ताजा समाचार
सिन्धुलीका कम्युनिस्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी
लिला पौडेल
लेखको शीर्षक नै अलि रुखो भयो होला, तर यो शीर्षक आवश्यक नै भयो । हुन त प्रवृत्तिगत रूपमा देशकै समस्या हो, तर शीर्षकमै सिन्धुलीलाई फोकस गर्नुको कारण के पनि हो भने, सिन्धुली नेपालको कम्युनिस्ट आन्दोलनमा अग्रणि जिल्ला हो । यो जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने क्रममा भएका वर्गसङ्घर्षका क्रममा केन्द्रीय स्तरका नेतादेखि जिल्ला स्तरका नेता कार्यकर्ता सहिद भएका छन् । जस्तै ऋषि देवकोटा 'आजाद' शेरमान कुवर, मोहनचन्द्र गौतम देखि जिल्ला स्तरका थुप्रै नेता-कार्यकर्ता जनवादी क्रान्तिको क्रममा सहिद भएका छन् । यस जिल्लामा बहुमत जनता कम्युनिस्ट पार्टीका पक्षमा छन् । त्यसकारण सहिदहरूले जसरी आफूलाई वलिदान गरे, त्यो वलिदान मार्क्सवादले औल्याएको वर्गविहिन समाज निर्माण गर्नका लागि थियो । सचेतता पूर्वक नै उहाँहरू त्यो बाटो हिड्नु भएको थियो ।
साम्यवाद स्थापना गर्ने महान् उदेश्यमा हिड्दाहिड्दै सहिद हुनुभएका महान् सहिदहरूले देखाएका बाटो पहिल्याउंदै हिडने भन्ने सपथ खाएका कम्युनिस्ट नेता-कार्यकर्तामा मार्क्सवादको आधारभूत ज्ञानको ज्ञानकारी नहुनु भनेको वर्ग संघर्ष र कम्युनिष्ट आन्दोलन प्रतिको वेवास्ता हो । मान्छे जुन बाटो हिड्दै छु र हिड्छु भन्छ, तर त्यो वाटोबारेको दर्शन सिद्धान्तप्रति चिन्तन- मनन र मतलब नै गर्दैन भने उसको नियतमै शंका हुन्छ ।
मार्क्सवादी दर्शनका ठेली पढेर पण्डित बनेर उपदेश दिनु मात्रै कम्युनिस्ट हुनु हो भन्न भनेको होइन । मार्क्सवाद गतिशील विज्ञान हो । वर्गसंघर्षको क्रममा थप विचार निर्माण हुँदै गर्दा पनि मार्क्सवादी साहित्यको अध्ययन आवश्यक हुन्छ । कार्लमार्क्स र फ्रेडरिक एङगेल्सले लेखेको पुस्तक पुँजी तथा कम्युनिस्ट घोषणा पत्रको अध्ययन गरेर त्यसका सार्वभौम सिद्धान्तलाई आत्मसात गर्दै विश्वकम्युनिष्ट आन्दोलनमा क्रान्तिहरू सम्पन्न भए । मार्क्स, लेलिन, माओत्सेतुङहरूले वर्गसंघर्षका विभिन्न कालखण्डमा थुप्रै पुस्तकहरु लेखे, वर्गसंघर्षको जटिल अवस्थामा पनि दार्शनिक नेताहरू समय निकालेर अध्ययन गर्दथे । रुसको अप्रिल क्रान्तिपछि अक्टोवर क्रान्तिको तयारीको क्रममा वहुचर्चित 'अप्रिल थेसिस' लेनिनले रेल यात्राको क्रममा लेख्नुभएको थियो ।
