ताजा समाचार
नयाँ इतिहास लेखनको सकस
आजभोलि इतिहास लेखनको सन्दर्भ चर्चा-परिचर्चाको विषय बन्न थालेको छ र यो सकारात्मक पक्ष हो । प्रश्न इतिहास लेखनको मात्र नभएर, प्रश्न बहसछलफल र विचार विमर्शको संस्कृतिको पनि हो । नेपाली साहित्य र इतिहास लेखनको मात्रै कुरा गर्दा पनि बहसछलफलले जुन बौद्धिक आयाम आर्जन गर्नुपर्ने थियो, त्यसो हुनसकेको पाइँदैन । अलिकति आलोचना गरेपछि उत्तेजित हुने धतुराउने प्रवृत्ति पनि नभएको होइन । त्यसमा पनि 'फेसबुके लेखक' र पाठकको त कुरा गरेर साध्य छैन । साहित्यिक क्षेत्रमा खोटा मोहोरहरूको जगजगीले आतङ्क उत्पन्न गरेझैँ ‘फेसबुके प्रवृत्ति’ विकृति र विसङ्गतिको अर्को माध्यम बनेको छ ।
हिजोका दिनमा भन्दा अहिले सन्दर्भ सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध छन् । खासगरेर इन्टर्नेट र अनलाइन माध्यमहरूको सुविधाले सामग्रीहरूको चयन र उपलब्धतालाई सहज बनाएका छन् र बहसछलफलको आधार र अभ्यासलाई पनि सहज बनाइदिएका छन् । केही दिनअघि मात्र पनि अमुकअमुक पुस्तकहरू र इतिहासलेखको सन्दर्भलाई लिएर महेशराज पन्तको “साम्यवादी नजर” र यसको प्रतिवादमा यादव देवकोटाको “हुँदै नभएको ‘साम्यवादी नजर’” जस्ता टिप्पणीहरू प्रकाशमा आएका थिए । छेउकुनाबाट भए पनि बहसको थालनी भएको छ र यसलाई निरन्तरता दिनु आवश्यक छ । बौद्धिक किसिमका बहस छलफलले ज्ञान र अध्ययनको आयामलाई व्यापक बनाउने गर्छन् । यो बौद्धिक अभ्यास सकारात्मक छ र यसले सत्यबाट तथ्य खोज्ने विज्ञानलाई बुझ्न सघाउ पुग्छ ।
आजभन्दा करिब ३० वर्षअघि विद्यावारिधिको तयारी गर्दा मलाई सबैभन्दा बढी समस्या सन्दर्भसामग्रीकै परेको थियो । मेरो शोधशीर्षक प्रगतिवादी नेपाली उपन्यासका मूल प्रवृत्ति थियो । पञ्चायती कालमा यस किसिमको शीर्षक आफैँमा एउटा चुनौती थियो । हिजो विद्यावारिधि गर्नु भनेको सम्बद्ध विषयमा वैज्ञानिक पद्धतिका आधारमा नयाँ अध्ययन-अनुसन्धान गर्नु हो भन्ने हुन्थ्यो भने अहिले विद्यावारिधि प्रमोसनका लागि नम्बर बढाउने र नामका अगाडि डा. लेख्ने रहरमा सीमित हुन थालेको देखिन्छ । अब त विद्यावारिधि पनि ‘कपी एन्ड पेस्ट’ मा खुम्चिन थालेको सत्यतथ्यहरू प्रकाशमा आउन थालेका छन् । ‘कपी एन्ड पेस्ट’ गर्नेहरूको सङ्ख्या बढ्दै गएको भए पनि इमानदारीपूर्वक अध्ययन-अनुसन्धान गर्नेहरूका लागि अहिलेको स्थिति हिजोभन्दा सहज छ ।
