ताजा समाचार
पार्टी एकताका वैचारिक आधारहरू
कम्युनिस्ट मूल्य र आदर्शबाट च्युत भएर नवप्रतिक्रियावादमा पतन भइसकेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले ‘वाम–गठबन्धन’ र ‘कम्युनिस्ट एकता’ को नाम दिएर जनतामा भ्रम उत्पन्न गरिरहेको अवस्थामा वर्तमान संविधान र संसदीय व्यवस्था नमान्ने मालेमावादी शक्तिहरूले एकताको प्रक्रियालाई अघि बढाउन औपचारिक रूपमै वार्ता र छलफलको प्रक्रियालाई अघि बढाएका समाचारहरू प्रकाशमा आएका छन् ।
माओ दिवसको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपाले वर्तमान स्थितिको संश्लेषण गर्दै एकताको आवश्यकतालाई यसरी प्रस्ट पारेका थिए :
“माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काङ्ग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरूलाई गोलबन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा ध्रुवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो । ”
एकताप्रक्रियालाई अघि बढाउन पहल गर्ने निर्णयसँगै यही माघको पहिलो हप्तामा बसेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को स्यायी समिति बैठकले एकताका सम्बन्धमा यस किसिमकामे निर्णय गरेको थियो :
''पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दैगएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।"
जनयुद्ध दिवस, सहिद दिवसलगायतका कार्यक्रमहरू संयुक्त रूपमा गर्ने र एकतावार्ता पनि गर्दै जाने भनेर निर्णय गरेअनुसार वार्ताको थालनी भएको कुरा दुवै पार्टीले जनाएका छन् । भर्खरै बसेको दुई पार्टीको बैठकले गरेका निर्णयहरू भनेर समाचारहरू पनि बाहिर आइसकेका छन् ।
यसैबीच ‘जनमेल’ ले नेकपा (क्रान्तिकारी माओवादी) का प्रवक्ता कमरेड हरिभक्त कडेल ‘प्रतिक’ सित यस विषयमा सम्पर्क राख्दा उनले “पहिले थुप्रैपल्ट अनौपचारिक कुराकानी भए पनि अब आएर औपचारिक वार्ता सुरु भएको” भन्ने जानकारी प्राप्त भएको छ । उनले “दार्शनिक, वैचारिक तथा राजनीतिक त्यसमा पनि कार्यदिशाका सम्बन्धमा थुप्रै अस्पष्टता भए पनि वार्ता र छलफलद्वारा मिलाउँदै जानुपर्छ भनेर आफ्नो पार्टी इमानदारीपूर्वक वार्तामा सरिक भएको भए पनि नेकपासित सम्बद्ध कतिपयले पत्रपत्रिकामा अनेक थरी टीकाटिप्पणी गर्ने गरेको, जिल्लाजिल्लामा कार्यकर्ता चोर्ने गरेकोले उताबाट इमानदारीपूर्ण व्यवहार नभएको” भन्ने टिप्पणी पनि गरेका छन् ।
नेकपाले एकता होइन, ध्रुवीकरणलाई जोड दिँदै अरूहरू आफूले अघि सारेको नीति तथा कार्यक्रममा समावेश हुनपर्ने, बिनासर्त आफ्नो पार्टीमा मिसिनु पर्ने धारणा अघि सारेको छ र उसका नजिकका प्रकाशनहरूले पनि यसै कुरालाई जोड दिएर समाचार र टिप्पणीहरू प्रकाशित गर्ने गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) ले भने क्रान्तिकारी विचारका आधारमा गरिने एकताका कार्यहरू आफैँमा ध्रुवीकरणका प्रक्रियाहरू हुन्, क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध हुने प्रक्रिया हुन् भनेको छ । वास्तवमा कसैको नीति, योजना र कार्यक्रममा गएर मिसिने कुरा एकता होइन, ध्रुवीकरण पनि होइन, यो त विलय हो । यस किसिमको तर्क र अवधारणा एकता विरोधी मात्र नभएर मार्क्सवाद विरोधी पनि हो । एकताप्रति इमानदार कुनै पनि पार्टी तथा व्यक्तिले यस किसिमको तर्क अघि सार्दैन र गर्नु पनि हुँदैन ।
मुलुकको स्थिति एमदमै जटिल भएको अवस्थामा सापेक्षित रूपमा क्रान्तिकारी देखिएका शक्तिहरूबीच एकता हुनु, छरिएर रहेका क्रान्तिकारीहरू एकीकृत र ध्रुवीकृत हुनुलाई आम जनता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिनु स्वाभाविक छ । यो मुलुककै आवश्यकता हो । एकता भए आफूले खाइपाइआएको खान्की खोसिन्छ कि, आफूले ढलीमली गरेको मौजा छाड्नु पर्ने पो हो कि भनेर छटपटिने खालका र आर्थिक उत्प्रेरणाका पछि हुरुक्क हुने खालकाहरूबाहेक एकताको कुराले बैद्य तथा विप्लव दुवै समूहका ठूलो सङ्ख्याका कार्यकर्ताहरू उत्साहित छन् भन्ने यथार्थलाई दुवै समूहका नेतृत्व तहमा