ताजा समाचार
कथा : सङ्ग्रामसिंहको मृत्यु
ऋषिराज बराल
संवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ । न आँखालाई छुने, न मनलाई । के भएको यस्तो ! मान्छेको छाती पनि थाहै नपाई मर्दो रहेछ, केहीले पनि नछुने । सबै स्वाभाविक र सामान्यजस्तो लाग्ने ।
यस्तैयस्तै बेला एकाविहानै एक जना पुराना मित्रको फोन आयो । एक कालखण्डमा हामी सँगै थियौँ—पुर्बेली अभियानमा । हाम्रो राम्रै दोस्ती थियो । तर पछिल्ला दिनमा यी मित्रसितको भेट पनि पातलिँदै गएको थियो । उनले गाउँको सबै बेचबिखन गरेर सहरमा डेरा जमाएका थिए । दुखः परेको बेलामा टाउको ओत्न जाने ठाउँ पहाड नै हो भन्ने कुराप्रति मेरो विश्वास मरेको थिएन । अहिले उनी सरकारवादी थिए र म प्रतिवादी ।
“थाहा पाउनु भो’?” फोनमा भूमिका नबाँधी उनले सोधे ।
मैले जिज्ञासा राखेँ, अहँ भनेर ।
“तपाईँको सङ्ग्रामसिंहको खबर ।”
“बुझिन त”–फेरि जिज्ञासा राखेँ ।
“आजका पत्रपत्रिका अनलाइनहरू हेर्नुभएन? तपाईँ त झन् हेर्ने मान्छे ?”
मैले अघिकै उत्तर दोहोर्याएँ । उनी ठट्टा गर्दैछन् भन्ने पनि लाग्यो ।
“सङ्ग्रामसिंह क्या, सङ्ग्रामसिंह, तपाईँको सङ्ग्रामसिंह, चैनपुर मोर्चाको सङ्ग्रामसिंह ।”
अब भने मेरो आँखामा सङ्ग्रामसिंहको अनुहार आयो । उसको बिम्ब आयो । पक्कै यसले केही उट्पट्याङ काम गरेको हुनुपर्छ । पक्कै उसले केही विशेष गरेको हुनुपर्छ—मलाई यस्तै लाग्यो ।
घटनाविवरण सुनेपछि म केही भावुक भएँ । मलाई लाग्यो मभित्रको मान्छे मरिसकेको रहेनछ, अलिकति छेउकुनामा मभित्र बाँचेको रहेछ मान्छे । एक छिन म मौन भएँ । के भनौँ, के भनौँ भएँ । यो कुनै नयाँ घटना थिएन, यो अहिलेको दैनिकी थियो—तथ्याङ्क निकाल्न पनि नभ्याउने गरी देखिने दैनिकी । मैले उसलाई नजिकैबाट चिनेको हुनाले पो मलाई अलिकति छोएको हो । मरेछ, ऊ । आत्महत्या गर्यो ? कि मारियो ?
“आज बाह्र बजे पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा ।”
उनको भनाइलाई श्रद्धाञ्जली सभामा निम्तो दिएको अर्थमा बुझेँ । सबै कुरा औपचारिकतामा सीमित भएका छन् ।
सङ्ग्रामसिंह, हामी एउटै फर्मेसनमा थियौँ । पुर्बेली अभियानका दिन थिए ती । ती अर्कैअर्कै दिन थिए–मरे सहिद, बाँचे संसार ।
सङ्ग्रामसिँह मर्यो ।
सङ्ग्रामसिंहको मुत्यु भयो ।
कसरी मर्यो ऊ ?
साँच्चै कसरी मर्यो ऊ !
कि मारियो ?
