ताजा समाचार
मोदीभ्रमण, ‘मधेस’ र ‘तिरङ्गाधारीहरू’
डा. ऋषिराज बराल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपल्टको नेपाल भ्रमणले थुप्रैथुप्रै कुरालाई सतहमा ल्याइदियो । आफ्नै देशका जनताका आँखामा अपराधीका रूपमा स्थापित कुनै पात्रलाई अर्को कुनै मुलुकको ढोँगी शासकले रातो कार्पेट विछ्याएर घरमा बोलाउँछ र घरको ताल्चासाँचो, छोरी, बुहारी आमा, श्रीमती सबै सुम्पन्छ भने उसले सहर्ष स्वीकार नगर्ने कुरै भएन । मोदी-ओली प्रकरणमार्फत यतिखेर नेपाली जनताले यही तीतो यथार्थको सामना गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जे चाहन्थे, नेपालका प्रधानमन्त्री केपी ओलीले त्यसलाई पूरा गरिदिएका छन् । “नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने अपराधी मोदीलाई नेपालमा स्वागत छैन” भनेर चोतर्फी विरोध हुँदा पनि प्रधानमन्त्री ओलीबाट लम्पसारवादको जेजस्तो व्यवहार प्रदर्शित भयो, यसले स्वाभिमानी नेपाली जनताको छातीमा गहिरो चोट लाग्नु स्वाभाविक थियो । केपी ओली सही अर्थमा के रहेछन्, उनको बाहिरी रूप के रहेछ र भित्री रूप के रहेछ भन्ने कुरा पनि सबैका सामु खुलस्त भयो । यस अर्थमा यसपल्टको मोदीको भ्रमण र ओलीको व्यवहारले सकारात्मक र नकारात्मक दुवै किसिमको शिक्षा दिएको छ ।
मोदीको भ्रमणले ओलीको मात्र नभएर तराई, खास गरेर मधेस भनेर चिनिने क्षेत्रका “मधेसवादी नेताहरू” को असली अनुहारलाई पनि सबैका सामु खुलस्त पारेको छ । पहिलेदेखि त्यसमा पनि नाकाबन्दीको समयमा नेपाली जनताले “मधेस” का कथित मसिहाहरूका बारेमा बनाएको धारणा सही थियो र रहेछ भन्ने कुरा “मधेसवादीहरू” आफैँले सबैले बुझ्ने गरी प्रस्ट पारेका छन् । ‘प्रदेश नम्बर २’ का मुख्यमन्त्रीले आफ्नो भाषणमार्फत आफ्नो हैसियत र बुझाइलाई जसरी छर्लङ्ग पारे, नकारात्मक रूपमै भए पनि यसका लागि उनलाई धन्यवाद दिनु पर्ने हुन्छ ।
नेपाली भाषाको त कुरै छाडौँ, “मधेस” का जनताको मातृ भाषा मैथिली र भोजपुरीभन्दा भारतीय राजभाषा हिन्दी मन पराउने लालबाबुले गरेको भाषण ‘ऐतिहासिक’ बनेको छ । मालिकका सामु एउटा दासले जसरी रोईकराई गरेर मालिकभक्ति प्रकट गर्छ, मोदीका सामु उनले त्यस्तै व्यवहार प्रस्तुत गरे । यसले राष्ट्रिय बेइज्जती मात्र गरेन, स्वाभिमानलाई पनि कलङ्कित पारेको छ । जतिसुकै मतभेद भए पनि विदेशी मुलुकको शासक, त्यसमा पनि नेपालप्रति सदैव गिद्धे दृष्टि राख्ने शासक, नेपाललाई आफ्नै मुलुकको प्रान्तझैँ व्यवहार गर्न खोज्ने उपनिवेशवादी मानसिकता बोकेको शासक प्रतिनिधिका सामु आफ्नो मुलुकको यति सारो बेइज्जती कुनै पनि स्वाभिमानी नेपालीले गर्दैन । नेपालको सार्वभौमिक गरिमाप्रति अलिकति पनि माया र सम्मान नभएको पाखण्डी पात्रले भने सारै तल झरेर आफूलाई प्रस्तुत गर्दो रहेछ र लालबाबु राउतले यसै गरेका छन् ।
उनको भाषणको एउटा अंशको फोटोचित्र :
एउटा सार्वभौम सम्पन्न मुलुकको नागरिक, त्यसमा पनि त्यस मुलुकको संविधानअन्तर्गत निर्वाचित भएर र सपथ खाएर खास प्रदेशको जिम्मेवारी समालेको व्यक्ति अर्को मुलुकको पधानमन्त्रीका सामु कसरी यसरी प्रस्तुत हुन सक्छ भनेर कल्पना गर्न पनि गारो हुन्छ तापनि यो सत्य हो ।
