ताजा समाचार
संयुक्त वक्तव्यले कार्यकर्तामा उत्साह
माओको १२४औँ जन्मदिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपाद्वारा जारी एकीकरण तथा ध्रुवीकरणसम्बन्धी संयुक्त वक्तव्यले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याउनुका साथै कार्यकर्ता तथा शुभचिन्तक तहमा उत्साह उत्पन्न गरेको कुरा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिबाट अनुभूत गर्न सकिन्छ ।
यही पुस ९ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरण र नेकपाका महासचिव विप्लवद्वारा जारी तीन बुँदे वक्तव्यमा, घरेलु परिस्थिति, भारतीय विस्तारवाद र राष्ट्रिय स्वाधीनताको प्रश्न र उत्पीडित मुलुकहरू र साम्राज्यवादको भूमिकाको चर्चा गर्दै वस्तुस्थितिलाई क्रान्तिकारीहरूले गम्भीरतापूर्वक लिनुपर्ने स्थिति आएको भनेर उल्लेख गरिएको छ । “एकीकरण तथा ध्रुवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष” निकाल्दै वक्तव्यमा भनिएको छ :
“माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काङ्ग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरूलाई गोलबन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा ध्रुवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो । ”
वक्तव्यमा एकता गर्ने निर्णय नै भइसकेको नभनिए पनि “अनिवार्य आवश्यकता” भनेर यसलाई उच्च महत्व र आवश्यकताको विषय बनाइएको छ । वास्तवमा यो एकताको प्रक्रियाको थालनीको सङ्केत हो । यसका लागि काम गर्दै जाने र सह कार्य पनि गर्दै जाने भनेर सहकार्यसम्बन्धी केही कार्यक्रमहरूलाई अघि सारिएको छ ।
तीन वर्षअघि पार्टी विभाजन हुँदाको स्थिति र अहिलको वस्तुस्थितिमा निकै ठूलो अन्तर आइसकेको छ । कम्युनिस्ट आवरण बोकेर नवप्रतिक्रियावादमा पतन भइसकेका पार्टीहरूले अनेक भ्रम दिइरहेका छन् । दुवै पार्टीबाट कार्यकर्ताको ठूलो पङ्क्ति पलायन भएर दक्षिणपन्थीहरूको कित्तामा पुगेको अवस्था छ । नेकपा (क्रान्तिकारी माओवादी) को पोखरा सम्मेलनले चुनावमा सहभागी हुने निर्णय गरेको र नेकपाको पोखरा बैठकले चुनाव खारेजीको निर्णय गरेको थियो । आफूहरूले गरेको निर्णय भएकाले “चुनाव खारेजी सानदार किसिमले सफल भएको” र “चुनाव उपयोग सही र वस्तुवादी” भएको भनिए पनि राजनीतिक प्राप्तिका दृष्टिले दुवै कार्यक्रम सफल कार्यक्रम साबित हुन सकेनन् भन्ने कुरा नै यथार्थ हो । चुनावलगायत वैचारिक-राजनीतिक पक्षमा एक हिसाबले दुरी बढेको सन्दर्भमा पछिका दिनमा यी दुवै पार्टी कसरी जान्छन् भन्ने कुरा सर्वत्र चासोको विषय बनेको थियो । अहिले “क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक एकीकरण तथा ध्रुवीकरण अनिवार्य आवश्यकता” भनेर वक्तव्य आउनु नेपाली क्रान्तिका शुभचिन्तकहरू तथा आम कार्यकर्ताहरूका लागि सही र सुखद पक्ष हो ।
