिलाएर किरण-बादलहरू पेरिसडाँडातिर नगई नछोड्ने, बरू पार्टी फुटाएर भए पनि नयाँ पार्टी बनाउने, तर पेरिसडाँडा नजाने भन्ने विप्लवजीको निष्कर्षले पार्टीलाई अहिलेको स्थितिमा ल्यायो l सत्य कुरा यही नै हो l दुवै पार्टीहरू महाधिवेशन र सम्मेलनको तयारीमा छन्, दुबैले इतिहासको सही मूल्यांकन र निर्मम आत्मसमीक्ष्या गर्नु आवश्यक छ l होइन भने 'क्रान्तिकारी रूपवाद' र सारसङ्ग्रहवादले पुर्याउने ठाउँ भनेको विसर्जन नै हो l
यो चिठी आफैंमा एउटा ऐतिहासिक साक्ष्य हो र अहिले आएर यसको महत्त्व झन् बढेको छ भन्ने मेरो ठहर छ । हाम्रा नेताहरूलाई बरालले यस्तो लेखेछ भनेर दारा नकिटी गम्भीरताका साथ यो चिठी कार्यकर्ताहरूले पढ्नु आवश्यक छ l यसलाई मैले 'ड्रपबक्स अर्थात् कन्तुरमा राखेको एउटा गोप्य चिठी' को संज्ञा दिएको छु l यस्तो छ यसको ब्यहोरा :
=================================================================================================================================================================================
श्रद्धेय अध्यक्ष कमरेड तथा पिबिएम कमरेडहरू !
हृदयदेखिकै अभिवादन
युद्धका भीषण मोर्चाहरू लडेर पनि ''अयोग्य लडाकु" को ट्याग भिर्न बाध्य जनयुद्धको एउटा वीर योद्धाका झैँ पार्टी जीवनको करिब २५ बर्से इतिहासमा वैकल्पिक केन्द्रीय सदस्यको ट्याग भिर्न ''योग्य" मैले अहिले तपाईंहरूबाट एउटा गजबको पुरस्कार पाएको छु, यसका लागि सर्वप्रथम म तपाईं कमरेडहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । सानातिना पुरस्कार त युद्धकालमा पनि पाएको थिएँ, तर यो पुरस्कार ऐतिहासिक नै छ । देशी-विदेशी प्रतिक्रियावादीहरू र सबैखाले अवसरवादका विरुद्ध हिजोका दिनदेखि लडेको लडाइं अझ यताका दिनमा The Next Front मार्फत नेपाली जनताको मुक्तिका लागि क्रान्तिकारीहरूले गरेको सङ्घर्षलाई विश्वव्यापी गरेवापत, मेरो योगदानको उचित मूल्यांकन गर्दै श्रद्धेय पिबिएम कमरेडहरूले मलाई जुन सुन्दर पुरस्कार दिनु भएको छ, यसको जति बखान गरे पनि कम हुन्छ । यसका लागि म तपाईंहरूप्रति हृदयदेखि नै नतमस्तक छु । यस 'पावन' घडीमा म तपाईंहरूको उत्तरोत्तर प्रगति तथा समृद्धिको कामना पनि गर्दछु ।
अहिले भित्रबाहिर चर्चा छ : The Next Front को . र, चर्चा छ लेख्दै गरेको यो पात्रको पनि । असहिष्णुताको पोतो बोकेर अहिले उज्यालोमाथि कालो पोत्न खोजिएको छ । खुलेर भन्नुपर्दा केही व्यक्तिहरूले मेरा/हाम्रा विरुद्ध मोर्चा खोलेका छन्, तिनले मेराविरुद्ध अहिले बन्चरो नै उझ्याएका छन्। गजबको फैसला सुनाइएको छ ममाथि : ''दि नेक्स्ट फ्रन्टमा पार्टीको नीति र नेतृत्वमाथि अनर्गल प्रचार गरेको हुनाले ऋषिराज बराललाई दण्डको कसुरदार ठहर्याइएको छ ।"
