ताजा समाचार
किरण र विप्लवसामु उपस्थित चुनौतीहरू
डा. ऋषिराज बराल
विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २२ देखि पोखरामा राष्ट्रिय सम्मेलन आरम्भ भएको र यसै समयमा नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको बैठक बसिरहेको भनी विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशमा ल्याएको सन्दर्भमा यो आलेख तयार पारिएको छ । जनताको मुक्तिका लागि लडिरहेका मान्छेहरूका हरेक क्षण र सन्दर्भ विशिष्ट नै हुन्छ तापनि अहिलेको क्षण थप विशिष्टको छ भन्ने यस टिप्पणीकारलाई लागेको छ । यस्तो बेला क्रान्तिकारी ठानिएका पार्टीहरूको बैठक र सम्मेलन हुनुलाई विशिष्ट समयमा हुनलागेका सम्मेलन र बैठकहरू भन्नु स्वाभाविक हुन्छ । यहाँ यसै विषयमा केन्द्रित रहेर केही गन्थनमन्थन गर्ने प्रयास गरिएको छ ।
अलिकति भूमिका :
सुरुमा हाँसोको विषय बनाइएको दसबर्से माओवादी जनयुद्धले एकपछि अर्को गरेर गुणात्मक फड्को मारेर अघि बढेपछि यसप्रति स्वदेशी प्रतिक्रियावादी वर्गका साथै साम्राज्यवादी शक्तिहरू, त्यसमा पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चासो बढ्नु स्वाभाविक थियो । यसका लागि युद्धकालमै एकातिर यसलाई आतङ्ककारी घोषणा गरेर दमन गरेर सिध्याउने, अर्कोतिर यसभित्र दक्षिणपन्थी विचारलाई मिहिन पाराले प्रवेश गराउँदै यसलाई दक्षिणपन्थी विचलनवादी दिशामा पुर्याएर सिध्याउने योजनाबद्धताको थालनी गरियो । जनयुद्ध कालमा भएका ‘२१औँ शताब्दीको जनवादसम्बन्धी निर्णय’, ‘चुनवाङ बैठक’ र ‘१२ बुँदे सहमति’ यसैक्रममा भित्रिएका विचलनका शृङ्खलाहरू थिए ।
यसक्रममा सापेक्षित मात्रामा देशभक्त र उदार प्रवृत्तिका मानिने ‘राजा’ वीरेद्र र उनको परिवारको हत्या भयो । यस घटनाको पछाडि माओवादीप्रति नरम भाव राख्ने र विदेशी शक्तिले भनेको नमान्नेलाई फ्यालेर आफ्नो चाहनाअनुसार चल्ने अनुदारवादी पात्रलाई सिंहासनमा राख्ने उद्देश्य थियो भन्ने कुरा प्रस्ट भयो । त्यस्तै यता माओवादी फौजी अभियानले गुणात्मकता लिन थालेपछि पार्टीभित्रका तलदेखि माथिसम्मका क्रान्तिकारीहरूलाई धरपकड गर्ने काम पनि तीव्र बनाइयो । किरण-गौरवको गिरफ्तारीलगायत पटनाप्रकरण सबै योजनाबद्धतामा भएका थिए । जनयुद्धका पछिल्ला दिनहरूमा बाबुराम र पार्टीमा रहेका उनका मान्छेहरूमार्फत सबै राजनीतिक तथा फौजी निर्णयहरू पहिले दिल्ली दरवार र त्यसपछि सिंहदरवार पुग्नथाले । फौजी गतिविधिहरूको तयारीको चरणमै सबै कुरा अन्यत्रै पुगिसक्ने भएका कारण पनि पछिल्ला फौजी अभियानहरूले अपेक्षित सफलता पाउन सकेनन् । पहिले दुस्मनले नै पहलकदमी लिने स्थिति बन्थ्यो ।