वैचारिक-राजनीतिक प्रश्न
अहिले एकीकरण तथा ध्रुवीकरणको पहलका सम्बन्धमा गरिएका प्रयासहरूको हार्दिकतापूर्वक स्वागत गर्दै यसप्रति सकारात्मक र उत्साहित हुनु स्वाभाविक छ । जनयुद्ध लडेको उउटा टिमले गद्दारी र आत्मसमर्पण गरे पनि मूल र ठूलो टिम अहिले पनि क्रान्तिकै पक्षमा छ र कार्यकर्ताहरू, त्यसमा पनि मध्य र तलका कार्यकर्ताहरूको ठूलो टिम पनि एकताबद्ध भएर जानुपर्छ भन्नेमा नै छ । परन्तु, सैद्धान्तिक, वैचारिक तथा राजनीतिक पक्षसम्बद्ध थुप्रै मुद्दाहरू हल हुनु पनि आवश्यक छ र यसमा इतिहासबाट पनि शिक्षा लिनु आवश्यक छ । एकता भावनाको मात्र कुरा नभएर वैचारिक-राजनीतिक कुरा हो । नेपाली समाजको अन्तर्विरोध, क्रान्तिको चरित्र र न्युनतम कार्यक्रम, कार्यदिशा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, प्रधान अन्तर्विरोध लगायतका कुरामा बहसछलफल र एकरूपता नभई एकताले साकार रूप लिन सक्तैन भन्ने कुरा प्रस्ट छ । तर मालेमाका आधारभूत पक्षलाई समातेर अघि बढ्ने हो भने यिनका बारे एउटै बिन्दुमा पुग्न सकिने कुरामा विवाद छैन ।
खासगरेर पोखरा बैठकअघि “नेकपा-विप्लव समूह एक अध्ययन” (नेकपा क्रान्तिकारीको मुखपत्र माओवादीमा प्रकाशित) कमरेड किरणले उठाउनुभएको विषयवस्तु सही छन् र तिनका बारेमा नेकपाले सही बुझाइ राख्नु आवश्यक छ । यी कुराहरूमा हुने समान बुझाइले नै अगाडिको बाटो खोल्छ भन्ने लाग्छ । सही अर्थमा वैचारिक एकता गर्ने हो भने यसै ढोकाबाट भित्र पस्नु आवश्यक हुन्छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार, र सशस्त्र सङ्घर्ष नेपाली क्रान्तिका आधारभूत र सार्वभौम पक्ष हुन् । सशस्त्र सङ्घर्ष भनेर मात्र पुग्दो छैन । यसको स्वरूप के हुने यसमा बहसछलफल हुन सक्छ, हुन्छ र हुनुपर्छ, मूल कुरा नै यसैमा गएर अडकिएको छ । हाम्रो बुझाइमा अन्ततः सशस्त्र सङ्घर्षको स्वरूप नेपाली विशिष्टताको जनयुद्ध नै हुन्छ । यो अल्पकालीन तथा दीर्घकालीन हुने कुराचाहिँ आन्दोलनको स्वरूप र तत्कालीन परिस्थितिमा भरपर्छ । र पनि तत्काललाई यसलाई बहसछलफलको विषय बनाएर अघि जान सकिन्छ । त्यसैले अहिले वक्तव्यमार्फत आरम्भ गरिएको प्रक्रिया स्वागतयोग्य छ र यसलाई सकारात्मक बिन्दुमा फेर्न सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ ।
एकताबारे थरीथरीका टिप्पणी
एकताको कुरा हुनेबित्तिकै विभिन्न किसिमका मानसिकता सक्रिय हुने र देखिने गर्दा रहेछन् । एउटा समूहमा ठूलो नेता भइखाएका कतिपयहरू एकतापछि तल झर्ने अथवा गौण भूमिकामा रहनुपर्ने पनि हुनसक्छ । सानो समूहमा ठूलो पद ओगटेकाहरू ठूलो समूहमा सानो पदमा रहनुपर्ने पनि हुन्छ । वास्तवमा कतिपय एकताको अहम् प्रश्नमा भन्दा एकतापछि आफ्नो भूमिका के हुने हो भनेर सदैव चिन्तित र भयभित हुनेगरेको पनि पाइन्छ । यो हामीले व्यवहारमा भोगेको र देखेको कुरा हो । हुलमुलमा नेता भइखाएकाहरूमा अझ यो चिन्ता बढी नै हुँदो रहेछ । मूल कुरा क्रान्तिकारीहरूबीचको एकता हो, भूमिका त आन्दोलनले दिने कुरा हो ।