रहेका कमरेडहरूले आत्मसात गर्नु आवश्यक छ । परन्तु, एकताको वातावरण त्यति सहज किसिमले बनिहाल्छ भनेर चाहिँ भन्न सकिने स्थिति छैन/देखिँदैन । एकतासम्बन्धी व्यवहारमा नेकपा भन्दा नेकपा (क्रान्तिकारी माओवादी) बढी इमानदार र प्रस्ट देखिन्छ, यस मामिलामा नेकपा अनावश्यक रूपमा बढी जटिल देखिन्छ । यसो हुँदाहुँदै पनि एकताका नाममा विचारको प्रश्नमा नेकपा (क्रान्तिकारी माओवादी) ले तलमाथि गर्ला जस्तो देखिँदैन र गर्नु पनि हुँदैन । खासगरेर नेकपाको आठौँ महाधिवेशनमा पारित दार्शनिक-वैचारिक प्रश्नहरू, समाजवादलाई न्यूनतम कार्यक्रम मान्ने प्रश्न र ‘उत्तरसाम्राज्यवाद” सम्बन्धी धारणा र कार्यदिशासम्बन्धी प्रश्नलाई नेकपा (क्रान्तिकारी माओवादी) लगायत छरिएर रहेका अन्य साना समूह तथा व्यक्तित्वहरूले गम्भीर किसिमले लिएको देखिन्छ । यस्ता प्रश्नहरू नै एकता-प्रक्रियालाई जटिल बनाउने प्रक्रिया हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी) भित्र पनि कतिपयले पहिले एकतालाई प्राथमिकता दिने र एकतापछि नमिलेका कुरा मिलाउँदै जाने भन्ने गरेको सुनिन्छ । यो पनि एकतासम्बन्धी सही बुझाइ होइन । कार्यकर्ताको अधिक सङ्ख्या एकता आजको अनिवार्य आवश्यकता भए पनि आधारभूत वैचारिक तथा कार्यदिशागत प्रश्नमा सहमति र समझदारी बनाउने कार्यलाई प्राथमिकतामा राख्नु आवश्यक हुन्छ भन्नेमा रहेको देखिन्छ । अनुशासनका दृष्टिले यसरी व्यक्त हुनु कति उपयुक्त होला भिन्नै कुरा हो, कतिपय केन्द्रीय सदस्यहरूका फेसबुक स्टाटसमै यस्ता कुराहरू खुलेर आएका छन् । उनिहरूले नयाँ जनवादी क्रान्तिको बाटोबाट यताउता हुन नसकिने धारणा व्यक्त गरेका छन् ।
वास्तवमा मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता नै एकताका साझा र न्यूनतम आधार हुन् । नेपाल अझै पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा छ र नेपाली क्रान्तिको आधारभूत र न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति नै हुन्छ, यसको विकल्प छैन र सशस्त्र सङ्घर्षबिना नयाँ जनवादी क्रान्ति सम्पन्न हुने स्थिति छैन र हुँदैन । सशस्त्र सङ्घर्षको स्वरूपबारे फरकफरक धारणा छन् र हुनसक्छन् । सशस्त्र सङ्घर्षको कार्यदिशामा बहसछलफल हुनसक्छ ।जस्तो कम्युनिस्ट न्युक्लिअस, नेपालले नेपाली नयाँ जनवादी क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धमा प्रवेश नगरी धरै छैन भनेको छ भने नेकपा (क्रान्तिकारी माओवादी) ले नेपाली विशिष्टताको सशस्त्र जनसङ्घर्ष भनेको छ र नेकपाको फौजी कार्यदिशा के हो, प्रस्ट छैन,उसले 'एकिकृत क्रान्ति' भनेको छ ।
यो संविधान नमान्नु तथा संसदीय व्यवस्था नमान्नु, बहिष्कार गर्नु मात्र पर्याप्त छैन, मूल कुरा त नेपाली नयाँ जनवादी क्रान्तिको मार्गचित्रको तय गर्नुं हो । यो भनेको नेपाली क्रान्तिको न्युनतम कार्यक्रम तय गर्ने र वैज्ञानिक कार्यदिशा किटानको प्रश्न हो । नयाँ जनवादी क्रान्तिको विषयमा कुनै विपकल्पगत सम्झौता हुने स्थिति छैन । यसले केही गरी एकाधलाई समेटे पनि छरिएर रहेका अन्य क्रान्तिकारी समूह तथा व्यक्तित्वहरूलाई समेट्न सक्ने स्थिति छैन । यस यथार्थलाई अगाडि राखेर मात्र क्रान्तिकारी ध्रुवीकरणको अभियानले सार्थकता पाउँन सक्छ ।
एकता अर्थात् ध्रुवीकरणका सम्बन्धमा नेकपा (क्रान्तिकारी माओवादी) जसरी इमानदारीपूर्वक लागेको छ, यो सराहनीय छ । एकाध कुराहरूबाहेक, यसले अघि सारेका वैचारिक तथा नीतिगत कुराहरू बढी वैज्ञानिक र क्रान्तिकारी छन् । नेकपा (क्रान्तिकारी माओवादी ) का आधारभूत नीति तथा एकताका सम्बन्धमा यसले अघि सारेका बहसछलका बुँदालाई आधार मानेर अघि बढ्दा नै एकताप्रक्रियालाई छिटो, वैज्ञानिक र क्रान्तिकारी निष्कर्षका साथ टुङ्गोमा पुर्याउन सहज हुन्छ भन्ने ठहर ‘जनमेल’ को रहेको छ । वैचारिक-राजनीतिक आधारभूत कुराहरू मिलेपछि नै सङ्गठनात्मक तथा नेतृत्वगत कुरा आउने हुन् र अहिलेको अवस्थामा कमरेड किरणको विकल्प छैन भन्ने कुरा पनि प्रस्ट छ ।
०००

भिडियो फिचरview all