घोरिने स्थितिमा पुगेँ म । उसको मृत्युले मात्रै म घोरिएको होइन, स्थितिबोधले मलाई घोरिनुपर्ने बनायो । जीवनका ती क्षणहरू, त्यसपछि उसको जीवनका उकालीओराली, उसको बोली र व्यवहार सबै मेरा सामु उभिए । उसको बिम्ब आयो । मैले उसैलाई लिएर कथा लेखेको थिएँ—‘उसको नाम सङ्गमसिँह थियो’ । हामी युद्ध मोर्चामा सँगै थियौँ—हाम्रो भागमा चैनपुर मोर्चा परेको थियो । बिरामी परेर चैनपुर मोर्चामा जान नपाउँदा ऊ कसरी बेचैन भएको थियो, आफैँमाथि ओइरिएको थियो । जनसेनाकै कतिपय कमरेडहरू भिडन्तमा परिन्छ/मरिन्छ भनेर एकएकवटा बहाना बनाएर सेल्टरमै बस्थे/बसेका हुन्थे, ऊ चाहिँ मोर्चामा जान नपाएकोमा छट्पटिएको थियो, आफैँलाई चिथरौँलाझैँ गर्थ्यो । लेखेको रहेछु :
“मेरो घर दोलखा जिल्ला हो सर ! म थामी जातको हुँ । बा एउटा उप्रेती बाहुनकाँ हली थिए । मैले आमालाई देखन पाइँन, म साँनै छँदा खसेकी रे । बा पनि खोक्ने रोगले खसे—दुई दिनकै बेथाले । म पनि त्यसपछि उप्रेतीके घरमा गोठालो बसेँ । मर्न नसकेको थियो, बिहनको भने पनि बेलुकाको भने पनि दिउँसो उक छाक खान दिन्थ्यो । अहिले त काँ गाउँमा बस्छ र उतै बस्छ काठमाडौँमा । त्यसका त स्वास्नी पनि उउटा मात्रै भए पो । एकपल्ट साह्रै बिरामी परेँ । लगेर तल दोभानमा देवीमन्दिरमा पो छाडिदियो । मर्न नसकेको बज्या । म त मरिसकेको थिएँ सर । पार्टीले जीवन दियो । अब मेरो घर भने पनि पार्टी, आमा भने पनि पार्टी, बा भने पनि पार्टी । पहिले त कहाँ यस्तो थिएँ र मरन्च्याँसे थिएँ । खान पा’ भा’ पो । अहिले पो पार्टीले यस्तो लक्का जवान बनायो । तर खोइ, खानु मात्र भयो । जान पाइएन ।”
उसले आफ्नो परिचय यसरी खुलाएको थियो । सबै थोक छ उसको कथनमा—जीवन, प्रतिबद्धता, पीडा र छटपटी ।
अहिलेको यो समाचारले मलाई साँच्चिकै भावुक बनायो । मर्यो ? कसरी मर्यो ? मारियो ? जिज्ञासा त थियो नै, त्यो भन्दा पनि उसको समग्र जीवन, उसका आकाङ्क्षाहरूले मलाई बढी घोच्न थाले । चैनपुर मोर्चापछि सिन्धुली-भिमान मोर्चाको तयारीका लागि उसको कम्पनी फर्कियो र हाम्रो टोली सभापोखरी हुँदै ताप्लेजुङतिर लागेको थियो ।
समय अर्कैअर्कै भयो । राजनीतिको गति र दिशा मोडियो । त्यसपछि एकै चोटि हाम्रो भेट काठमाडौँमा भएको थियो—पाँच वर्षपछि । पहिलेभन्दा अलि अग्लो भएछ, मान्छेमान्छे भएछ । मोटाएछ पनि । निकै खुसी देखियो मलाई भेटेर । भेट हुनेबित्तिकै उसले फेरि सुनाउन थाल्यो— “झन्डै दुस्मनको एम्बुसमा नपरेको हगि सर ?” मलाई केही भन्न नदिई भिमान सुनायो, रूम्जाटार सुनायो, लाहान सुनायो ।
“अग्ले त भाग्यो नि सर ।”
सेनामै अग्ल भन्ने पात्र थियो, परिरहन्थ्यो उसित ।
विगत सुनाउँदा ऊ निकै खुसी देखिन्थ्यो र वर्तमानमा आएपछि अडकिन्थ्यो—बेगले बगेको नदी अचानक बगरभित्र हराएझैँ । मलाई हेर्थ्यो जिज्ञासाले । ऊ मबाट के-कस्तो उत्तर खोजिरहेको छ भन्ने कुरा म सहजै अनुमान गर्थेँ । उसको अनुहारले के सुन्न चाहिरहेको छ भनेर सहजै बुझन् सकिन्थ्यो । नबोली, म हाँसेर उत्तर दिन्थेँ, रेडिमेड उत्तर–राजनीति टेढोमेढो बाटो भएर अघि बढ्छ, कमरेड ! केही पीडा, अनि केही केही जिज्ञासाले पोतिएको हुन्थ्यो उसको अनुहार ।
ऊ बडे कमरेडहरूको सुरक्षा टोलीको कोर टिममा परेको थियो ।
क्यान्टोन्मेन्टमा जाने निर्णय भएको दिन उसले मलाई फोन गरेर सोधेको थियो— “अब के हुन्छ सर ! लडाइँ सिद्धियो त अब ?”