अहिले खास गरेर नेकपा (क्रान्तिकारी माओवादी) बाट पलायन भएर माओवादी केन्द्रमा गएकाहरूले रामबहादुर थापा ‘बादल’ को स्रोत दिँदै “नेकपा-विप्लवबाट एकजना ठूलै नेता सङ्गठन नै दुई फ्याक पारेर माकेमा आउँदैछन् र एमालेसित एकता हुनुअघि नै यो काम भइसक्छ, पार्टी र सरकारमा के दिने भन्ने कुरा पनि मिलिसकेको छ, अब तपाईँहरू पनि आउने तयारी गर्नुहोस्” भनेर बजार हल्ला चलाएको स्थिति छ भने अर्कातिर नेकपा (क्रान्तिकारी माओवादी) को नेकपा-विप्वलसित एकता हुने भयो भने नेकपा (क्रान्तिकारी माओवादी) का अमुकहरू अलग्गिन्छन् र उनीहरू मोहनविक्रमसित एकता गर्छन् भनेर पनि बजार हल्ला गरिएको छ । क्रान्ति चाहनेहरूले क्रन्तिकारीहरूबीचको एकतामा अँध्यारो अनुहार पार्नु पर्ने होइन, बरू उत्साहित हुने हो । माकेका इमान्दार र एमालेमा आत्मसमर्पण गर्न नचाहने कार्यकर्तालाई समेत हामीले आकर्षित गर्न सक्नुपर्छ । क्रान्तिकारीहरूबीच भ्रम छर्ने, क्रान्तिकारीहरूबीच एकता हुन नदिने प्रतिक्रियावादी षड्यन्त्रहरू र यस्ता बजार हल्लालाई क्रान्तिकारीहरूले समयमै प्रस्ट पार्नु आवश्यक हुन्छ ।
एकता नै प्रधान पक्ष हो ।
आन्दोलनका बेला कोही पलायन हुन्छन् र कोही क्रान्तिका लागि अन्य पार्टीबाट क्रान्तिकारी पार्टीमा ध्रुवीकृत हुन्छन् । क्रान्तिका लागि तय गरिएका कार्यक्रमबाट आतङ्कित भएर पलायन हुने, आफूले भनेअनुसारको हैसियत नपाएर एकता प्रक्रियामा सामेल नहुने, साथै दक्षिणपन्थीहरूबाट मोहभङ्ग भएर क्रान्तिकारी पार्टीमा ध्रुवीकृत हुने प्रक्रिया क्रान्तिका आम नियमभित्र नै पर्छन् । आज नयाँपुराना प्रतिक्रियावादी शक्तिहरू ध्रुवीकृत भएर जनतालाई भ्रम दिइरहेको अवस्थामा आधारभूत रूपमा विचार मिल्ने क्रान्तिकारी शक्तिहरू एकीकृत र ध्रुवीकृत हुनु सही र सकारात्मक कदम हो ।
एकीकरण र ध्रुवीकरणको यो प्रयास नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा-विप्लपको मात्र कुरा नभएर सारमा यो उत्पीडित वर्ग तथा आमजनसमुदायलाई गोलबद्ध गर्ने प्रक्रिया हो । छरिएर रहेका क्रान्तिकारीहरूलाई समेट्ने कुरा कला र विज्ञान दुवै हो । यसका लागि सानातिना कुराहरू बाधक बन्नु हुँदैन । क्रान्ति सम्पन्न गर्ने जिम्मेवारी लिएका नेताहरू, नेतृत्व तहमा रहेका नेताहरू अझ यसप्रति थप गम्भीर र जिम्मेवार हुनु आवश्यक छ । विगतको आत्मसमीक्षासहित तलदेखि माथिसम्म, मूलतः नेतृत्व तहमा रहेकाहरू नै बढी गम्भीर र जिम्मेवार बन्नु आवश्यक छ । यसले नै “राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा ध्रुवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष” लाई सफलतामा पुर्याउँछ ।

भिडियो फिचरview all