ताजा समाचार
कमरेड किरणद्वारा क्रान्तिकारी एकतामा जोड
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर क्रान्तिकारी तप्काबाट मनाइँदै आएको पार्टी स्थापना दिवश ( अप्रिल २२) यसपल्ट वक्तव्यमा सीमित भएको छ । २०७३ सालमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा -विप्लव समूहले संयुक्त रूपमा मनाएको र गत साल पनि कम्युनिस्ट न्युक्लिअस, नेपालले अलग र नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा -विप्लव समूहले संयुक्तरूपमा मनाएको पार्टी स्थापना दिवस यसपल्ट भने वक्तव्य र लेखादिमा सीमित भएको छ ।
पार्टी स्थापना दिवशका क्रममा कम्युनिस्ट न्युक्लिअस, नेपाल सम्बद्ध ऋषिराज बरालले ‘नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६९ वर्ष : वैचारिक अभिरेखाङ्कन’ लेख मार्फत आफ्नो धारणा यसरी राखेका छन् :
आरोहअवरोहका थुप्रै मोड र घुम्ती भएर गुज्रेको नेपाली कम्युनिस्ट आन्दोलनको ६९ वर्षको इतिहासले थुप्रै शिक्षा र अनुभव प्रदान गरेको छ । नेपाली समाजका सम्बन्धमा गलत बुझाइ र व्याख्या, क्रान्तिको स्वरूप र दिशाबारे अन्योल, दक्षिणपन्थी अवसरवादी प्रवृत्ति, व्यक्तिवादी-महत्वाकाङ्क्षा, निम्न-पुँजीवादी चिन्तन प्रवृत्ति र सम्झौतावादी विचलन र नेतृत्वको गद्दारी नेपाली कम्युनिस्ट आन्दोलनको ६९ वर्षको इतिहासको नकारात्मक पक्ष हो र यसका विरुद्ध विभिन्न कालखण्डमा क्रान्तिकारीहरूले गरेको सङ्घर्ष र विद्रोह यसको सकारात्मक पक्ष हो । हिजोका दिनमा ''झापा विद्रोह" को नेतृत्त्व गरेको र यताका दिनमा प्रतिक्रियावादी तप्कामा पतन भएको शक्तिसँगै माओवादी जनयुद्धसित गाँसिएको एउटा हिस्सा पनि अहिले प्रतिक्रियावादमा पतन भएको छ र क्रान्तिकारीहरूका लागि यो स्थिति थप चुनौतीको विषय भएको छ । यस किसिमका चुनौतीहरूको सामना नेपालका क्रान्तिकारीहरूले कसरी गर्छन् भन्ने प्रश्न नै अहिलेको अहम् प्रश्न हो । समयले नयाँ क्रान्तिकारी केन्द्र निर्माणको आवश्यकता र औचित्यलाई अघि सारेको छ । ६९ वर्षको इतिहासले दिएको सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा र अनुभव हो र यो सिरान हालेर सुत्ने सम्पति नभएर व्यवहारमा लागू गरेर अघि बढ्ने सम्पति हो । यो यथार्थलाई आत्मसात गरेर दृढ इच्छाशक्तिका साथ अघि बढ्नु नै क्रान्तिकारीहरूको अगाडिको बाटो हो । (हेर्नुहोस् पूर्ण पाठका लागि janamel.com) ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले वक्तव्य प्रकाशित गरी पार्टी स्थापना दिवसको महत्व र अहिले क्रान्तिकारीहरूले खेल्नुपर्ने भूमिकाबारे प्रस्ट पारेका छन् । वक्तव्यमा उनले, ''नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरूलाई एकताबद्ध भई दलाल तथा नोकरसाही पुँजीपति र सामन्त वर्गसहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपिगर्दछ" , भनेका छन् ।
वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
आज २२ अप्रिल अर्थात बैसाख ९ गते अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक महान नेता लेनिनको जन्म दिवसका साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । महान् लेनिनले रुसी धर्तीमा मार्क्सवादको प्रयोग र समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सफल नेतृत्व प्रदान गरी विश्वमा नयाँ सन्देश दिन र विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई माक्र्सवाद-लेनिनवादका रूपमा विकसित तुल्याउन उल्लेखनीय योगदान गर्नु भएको थियो । ठीक लेनिनको जन्मदिवसकै दिन २००६ सालमा क. पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
हाम्रो पार्टी आजको ऐतिहासिक दिनमा महान् लेनिनको विशेष संस्मरण तथा सम्मान गर्दछ । साथै पार्टी स्थापना दिवसको विशेष संस्मरण गर्दै नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, जनवादी क्रान्ति, जनयुद्ध र जनआन्दोलनमा त्याग, वीरता र बलिदान गर्ने सम्पूर्ण जनसमुदाय र कमरेडहरुप्रति हार्दिक अभिवादन ब्यक्त गर्दछ ।
साथै, यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध भई दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्ग सहित साम्राज्यवादी तथा विस्तारवादी उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न विशेष अपील गर्दछ ।”

भिडियो फिचरview all