
अरूण तेस्रो परियोजना भारतलाई सुम्पने ओली सरकारको राष्ट्रघाती निर्णयको प्रतिरोध गरौँ ! विरोध कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अघि बढाऔं !

मोदीको स्वागत र अभिनन्दनका नाममा करोडौँ रुपिया खर्च गरिएको छ र यसमा भ्रष्टाचारको लेखाजोखा छैन । सुरक्षाका नाममा राज्यआतङ्क व्याप्त छ । विरोधका स्वरहरूमाथि दमन गरिएको छ । जनकपुरदेखि मुक्तिनाथसम्म भारतीय सेनाको परेड चलेको छ । अपर कर्णाली बुझाइसकेपछि ओली सरकार भारतले वषौँदेखि कब्जामा लिन प्रयास गर्दैआएको “अरूण-३ परियोजना” भारतलाई सुम्पन आतुर देखिएको छ । नेपालको सामरिक र आर्थिक पक्षमाथि दीर्घकालीन असर पार्ने ओली सरकारको यो निर्णय सबैभन्दा खतरनाक योजना हो र यसको सशक्त प्रतिरोध हुनु आवश्यक छ । नागरिक अभिनन्दनका नाममा देखाइएको दासत्व प्रवृत्तिका साथै “अरूण-३ परियोजना” भारतलाई सुम्पने राष्ट्रघाती निर्णएप्रति हामी घोर आपत्ति जनाउँछौ र यसको विरोध र प्रतिरोधमा भएका हरेक कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँछौ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ ले मोदी र ओलीले संयुक्तरूपमा उद्घाटन गर्ने “अरूण -३ परियोजना” को उद्घाटनको दिन वैशाख २९ गते राखेको विरोध कार्यक्रमप्रति ऐक्यबद्धबता जनाउँदै सो कार्यक्रमलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षका रूपमा अगाडि बढाउन पनि हामी आह्वान गर्छौँ ।
संयोजक,
कम्युनिस्ट न्युक्लिअस, नेपाल
वैशाख २७, २०७५
भिडियो फिचरview all