
मोदीको भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध कतै बेलुनमा भारतीय विस्तारवाद मुर्दावाद लेखेको व्यानर उडाइए र कतै मोदी-ओलीको पुत्ला दहन

यसैक्रममा आज नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालो कपडामा “भारतीय विस्तारवाद मुर्दावाद !” लेखेर बेलुनमा झुन्ड्याएर उडाएका छन् । काठमाडौँको अति व्यस्त र विशेष सुरक्षाभित्र को स्थान टुँडिखेलवरिपरी ६ ठाउँबाट बेलुन उडाएपछि उनीहरूले सडकमा भारतीय “विस्तारवाद मुर्दावाद !”, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद !” भनेर नारा पनि लगाएका छन् । प्राप्त जानकारी अनुसार सुन्धरा, भृकुटीमण्डप, बागबजार, भोटाहिटी, वीरअस्पताल, र न्यूरोडगेट मोदी भ्रमणको विरोधमा कालोझण्डासहितको वेलुन उडाइएको थियो ।अहिले सो भिडिओको व्यापक चर्चा हुनुका साथै सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ ।

त्यसैगरी नेकपा–विप्लव, कञ्चनपुर जिल्ला पार्टीले दिउँसो जनसहभागिताका बीच ओली र मोदीको पुत्ला दहन गरेको कुरा सो पार्टी नजिकका माध्यमहरूले जनाएका छन् । कन्चनपुरको बनवासा क्षेत्रमा केही दिनअघि मात्र भारतीय प्रहरीको ज्यादतीका कारण आक्रेसित जनता अहिले मोदी र ओलीका विरुद्ध सडकमा निस्केका छन् ।
भिडियो फिचरview all