ताजा समाचार
गतिहीनतालाई जीवनले कहिल्यै क्षमा गर्दैन : निकोलाई ओस्त्रोवस्की
(१३ वर्षको उमेरमा रसियाली बोल्सेविक पार्टीसित सम्बद्ध निकोलाई ओस्त्रोवस्की क्रान्तिकारी राजनीति तथा साहित्यमा रूचि राख्नेहरूका लागि अपरिचित नाम होइन । ३२ वर्षकै उमेरमा मृत्युवरण गर्ने ओस्त्रोवस्कीको उपन्यास 'अग्निदिक्षा' रसियाली साहित्यमा मात्र नभएर गोर्कीको आमापछिको सर्वाधिक लोकप्रिय उपन्यास हो । दृढ इच्छाशक्ति र आत्मबल र मनोबलको उच्चतम उदाहरण ओस्त्रोवस्की खासगरेर युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । क्रान्तिकारी नैतिकता र श्रमचेतनाद्वारा आफूलाई सदैव ताजा राख्ने ओस्त्रोवस्की शारीरिक रूपबाट अस्वस्थ रहे पनि मानसिक रूपबाट सदैव स्वस्थ र गतिशील रहनुभयो । जीवन र लेखन दुवै क्षेत्रमा क्रान्तिकारी आशावाद वहाँको केन्द्रीय मूल्य बन्यो । यो कुरा उपन्यासबाट मात्र नभई चिठीपत्रादि, लेखनिबन्ध, टिप्पणी र अन्तर्वाताबाट पनि अवगत गर्न सकिन्छ । वहाँका सङ्ग्रहित रचनाहरूबाट लेखक र लेखकीय दायित्वसम्बन्धी अंश तल प्रस्तुत गरिएको छ ।)
हामी आशावादी हुनुपर्छ
किताबहरू थोरै नै होऊन्, तर ती राम्रा होऊन् । हाम्रो दराजमा घटिया पुस्तकका लागि ठाउँ छैन । पाठकको समय बेकार नष्ट गर्ने र इमानदार श्रमिकको छुट्टीको दिन बर्बाद गर्ने अधिकार कसैलाई पनि छैन ।
त्यस व्यक्तिले नै अरू कसैलाई सिकाउन सक्छ, जसले सिक्न खोज्नेको भन्दा बढी जानेको हुन्छ । मान्छेको मनमस्तिष्कमा घरजम गरेर बसेको पुँजीवादी रहलपहल प्रभावलाई नामेट पार्नु लेखकको कर्तव्य हो ।
आजको हाम्रो पाठक निमर्म र कठोर बन्न सक्षम छ । कसैले पनि उसलाई भुस खुवाउने प्रयास नगरे हुन्छ । जनतालाई मुर्ख बनाउनु असम्भव छ । यसरी चल्नेवाला छैन । हाम्रा रचनामा असत्य, कृत्रिम र उडन्ते कुरा पाउनेबित्तिकै पाठकले छोड्नेवाला छैनन् । पाठकले हाम्रो पुस्तक अन्त्यसम्म पढ्नेवाला छैन । त्यसलाई निन्दा गर्दै फ्याँक्ने छ । अनि भेटे जति सबैलाई उसले हाम्रो कमजोरीबारे भन्ने छ । एकपल्ट प्रतिष्ठा गुमाइसकेपछि फेरि प्राप्त गर्न गारो हुनेछ ।
लेखकको उच्च स्थानलाई हामीले हाम्रो सोभियत भूमिमा उच्च बनाइराख्नु पर्छ । र, साँचो श्रम, अथक परिश्रम, आफ्नो शक्तिको हरेक पक्षका साथै शारीरिक तथा नैतिक अनवरत अध्ययनमार्फत निर्माण–सङ्घर्षमा भाग लिएर नै यसलाई प्राप्त गर्न सम्भव छ । अनि मात्र लेखकले आफूलाई सबैभन्दा अग्र पङ्क्तिमा उभ्याउन सक्षम हुन सक्छ । पहिलेको सफलता तथा ख्यातिबाट सन्तुष्ट भएर बसेर काम चल्नेवाला छैन । हाम्रो देशका अग्रगामी जनता कहिल्यै पनि आफ्नो सफलताबाट सन्तुष्ट भएर चूपचाप बस्तैनन् । उनीहरू आफ्नो वीरतापूर्ण कामद्वारा श्रमक्षेत्रमा आफ्नो नेतृत्व कायम गरिरहन्छन् । यो उनीहरूका लागि गौरवको विषय बनेको छ । तर, अधिकांश लेखक एउटा राम्रो पुस्तक लेखिसकेपछि प्रशंसाबाट मख्ख परेर कलम बन्द गरेर चूपचाप बस्छन् । जिन्दगीको गति तीव्र हुने गर्छ । गतिहीनतालाई जीवनले कहिल्यै क्षमा गर्दैन र जीवनको गतिले यस्ता लेखकलाई छायामा पार्नु स्वाभाविक हुन्छ । यो उनीहरूको दुखान्त कथामा परिणत हुन्छ ।