प्रगतिवादको साटो मार्क्सवादी पदावलीको प्रयोग नै वैज्ञानिक र सही भएकाले अहिले भए म प्रगतिवादी नभनेर मार्क्सवादी नेपाली उपन्यास भन्थेँ हुँला । परन्तु त्यतिबेर प्रयोगका दृष्टिले यही पदावली सहज र प्रचलित थियो । प्रगतिवादका सन्दर्भमा आधारभूत सामग्री उपलब्ध भए पनि आवश्यक मात्रामा सन्दर्भ सामग्रीहरू उपलब्ध थिएनन् । मैले २०४० मै प्रगतिवाद र नेपाली उपन्यास नामको समालोचनात्मक पुस्तक प्रकाशित गरिसकेकाले अगाडिको तयारीका लागि सहज भएको थियो । साहित्यकला तथा मार्क्सवाद र उपन्यासका सम्बन्धमा मार्क्सदेखि माओसम्मका सैद्धान्तिक आधारभूत सामग्रीहरू उपलब्ध थिए तापनि नेपालको राजनीतिक अर्थशास्त्रको वैज्ञानिक इतिहाससम्बन्धी सामग्री मेरा लागि सबैभन्दा समस्याको विषय बनेको थियो । त्यसमा पनि देशकाल परिस्थितिअनुसार लेखन कार्यमा शब्दचयनमा समेत निकै सचेतता र सतर्कता अँगाल्नु पर्ने अवस्था थियो ।
नेपालको आर्थिक-राजनीतिक स्थिति, आर्थिक आधार र उपरि संरचना (बेस एन्ड सुपरस्ट्रक्चर) को प्रस्ट व्याख्या नगरी उपरि संरचनाका विभिन्न रूपहरूको ख्याख्या गर्ने काम गारो थियो र छ । पुष्पलालले लेखेका केही पुस्तिकाहरू, त्रिचन्द क्याम्पसका प्राध्यापक गोपाल सिवाकोटीले दीर्घबहादुर नामबाट धाराबाहिक रूपमा ज्वाला साप्ताहिकमा लेखेका नेपालको कम्युनिस्ट आन्दोलनसम्बन्धी लेखहरू, भीम रावलको पुस्तक नेपालमा साम्यवादी आन्दोलनका साथै कम्युनिस्ट पार्टीहरूका सीमित प्रकाशनहरूबाहेक विस्तृत अध्ययन-अनुसन्धानका साथ लेखिएका नेपालको राजनीतिक अर्थशास्त्रको पुस्तकहरू शोधार्थीका लागि उपलब्ध थिएनन् । त्यसमा पनि पृथ्वीनारायण शाहकालीन समय र पछिको इतिहासको सम्यक अध्ययन गर्नका लागि कुनै पनि गतिलो पुस्तक नेपालीमा थिएन । यस्तो बेला डी.पी. अधिकारीको पुस्तक नेपाली राष्ट्रियताको इतिहासले मलाई निकै सहयोग पुर्याएको थियो । त्यसको आफ्नैपन भए पनि खास गरेर पृथ्वीनारायण शाहदेखि २००७ साल सम्मको इतिहास बुझन यसले निकै सघाउ पुर्याएको थियो । त्यतिबेला डेभिड सेडनको पुस्तक नेपाल स्टेट अफ पोभर्टी र कृष्णबहादुर थापाको मेन एस्पेक्टस् अफ सोसियल, इकोनमिक एन्ड एडमिन्सट्रेटिव हिस्ट्री अफ मोडर्न नेपालले मलाई निकै सघाउ पुर्याएका थिए ।
त्यतिबेर प्रगतिवादको सैद्धान्तिक तथा ऐतिहासिक शृङ्खलाको व्यवस्थित रूपरेखा प्रस्तुत गर्नु आफैँमा सबैभन्दा ठूलो शोधकार्य थियो ।