चुनवाङ बैठकपछि सबै कुरा भारतीय योजनाअनुसार चले र परिणाममा ‘शन्तिप्रक्रिया’ ले रूप लियो । यस.डि. मुनिमार्फत भएका गोप्य सहमति र खुला रूपमा भएको १२बुँदै सहमति सबैले एकपछि अर्को गरेर व्यावहारिक रूप लिनथाले । भारतको विरुद्धमा नजाने बरु उसलाई सहयोग गर्ने र संसदीय व्यवस्था मानेर राजनीतिमा सहभागी हुने सहमतिलाई व्यवहारमा लागु गर्न प्रचण्ड-बाबुरामलाई सम्झना गराउँदै लगियो । पार्टीभित्रको क्रान्तिकारी तप्का तथा विगतमा भएका गोप्य सहमतिको जानकारी नभएकाहरूले यस प्रवृत्तिको विरोध गर्नु स्वाभाविक थियो । निर्देशित काम पूरा गर्न पार्टीमा प्रचण्डले भनेको नमान्नेहरूलाई पाखा लगाउनु आवश्यक थियो । एकातिर ‘दिल्लीका दूत’ भनेर चर्चा गरिने नारायणकाजीहरूलाई भित्र्याएर प्राविधिक दृष्टिले क्रान्तिकारीहरूलाई कमजोर तुल्याइयो, अर्कोतिर बहुलवाद नमान्नेहरू बाहिरिए हुन्छ भनेजस्तो स्थिति तयार पारियो । पार्टीभित्रका क्रान्तिकारीहरूले लामो सङ्घर्षपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट विद्रोह गरेर नेकपा-माओवादी) गठन गरे । कसैकसैका केही व्यक्तिगत चाहना भए पनि सारतः यो लडाइँ विचारको लडाइँ थियो र विद्रोह सही थियो । कि त संसदीय व्यवस्थाप्रति आत्मसमर्पण गर्नु पर्ने कि त क्रान्तिकारीहरू हट्नुपर्ने स्थिति बाध्यात्मक स्थिति थियो । माओवादी झण्डाको रक्षाका लागि विद्रोह अनिवार्य बनेको थियो ।
नेपालका माओवादीहरूले मूल धार समाते भनेर आफ्नो सफलता देखाउने प्रयास अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको थियो । भारतीय विस्तारवाद नेपालको माओवादी आन्दोलनसित सम्बद्ध यस प्रकरणलाई भारतका माओवादीहरूमाथि मनोवैज्ञानिक र वैचारिक हतियारका रूपमा प्रयोग गर्न चाहन्थ्यो । यसैबीच किरणबाट क्रान्ति भएन भनेर विप्लव कमरेडहरू पनि अलग्गिनु भयो । यो कार्य बिजुली चम्केझैं गरी भएको थियो । यो टिप्पणीकार विप्लव कमरेडहरूको ‘सम्बन्ध विच्छेद’ लाई वैचारिक निर्णय ठान्दैन र मान्दैन । यसबारे अहिले थप चर्चा गर्नु म आवश्यक ठान्दिन । यसले क्रान्तिकारी धारलाई विभाजित गरेर कमजोर तुल्याएको चाहिँ सत्य हो ।
बाबुरामले जनयुद्धकादेखि नै आरम्भ गरेको माओवादी आन्दोलनविरोधी अभियानको कोर्स ‘शान्ति प्रक्रिया’ मा आएर पूरा गरे, एक हिसाबले उनले आफूलाई दिएको जिम्मेवारी पूरा गरे । प्रचण्ड र बाबुराम मिलेर पहिले वैचारिक रूपमा पार्टीलाई सिध्याए, जनयुद्धका प्राप्तिहरूमाथि कालो पोते । बाबुरामले मार्क्सवाद सबै कुरा खोलेर फ्याले । प्रचण्डले साइनबोर्ड राखेका थिए, अहिले आएर त्यो पनि फ्यालेर आफ्नो रहलपहल कोर्स पूरा गरे । दुवैले आआफ्नो जिम्मेवारी पूरा गरेपछि अहिले फेरि दुवै एकै ठाउँमा जम्मा भएका छन् ।
वास्तवमा नेपालको वृहत्तर हितभन्दा भारतलगायतका बाह्य शक्तिहरूको चासो र चिन्ता नेपालमा आफ्ना कारिन्दा र पालेहरू तयार पार्ने कुरामा नै केन्द्रित रह्यो । एमालेको परिचय गोटी बन्नुमा रह्यो। पहिले माओवादीका विरुद्ध कालो कानुन लागु गर्ने प्रयास वामदेवमार्फत गर्न खोजियो र आतङ्ककारी घोषणा गर्ने काम पनि त्यसैको सेरोफेरोमा भयो । सङ्कटकाल लागु गर्ने र थप्ने काम पनि माधव नेपालसमेतको सहमतिमा भयो । अहिले फेरि एमाले माओवादी पदावलीको अस्तित्व समाप्त पार्ने