उनले भाषणमा निरीहता प्रकट गर्दै दयामायाको माग गरेजस्तो देखिए पनि उनको भनाइको सारतत्व नेपालमा हस्तक्षेप गर भन्ने नै हो । लालबाबुको संसार अर्कै भएकाले उनले नेपालमा भन्दा भारतमा, त्यसमा पनि बिहारमा चरम गरिबी, भोकमरी र बेरोजगारी छ भन्ने कुरा देखेनन् र उनको वर्गपक्षधरताले यसलाई देख्दैन पनि । भारतमा गरिबी र भोकमरी र उपचार गर्न नसकेर मर्नेको तथ्याङ्क कति डरलाग्दो छ भन्ने कुरा लालबाबुलाई थाहा छैन होला भन्न सकिन्न ।
नेपालको तराई र मधेसमा गरिबी, छुवाछुत, बेरोजगारी र विकासको क्षेत्रमा दुर्दशा छ र यसको मूल कारण वर्गविभेद हो, भ्रष्टाचार हो । मधेसका मसिहा भनेर आफूलाई चिनाउनेहरू कि त उच्च जातका छन्, कि त उच्च वर्गका । वर्गीय र जातीय उत्पीडन, तल्लो जात र माथिल्लो जातको विभेद पहाडमा भन्दा मधेसमा सयौँ गना बढी छ, तराईमा मालिक र दासको व्यवहार हुन्छ । मधेसका नेता र मसिहाका नाममा केही टाठाबाठा मधेसी नेताहरूले मधेसको विकास बजेट हडपेर र विदेशी स्वार्थका दलाल बनेर काठमाडौँमा महल ठड्याएका छन् । २०४७ देखि यता मधेसबाट मन्त्री भएकाहरूको इतिहास हेरे मात्र पनि पुग्छ । मधेसका उत्पीडित जनताको हित र विकासनिर्माणका लागि यिनले केही पनि गरेका छैनन् । परिवारवाद, भाइभतिजावाद र भ्रष्टाचार मधेसको पर्यार्य बनेको छ । मधेसी जनताको रगत र पसिनामा एउटा धनाढ्य नयाँ वर्ग विकसित भएको छ । मधेस आन्दोलन र मधेसका जनताका नाममा केही मधेसवादी भनिएका सामन्त र दलालहरूले मधेसमा लूटतन्त्र मच्चाएका छन् । अहिले यही वर्ग लाजै नमानी उल्टै केन्द्रीय सत्ता राज्यले विभेद गर्यो भनेर मोदीका सामु रोइएकराई गरेर नेपाली राष्ट्रिय स्वाभिमानको बेइज्जत गरिरहेको छ । यो भन्दा लाजमर्दो कुरा अरू के हुन सक्छ !
मोदी कसरी सत्ताधारी वर्गका प्रतिनिधिका रूपमा विकसित भए । उनले केकस्ता अपराध गरे र अहिले पनि गरिरहेका छन् भन्ने कुरा जगजाहेर छ । भारतमा आदिवासीहरू, दलित, उत्पीडित र अल्पसङ्ख्यक समुदाय, र वर्गीय मुक्तिको लडाइँ लडिरहेकाहरूप्रति मोदी फासिवादले गरेको अपराध र आतङ्क अहिले अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । अझ सामान्य नागरिकलाई पनि थाहा भएको गुजरात काण्डको नालीबेली लालबाबुलाई थाहा नहुने कुरा भएन, तर उनको मालिक भक्ति र दासत्व प्रवृत्तिले यसलाई देखेन । उनले लाजै नमानी भनेका छन् : “ हमारे मुलुक में भी विना भेदभावपूर्ण किसी भी जाती, वर्ग और समुदाय के लोग राज्य के हर तह, तप्का निकायमे उसका क्षमता और योग्यता से पहुँचनेका सहज अवशर मिले जैसे की महामहीम आप एक सामान्य परिवारके होते हुए भी भारतके सर्वोच्च कार्यकारी पद पे विराजमान हैं । ”
यो सारै घीनलाग्दो अभिव्यक्ति हो । नेपालको पहिलो राष्ट्रपति, उपराष्ट्रपति र उपसभामुख मधेसकै थिए भन्ने कुरा सबैलाई थाहा छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पहाडियाभन्दा बढी मधेसका मान्छे मन्त्री भएका थिए भन्ने कुरा पनि अभिलेखीकरण भएको छ । उपेन्द्र यादवहरू कतिपल्ट मन्त्री र उपप्रधानमन्त्री भए भन्ने कुरा उनकै पार्टीका नेता लालबाबुलाई थाहा नहुने कुरै भएन । वास्तवमा आफ्ना कुकृत्यहरूलाई ढाकछोप गरेर उल्टै भारतीय प्रतिक्रियावादी शासकका सामु रोईकराई गर्ने पाखण्डीहरू