
नवदलाल प्रचण्डलाई दोरम्बामा कालो झण्डा

नेकपा-विप्लवका तर्फबाट दोरम्बाका सहिदहरूको स्मृतिमा गर्न लागेको कार्यक्रमस्थल नवप्रतिक्रियावादीहरूले कब्जा गरेर कार्यक्रम गर्न नदिने योजना बनाएको भए पनि विप्लवका कार्यकर्ता तथा शुभचिन्तकहरुबाट नाराका साथ कालो झण्डा देखाउँदै प्रचण्डलाई “स्वागत” गरेपछि प्रचण्डका कार्यकर्ता मात्र नभई सेनाका साथ पुगेका प्रचण्डसमेत आत्तिएको स्थितिमा पुगेको कुरा त्यहाँ सहभागी प्रचण्डकै कार्यकर्ताले जनाएका छन् ।
नेकपा- विप्लव नजिकको अनलाइन eratokhabar अनुसार त्यस समयमा विप्लवका कार्यकर्ताले : सहिदको अपमान गर्न पाइंदैन !, राजनीतिक दलाल प्रचण्ड : मुर्दावाद !, एकीकृत जनक्रान्ति : जिन्दावाद !, वैज्ञानिक समाजवाद : जिन्दावाद !, नेपाल कम्युनिस्ट पार्टी : जिन्दावाद !, वीर सहिद : लाल सलाम ! जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।
भिडियो फिचरview all