ताजा समाचार
टिप्पणी : स्थितिको गम्भीरता र एकताको सन्दर्भ
यता दुई-चारदिनभित्र जे भयो, जे देखियो र देखिँदैछ, यसले स्थितिको गम्भीरतालाई सङ्केत गर्छ l स्थिति यस किसिमको छ :
बाल्टीमा पानी छ, आधी बाल्टी पानी, त्यो पनि धमिलो l धमिलो र हल्लिएको आधी बाल्टी पानीमा कसैको पनि अनुहार प्रस्ट देखिएको छैन र, सबैलाई थाहा भएको कुरा हो, हल्लिएको पानीमा कसैको पनि अनुहार प्रस्ट देखिँदैन l इमान्दारीपूर्वक भन्नुपर्ने हुन्छ : अरूको त के कुरा अहिले सबैले विश्वास गरिएका कमरेड किरणको अनुहार पनि प्रस्टरूपमा देख्न गारो परिरहेको स्थिति छ l
यस्तो अवस्थामा लोकेन्द्र बिष्ट, गोपाल किराँती र आहुतिको सन्दर्भ त्यति महत्त्व दिनु पर्ने सन्दर्भ होइन l उनीहरूले माकेबाट विद्रोह गरे, यो सकारात्मक पक्ष हो l तर अगाडिको बाटो त्यति सहज छैन, हल्लाले हुनेवाला छैन भन्ने कुरा अमुकको इतिहासले प्रस्ट पारेको छ l प्रचण्डले भर्खरै एउटा भाषणमा ''आफूहरू धेरै अगाडि बढेको पछि फर्किनु भनेको खाल्डोमा पर्नु हो" भनेको पढ्न पाइएको थियो l बिप्लवले पनि '' आफू धेरै अघि बढेको, अब पछि फर्किने कुराको गुन्जाइस छैन" भनेर लेखेको पढ्न पाइएको थियो l प्रचण्डको ''अघि बढाइ" त बुझिएको हो, तर बिप्लवको अघि बढाइलाई बुझ्न निकै गारो परेको स्थिति छ l धेरैले बिप्लवको यो भनाइलाई कमरेड किरणको पार्टीसित एकताको अरुचिको अर्थमा पनि व्याख्या गरेको पाइयो l उनले आफूहरूको जोड एकतामा होइन, ध्रुवीकरण हो र सबै आफ्नो पार्टीमा ध्रुवीकृत हुनु पर्छ भन्ने गरेका छन् l सत्य के हो भने बाल्टीको पानीमा सबैभन्दा बढी हाल्लिएको छ नेत्रबिक्रम 'विप्लव' कै अनुहार l तीन वर्षको इतिहासले देखाएको यो यथार्थलाई स्वीकार गर्नुपर्छ l
वास्तवमा जे जे कमीकमजोरी भए पनि तत्काललाई कमरेड किरणको वरिपरि गोलबद्ध हुनुको विकल्प देखिंदैन l यो समयले देखाएको सत्य हो l चारुमजुमदारको हत्या र त्यसपछिको सन्दर्भबाट पनि केही सिक्नु आवश्यक छ l ''लालझण्डाको विरुद्ध लालझण्डा'' को परियोजना बढी खतरनाक हुन्छ l बैद्य र विप्लबको अवसानमा प्रचण्डले आफ्नो बाँकी भविष्य खोज्नु स्वाभाविक छ l सबै उपाय र हतियारहरू प्रयोग हुनेछन् l माकेजनहरूलाई क-कसका के-के कमजोरीहरू छन्, को के चाहन्छ भन्ने कुरा सबै थाहा छ l त्यसमा पनि प्रचण्डलाई त सबैभन्दा बढी थाहा छ l
पहिलो प्रयाश माओवाद मान्ने र जनयुद्धसित गाँसिएका शक्ति र व्यक्तिहरूलाई गोलबद्ध गर्ने कार्यमा केन्द्रित हुनु आवश्यक छ l झोलामा खोलाको लाइसेन्स, ठेक्कापट्टाको लाइसेन्स बोकेर मोलमोलाइ गर्नेहरूका झैं चुनाव आयोगमा दर्ता भएको पार्टीको प्रमाणपत्र बोकेर मोलमोलाइ गर्दै हिंड्नेहरू र श्रीमतीलाई मन्त्री बनाउन ओली र प्रचण्डको ढोका चाहर्नेहरू त्यति भरपर्दा शक्तिहरू होइनन् l सहकार्य हुन सक्छ, परन्तु, तिनीहरूसित एकताको प्रयाशमा समय खेर फाल्नुको अर्थ छैन l उनीहरूलाई ध्रुवीकृत गर्ने हो l