दुख लाग्ने तर, एउटा रमाइलो कुरा । यस्तो निर्णयमा हस्ताक्षर गर्नेमा विप्लव र प्रकाण्डहरू पनि हुनुहुन्थ्यो । पिबिएम एकजना कमरेडलाई कसरी यस्तो निर्णय गर्नुभयो ? वेबसाइट हेरेर र पढेर गरेको हो निर्णय ? भनेर सोधेँ । जवाफ यस्तो पाएँ : ''त्यो रचनाको त के कुरा त्यस्तो वेबसाइट छ भन्ने पनि आफूलाई थाहा छैन र आजसम्म हेरेको छैन, के लेखिएको छ, त्यो पनि थाहा छैन, यस्तो छ रे भन्ने मात्र सुनेको हुँ।" यो 'ठूलै' नेताको कथन हो । गजब अनुभूति हुन्छ । कसरी हुन्छ पिबिका नाममा यस्ता निर्णयहरू ! यही नै हो त हामीले भन्ने गरेको मार्क्सवादी- लेनिनवादी संगठनात्मक पद्धति ? पटक्कै होइन । यहाँ मार्क्सवादलाई टाउको तल र खुट्टा माथि पारेर प्रयोग गरिएको छ ।
पोखरा बैठकमै खानपिन नमिलेर युरिक एसिडले सताउँन थालेको थियो l काठमाडौँ आएपछ बढी च्याप्यो l तीन महिना थला परें l ओछ्यानमै आइपुग्नुभयो कमरेड गौरव कारबाहीको फेहरिस्त सुनाउन र बयान लिन l दिन मन लागे दिन्छु, नत्र जेसुकै गर्नुस् भनें l अनिलजीले जोड गरेपछि विप्लव कमरेड पनि भेट्न आउनुभयो l मैले Next Front मा लेखेको यही हो, सबै बाहिर आएका कुरा लेखेको हुँ, पिबीले कसरी र किन कारवाही गर्यो भनें। उहाँलाई पढेर पनि सुनाएँ l ''यो त सही कुरा हो" भन्नुभयो l तर मलाई कारबाही गर्ने माइन्युटमा त उहाँको पनि सही थियो l म घोरिएँ मात्र l
निकै उत्साहित थिएँ म पोखरा बैठकपछि । बैठकको स्पिरिटलाई जस्ताको तस्तै लेखें-त्यतिसम्म लेख्नु उचित हुन्छ भनेर, सबै कुरा रहस्यमय किसिमले पत्रिकामा आइसकेकै थिए, उनीहरूले नै ल्याइसकेका थिए । पोखरामै खासखुस सुनिएको थियो : ''शिव नामको पात्र काठमाडौँबात पोखरा बैठकमा आयो, अमुकमुकलाई भेट्यो l दस्ताबेज लगेर पेरिसडाँडा हेडक्वार्टरमा बुझायो l त्यसपछि पोखरा बैठकको दस्ताबेज भारतीय राजदूतावास पनि पुग्यो र 'कान्तिपुर' मा पनि l जनयुद्धमा जाँदैछन्, भूमिगत हुँदैछन् भन्ने हल्ला थियो l राजदूतहरूलाई त हुने नै भयो, सबैभन्दा बढी छटपटी प्रचण्डलाई थियो l दोस्रो संविधानसभाको चुनावमा भाग लिनुपर्छ, प्रचण्डसित एकता गर्नुपर्छ भन्नेहरूबाट योजनाबद्ध किसिमले दस्ताबेजहरू बाहिरिएको प्रष्ट थियो l
अलिअलि अंग्रेजीमा ज्ञान भएकाले त्यसलाई अंग्रेजीमा लेखेर अन्तर्राष्ट्रियकरण गरेँ The Next Front मार्फत । पार्टीकै माध्यमहरू पार्टीकै विरुद्ध लागेको देखिएकाले त्यसको पनि 'चौतारी' स्तम्भमार्फत एकाध टिप्पणी गरेको थिएँ । वास्तवमा यो निहुँ मात्र थियो । भयग्रस्त मानसिकताको द्योतक हो ममाथिको प्रहार, यो पोखरा बैठकको प्रतिशोध थियो । यो पराजित र कुण्ठाग्रस्त मानसिकताको योगको परिचायक थियो । पार्टीभित्र कसरी सुदृढ एकता कायम गर्ने भन्दा पनि कसरी प्रतिशोध लिने भन्ने भावना प्रबल बनेपछि चौतर्फी भद्रगोल उत्पन्न हुनु स्वाभाविक हुन्छ र भयो ।