प्रगतिवाद भनेर विश्वविद्यालय तथा क्याम्पसहरूमा पढाइ भए पनि यो पदावली बहुलवादी पदावली बनेको थियो । प्रगतिवाद पनि थरीथरीका बनाइएका थिए–आजभोलि मार्क्सवादलाई थुप्रै “मार्क्सवादहरू” बनाइएझैँ । प्रगतिवादका विभिन्न किसिमहरूमध्ये एउटा किसिम ‘रोमान्टिक प्रगतिवाद’ पनि थियो र बकाइदा स्नातक र स्नातकोत्तरको पठनपाठनमा यसको चर्चा गरिन्थ्यो । पछि मैले यो शब्दको प्रयोगका सन्दर्भलाई लिएर आलोचनात्मक लेख पनि लेखेँ । विद्यावारिधिका सन्दर्भमा मैले भोगेको समस्यापछि मैले प्रगतिवाद पुस्तक प्रकाशित गरेँ । यत्तिले मात्रै पुग्दो थिएन र मैले मार्क्सवाद र उत्तरआधुनिकतावाद (२०५२) प्रकाशित गरेँ ।
मैले शोधकार्य गर्दा भोगेको अर्को समस्या नेपाली साहित्यको गतिलो र भरपर्दो वैज्ञानिक इतिहासको उपलब्धताको समस्या पनि हो । यो समस्या मैले मेरो विद्यावारिधि कार्यका सन्दर्भमा मात्र नभएर अन्य सन्दर्भमा पनि बोध गरेको हुँ र अहिले पनि गरिरहेको छु । नेपाली साहित्यको इतिहास नामका केही पुस्तकहरू छन् । तिनमा तथ्याङक र अभिलेखको टिपोटमा जोड दिइएको छ र आआफ्नो बुझाइअनुसार घटनासन्दर्भहरूको चर्चा पनि गरिएको छ । राजनीतिक घटनाहरूको टिपोट भए पनि तिनका पछाडि निहित आर्थिक-राजनीतिक पृष्ठभूमि र उत्पादन इतिहासको वैज्ञानिक व्याख्या पाइँदैन । पछिल्ला दिनमा त नेपाली साहित्यको इतिहासको नयाँ पुस्तक लेखिएको पनि छैन र पछिल्लो पुस्तक भनेको दयाराम श्रेष्ठ र मोहनराज शर्मा लिखित पुस्तक नेपाली साहित्यको संक्षिप्त इतिहास नै हो । काल विभाजन, प्रवृत्तिहरूको किटान, घटनासन्दर्भहरूको व्याख्यालगायतका सन्दर्भहरूप्रति विमति रहे पनि यो नै अहिलेसम्मको सबैभन्दा राम्रो नेपाली साहित्यको इतिहास हो भन्नुपर्ने हुन्छ । कम्तीमा पनि यसले एउटा आधार प्रस्तुत गरेको छ । यत्तिको पुस्तक पनि अहिले हामीसित उपलब्ध छैन र यो पुस्तक पनि अद्यावधिक हुन सकेको छैन ।
नेपाली साहित्यको इतिहास सम्बन्धी पुस्तकहरू अध्ययन गर्दा दृष्टिकोणको पक्षमा, इतिहासको व्याख्या र रेखाङ्कन, काल विभाजन र प्रवृत्तिहरूको किटानका साथै तथ्याङ्कहरूको सङ्कलन र मूल्याङ्कन जस्ता कुरामा निकै समस्या रहेको अनुभूत गरेँ । उत्पादन इतिहासको भ्रमपूर्ण व्याख्याका साथै साहित्य सिर्जना र लेखनको सिङ्गै एउटा पाटोलाई निषेध गरिएको देखेपछि यस विषयमा केही प्रश्न उठाउनु आवश्यक छ भनेर ‘नेपाली साहित्यको इतिहासलेखन समस्या र समाधानको प्रश्न’ शीर्षकमा एउटा आलेख तयार पारेको थिएँ । यो कार्यपत्र पहिले गोयथे इन्स्टिच्युटमा आयोजित एउटा कार्यक्रममा प्रस्तुत