क्रान्तिप्रति निस्वार्थ प्रेम
मित्रता, इमानदारी, सामूहिकता, मानवता यी हाम्रा साथी हुन् । साहस र बहादुरीको शिक्षा, क्रान्तिप्रति निस्वार्थ प्रेम सत्रुप्रति घृणा—यी हुन् हाम्रा विधिविधान । जुन दुस्मन हतियार लिएर हाम्रो मुलुकमा वेश गर्छ, उसलाई मृत्यु र सर्वनाशबाहेक केही प्राप्त हुने छैन । पुँजीवादी फौजको एउटा सेना, जो हातहतियारसहित हामीकामा आउँछ, उसप्रति हाम्रो अससीमित घृणा हुनेछ । सशस्त्र सङ्घर्षमा सोभियत सैनिकको एउटै उद्देश्य तथा आकङ्क्षा हुन्छ—आफ्नो दुस्मनको सर्वनाश । सत्रुप्रतिको घृणाकै कारण कयौँ गुणा वृद्धि भएको मातृभूमिप्रतिको प्रेम—यस्तो प्रेमले नै हामीलाई विजयी बनाउँछ । घृणा गर्नका लागि जनताले आफ्नो दुस्मनलाई चिन्नु आवश्यक छ, यसको निकृष्टता, कपटीपन तथा उसको पासविकताप्रति भलिभाँती परिचित हुनु आवश्यक छ । र यी सबै कुरा देखाउनु लेखकको कर्तव्य हो ।
सामूहिकता हाम्रो सम्पूर्ण हो
देशले कुनै सैनिकको वीरतापूर्ण साधनाको प्रशंसा गर्नुको अर्थ उसले यसैमा आफूलाई मख्ख पारेर यथार्थबाट विमुख हुनु होइन । आफ्नो देशको भूमिमा उसको पैताला दरोसित टेकिनुपर्छ । सामूहिकतामा रहनु आवश्यक छ । सामूहिकतामै हामी प्रशिक्षित भएका छौँ भन्ने कुरा नबिर्सौँ । सामूहिकता छोडेको दिन हाम्रो अन्त्य हुन्छ । विनम्रता सैनिकको आभूषण हो । दम्भ र उद्दण्डता पुँजीवादी युगको विरासत हो । यो दोष व्यक्तिवादबाट पैदा हुन्छ । कुनै सैनिक जति विनम्र हुन्छ, उति नै ऊ आदरणीय हुन्छ । र, यो सत्य लेखकमा पनि लागू हुन्छ ।
श्रममा नै सुख छ
आज पनि धेरैजसो मान्छेको विश्वास छ, कवि तथा लेखकको प्रेरणाको घडीमा नै सिर्जनात्मक कार्य गर्ने गर्दछन् । सायद यसै कारणले होला हाम्रो देशका कतिपय लेखक प्रेरणाको बाटो हेरेर वर्षौँसम्म पनि केही लेख्दैनन् ।
प्रेरणा श्रमका सन्दर्भमा प्राप्त हुन्छ । यसमा मलाई पूर्ण विश्वास छ । उसको मनस्थिति जस्तोसुकै होस्, समय मिलोस्, नमिलोस्, एउटा लेखकले इमानदारीपूर्वक हाम्रो देशका अन्य निर्माताहरूका झैँ काम गरिरहनुपर्छ । किनभने श्रम नै सबै घाउहरूको मलहमपट्टी हो ।
जुन सुख श्रममा छ, त्यो अरू कुनै कुरामा छैन ।
०००
( निकोलाई ओस्त्रोवस्कीका लेख, निबन्ध र अन्तर्वार्ताहरूको सङ्ग्रह जयजीवनबाट ऋषिराज बरालद्वारा अनुदित)

भिडियो फिचरview all