योजनाको कडी बन्यो । यस्ता परिघटनाहरूकाट आइएनजिओवादीहरू अवश्य पनि रमाएको हुनुपर्छ । काङ्ग्रेस र एमाले दुवै माओवादी विचारको त के कुरा पदावलीको समेत दुस्मन थिए । यो योजनालाई अहिले प्रचण्डले एउटा कोणबाट पूरा गरिदिएका छन् । नेपालमा अब संसदीय राजनीतिमा दुइटा मात्र शक्तिको उपस्थिति रहने र विदेशी शक्तिहरूले पालैपालो आआपनो स्वार्थअनुरूप यिनलाई खेलाउने कुरामा विवाद छैन । माओवादी मूल्यमान्यता छाडिसकेको चीनलाई पनि नेपालमा माओवादी चाहिएको थिएन र होइन, उसले प्रचण्डहरूलाई एमालेमा मिसाउने प्रक्रियालाई आफ्ना लागि हितकर ठान्नु स्वाभाविक थियो र छ । ऊ पनि भारतभन्दा कम स्वार्थी छैन—उसको सम्बन्ध बनियाँवादमा आधारित हुन्छ ।
अब बाँकी रहेका माओवादीहरू, जो सापेक्षित मात्रामा क्रान्तिकारी छन् र क्रान्तिको कार्यभार सकिएको छैन भनेर क्रान्तिप्रति प्रतिबद्ध र दृढसङ्कल्पित छन्, उनीहरूलाई गठबन्धन अभियन्ताहरूले साम, दाम, दण्ड भेद प्रयोग गरेर सूर्य छापको गीत गाउन लगाउनेछन्, अथवा दमनको बाटो अँगाल्नेछन् । क्रान्तिकारी माओवादीहरूलाई दबाउने विषयमा विगतमा झैँ रुख छाप र सूर्य छापबीच कुनै मतभेद हुने छैन । यस अर्थमा अहिलेको एमाले-माके गठबन्धन क्रान्तिकारीहरूका लागि गम्भीर चुनौतीको विषय बन्नु स्वाभाविक छ । साथै विचार मिल्नेहरू एकताबद्ध भएर प्रतिरोध गर्नुपर्ने अवसर र जिम्मेवारी पनि समयले क्रान्तिकारीहरूलाई दिएको छ । अहिले भइरहेका बैठक र सम्मेलनको सान्दर्भिकता पनि यसैमा निहित हुनुपर्छ ।
यस टिप्पणीकारले विप्लवजीहरू फुटेर जान लागेको समयमा साँघु साप्ताहिकले सोधेको एउटा प्रश्नको उत्तरमा “बादलबाट पार्टी चल्दैन, उनले पार्टी चलाउन सक्तैनन्, कमरेड किरणको वैचारिक नेतृत्व र विप्लवको स्पिरिट र सङ्गठनात्मक क्रियाशीलताको आवश्यकता छ”, भनेको थियो । बालदहरू फुट्नुअघि परि थापाको नेतृत्वमा माओवाद र जनयुद्ध नमान्ने एउटा समूह नेकपा-माओवादीमा भित्रियो । केही सङ्ख्या थपिए पनि र नेकपा-माओवादीबाट नेकपा (क्रान्तिकारी माओवादी) नामाङ्कित भए पनि पार्टीले गति लिन सकेन । यो कुराको साक्षीका रूपमा स्वयम् कमरेड किरणको सम्मेलन दस्ताबेजको ‘साङ्गठानिक फाँटका कामबारे’ शीर्षकलाई लिन सकिन्छ । वैचारिक र सङ्गठनात्मक अस्तव्यस्तताको राम्रो चित्र र चित्रण पाइन्छ त्यहाँ ।
कमरेड विप्लवको पार्टीमा पनि आरम्भमा जेजस्तो जोसजाँगर देखिएको थियो पछिका दिनमा यो सेलाउँदै गएको देखियो । विचारले भन्दा आर्थिक उत्प्रेरणाद्वारा कार्यकर्ता परिचालन गर्ने प्रवृत्ति घातक प्रवृत्ति हो । एकातिर वैचारिक अस्पष्टता र कार्यदिशाको अन्योल, अर्कोतिर गोलचक्करवादी प्रवृत्तिले गर्दा सो समूहबाट कार्यकर्ताको पलायनता बाक्लिँदै गयो । आठौँ महाधिवेशनपछि विचार र व्यवहारमा देखापरेको भद्रगोलको स्थिति स्थानीय चुनावको समयमा खुलेर बाहिर आयो । पार्टीका केन्द्रीय समितिका जिम्मेवार सदस्यहरूको पलायनले थुप्रैथुप्रै प्रश्न उठायो । यसरी क्रान्तिकारी भनिएका पार्टीहरू गोलचक्करवादी अकर्मण्यता फसेको स्थितिमा आएको माके-एमाले गठबन्धन कमरेड किरण र विप्लवका पार्टीहरूका सामु चुनौती बन्नु स्वाभाविक छ । यो चुनौतीले एकताबद्ध भएर सामना गर्ने कुराको माग गर्छ ।