कहिल्यै पनि नेपाली माटोका उपज हुन सक्तैनन् । नेपाली नागरिकता च्यापेर छातीमा 'तिरङ्गा' सजाउनेहरू सारमा राष्ट्रिय अपराधी हुन् । नाकाबन्दीको समयदेखि नै तराई भारतमा मिलाउनु पर्छ भनेर सिमानापारि बसेर नेपालमा ढुङ्गा हान्नेहरूलाई उकास्ने कीर्ति आजादहरूभन्दा कुपित पात्रका रूपमा लालबाबुले आफूलाई प्रस्तुत गरेका छन् । विडम्बनाको विषय के छ भने नेपाली झण्डा फ्यालेर सबैभन्दा ठूलो 'तिरङ्गा' नेपालका प्रधानमन्त्री केपी ओलीले बोकेका छन् ।
यसपल्टको मोदी भ्रमणले राष्ट्रघाती र देशभक्तहरूबीच राम्रोसँग कित्ताकाट गरिदिएको छ । यसले स्वभिमानी नेपालीलाई सजग र सचेत हुन राम्रो उदाहरण दिएको छ । हुनु पर्ने र गर्नु पर्ने थुप्रै कुराहरू थिए । सिमानामा भारतीय थिचोमिचो र सीमाअतिक्रमणको कुरा उठेन । लिपुलेकको कुरा उठेन । नाकाबन्दीको पीडाको कुरा उठेन । विराटनगरको काउन्सिलर कार्यालय हटाउने कुरा उठेन । व्यापार घाटाको कुरा उठेन । हवाइ मार्गको कुरा उठेन । असमान सन्धिसम्झौता खारेज गर्ने कुरा उठेनन् । नेपालको आवश्यकतासित गाँसिएका कुनै कुरा उठेनन् र भारतीय आवश्यकता र स्वार्थका सबै कुरा भए । अन्तिममा अरूण सुम्पेर भ्रमण 'सफल' पार्ने काम गरियो । लम्पसारवपादको यो भन्दा पराकाष्ठा अरू के हुनसक्छ !
पुरेतले स्वर्ग र नरकको संसार देखाएर, अलिअलि डर र अलिअलि लोभ देखाएर जजमानलाई लुटेझैँ, एक भारी कुम्लो बोकेर मोदी फर्किए । मोदीलाई भन्ने कुरै भएन । अहिलेको समयमा सिक्किम बनाउनु भन्दा भुटानीकरण गर्नु नै सहज र लाभकारी छ भन्ने कुरा भारतीय शासक वर्गलाई थाहा छ । कम्तीमा पनि ओली मार्काका मान्छेहरू नेपालको शासनसत्तामा छउन्जेलसम्म भारतलाई यसको आवश्यकता पनि पर्ने छैन ।
तराईका उत्पीडित जनताले केही पाएनन् र पाउने पनि छैनन् । करोडौं रुपियाँ बराबरको हरियो घाँस देखाइएको छ । मोदीले फ्यालेको रोटीको टुक्रालाई लिएर मधेसका करोडपति भिखारीहरूबीच खोसाखोस र मारामार हनेछ । त्यसपछि भ्रष्टाचारका सूचीमा अर्को सूची थपिनेछ र केही समयपछि “केद्रीय राज्यले हामीलाई अवसर दिएन, विभेद गर्यो प्रभु ! भन्दै तिनै पाखण्डीहरू मोदी सामु निवेदन हाल्न दिल्ली दरबार पुग्नेछन् ।
यसपल्टको घटनाले नेपालको विशिष्ट भूराजनीतिक स्थितिमा सङ्घीयताको मामिला जटिल बनेर उभिएको छ । यसले थुप्रै प्रश्नहरू उभ्याएको छ । “पहिचानवाद अर्थात् आइडेन्टिटी पोलिटिक्स”,सङ्घीयता जनयुद्धको उद्देश्य थिएन, जनआन्दोलनको मुद्दा पनि थिएन र नेपाली जनताको आवश्यकता र माग पनि होइन/थिएन । आर्थिक- राजनीतिक हरेक दृष्टिले नेपालमा सङ्घीयताको आवश्यकता र औचित्य छैन भनेर स्वाभिमानी नेपाली जनता र प्रगतिशील बौद्धिक समुदायले उठाउँदै आएको कुरा व्यवहारद्वारा सही साबित भएको छ ।
सङ्कटकालको स्थिति दर्शाउने गरी गरिएको राज्यआतङ्कका बीच स्वाभिमानी जनता र प्रगतिशील बौद्धिक समुदाय देशी-विदेशी अपराधीहरूका विरुद्ध सडकमै निस्किनु असाध्यै गर्विलो अनुभव हो । यसले केही पाखण्डीहरूबाहेक नेपाली जनताको ठूलो हिस्सा राष्ट्रिय स्वाधीनताको पक्षमा र आत्मसमर्पणवादको विरुद्ध जुनसुकै किसिमको आतङ्क र दमन सहन र प्रतिरोधमा उत्रिन तयार छ भन्ने कुरालाई प्रस्ट्याउँछ ।
०००

भिडियो फिचरview all