ताजा समाचार
एकता र ध्रुवीकरणका जटिलताहरू
प्रतिक्रियावादमा पतन भएका माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका सन्दर्भहरू चलिरहेको बेला क्रान्तिकारी विचार र राजनीतिको सेरोफेरोमा रहेका पार्टीहरूबीच पनि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको कुरा प्रकाशमा आएका हुन् । अझ नेकपा( क्रान्तिकारी माओवादी ) र नेकपा-बिप्लवबीचको एकतालाई 'अनिवार्य आवश्यकता ' भनेर जोड दिइएको थियो । माके र एमालेबीचको एकताका सम्बन्धमा संचारमाध्यमहरूमा सबै कुरा खुलेर आएका भए पनि क्रान्तिकारीहरूबीचको एकता प्रक्रियाले के-कस्तो आकार र आयाम लिएको छ भन्ने कुरा चाहिँ सर्वत्र चासोको विषय बनेको छ ।
माके-एमाले गठबन्धनद्वारा उत्पन्न भ्रम
एउटै चुनावी घोषणपत्रमा चुनाव लडेका माओवादी केन्द्र र एमालेबीच यही बैशाख ९ गते हुने भनिएको पार्टी एकता विचार र राजनीतिक दृष्टिले मतभेद नभए पनि खासखास पात्रको भूमिका र भागबन्डाको विषयमा प्रस्टता नभएका कारण केही पछि सरेको कुरा सञ्चारमाध्यमहरूले जनाएका छन्
नेकपा (माओवादी) ले एमालेलाई जनयुद्धकालमै प्रतिक्रियावादमा पतन भनिसकेको हो र द्रुत गतिमा विचलनको बाटो समातेको माओवादी केन्द्र पनि अहिले आएर प्रतिक्रियावादमा पतन भइसकेको समूह हो । प्रतिक्रियावादमा परिणत भएका यिनले कम्युनिस्ट एकताका नाममा नेपाली जनतालाई अझै भ्रम दिइरहेका छन् । हामी नै कम्युनिस्ट शक्ति हौँ भनेर एकातिर उनीहरू जनतालाई भ्रम दिने दुस्प्रयास गरिरहेका छन् भने अर्कातिर माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा सशक्त किसिमले उभिएकाहरूलाई वैचारिक र साङ्गठनिक दृष्टिले कसरी समाप्त पार्ने भन्ने योजनाबद्ध अभियान र योजनामा यिनीहरू व्यस्त देखिन्छन् । यो छली कार्य मात्र नभई एक किसिमले फासिवादी सोचाइ र बुझाइ हो । यस्ताहरूले आफ्नो स्वार्थका लागि साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूसित जस्तोसुकै सम्झौता पनि गर्न सक्छन् ।
माके र एमाले दुई पार्टीबीच बैशाख ९ मा एकताले मूर्त रूप नलिनुका पछाडि विचारमा देखिएको भिन्नता अथवा अन्तर्विरोधको कारण नभएर भागबन्डा र व्यक्तिको भूमिकाको प्रश्न प्रधान भएको कुरा प्रचण्ड स्वयंले खुलासा गरेका छन् । राजनीतिक व्यवस्था र राज्यसत्ता सम्बन्धी समान धारणा भए पनि राजनीतिक व्यवहारमा कुन समूह र कुन पात्रको प्रभुत्व हुने र रहने भन्ने कुरा नै उनीहरूबीचको विवाद हो । यो प्रतिक्रियावादी व्यवस्था र तिनका नेताहरूको आन्तरिक चरित्र र विशेषता हो । एमालेका बारेमा सबै प्रस्ट भए पनि अझै पनि माकेले माओवादी हुनुको भ्रम दिइरहेको छ । काममा प्रतिक्रयावादको सेवा गर्ने र नाम माओवादी राख्ने माकेको भ्रमबाट आम जनता तथा इमानदार कार्यकर्ताहरू भ्रमान्त हुन पनि यी दुईबीच एकता हुनु आवश्यक छ । एकताबद्ध भएर उनीहरूले क्रान्तिकारीहरूको अस्तित्व समाप्त पार्न दमनका हरेक उपाय र माध्यम अँगाल्न सक्छन् तापनि माओवाद, माओवादी पदावली र इतिहासलाई कलङ्कित पार्ने प्रचण्ड एन्ड कम्पनीको एमालेसितको एकता अन्ततः नेपालको कम्युनिस्ट आन्दोलनका लागि हितकारी हुने कुरा प्रस्ट छ । यस अर्थमा यी दुई पार्टीबीच छिटोभन्दा छिटो एकता होस् भन्ने कामना गर्नु सान्दर्भिक र आवश्यक छ ।