उसलाई लिएर म एउटा कुराको टुङ्गोमा पुगेको थिएँ । पार्टी-राजनीतिको गति र दिशालाई लिएर उसित थुप्रै प्रश्नहरू छन् र ऊ वर्तमानसित सन्तुष्ट छैन भन्ने कुरा बुझ्न सकिन्थ्यो । पछाडि फर्किन पनि नसकिने र अगाडि कहाँ पुगिन्छ भन्ने टुङ्गो नभएको अँध्यारो सुरुङको यात्राझैँ भएको थियो हाम्रो हिँडाइ । मेरा भनाइहरूले उसको तरल मानसिकतालाई चित्त बुझाउन सकेका छैनन् भन्ने कुरा मलाई थाहा थियो । राम्ररी थाहा थियो ।
एक दिन उसले मसित भेट्छु भन्यो । पार्टीभित्र दुई लाइन सङ्घर्ष तीव्र बनेको थियो । मेरा लेखहरू पढेपछि सायद उसको छाती हुँडलियो होला । “अब फोहोरमैलामा बसिँदैन”—फोनमै उत्तेजित भयो ऊ । मलाई सबै कुरा भनेर, सुनाएर ऊ आफ्नो मनलाई शान्त पार्न चाहन्छ भन्ने लाग्यो । मलाई थाहा थियो भेट हुनेबित्तिकै उसको आक्रोस र आवेग नेताहरूमाथि नै हुनेछ भनेर ।
“यिनले धोका दिए सर ! ”
“यिनले सहिदको रगतसित खेलवाड गरे सर! ”
मसित भेट हुँदा प्राय गरेर उसले भन्ने गरेका शब्दहरू नै दोहोर्यायो यसपल्ट पनि उसले ।
विस्तारै भन्यो—“सर हुन्छ भनिदिनोस्, म सबै व्यवस्था गर्छु ।”
“सर अमुकअमुक नेता छउन्जेल यो पार्टी अघि बढ्दैन, बिगार्ने यिनै हुन्, पहिले यिनलाई सिध्याउनुपर्छ, यिनलाई ।”
त्यहीँ गोली ठोकौँलाझैँ गर्नथाल्यो ।
मैले गम्भीर भएर उसको अनुहारमा हेरेँ ।
“हो सर ! ”
आवेगमा थियो ऊ ।
“थुप्रै साथीहरू छन् मसित । हतियारको चिन्ता नगर्नु न सर, हतियार हामी तयार पार्छौँ, सरले हुन्छ मात्र भनिदिनोस्, हाम्रो नेतृत्व गरिदिनुस्, अरूमाथि हामीलाई विश्वास छैन । पार्टीलाई ध्वस्त पार्ने, सहिदको रगतसित खेल्नेलाई पहिले ठीक पार्नुपर्छ । एउटा प्लाटुन बराबर हतियार पनि हुन्छ, सेना पनि बन्छ !”
के भन्छ यो ? म अलिअलि डराए पनि । शङ्का-आशङ्का एकैचोटि देखापरे । यो सङ्ग्राम सिंह हो, यो उसको हृदयको बोली हो–उसको निर्दोष बुझाइ । उसको भनाइलाई मैले क्रान्तिप्रतिको उसको स्वाभाविक चिन्ताको रूपमा लिएँ । सबै कुरा सम्झाएँ । वैचारिकदेखि समग्र स्थितिबारे विश्लेषण गरेँ—“यसरी आवेग र आक्रोसले मात्र हुँदैन कमरेड ! क्रान्तिले धेरै कुरा खोज्छ....।”
मेरो भनाइले उसको चित्त बुझेको छैन भनेर उसको अनुहारले भनिरहेको थियो ।
“सर डराउनुभयो । सरले हाम्रो नेतृत्व मात्र लिइदिनुस् हामी गर्नुपर्ने सबै गर्छौँ ।”
“सर, सोच्नु होला ।”
अँध्यारो अनुहार लिएर हिँड्यो ऊ ।
मूल पार्टी फुट्यो । नयाँ पार्टीमा सङ्ग्रामसिँह हामी सँगै थियौँ । खुसी थियो, उत्साहित थियो—“अब केही हुन्छ सर !”