गरेको थिएँ र यसको टिप्पणी प्राध्यापक माणिकलाल श्रेष्ठले गर्नुभएको थियो । पछि यसलाई अलि व्यापक र परिमार्जित रूप दिएर पाटन क्याम्पस नेपाली विभागले आयोजना गरेको भाषा र साहित्यसम्बन्धी विचारगोष्ठीमा प्रस्तुत गरेको थिएँ र डा. दयाराम श्रेष्ठले यसको टिप्पणी गर्नुभएको थियो । यसलाई पनि थप परिमार्जित गरेर मैले समालोचना सङ्ग्रह साहित्य र समाज (२०६४) मा प्रकाशित गरेको हुँ । नेपाली साहित्यको इतिहासको सन्दर्भ भए पनि त्यसमा इतिहासदर्शन र इतिहासचेतना सम्बन्धी सैद्धान्तिक पक्षको पनि चर्चा गरिएको छ ।
पृथ्वीनारायणकालीन कवितालाई “वीरकालीन” कविता, “गोरा त सुरा...” जस्ता कवितालाई “स्तुति पद्य” अनि भानुभक्तका सम्बन्धमा गरिएको मूल्याङ्कन, राणाकालीन साहित्य, जोसमनी सन्त साहित्य, योगमाया र ‘मकै पर्व’ का बारेमा लेखिएको इतिहासप्रति मेरो चित्त बुझेको थिएन र छैन । धरणीधरको “जाग जाग...”देखि २००७ सालसम्मको नेपाली साहित्यको इतिहास पनि कम चुनौतीपूर्ण छैन । २००७, २०१७, २०३६, २०४६, २०५२ सालपछिको नेपाली साहित्यको इतिहासलाई प्रभावित पार्ने विविध कारकतत्वहरूका बारेमा भन्दा पनि तथ्याङ्कमा जोड दिने र यो तथ्याङ्क पनि अपूर्ण र एक थरी लेखकसाहित्यकारहरू कित्ता काटमा परेको स्थितिले पनि मलाई पटक्कै चित्त बुझेको थिएन र छैन । “नव-चेतना” काल भनेर गरिएको कालविभाजन र व्याख्या नै सही लागेन/सही छैन । सामाजिक आर्थिक-राजनीतिक स्थितिको विकास, वर्गसङ्घर्ष र अन्तर्विरोधले विकसित गरेको चेतना र अभिव्यक्तिका आधारमा साहित्यिक प्रवृत्तिहरूको आरम्भ र विकास नखोजी शून्यवादी दर्शनमा आधारित रचनालाई “नव-चेतना” का रचना भन्नु र एक थरी लेखकहरूको कित्ताकाट गरिएको नाम-सूचीको लिपिबद्धताले सही इतिहास लेखन सम्भव थिएन र छैन ।
नेपाली साहित्यको इतिहासम्बन्धी समस्यालाई लिएर केही लेख्नु पर्छ भनेर कामको थालनी पनि गरेको थिएँ, तर त्यो योजनामै रह्यो । यसै क्रममा मैले इतिहास लेखनसम्बन्धी सैद्धान्तिक आधारको व्याख्या गर्दै “इतिहासलेखन, मार्क्सवाद र ‘नयाँ इतिहासवाद’” शीर्षकमा लेख लेखेँ र यो लेख मार्क्सवाद र उत्तरआधुनिकतावादमा सङ्कलित छ ।