क्युबाका नेताहरू फ्रिडेल क्यास्त्रो र चेग्वेमारा छापामार युद्धको क्रममा, दुस्मनले घेरा हाल्दैगरेको क्रममा पनि समय निकालेर अध्ययन गर्ने गर्दथे । म्याक्सिम गोर्कीको आमा उपन्यास पढेर नेपाल मात्र होइन, विश्वकै कम्युनिष्ट समर्थकहरूले र गैरकम्युनिस्टहरू पनि कम्युनिस्ट आन्दोलनमा सरिक भएको पाइन्छ भने लेनिनको राज्य र क्रान्ति भन्ने पुस्तक र एङगेल्सको पुस्तक परिवार निजी स्वामित्व र राज्यको उत्पति माओको सैन्य रचना र सङ्ककलित रचनाको अध्ययनबाट विश्वका कम्युनिस्ट क्रान्तिमा थुप्रै आधार बने । यसले पनि मार्क्सवादी ज्ञानको महत्व दर्शाउँछ । मार्क्सवादको आधारभूत ज्ञान राख्ने मान्छेले आफ्नै समस्यालाई हेर्नेदेखि सामाजिक समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने गरेको हुन्छ ।
मैले शीर्षक मै सिन्धुलीको सन्दर्भ राखेको हुनाले खास कुरा सिन्धुलीमै केन्द्रित रहेर लेख्नु पर्ने हुन्छ । माथि पनि भनियो कि, यो समस्या अर्थात् अध्ययनको समस्या देशकै समस्या हो, तर सिन्धुली कै सन्दर्भमा औल्याउँदै छु । सिन्धुलीमा एस.वी. राईदेखि ऋषि देवकोटाको सङ्गतमा रहेका पुस्ता अहिले पनि छन् । यो त्यतिमात्र होइन, नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालसँग सङ्गत गर्नेदेखि तत्कालिन नेकपा (माले) नेकपा (मार्क्सवादी), नेकपा (चौम) देखि १० बर्से जनयुद्धमा ठूलो भूमिका खेलेका नेताहरू पनि सिन्धुलीमा थुप्रै छन् । सांगठानिक जिम्मेवारीको हिसाबमा उहाँहरू नेता पनि भइसक्नु भएको छ । यो खुसीको कुरा हो, तर मार्क्सवादी आधारभूत ज्ञानमा भने उहाँहरूमा खडेरी छ । अहिले सिन्धुलीबाट पार्टीका राष्ट्रिय नेता भइसकेका सिपी गजुरेल, हरिवोल गजुरेल, ईश्वरी दाहाल (असारे काका) हरूले लेखेको मार्क्सवादी साहित्यको म पाठक हुँ उहाँहरूलाई सम्मान गर्दै मार्क्सवादी सौन्दर्यचिन्तक डा.ऋषिराज बरालको साहित्य रचनाबाट वैचारिक खुराक प्राप्त गरेको छु ।
सिन्धुलीमा कृयाशील विभिन्न कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताको मार्क्सवादी ज्ञानको खडेरीको चरम रूप देखिएको छ । यो लेख लेख्नुको उदेश्य आग्रह-पूर्वाग्रह नभएर सम्बन्धित पक्षलाई मार्क्सवादी दर्शनको अध्ययनप्रति घचघच्याउन मात्र लागेको कुरा सर्वप्रथम प्रष्ट पार्न चाहन्छु । सिन्धुलीका एमाले पार्टीका जिल्ला नेताले समाजमा देखापर्ने एउटा घटनालाई देखाएर भन्दै थिए : ''उनलाई त्यो घटनाबाट भूतप्रेत भन्ने कुरा हुन्छ भन्ने विश्वास लाग्यो रे" । माओवादी पार्टी सिन्धुलीका अर्का जिल्ला नेता जो जनयुद्धमा थुप्रै भूमिका खेलेर जिल्ला नेता भएका हुन्, तर उनले मसँग भने : ''कामरेड ! मलाई त टाउको दुख्दा धामीलाई फुक्न लगाउँदा ठीक हुन्छ मलाई त धामिमा विश्वास लाग्छ ।" जनयुद्ध लडेर सिन्धुलीमा