तर भनेजस्तो भएन । क्रान्ति गर्न भनेर फुटेको पार्टी फेरि फुट्यो
“ बुढाहरूले केही नगर्ने भए, अमुकको नेतृत्वमा अब फेरि बन्दुक उठ्छ सर ! जनयुद्धबाहेक बाटो छैन, अब जनयुद्ध लडिन्छ, अब गर्ने भनेको हामी युवाहरूले नै हो !”
उ निकै खुसी देखिन्थ्यो ।
एक दिन अचानक बाटोमा भेट भयो । मतिर आक्रोसित हुँदै उसले भन्यो : “खुब क्रान्तिकारी कुरा गर्नुहुन्थ्यो, लेख्नुहुन्थ्यो । सबै नक्कली रहेछ, तपाईँको लेखन । मन्त्री हुन, ठूलो पद पाउन, गाडी चढ्न क्रान्तिकारी पार्टीमा नआउनु भएको होइन ? बुद्धिजीवी भनेका यस्तै हुन्छन् । ”
ऊ त बाटोमै उफ्रिन थाल्यो । अब क्रान्ति हुन्छ, सबै तयारी छ, फौजी तयारी पनि छ । ऊ निकै विश्वस्त थियो, उसका नेता र उसले गर्ने क्रान्तिप्रति । बाटोमा के बहस गर्नु थियो र । ब्यङ्ग्य मुस्कुराउँदै म हिँडे ।
त्यसपछि धेरै दिनसम्म उससित भेट भएन । मैले पनि त्यति खोजीनिती गरिन । एक दिन अचानक फोन आयो, उसले भेट्नुछ भन्यो ।
भेट्दा उसको अनुहारमा पहिलेजस्तो कान्ति देखिँदैनथ्यो । हारेको सिपाहीझैँ थियो उसको अनुहार— उदास र मलीन । थकाइले लखतरान भएजस्तो, जीउ पनि सुकेजस्तो थियो । आगोजस्तो भर्भराउँदो मान्छे, कति कमजोर भएछ । बिरामी परेछ क्यार भन्ने लाग्यो ।
“सरले भनेको ठीक रहेछ, त्यसले पनि धोका दियो, पार्टी फुटाउने बेलामा बन्दुक बोक्ने कुरा गर्थ्यो , केको हुन्थ्यो । सबै भ्रम रहेछ, ढाँट रहेछ, केको बन्दुक उठाउनु ? बन्दुक उठाउने धाकधम्की दिएर पैसा उठाउने पो रहेछ । काँ जान्छ त्यो पैसा था’ पनि छैन । बाहिर एउटा कुरा, भित्र अर्कै । चर्का भाषणभित्र अर्कै रहस्य र’छ सर, धोका खाइयो सर ! धोका खाइयो ।”
मलाई भेटेर कतिबेर यी कुरा सुनाऔँ भएजस्तो गरी एकै सासमा भनिसिध्यायो उसले ।
“हाम्रो प्रयोग गरे, हामीलाई धोका दिए सर ! सबैले ।”
स्वाँ गर्यो । पीडा थियो बोलीमा ।
क्रान्तिमा धैर्य गनुपर्छ भन्नुबाहेक मसित भन्ने अरू कुरा थिएनन् । विचार र क्रान्तिकारी आशावादिताबाहेक तत्कालै उसलाई दिने कुरा मसित थिएन ।
त्यसपछि उसको र मेरो भेट भएन उसले फोन पनि गरेन ।
बीचमा कसैले ऊ माउ पार्टीमै फर्कियो भनेको सुने, फेरि कसैले ऊ पार्टीसार्टी छोडेर अन्तैतिर लाग्यो भनेको पनि सुनेँ । यस्तो सुन्ने/सुनाउने कुरा पनि ठट्टा बन्नथालेका थिए ।
