menu

ताजा समाचार

भारत तथा नेपालका लेखक-पत्रकार तथा अधिकारकर्मीहरूद्वारा बरबर रावलगायतका बुद्धिजीवीहरूको यथा शीघ्र रिहाइको माग: ३०० भन्दा बढी बुद्धिजीवीहरूको हस्ताक्षर

मोदी फसिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ का दिन हिरासतमा लिएको छ ।

घटनाको पृष्ठभूमिः

भारतमा दलित समुदायले सन् १८१८को  ऐतिहासिक घटनासित जोडेर हरेक वर्ष महाराष्ट्रको भीमा कोरेगाउँ भन्ने ठाउँमा विशेष कार्यक्रम गर्ने गरेका छन् । यसपल्ट पनि एल्गर परिषदले सो कार्यक्रमको आयोजना गर्यो । तर हिन्दूवादी सङ्गठनले सो कार्यक्रम हुन नदिने र भएमा  भाँड्ने भनेपछि घटनाले हिंसात्मक रूप लियो । दलित युवाहरूको  हत्या भयो र  अल्पसङ्ख्यकका घर र पसलहरू लुटिए । घटनाले निकै उग्र रूप लियो । सरकारले यसलाई माओवादीहरूको घुसपैठको आरोप पनि लगायो ।

यसै क्रममा यही जुनमा पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी ५ जना सामाजिक कार्यकर्ताहरूलाई सो घटनासित सम्बद्ध अभियोग लगाएर सरकारले पक्राउ गर्यो  । यसमा पत्रकार तथा मानवअधिकारकर्मी रोना विल्सन पनि छन् । उनी आदिवासी क्षेत्रसित सम्बद्ध अध्येता पनि हुन् । सरकारले पक्राउका क्रममा महत्वपूर्ण कागजात हात पारेको र पक्राउ परेका एकजनाको ल्यापटपमा राजीव गान्धी शैलीमा मोदीको हत्या गर्न माओवादीले लेखेको चिठी फेला परेको भनेर समाचार बाहिर ल्यायो । र ५ जनालाई माओवादी सम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्यो र त्यसैअनुसारको अभियोग लगायो । 

सो कलाहीन नाटकको परिपञ्चको बौद्धिक तथा मानवअधिकारवादी क्षेत्र साथै राजनीतिक वृत्तबाटसमेत व्यापक आलोचना र निन्दा भयो ।  जनताका सामु आफ्नो खस्कदो स्थितिमाथि पर्दा हाल्न, जनतालाई आतङ्कमा राखेर सरकारका गलत क्रियाकलापबारे बोल्न नदिन  र बोलेमा दमन गर्न गरिएको आयोजना भनेर यसको चोतर्फी निन्दा भयो । मोदी सरकारले  विदेशी बहुराष्ट्रिय कम्पनीको स्वार्थमा यसो गरिरहेको छ र  यसको सम्बन्ध  आगामी चुनावसित पनि गाँसिएको छ भनेर पत्रपत्रिकाले समाचार बनाए । अरू त अरू काङ्ग्रस आइले समेत मोदीको नाटकले लोकतन्त्रकै उपहास गर्यो भनेर धारणा व्यक्त गर्यो ।
 
अहिलेको धरपकड

पछिल्ला दिनमा मोदी फासिवादले सहर र गाउँ दुवै क्षेत्रमा राज्यआतङ्क तीव्र बनाएको छ  । अप्रेसन ग्रिनहन्टको दोस्रो चरण भन्दै उसले ''माओवादी सखाप अभियान" चलायो र माओवादीलाई गाउँमा पालनपोषण गर्ने आदिवासी गाउँलेहरू हुन् भन्दै गाउँलेमाथि दमन गरेर सेल्टरविहिन बनाउने नाममा ग्रामीण क्षेत्रमा दमन  तीव्र बनायो  । गाडचिरोली र  पत्थरगढीमा भएका पछिल्लो नरसंहार यसैको उदाहरण थियो । त्यहाँ भएका दमन र नरसंहारमाथि सहरी पत्रकार र बुद्धिजीवीहरू केही नबोलून भनेर मोदी सरकारले अहिले सहरमा नयाँ शृङ्खला आरम्भ गरेको छ  । यही अगस्त २८ का दिन भारतव्यापी भएको छापामारी तथा धरपकडको काम यसैको पछिल्लो शृङ्खला थियो । पहिले “मोदीको हत्याको जिम्मा सहरी नक्सलवादीलाई दिएको र अमुमअमुक बुद्धिजीवीले यसको  जिम्मा लिएको" भनिएको थियो भने अहिले मोदी, अमित साह र  राजनाथको समेत नाम जोडेर माओवादीले तीन जनाको हत्याको योजना बनाएको र यसमा अमुकअमुकलाई जिम्मा दिएको भन्ने अर्को नाटक गरेको छ । जो बुद्धिजीवीले मोदीको शासनसत्ता र राज्यआतङ्कको आलोचना गरेका छन्, सरकारले ती सबैलाई “सहरी नक्सल” र  मोदीको हत्याको योजनाकार बनाएर जेल पठाउन खोजेको छ । पहिले नै प्राध्यापक साइबाबा तथा सांस्कृतिककर्मी हेम मिश्रा लगायत४ जना  आजीवन कारावासमा छन् ।
 