क्रान्तिकारीहरूबीच एकता र सहकार्यको सन्दर्भ
वामपन्थको आवरणचभित्र प्रतिक्रियावादी चिन्तन र व्यवहारको अभ्यास गरिहेका माके तथा एमालेबीच एकताको सन्दर्भ चलिरहेको अवस्थामा क्रान्तिकारीहरूबीच पनि एकता प्रक्रिया अघि बढाएर क्रान्तिकारी केन्द्र निर्माण गर्नु आवश्यक छ भन्ने बोधका साथ बहसछलफल तथा व्यवहारमा अघि बढ्ने काम भइराखेको देखिन्छ । यो आमउत्पीडित जनता तथा इमानदार कार्यकर्ताहरूको साझा चाहना पनि हो र यसले कार्यकर्ता तहमा उत्साहको वातावरण पनि बनेको छ । खासगरेर हिजो जनयुद्ध लडेका तर, विभाजित अवस्थामा रहेक शक्तिहरू एकै ठाउँमा गोलबद्ध होऊन् र नयाँ उत्साह र क्रान्तिकारी आशावादको निर्माण गरून भन्ने चाहना क्रान्तिधर्मी कार्यकर्ताहरू तथा उत्पीडित नेपाली जनतामा रहेको छ । यो भनेको हिजो जनयुद्ध लडेको र आज छरपस्ट भएकाहरूको बीचको एकताको प्रश्न हो । यसले वैचारिक-राजनीतिक आधार तयार पारेपछि त्यसका आधारमा अरूहरू लाई समेट्तै जाने हो ।
एकताको कुरा गर्दा इतिहासको सम्यक समीक्षा यहाँ पनि आवश्यक हुन्छ । प्रचण्ड-बाबुरामलाई गाली गरेर मात्र पुग्दो छैन, क्रान्तिकारी भनिएकाहरूबाट पनि कुनकुन समयमा, कहाँकहाँ, केकेमा गल्तीकमजोरी भए, कहाँ के पुगेन र भएन भन्ने कुरा प्रस्टताका साथ आउनु आवश्यक छ । यस्ता कुराहरूको समीक्षापछि नै क्रान्तिकारीहरूबीचको एकतालाई गति र दिशा दिन सकिन्छ । यसमा विचार, कार्यदिशा, नीति, नेतृत्व सबै कुरा जोडिएर आउँछन् । लिपपोत तथा सम्झौताका आधारमा गरिने एकताको आयु लामो हुँदो रहेनछ भन्ने कुरा हाम्रै इतिहासले देखाएको छ ।
एकताको कुरा गर्दा क्रान्तिकारीहरूको बीचका एकता भन्ने गरिन्छ । यसमा क्रान्तिकारी भनेका कोको हुन्.भनेर प्रश्न उठ्नु स्वाभाविक छ । सरसरती रूपमा सशस्त्र सङ्घर्षद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको बाटोबाट अघि बढेर साम्यवादसम्म पुग्ने उद्देश्य बोकेकाहरू नै क्रान्तिकारीहरू हुन् भन्न सकिन्छ । यसलाई मूर्त रूपमा भन्दा मार्क्सवाद-लेनिनवाद-माओवादलाई नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्नेहरू, नयाँ जनवादी क्रान्तिका पक्षधरहरू, क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्धता जनाउनेहरू र सशस्त्र सङ्घर्षद्वारा सत्ता कब्जाको वैचारिक तथा राजनीतिक मूल्यमान्यतालाई व्यावहारिक रूपमै आत्मसात गर्नेहरू नै क्रान्तिकारीहरू हुन् । यसरी हेर्दा हिजो जनयुद्धसित गाँसिएका र अहिले अस्तित्वमा रहेका कम्युनिस्ट न्युक्लिअस नेपाल, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी ), नेकपा-विप्लव र छरिएर रहेका क्रान्तिकारी व्यक्ति र व्यक्तित्वहरूलाई गोलबद्ध गर्ने कुरा नै एकताप्रक्रियासित सम्बद्ध पहिलो र अनिवार्य पक्ष बन्दछ । अन्य पक्षलाई यिनले तयार पारेको आधारहरूमा ध्रुवीकृत गर्दै जाने नीति व्यवहारमा अवलम्बन गर्नुपर्दछ ।
