
नेकपा (क्रान्तिकारी माओवादी) को विरोध जुलुसमाथि प्रहरी हस्तक्षेप, सिपी गजुरेलसहित २९ जना गिरफ्तार

काठमाडौँको नरदेवीबाट सुरु भएको विरोधर्याली रत्नपार्कको बसपार्क अगाडि आइपुगेपछि प्रहरीले हस्तक्षेप गरेर नेकपा(क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेलसहित थुप्रै नेता कार्यकर्ताहररूलाई गिरफ्तार गरेको छ । गिरफ्तारमा पर्ने अन्य नेताहररूमा पार्टी पोलिटब्युरो द्वय पवनमान श्रेष्ठ र कमल चौधरी, केन्द्रीय सदस्यहरू सुरेश श्रेष्ठ, शारदा महत, हुकुमबहादुर सिंह, सरोज, देजमोका केन्द्रीय सदस्यहरु खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, देव विश्वकर्मा (काभ्रे), टेकबहादुर विक. देजमो काभ्रे जिल्ला अध्यक्ष, जितबहादुर लामा, शोभा विश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी देजमो रामेछाप जिल्ला संयोजक, सुरेन्द्र राई, मधु राई, सुमित्रा न्यौपाने काठमाण्डौं, अर्जुनलाल श्रेष्ठ ललितपुर, प्रेम तामाङ नमस्ते सायमी, मंगल तामाङ , कर्ण वि.सि, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान , बद्रीहरि नेपाल, दिलबहादुर तामाङ, बाल कुमार सुनार, सुरेश तामाङ र फणिन्द्र कार्की लगायतक रहेका छन् । गिरफ्तार नेता कार्यकर्ताहररू लाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएको छ ।
मोदी भ्रमणको विरोधमा कालो ब्यानर र काला झण्डाहररूसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी नेता कार्यकर्ताहररूले भारतीय विस्तारवादका विरुद्ध नाराबाजी गरेका थिए । गिरफ्तारमा पर्नुअघि मोर्चाका अध्यक्ष गजुरेललगायत क्रान्तिकारी नेता कार्यकर्ताहरू र प्रहरीबीच केही बेर झडप भएको थियो । विरोध र्यालीलाई भृकुटीमण्डप तर्फ अगाडि बढ्न रोकेपछि नेता गजुरेलले संक्षिप्त विरोध मन्तब्य राख्नु भएको थियो ।
भिडियो फिचरview all