‘नेपाली साहित्यको इतिहासलेखन समस्या र समाधानको प्रश्न’ र “इतिहासलेखन, मार्क्सवाद र ‘नयाँ इतिहासवाद’” मा व्यक्त गरिएका धारणाहरू पनि अहिलेको सन्दर्भमा अपुग हुन सक्छन् तापनि आधारभूत रूपमा त्यहाँ उठाइएका सैद्धान्तिक तथा वैचारिक प्रश्नहरू आज पनि त्यत्तिकै समसामयिक र सान्दर्भिक छन् । यी लेखहरूबाट इतिहासलेखनका सन्दर्भमा मार्क्सवादी चिन्तकहरूका सैद्धान्तिक-वैचारिक भनाइहरू र नेपाली साहित्यको इतिहास लेखनसम्बन्धी समस्याका बारेमा केही मात्रामा भए पनि जानकारी प्राप्त गर्न सकिन्छ । मेरो लेखनको मूल जोड साहित्यको इतिहासमा केन्द्रित भए पनि मार्क्सवाद र इतिहासलेखन सम्बन्धी दार्शनिक तथा सैद्धान्तिक तहमा ती लेखहरूमा उठाइएका सन्दर्भहरू सबैका लागि काम लाग्दा छन् । राजनीतिक इतिहास होस् अथवा समाज र साहित्यको इतिहास होस्, मूल कुरा दृष्टिकोण र पद्धति हो र यसमा इतिहासचेतनाको अहम् भूमिका हुनेगर्छ ।
नेपाली साहित्यको इतिहास लेखनमा दृष्टिकोण र पद्धतिको प्रश्न केन्द्रीय प्रश्न भए पनि तथ्याङ्क सङ्कलन तथा केलाकुलाइ गर्ने काम पनि त्यत्तिकै जटिल छ भन्ने कुरा पनि स्वीकार गर्नु पर्ने हुन्छ । लेखनका आधारभूत प्रवृत्तिमा गुणात्मक फेरबदल नभए पनि समयले विकसित गरेको यथार्थसँगै चिन्तनप्रवृत्तिमा फेरबदल भएको छ र लेखकहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । स्थापित भइसकेका कतिपय लेखकहरूलाई सूचीबद्ध गर्ने कामसमेत हुन सकेको छैन । यसका साथै नेपालबाहिरको नेपाली भाषासाहित्यको इतिहासलाई कसरी व्यवस्थित गर्ने भन्ने कार्य पनि आफैँमा चुनौतीपूर्ण छ ।
नेपाली साहित्यको इतिहासलाई जात, क्षेत्र र लिङ्ग अर्थात् 'पहिचानवादी राजनीति' --उत्तराधुनिकतावादी, उत्तर-मार्क्सवादी चिन्तनप्रवृत्तिका आधारमा विभाजन र वर्गीकरण गर्ने अवैज्ञानिक कार्य मान्य नहुनु स्वाभाविक छ तापनि नेपाली भाषाबाहेक नेपालमा बोलिने अन्य मातृभाषाको साहित्य लेखनलाई कसरी नेपाली साहित्यिको मूल इतिहाससित समायोजन गर्ने भन्ने कार्यमा पनि केही जटिलताहरू छन् । त्यसमा पनि मैथिली भाषा र नेवारी भाषाको समृद्ध इतिहासप्रति बेवास्ता गर्न सकिने स्थिति पटक्कै छैन । थुप्रै जटिलता छन् तापनि यिनको सामना गर्दै वैज्ञानिक दृष्टिकोण र पद्धतिका आधारमा नेपाली साहित्यको इतिहास लेख्ने कामको थालनी हुनु आवश्यक छ । विश्वविद्यालयका एक थरी प्राडाहरू र दैनिक पत्रिका तथा अनलाइन माध्यमहरूमा देखिने ‘समालोचक–समीक्षकहरू’ ले विकृत बनाएको नेपाली साहित्यको इतिहासलाई नयाँ र वैज्ञानिक किसिमले लेख्ने कुरा चुनौतीपूर्ण भए पनि यो आवश्यक छ । समयले नेपाली साहित्यको नयाँ इतिहासको माग गरेको यथार्थप्रति हामी गम्भीर हुनै पर्ने हुन्छ ।
०००

भिडियो फिचरview all