
सुदर्शनसहितका नेतालाई सार्वजनिक अपराधको मुद्धा

इः रातोखबरका अनुसार : नेताद्वयलाई जनताको उपस्थितिमा जनसभा गर्न खोजेको र प्रहरीलाई गालि बेइज्यती गरेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यालय मोरङले मुद्दा दायर गरेको हो । तर नेताद्वय ओली र राईले विराटनगरमा हुने खुल्ला आमसभामा जादै गर्दा प्रहरीले आफुहरुलाई अन्यायपूर्ण तरीकाले पक्राउ गरेको भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयले जनाएको छ । वर्तमान संविधान अनुसार विनाकारण २४ घण्टा हिरासतमा राख्न नपाइने कानुनी व्यवस्था भएपनि पक्राउ गरिएको ४८ घण्टा वितिसकेपछि मात्र नेताद्वयलाई सार्वजनिक मुद्दा लगाउन प्रमुख जिल्ला अधिकारीको कार्यालयमा उपस्थित गराइएको हो ।
भिडियो फिचरview all