नेता भइसकेका मान्छेले ''ऋषि देवकोटा भनेको सुनेको त हो, तर उहाँबारे त्यति जानकारी छैन ।" सिन्धुलीका एमालेका जिल्ला नेता अहिले सभासद पनि छन्, उनलाई तत्कालीन मालेको इतिहासै थाहा रहेनछ । तर के गर्नु, नलाई जनताले नेता र सभासद भनेर बुझ्छन् । यो लेखनुको अर्थ सम्पूर्ण कम्युनिस्ट कार्यकर्ताको बेलिविस्तार लगाउन खोजेको नभएर, सिन्धुली जिल्लास्तरका केही नेताहरूमा मार्क्सवादी ज्ञान र अध्ययनको कति खडेरी रहेछ भनेर उदाहरण देखाउन खोजेको मात्र हो । कार्यकर्ताको अवस्था मार्क्सवादको अध्ययनको हिसाबमा झन् कहाली लाग्दो लाग्दो छ भने प्रष्ट बुझ्न सकिन्छ ।
सिन्धुलीका कुनै पनि ठाउँमा जाँदा कम्युनिस्ट पार्टीका कार्यकर्ता र सामान्य जनताको मार्क्सवादी ज्ञानको स्तर उस्तैउस्तै छ । रुढिवादी अन्धविश्वासमा रुमलिएका जनतालाई कम्युनिस्ट कार्यकर्ताले वैज्ञानिक चेतना दिएर सचेत बनाउनु पर्नेमा नेता भनिएकाहरू आफैं अन्धविश्वासमा रुमलिएका छन् । यहाँ जुन मान्छे जुन संस्थामा रहेर काम गर्दछ, उसले त्यो संस्थाको आधारभूत ज्ञानको जानकारी राख्नु पर्ने होइन र भन्न खोजिएको हो । उदाहरणका लागि कुनै एउटा मान्छे आफूलाई हिन्दू कर्मकाण्ड पण्डित भन्छ भने उनलाई गीता, रामायण महाभारत आदि धार्मिक ग्रन्थको जानकारी हुनुपर्दछ । गीता नजानेको मान्छेले आफूलाई पण्डित भन्नु र मार्क्सवादको आधारभूत ज्ञान नभएको मान्छेले आफूलाई कम्युनिस्ट नेता-कार्यकर्ता भन्नु उस्तै हो ।
कम्युनिस्ट पार्टीहरूको स्कुलिंग विभाग त छ, तर त्यो स्कुलिंग विभागले मार्क्सवादी दर्शनको आधारभूत ज्ञान दिनु भन्दा पनि समसामयिक राजनितिक संगठन निर्माण मात्रको कोर्स पढाएको पाइन्छ । स्कुलिंग विभागले झारा मात्र टारेका छन् । कम्युनिस्ट कार्यकर्तालाई मार्क्सवादको आधारभूत ज्ञान हुँदैन भने, त्यस्तो ज्ञानको अभावमा बनेको पार्टी संगठन कस्तो बन्ला सहजै अनुमान गर्न सकिन्छ । त्यो संगठन कम्युनिस्ट विचार र नैतिकता नमान्ने अराजकहरूको जमात बन्छ । वर्गीय समाजमा कम्युनिस्ट कार्यकर्ताको दृष्टिकोण वर्गीय हुनुपर्छ र तथा प्रत्येक मान्छेको वर्गविश्लेषण गर्ने क्षमता हुनुपर्छ । तर विडम्बना, जहाँजहाँ कम्युनिस्ट पार्टीको संगठन छ, त्यहाँ ती सङ्गठित मान्छेहरू वर्गीय कुरा र आधारभूत जनताको पक्षमा कसरी काम गर्ने भन्ने चिन्तनमनन गर्नु भन्दा पनि कसरी आफू पैसा कमाउने, कुन डोनर र कुन ठेकदारलाई भेटेर पैसा लिने भन्ने छटपटीमा देखिन्छन् । भन्नलाई आफूलाई जेजे भने पनि क्रान्तिकारीदेखि संसोधनवादी पार्टीका नेतादेखि कार्यकर्ताको दिनचर्या र नियत