समयसँगै पुरानो हुँदैगएको, तर बिर्सन नसकिने पात्र बनेर सङ्ग्रामसिँह मसित बेलाबेलामा मभित्र कुराकानी गर्थ्यो । पछाडि फर्केर हेर्दा सबैभन्दा पहिले उही अगाडि आउँथ्यो । युद्ध, क्रान्ति, जीवन, भविष्यचिन्ता र चिन्तनले मेरो छाती हुँडलिँदा सङ्ग्रामसिँह मभित्रबाट निस्केर सामु उभिन्थ्यो । म एकैचोटि थुप्रै सङ्ग्रामसिँहहरू देख्थेँ । बिर्सन खोज्दा पनि मभित्रै, मसितै बाँचेको थियो ऊ ।
तर अहिले त्यही सङ्ग्रामसिहँ श्रद्धाञ्जली दिनुपर्ने पात्र बनेको थियो ।
ऊ त एक वर्षअघि नै अरबको तातो खान गएको रहेछ । एकसमयको कम्पनी भिसी सङ्ग्रामसिँह अरबको तातो खान गएको बेला उतै बिलाएछ । समाचारमा आँखा गएको तर, ध्यान नदिएको पात्र बनेछ ऊ । चैनपुर मोर्चाको सशस्त्र गुल्म कब्जाको मोर्चामा भिड्न नपाएकोमा दुख मनाउ गर्ने, क्रान्तिका लागि फेरि बन्दुक बोक्छु भनेर प्रतिबद्धता जाहेर गर्ने, धोकेबाज नेताहरूलाई गोली ठोकेर क्रान्तिको नयाँ अध्यायको थालनी गर्नुपर्छ भनेर मुट्ठी कस्ने सङ्ग्रामसिँह इतिहास भएछ। बिलाएछ मरुभूमिमा !
एकथरीको भनाइमा ऊ पलायन भएको रहेछ ।
अब उसको मृत शरीर मात्र थियो । त्यो तातो मान्छे, त्यो रातो मान्छे रङ्गहीन लासमा परिणत भएको थियो ।
निभेको उसको शरीर माला र अबिरले ढाकिएको थियो । बोल्न पनि मन नलागेको जस्तो गरी एकजना नेता बोलिरहेका थिए—श्रद्धान्जलीको भाषा । कति कृत्रिम ! कति नाटकीय ! सबै देखावटी जस्तो लाग्यो मलाई । लाग्यो, सङ्ग्रामसिंहका आँखाले व्यङ्ग्यले मलाई हेरिरहेका छन् । उसका आँखामा हेर्दाहेर्दै थुप्रै आँखाहरूले मलाई घेरे— भूपी सेरचनको कविता ‘सधैँसधैँ मेरो सपनामा’ झैँ । साँच्चै कसले मार्यो उसका सपनालाई ? छाती दुखेजस्तो भयो ।
एकपल्ट चारैतिर हेरेँ र सङ्ग्रामसिंहको अनुहारमा हेरेँ । चैनपुर मोर्चापछि सङ्खुवासभाको सभापोखरीमा छुट्टिने बेला उसले भनेको सम्झिएँ : “अर्को मोर्चामा सँगै जाने भन्नुभएको छ नि विज्ञान सर !”
लामो उच्छवास निस्कियो भित्रैबाट र अस्पष्ट बोली —“सङ्ग्रामसिंह कमरेड ! अर्को मोर्चामा सँगै जाने हो, कहाँ सकिएको छ र लडाइँ, अन्तिम मोर्चा त लड्नै बाँकी छ ।”
थाहा भएन मलाई, त्यतिबेर मेरो अनुहारको रङ्ग कस्तो थियो । पक्कै यो आगोको राप अगाडि उभिएको मान्छेको जस्तो भएको हुनुपर्छ ।
बस्न मन लागेन त्यहाँ । फटाफट लागेँ । अलि पर पुगेर हेरेँ । धुवाँको मुस्लो माथिमाथि उठिरहेको थियो । कालो मुस्लोको बीच पनि टल्किरहेका उसका दुइटा आँखा म देखिरहेको थिएँ ।
०००

भिडियो फिचरview all