
नेकपा-विप्लवप्रति ओली सरकार थप कठोर : प्रकाण्ड अदालतबाटै पक्राउ , विप्लब लगायतका नेताहरूलाई पक्राउ पुर्जी

पक्राउ गर्ने थाहा पाएपछि अदालत परिसरबाट बाहिर ननिस्किएर रजिष्ट्रार कार्यालयमै बसेका प्रकाण्डलाई मानवअधिकार आयोगले गाडीमा आफ्नो कार्यालय लान खोजेपछि प्रहरीले आपत्ति जनायो र आयोग र वार यसोसिएसनका पदाधिकारीहरूले पक्राउ नगर्न प्रहरीसामु कुरा राखे पनि प्रहरीले उनीहरूकै बीचबाट अपराधीका झैँ व्यवहार गरी प्रकाण्डलाई खोसेर लगेको कुरा सामाजिक सञ्जालहरूलागायत बिभिन्न माध्यमहरूले जनाएका छन् । उनलाई काभ्रे लागिएको कुरा पनि थाहा हुनआएको छ ।
प्रकाण्डसँगै पक्राउ परेका उनका सहयोगी हरिचन्द्र आचार्य र गाडीचालक मानबहादुर श्रेष्ठ भने रिहा भएका छन् ।
७ जना केन्द्रीय नेता हिरासतमा
यताका दिनमा विभिन्न आरोप र बहानामा ओली सरकारले नेकपा-बिप्लवका ७ जना केन्द्रीय नेता प्रकाण्ड, गम्भीर, जीवन्त, बाबुराम पुन, किरण, दिपेश र आजादलाईलाई पक्राउ गरी विभिन्न जिल्लामा हिरासतमा राखेको कुरा सो पार्टीको प्रकाशनले उल्लेख गरेको छ। यसरी हिरासतमा राखिएका बाबुराम पुनबाहेक सबै दसबर्से जनयुद्धमा भूगोल तथा विभागमा महत्त्वपूर्ण जिम्मेवारी लिएका नेताहरू छन् ।
बिप्लव लगायतका नेताहरूलाई पक्राउ पुर्जी
प्रकाण्ड सँगै पक्राउ परेका सहयोगी हरिचन्द्र आचार्यलाले ''आफूलाई हिरासतमा निर्मम किसिमले कुटपिट गर्दै स्थायी सदस्य सुदर्शन र विषम कहाँ छन् भनेर सोधेको " भन्ने भनाइका आधारमा प्रहरी प्रशासन यी दुई नेताको खोजीमा छ भन्ने कुरा थाहा हुन्छा भने प्रकाण्डको गिरफ्तारीलाई लिएर गरिएको नेपाल बन्द र कालिकोटमा भएको बम बिष्फोटको घटनासित जोडीमहासचिब नेत्रबिक्रम चन्द 'बिप्लव' लगायत कालिकोटका केन्द्रीय नेता रनवीर, एटम आदिका नाममा कालिकोट प्रशासनले पक्राउ पुर्जी जारी गरेको कुरा प्रकाशन माध्यमहरूले जनाइसकेका छन्
।
सिङ्गो केन्द्रीय समिति रित्तो बनाउने चाल ?
भिडियो फिचरview all