अहिले एकताका सन्दर्भमा उठेको मूल मुद्दा वैज्ञानिक कार्यदिशाको हो र अहिलेको आधारभूत प्रश्न पनि यही हो । परन्तु, अन्य कुरा पनि त्यत्तिकै जटिल छन् । खासगरेर नेकपा-विप्लवले आठौँ महाधिवेशनमा पारित गरेका कतिपय निर्णयहरू सिद्धान्त र विचारका दृष्टिले मार्क्सवादसम्मत छैनन् । ती विसङ्गतपूर्ण र मनोगततामा आधारित छन् , जसको खण्डन क्रान्तिकारीहरूले गर्दैआएका छन् । त्यसमा पनि “आफूहरू निकै अघि बढेको”, “कमरेड किरण र गौरवलाई नेता मान्न सकिने तर आफ्ना नीति तथा कार्यक्रम मान्नु पर्ने” लागायतका विविध अभिव्यक्ति सो पार्टीका जिम्मेवार नेताबाट बारम्बार आइरहनुले एकताप्रति सो समूह इच्छुक नभएको र एकतासम्बन्धी उसको धारणा बोक्रे तथा कार्यकर्ताहरूलाई थुमथुम्याउने मेलो मात्र भएको भनेर आकलन गर्न सकिन्छ । उसका वर्तमानका कतिपय गतिविधि हेर्दा नेकपा-विप्लव सहकार्य र संयुक्त मोर्चाको आवरणमा रहेर आफ्ना योजनासित गाँसिएका क्रियाकलापलाई सहज बनाउने प्रयास गरिरहेको त छैन भनेर प्रश्न उठाउनुपर्ने स्थिति पनि बनेको छ ।
तुलनामा नेकपा (माओवादी क्रान्तिकारी) वैचारिक-राजनीतिक प्रस्टताका साथ इमानदारीपूर्वक अघि बढेको देखिन्छ ।सो पार्टीले पोखरा सम्मेलनमा प्रस्तुत गरेको दस्ताबेजको मूल स्पिरिट सराहनीय छ। परन्तु, ‘देजमो’ लाई चुनाव आयोगमा दर्ता गर्नु र चुनावमा भाग लिने, तर सरकारमा नजानेहरूसित एकता गर्ने भनेजस्ता उसका भनाइहरूले केही प्रश्नहरू उब्जाएका छन् र प्रश्नहरू गम्भीर किसिमले उठेका छन् । कार्यकर्ता तहबाटै ‘देजमो’ खारेज गर्ने कुरा उठिरहेको स्थितिमा एकताका सन्दर्भमा उसले “चुनाव उपयोग” को नीतिको समीक्षा गर्नु आवश्यक छ । पोखरा सम्मेलनमा ९५ प्रतिशत कार्यकर्ताको स्पिरिटभन्दा बाहिर गएर गरिएको चुनावमा सहभागी हुने निणर्य गलत थियो भनेर इमानदारीपूर्वक नेतृत्वपङ्क्ति आउनु आवश्यक छ भनेर सो पार्टीका कार्यकर्ता तथा कतिपय नेताहरूले समेत प्रश्न उठाइरहेको अवस्थामा यो सन्दर्भले “क्रान्तिकारीहरूबीच एकता” प्रभावित नहोला भन्न सकिन्न । यस पक्षमा नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वपङ्क्ति प्रस्ट हुनु आवश्यक छ ।
जनयुद्धको राजनीतिसित नगाँसिएकाहरूले पनि नयाँ जनवादी क्रान्तिको कुरा गर्ने गर्दछन् । परन्तु जतिसुकै नयाँ जनवादी क्रान्तिको कुरा गरे पनि माओवाद नमान्नेहरू र गौरवशाली दस बर्से महान् जनयुद्धलाई जनयुद्ध नै नमान्नेहरू र चुनावमा सहभागी हुन मरिहत्ते गर्नेहरूलाई क्रान्तिकारिताको कित्तामा राख्न सकिँदैन भन्ने कुरा पनि प्रस्ट छ । त्यस्ताहरूसित खासखास मुद्दामा कार्यगत एकता तथा सहकार्य हुन सक्ने कुरामा चाहिँ विवाद छैन ।