वैचारिक सङ्घर्ष, बहस र छलफलका ढोका बन्द गरेर र यसप्रति डन्डा बर्साएर धेरै दिनसम्म सत्यबाट मान्छेलाई विमुख गराउन सकिंदैन । हुकुमी शासन र सामन्तवादका विरुद्ध हामी हिजोदेखि नै लड्दै आएका हौँ । कम्युनिस्ट आन्दोलन नयाँ सामन्तहरू जन्माउने कारखाना होइन र हुन सक्तैन । आन्दोलनको इतिहासमा गजबको अनुभूति गरें। ऋषिराज बराल सङ्घर्षको आफ्नै इतिहास निर्माण गरेर यहाँसम्म आइपुगेको हो । ऊ आफ्नै क्षमता र आत्मसङ्घर्षले उभिएको मान्छे हो, कसैले टीका लगाएर र टुप्पी समातेर भर्याङ चढाएको मान्छे होइन । क्रान्तिका लागि लड्ने/मर्ने हो, कसैको दयाको पात्र बन्ने अथवा गुलामी गर्ने संस्कृति बरालसित कहिल्यै रहेन र हुने पनि छैन । यही मूल्यलाई समातेर ऊ निरन्तर सङ्घर्षरत छ । दासत्व संस्कृतिमा रमाउनेहरू आफू पनि त्यही गर्छन् र अरूबाट पनि त्यसैको आशा गर्छन् । गलत कुरालाई सही भनेर, आत्मस्वाभिमानलाई बन्धक राखेर शिर निहुराएर हिंड्नु भनेको एकहिसाबले मर्नु हो । मरेको छाती लिएर हिंड्नुको के अर्थ ! अनुशासनको डन्डा लगाएर कसैमाथि धावा बोल्न सकिएला, तर उसको विचारलाई धस्त पार्न सकिने छैन । मान्छेलाई बोल्न पनि नदिई गरिएका हुकुमी फैसलाहरू मान्य हुनसक्तैनन् र मान्य छैन पनि । प्रोत्साहनका दुई शब्द व्यक्त गर्न नसक्नेहरूलाई अरूलाई प्रताडित गर्ने अधिकार पनि छैन । पार्टीले ऊर्जा दिने हो, पीडा होइन । नेतृत्त्वले उत्प्रेरणा दिने हो, प्रतिशोध लिने होइन ।
पोखरा बैठकको निर्णयले थुप्रैलाई आतंकित तुल्याएको छ । कायरहरूको मुटुले ढ्यांग्रो ठोकेको छ । तिनीहरू जनयुद्ध पदावलीदेखि पनि आतंकित हुनथालेका छन् । अहिलेको लडाइँ यही पोखरा बैठकको सेरोफेरोमा केन्द्रित छ । पोखरा बैठकको स्पिरिटभन्दा बाहिर गएर आफूले कतै लेखेको र बोलेको छैन र त्यो प्रतिबद्धताबाट आफू विचलित हुनेवाला पनि छैन । वास्तवमा ती कार्यकर्ता र नेताहरू जो पोखरा बैठकको निर्णयमा दृढताका साथ उभिएका छन्, तिनलाई तर्साउनु र आतंकित पार्नु अहिले एक थरीको धन्धा नै भएको छ । पोखरा बैठकपछि कतिपयहरू अमुकअमुक 'उग्रपन्थीहरू' लाई ठीक पार्नुपर्छ भनेर नामसूची नै लिएर हिंडेका छन् भन्ने कुरा पनि चर्चाको विषय बनेको छ । हामी सबैलाई थाहा भएको कुरा हो–क्रान्ति र मुक्तिको कुरा गर्नेहरू संसोधनवादीहरूका दृष्टिमा सदैव उग्रपन्थी ठहरिन्छन् ।
जनयुद्ध पदावलीको उच्चारण गर्नु पनि अपराध हुनथालेको छ आजभोलि । कसैलाई चाँहि छाडा साँढे जसरी छोड्ने र कसैलाई चाहिं छिसिक्क पनि बोल्न नदिने तानासाही प्रवृत्ति यतिबेर हामीकहाँ हाबी हुनथालेको छ । पार्टिका माध्यमहरू एकपछि अर्को गरी बन्द गरेर र भएकाहरू पनि लथालिङ्ग पारेर हाइसन्चोमा सुतेकाहरू क्रान्तिकारी कार्यदिशाको पक्षमा उभिएका माध्यमहरूलाई एकएक बहाना बनाएर बन्द गर्न चाहन्छन् भन्ने कुरा प्रस्ट छ । अहिले 'दि नेक्स्ट फ्रन्ट' र बराल(हरू) माथिको प्रहार यसैको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । 'दि नेक्स्ट फ्रन्ट' माथि मात्र होइन, अरू माध्यमहरूलाई पनि आतंकित पार्ने दुष्प्रयास आरम्भ भइसकेको कुरा यताका घटना-सन्दर्भहरूले देखाएका छन् । हामीसित भएका माध्यमहरूलाई व्यवस्थित गरेर योजनाबद्धताका साथ कसरी विरोधीहरू विरुद्ध जुध्ने र पार्टीको नीति, योजना र कार्यक्रमहरूलाई सहयोग पुर्याउनेमा भन्दा पनि कोटरीवादमा खेल्ने र रमाउने आदत बसिसकेपछि असहिष्णुता र निषेधात्मकताबाहेक दिलदिमागमा अरू केही आउँदैन । अहिले भएको यही हो ।
केही व्यक्तिहरू हीनत्वभाव र कुण्ठाले आक्रान्त हुन्छन्, ती बुद्धिजीवी-फोबियाग्रस्त हुन्छन् । ती बौद्धिक बहस-छलफल र अध्यन-चिन्तनबाट संत्रस्त्र हुन्छन् र आफ्ना कमजोरी र सीमाहरू-अनुभववाद, व्यवहारवाद र अकर्मण्यतालाई ढाकछोप गर्न हैसियतको डण्डा प्रयोग गरेर थर्काउने र तर्साउने गर्छन् । नेता हुनुको अहम् त हुन्छ उनीहरूमा, विगतको एउटा बिम्ब पनि हुन्छ, तर भित्र खोक्रो भइसकेको हुन्छ र ती हरहमेसा आतंकित मानसिकतामा हुन्छन् । यो एउटा सार्वभौम वैचारिक प्रश्न हो र यसबाट हाम्रो आन्दोलन असंपृक्त छैन ।
विचार र विवेकको तहबाट भन्दा आक्रोश, कुण्ठा र बदलाभावको तहबाट आएका एकलौटी फरमानहरूप्रति प्रश्न उठ्नु स्वाभाविक छ । कम्युनिस्ट आन्दोलन कसैको मौजा होइन र नेतृत्त्व पनि कसैको बपौती होइन । समयले सबैको सफलता र असफलताको हिसाबकिताब राख्दैआएको छ र भोलि पनि राख्नेछ । कोटरीको घेराबन्दीमा रमाउन थालेपछि इतिहास मात्र बाँकी रहन्छ भन्ने कुराको हेक्का राख्नु आवश्यक छ—श्रद्धेय नेतागणले । इतिहासले मात्र पुग्दो रहेनछ । चुनौती त वर्तमानसित छ । प्राविधिक निर्णय स्वीकार्नु एउटा कुरा हो र श्रद्धा र आदरभाव अर्को कुरा हो । पार्टीमा रहेका सबै किसिमका क्षमताहरूलाई वैज्ञानिक किसिमले व्यवस्थित गरी कसरी क्रान्तिमा लगाउने भन्ने चिन्ता र चिन्तनले भन्दा आफ्नो स्थान गुम्ने हो कि भन्ने भयले आक्रान्त भएपछि मान्छेलाई आफ्नै छायाँले पनि आतंकित तुल्याउदो रहेछ । कुण्ठा, हीनत्वभाव र प्रतिशोधी मानसिकता र हुकुमी चिन्तनले ग्रस्त मान्छेहरूले कसरी क्रान्तिको नेतृत्त्व गर्न सक्छन् ! मनोविज्ञान खल्बलिएपछि र विश्वासका आधारहरू भत्किएपछि गाह्रो हुने रहेछ श्रद्धाको आयाम विस्तार हुन ।
पार्टीको सातौँ महाधिवेशपछि मैले एउटा लेख लेखेको थिएँ: ''महाधिवेशन : उत्साहहीन निष्कर्ष" । यो पनि त्यतिबेर निकै चर्चाको विषय बनेको थियो । यसलाई लिएर पार्टीभित्र केहीले प्रश्न उठाएका थिए भन्ने पनि सुनेको थिएँ । मैले प्रस्टताका साथ भनेको थिएँ :