 हिरासतमा लिइएका अभियानकर्मीहरूमा  मानव अधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, मार्क्सवादी  विचारक तथा कवि वरवर राव, वकिल अरुण फरेरा र पत्रकार गौतम नवलखा रहेका  छन् ।

उनीहरूको गिरफ्तारीको देशभित्र मात्र नभएर विदेशमा पनि विरोध भएको छ । भारतीय कम्युनिस्ट पार्टी  (मार्क्सवादी) देखि लिएर काङ्ग्रेस आइलेसमेत मोदी आतङ्कप्रति टिप्पणी गरेका  छन् । इतिहासकार प्राध्यापक रामचन्द्र गुहा र लेखक तथा आदिवासी अध्येता अरून्धती रायले वक्तव्य निकालेर गिरफ्तारीको सन्दर्भलाई इमर्जेन्सी लागु गरेको स्थिति भनेर भ्रत्र्सना गरेका छन् र रिहाइको माग गरेका छन् ।

मानवअधिकारवादी थुप्रै सङ्गठनहरू, सार गिलानीको नेतृत्वमा रहेका राजबन्दी रिहाइसम्बन्धी कमिटी,ह्युमन राइट फोरम तथा मजदुर संगठनले वक्तव्य प्रकाशित गरेर रिहाइको माग गरेका छन् । त्यसै गरी भारत तथा नेपालका बुद्धिजीवहरूले हस्ताक्षर अभियान चलाएर पक्राउको विरोधका साथै रिहाइका लागि अभियान चलाएका छन् । यसक्रममा कवि मंगलेस डबरालसहित ३०० जनाले हस्ताक्षर गरिसकेका छन् । प्रसिद्ध इतिहासकार रोमिला थापर लगायतका बुद्धिजीवीहरूले गिरफ्तार बुद्धिजीवीको पक्षमा सर्बोच्चमा रिट दायर गरेका छन् ।

नेपालका लेखकपत्रकारद्वारा पक्राउको विरोध

भारतका बहुचर्चित बुद्धिजीवी लेखक पत्रकार वरवर राव, गौतम नवलखा, सुधा भारद्वाज, अरूण फरेरा, वरनान गोन्जाल्विजको धरपकडको विरोध तथा उनीहरूको रिहाइलाई लिएर नेपालका लेखक, पत्रकार तथा वामपन्थी बुद्धिजीवीहरूले पनि विभिन्न माध्यममार्फत आफ्ना भनाइ सार्वजनिक गरेका छन् । यसरी व्यक्त गर्नेमा आख्यानकार तथा समालोचक डा. ऋषिराज बराल, कवि तथा मार्क्सवादी चिन्तक रोषन जनकपुरी, समालोचक तथा नाटककार, खेम थपलिया, कवि मोदनाथ मरहट्टा, कवि बलराम तिमल्सिना, कवि दिलिप श्रेष्ठ, कथाकार नविन विभाष ,  कवि विष्णु भण्डारी , कवि खोमातरामु मगर, बुद्धिजीवी  दीर्घ पाण्डे, प्राध्यापक परसुराम कोइराला, राजनीतिक कर्मी बिनोद दाहाल, लेखक देवेन्द्र तिम्ला,  वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर, वरिष्ठ पत्रकार केदार गौतम , लेखक तथा पत्रकार यादव देवकोटा ,  पत्रकार किरण कर्ण र पत्रकार जन्मदेव जैसी ,साहित्यकार खम्बु चन्द र झपेन्द्र बैद्य र कथाकार रोहित दहाल रहेका छन्

भिडियो फिचरview all