यसरी हेर्दा कार्यनीतिक प्रश्नलगायत अन्य केही सन्दर्भमा अस्पष्टता रहे पनि आधारभूत रूपमा नेपाली क्रान्तिका लागि अघि सारेका नेकपा (क्रान्तिकारी माओवादी ) का नीति तथा कार्यक्रमहरू सही छन् । नेपालमा अब हुने नयाँ जनवादी क्रान्तिको चरित्र र सशस्त्र सङ्घर्षको स्वरूप बहस-छलफलको विषय हुनसक्छ र यसको छिनोफानो केही अनुभव र केही प्रयोगद्वारा व्यवहारमा हल हुँदै जानेछ भनेर पनि भन्न सकिन्छ । कार्यदिशाका सम्बन्धमा कम्युनिस्ट न्युक्लिअस, नेपालले ‘नेपाली विशिष्टताको जनयुद्ध’ भनेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) ले ‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह’ भनेको छ । नेकपा- विप्लवको कार्यदिशा के हो प्रस्ट छैन । उसले नयाँ जनवादी क्रान्तिलाई नेपाली क्रान्तिको न्यूनतम क्रान्ति मान्नुको सट्टा वैज्ञानिक समाजवादलाई न्यूनतम क्रान्तिको रूपमा लिएको छ । उसले भन्दैआएको ‘एकीकृत जनक्रान्ति’ नेपाली क्रान्तिको चरित्र हो कि कार्यदिशा हो प्रस्ट छैन । कार्यदिशा भनेको बाटो हो । नेकपा-विप्लवले रोजेको क्रान्तिको बाटो विभिन्न गतिबिधिद्वारा सत्तासाझेदारीक लागि बाध्य बनाउनु सशस्त्र सङ्घर्ष, जनविद्रोह, जनयुद्ध के हो भन्ने कुरा प्रस्ट छैन । यस अर्थमा नेकपा-विप्लवको वैचारिक-राजनीतिक कार्यदिशा प्रस्ट छैन भन्ने मात्र नभएर, कार्यदिशा नै छैन भन्न बाध्य हुनुपरेको स्थिति छ ।
निष्कर्ष
चुनौतीहरू प्रतिक्रियावादी कित्ताबाट मात्र छैनन्, आफैँभित्र पनि छन् तापनि क्रान्तिकारीहरूबीच एकता ''अनिबार्य आवश्यकता" बनेको कुरा नै सही कुरा हो । केही अप्ठयाराहरू,चुनौती र जटिलताहरू भए पनि समग्रमा हेर्दा तत्काललाई कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा- विप्लवसितको एकतालाई प्राथमिकतामा राख्नुपर्छ र त्यसले तय गरेका आधारहरूका आधारमा नेकपा-कट्टेल, नेकपा (मसाल) र माकेबाट विद्रोह गरेर आउनेहरूलाई समेट्नु पर्दछ । समयका क्रममा, सङ्घर्षले उर्ध्वगामी गति र दिशा लिँदै जाने क्रममा सधैँभरि एउटै व्यक्तिको नेतृत्व नरहन सक्छ, उसको नेतृत्व समय र वर्गसङ्घर्षले ल्याएका चुनौतीहरू सामना गर्न अक्षम पनि हुन सक्छ । हाललाई भने कमरेड किरणको नेतृत्वमा नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्न सङगठित तथा छरिएर रहेका क्रान्तिकारीहरू गोलबद्ध हुनु सबैभन्दा बढी वैज्ञानिक र व्यावहारिक देखिन्छ । यौ नै क्रान्तिकारी एकता र ध्रुवीकरणको बाटो हो र यसमा नेकपा( क्रन्तिकारी माओवादी) को थप सक्रियता र अगुवाइको अपेक्षा गर्नु स्वाभाविक छ ।
बैशाख ७, २०७५

भिडियो फिचरview all