एउटै छ । आवरणमा जेजे भने पनि भित्री नियत पद र पैसा हुन्छ । त्यसकारण मार्क्सवादी दर्शन पढेबुझेका मान्छे सवै असल हुन्छन् भनेर बुझ्न सकिन्न । कम्युनिस्ट पार्टीमा भएर पनि के गर्दा कम्युनिस्ट हुने, के गर्दा नहुने भन्ने जानकारी नहुनाले पनि कम्युनिस्ट कार्यकर्ता गलत बाटोतीर गएको पाइन्छ । मार्क्सवादी अर्थशास्त्रको सामान्य जानकारी नभएको कम्युनिस्ट कार्यकर्ताले गर्ने आर्थिक कारोवार तथा निजी सम्पतिलाई हेर्ने दृष्टिकोण मार्क्सवादी हुन सक्दैन । त्यसैले अहिले एमाले र माकेले (अव नेकपा) समाजवादतिर जाने भनिरहेका छन् । त्यो अहिले सम्भव छ त भनेर नेतालाई कार्यकर्ताले प्रश्न गरेका छैनन्, उल्टै तालि पो बजाएका छन् । यस्तो अवस्था आउनुको कारण कार्यकर्तालाई प्रश्न गर्ने द्धन्दवादी नबनाउनु हो ।
(भाषा सम्पादनसहित http://sindhulisaugat.com/ बाट)

माथि उल्लेखित गरेअनुसार सिन्धुलीका कम्युनिस्ट नेताहरूको चेतानास्तर र बुझाइ कम्युनिस्ट नेताको स्तरमा होइन कि जनताको स्तरमा छ । उनीहरू लहैलहैमा नेता भए । पहिलो कुरा त उनीहरू किन कम्युनिस्ट पार्टीमा लागे भनिरहनु पर्दैन । कम्युनिस्ट पार्टिको दर्शन नै भौतिकवादी दर्शन हो । द्वन्दामक भौतिकवादले अलौकिक अदृश्य चिजलाई विश्वास गदैन । अर्थात् चेतनालाई दोस्रो पदार्थलाई पहिलो मान्नु पर्दछ । कसैले चेतनाले पदार्थको उत्पति गरेको भन्छ भने ऊ कम्युनिस्ट हुन सक्तैन । तर सिन्धुलीका माओवादी र एमालेका जिल्ला नेताको विश्वास भूतप्रेत रअदृश्य शक्तिमा छ । विश्वास एकातिर छ भनाइ अर्कोतिर छ । माओवादी नेताले थुप्रै फौजी मोर्चा लडे र त्यसैको बलमा नेताको पगरी पनि गुथे । उनी नेता त भए, कम्युनिस्टको होइन । एमालेको सन्दर्भमा पनि यही हो । दुःख गरेर राजनीति गरेर उनीहरू नेता त भए, कम्युनिस्ट नेता हुन सकेनन् । त्यसैले सिन्धुलीमा एउटा ''मार्क्सवाद अध्ययन केन्द्र" स्थापना गर्नु अति आवश्यक छ । जब कम्युनिस्टहरूले अध्ययनको पाटो छोड्दछन्, वर्गसंघर्षमा मार्क्सवादको सचेतन प्रयास हुँदैन, सतही रूपमा आन्दोलन अन्तै बरालिन्छ । अहिले कम्युनिस्ट नेता-कार्यकर्ताको अध्ययन भनेको 'कान्तिपुर' दैनिकको ब्यानर न्युज पढेर धारणा बनाउने भएको छ । त्यसैको आधारमा अर्का पार्टीलाई गालीगलौज गरेर सन्तुस्टी लिने, सराप्ने कामलाई ठूलो बहस सम्झने गरेको तितो यथार्थ छ । त्यसैले सिन्धुलीमा 'मार्क्सवाद अध्ययन केन्द्र' बनाउने र मार्क्सवाद अध्ययन गर्ने बानीको विकास गर्दै, भूतप्रेतमा विश्वास गर्ने कम्युनिस्ट नेता नभएको जिल्ला बनाउने हो कि ?
भिडियो फिचरview all