''दीर्घकालीन जनयुद्ध र युवाहरूको सन्दर्भ आउनेबित्तिकै आतङ्कित हुने प्रवृत्तिले आगामी दिनमा कसरी आन्दोलनको अगुवाइ गर्न सक्ला भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ ।...प्रस्टताका साथ भन्नुपर्दा महाधिवेशन एउटा औपचारिकता पूरा गरेर समाप्त भएको छ । यस महाधिवेशनले कार्यकर्तामा जुन किसिमको ऊर्जा र उत्साह प्रदान गर्नुपर्थ्यो, त्यो हुनसकेन l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन । जनवादी केन्द्रीयताको अर्थ अलिअलि त हामीलाई पनि थाहा छ । यसैका नाममा धैरैपल्ट हामी प्रचण्डसित लडेका हौँ । पार्टीलाई क्रान्तिकारी निरन्तरता दिने हो भने थुप्रै कुरामा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउनु आवश्यक छ । अन्डाको ठाउँमा माटाको डल्ला राखेर जति ओथारो बसे पनि चल्ला निस्कने स्थिति हुँदैन ।"
मैले प्रस्टताका साथ के पनि भनेको थिएँ भनें :
''नयाँ पार्टी अब ''‘दीर्घकालीन जनयुद्ध’ र ‘जनयुद्धको जगमा जनविद्रोह" मा विभाजित भएको छ र यसलाई उमेरगत राजनीतिको परिणाम मात्र ठान्नु वा न्यूनीकरण गर्नु भूल मात्र हुनजान्छ । अहिलेको अवस्थामा नेतृत्वको उपल्लो पङ्क्तिको विकल्प छैन । तर सम्मान र विश्वास फरकफरक कुरा हुन् । विश्वासको अर्थ शङ्का पनि हो । नयाँ ढङ्गको पार्टी पुरानै ढङ्गले चल्न गारो छ भन्ने कुरालाई हाम्रा श्रद्धेय कमरेडहरूले गम्भीरतापूर्वक लिनु चाहिँ आवश्यक छ ।"
यहाँसम्म आइपुग्दा मैले उठाएका प्रश्नहरू सही थिए भन्ने कुरा समयले पुष्टि गरिसकेको छ । पोखरा बैठकपछि उपल्लो तहका नेताहरूले आफैंले आफ्नो सम्मानका आधारहरू घटाउंदैगएका छन् l हामी अलग हुनुको सार्थकतालाई पुष्टि गर्ने हो भने अब नयाँ किसिमले सोच्नु जरूरी छ । हामीले नयाँ पार्टीको स्वरूप त दियौँ, तर 'प्रचण्ड मनासिकता' बाट भने मुक्त हुनसकेनौं । कार्यकर्ताको योग्यता, क्षमता र क्रियाशीलताका आधारमा जिम्मेवारी दिनेभन्दा गुटवाद हाबी भयो l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन, तदर्थवादी चिन्तनबाट पार्टी अघि बढ्न सकेन । नेताहरू हरहमेसा आफ्नो कुर्सी गुम्ने हो कि भन्ने भयले आतंकित भएको स्थिति छ ।
जुन किसिमको परिदृश्य बैठकमा देखियो, त्यसबाट तपाईं बडे कमरेडहरू बैठकका निर्णयहरू लागु गर्न इमान्दार हुनुहोला भन्ने कुरामा मलाई त्यतिसारो विश्वास छैन । तर म दृढ छु । अहिले आफूलाई प्रदान गरिएको 'नयाँ' र 'ऐतिहासिक पुरस्कार' लाई शिक्षा, अनुभव र चुनौतीका रूपमा लिएर पोखरा बैठकका निर्णयको कार्यान्वयनको पक्षमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछु । साथै पार्टीलाई क्रान्तिकारी दिशामा एकताबद्धताका साथ अघि बढाउन बाधक तत्त्व कोटरीवाद र अकर्मण्यतावाद भएकाले यसका विरुद्ध अलिकति पनि विचलित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाइरहने दृढता पनि व्यक्त गर्दछु ।
साउन १०, २०७० ऋषिराज बराल
वैकल्पिक केन्द्रीय सदस्य
नेकपा-माओवादी

भिडियो फिचरview all