menu

ताजा समाचार

दीर्घकालीन जनयुद्धमा पनि जान सकिन्छः मोहन वैद्य 'किरण'

नयाँ जनवादी क्रान्ति नै गर्ने भनेर विप्लवहरुले भनिरहेकै छन्, अहिले नयाँ जनवादी क्रान्तिको चरणलाई कसरी परिभाषित गर्नुहुन्छ त ?
विप्लवजीको कार्यदिशा प्रष्ट छैन, र नयाँ जनवादी गर्ने कार्यदिशा होइन । फेरि हामीले नयाँ जनवादी क्रािन्त मानेको त आज होइन धेरै वर्ष भइसक्यो । नेपाल अर्ध सामन्ती अर्ध र नवउपनिवेशमा । त्योबाट मुक्त गराउन नयाँ जनवादको विकल्प छैन । यो त नवउपनिवेशवाद हो । क्रान्तिले त वैदेशिक प्रतिक्रियावाद र देशभित्रकै प्रतिक्रियावादका विरुद्ध लड्नुपर्यो । दलाल, नोकरसाही र पुँजीपति वर्गका विरुद्ध लड्नुपर्यो । यो दोहोरा कार्यभार पूरा गराउन नयाँ जनवादी क्रान्ति आवश्यक छ । बन्दुक उठाएर दीर्घकालिन जनयुद्धमा जाने कुरा त पद्धतिको विषय हो । सामाजिक राजनीतिक क्षेत्रमा आएको विकासले विद्रोहको तयारीमा पनि हामी जान सक्छौं । आवश्यक पर्यो भने दीर्घकालिन जनयुद्ध पनि हुनसक्ला । तर, उही पूरानो तरिकाले हुँदैन, नयाँ तरिकाले जानुपर्छ । नेपाली जनताको नयाँ कार्यदिशा फौजी कार्यदिशा पनि हुनसक्छ ।

यसलाई बदल्नका लागि वर्गसङ्घर्षको स्वरूप कस्तो हुन्छ ?
देशलाई उक्त प्रकारको अवस्थाबाट बदल्नका लागि सङ्घर्षका विविध रूपहरूको प्रयोग जरुरी हुन्छ र अन्ततः बलप्रयोगको भूमिका अनिवार्य हुन्छ । दीर्घकालीन जनयुद्ध वा सशस्त्र जनविद्रोहका मोडेललाई यथावत् र यान्त्रिक दुवै ढङ्गले प्रयोग गर्न सकिदैन । त्यस्तो प्रयोग नेपाली समाजको विशेषता, सिर्जनशीलता र मौलिकतामा निर्भर हुन्छ ।

हामीले सशस्त्र सङ्घर्षको स्वरूपको प्रश्नमा सिद्धान्ततः यो वा त्यो भनेर हात बाँध्नु हुँदैन । परन्तु, वर्तमान नेपाली विशिष्टताहरूको गम्भीर अध्ययन गरी नेपालको इतिहासमा विकसित हुँदै आएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष एवम् दश वर्षको महान् जनयुद्धका अनुभव तथा आधारमाथि टेक्तै र थप विकसित अवस्थामाथि पनि आवश्यक ध्यान दिंदै नेपाली विशिष्टतामा आधारित जनविद्रोहको तयारीको काममा जोड दिनुपर्दछ ।


भिडियो फिचरview all