लोकेन्द्र बिष्ट, गोपाल किराँती, र आहुतिको विरोध यो संबिधान र संसदीय व्यव्यस्था हो कि माकेको एमालेसित एकता हुन लाग्यो भन्ने हो, प्रस्ट हुनु आवश्यक छ, अनि मात्र अघि बढ्ने कुरा हुन्छन् l यताका दिनमा उहाँहरूले यो संबिधान र संसदीय व्यवस्थाको विरोध गरेको पढ्न पाइएको छैन, विरोधको मूल स्वर र भाव माकेको एमालेसितको एकता हुन लाग्यो भन्ने मात्र हो l समाजवादको कुरा त यो संबिधानमा पनि छ l यस अर्थमा उहाँहरू पनि आधारभूत रूपमा प्रस्ट हुनु आवश्यक छ l विगतको इतिहास हेर्दा किराँती र आहुति त्यति भर पर्दा पात्रहरू होइनन् l किराँती त झनै होइनन्, विचारका दृष्टिले पनि प्रस्ट छैनन् l बिष्टको भूमिका तुलनात्मक दृष्टिले अलि प्रस्ट देखिन्छ तापनि उहाँ पनि प्रस्टताका साथ आउनु पर्छ l बैद्य र विप्लबबीच सेतु बनेर पनि भूमिका खेल्न सकिन्छ l
सबैजना सैद्धान्तिक- वैचारिक पक्षमा प्रस्ट हुनुपर्छ l वर्गीय पहिचान भन्दा असली र ठूलो पहिचान अरू पहिचान छैन l मार्क्सवाद- लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, नयाँ जनवादी क्रान्तिलाई नेपाली क्रान्तिको न्यूनतम क्रान्तिको आधार मान्ने, यो सत्ता र सम्बिधानन्तर्गत हुने सबैखाले (स्थानीय तथा केन्द्रीय) चुनाव बहिष्कार गर्ने र सशस्त्रक्रान्तिद्वारा सत्ता कब्जासम्बन्धी सिद्धान्तलाई आधार मान्नेहरूबीच गरिने एकता प्रयाश मात्रै दिगो र फलदायी हुन्छ l मूल कुरा कार्यदिशा हो र यसमा सशस्त्रक्रान्तिद्वारा सत्ता कब्जासम्बन्धी सिद्धान्तलाई स्वीकार गरेपछि बहसछलफल गर्न सकिन्छ l पहिले भित्रिएकाहरू नै टाउको दुखाइको विषय बनेको , जनयुद्ध बेठिक भन्नेहरू र माओवाद नामान्नेहरूले धुरुधुरु रुवाइरहेको अवस्थामा यस्तै खालेहरू भित्र्याएर थप टाउको दुखाइको विषय बन्नु आवश्यक छ जस्तो लाग्दैन l यो भनेको पछि फर्काइ हो, वैचारिक विसर्जनको सोचाइ र बुझाइ हो l केही सैद्धान्तिक -वैचारिक बुझाइ बडो अचम्मका र मार्क्सवादसित मेल नखाने खालका भए पनि एकताको प्रयाशमा नेकपा- बिप्लवसित नै जोड दिनु आवश्यक छ l नेकपा- विप्लब '' निकै अघि बढेको" हो भने लेनिनले के गर्ने मा भन्नुभएझैं उसलाई जान दिनुपर्छ l स्थिति सहज छैन भनेर सबैले बुझे हुन्छ l ''अघि बढ्ने" स्वतन्त्रता सबैलाई छ , तर, लेनिनले भन्नुभएझैँ ''धाप छ त्यता नजानुस्" भन्दाभन्दै कोही एक्लेबीर हुनुको ''विरत्व" प्रदर्शन गर्न लालायित हुन्छ भने शुभकामना दिनुको विकल्प छैन l
नेकपा (क्रान्तिकारी माओवादी) ले पहिले आफैंभित्र सङ्गठनात्मक शुद्धीकरण गर्दै र अरूलाई ध्रुवीकृत गर्दै क्रान्तिकारी नीति-योजनाका साथ अघि बढ्नु आवश्यक छ l विसर्जनबाट बच्ने यही मात्रै उपाय हो l माओले भन्नुभएको ''उदारतावाद" बाट बच्नुको विकल्प छैन l विचार र संगठन एक अर्कासित घनिष्टरूपमा गाँसिएका हुन्छन् l जनयुद्ध र माओवाद नामान्नेहरूबाट कस्तो पार्टी र कस्तो आन्दोलनको आशा गर्ने होला र !
अब गम्भीरताबोधको अपेक्षा कमरेड किरणबाट नै हो l यति लामो अनुभव भएको र विचारप्रति प्रतिबद्ध अर्को नेता यतिबेर हामीसित, नेपालको कम्युनिस्ट आन्दोलनमा छैन l वास्तवमा माकेलाई गाली गरेर मात्र पुग्दो छैन, अब प्रस्ट दिशाबोधको आवश्यकता छ l र आवश्यकता छ पहलकदमीको l कम्तीमा पनि यतिबेर विचारको रक्षा प्रधान बनेको छ र यसका लागि आन्दोलनको गतिशीलताको आवश्यकता छ l वर्गसंघर्षका कार्यक्रम र आन्दोलनका गतिविधिले नै माओवादी झण्डा र विचारको रक्षा गर्छ भन्ने कुरा प्रस्ट छ l
०००

भिडियो फिचरview all