कम्युनिस्ट न्युक्लिअसको भूमिका
विप्लवजीहरू फुटेर गएपछि नेकपा-माओवादीमा फरक मत राख्नेहरूका लागि वातावरण त्यति सहज हुनसकेन । खासगरेर बादल गुट बढी आक्रामक बनेर देखा पर्नथाल्यो । सातौं महाधिवेशनदेखि नै कमरेड बरालबाट फरक मत राखिएको कारण एकएक बहाना बनाएर बरालमाथि कारबाहीको तानाबना बुन्न थालियो । यता विप्लव कमरेडहरू सम्बन्ध विच्छेद गरेर गएपछि पार्टीको काम सङ्घर्षलाई अघि बढाउनेतिर भन्दा के भाषा प्रयोग गर्दा र कुन बुँदा तलमाथि गर्दा प्रचण्डसित एकता हुन्छ भन्ने कुरामा केन्द्रित रह्यो । कमरेड बरालले एकातिर प्रचण्डसित एकता गर्ने कुराको खुलेर विरोध गरे र अर्कोतिर सहिदका नाममा स्थापित संस्थामा मौलाउन थालेको भ्रष्टाचारका विरुद्धमा आफूलाई उभ्याए । भ्रष्टाचारीहरूलाई कारवाही गर्नुको सट्टा उल्टै बरालमाथि डन्डा चलाउन थालिएपछि त्यहाँ बस्न नसकिने स्थितिबोध गरेर बरालले २०७२ साल मे दिवसका दिन कमरेड किरणको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादी परित्याग गरेको सार्वजनिक घोषणा गरे । करिबकरिब प्रचण्डसित एकताको हस्ताक्षर हुन मात्र बाँकी रहेको बेला कता के मिलेन, त्यो रोकियो । सबैले भूइँचालोको कारण एकता रोकिएको भने पनि कारण अर्कै रहेको भन्ने कुरा प्रस्ट छ, त्यतातिर नाजाऔँ । पछि बादलहरू प्रचण्डसित मिसिन गए पनि कमरेड किरणको नेतृत्वमा एउटा टिमले मालेमाको झन्डा समातेर उभियो । यो निकै सकारात्मक पक्ष थियो र हो ।
त्यसपछि प्रचण्डको ‘विहारी समाजवाद’ को विरोध र विद्रोह गर्दै कमरेड हेमन्तप्रकाश ओली बाहिरिनु भयो । उहाँ विप्लजीहरूसित सबै तारतम्य मिलाएर बाहिरिनु भएको कुरा पत्रकार सम्मेलनमा देखिएको परिवेशले प्रस्ट पार्दथ्यो । मार्क्सवादी दर्शनलगायतको क्षेत्रमा अध्ययनचिन्तनमा राम्रो दखल भएको नेताका रूपमा म वहाँलाई लिन्थेँ । फेरि पश्चिम कमान्डमा सँगै काम गर्दाका हाम्रा अनुभवहरू समान, सुखद र सौहार्द्र किसिमका थिए । न्युक्लिअस बनाउने कुरामा हाम्रो सहमति भयो । हामीले सङ्गठन विस्तार गर्न तथा कसैसित एकता गर्न हतारिने भन्दा कमरेड किरण र विप्लवहरूबीचको पुलको काम गर्दै एकताको आधार बनाउँदा राम्रो हुन्छ भन्ने मेरो धारणा थियो । एकता नै गर्ने हो भने धेरै कुरा कमरेड किरणहरूसित मिल्छ र काम गर्न पनि सजिलो हुन्छ, उहाँहरूसित एकता गरौँ भन्ने पनि मेरो भनाइ थियो । उहाँले विभिन्न कारण देखाएर विप्लवजीहरूसित एकता गर्ने निर्णय सुनाएपछि सरसल्लाहले नै छुट्टिने र छुट्टिएपछि पनि एकअर्कालाई गाली नगर्ने, जसलाई जोसित एकता गर्न सहज हुन्छ, ठीक लाग्छ गरौँ भनेर हामीले निर्णय गर्यों । केही साथीहरू सुदर्शन कमरेडसित गए र भूपेन्द्रजीहरू किरण कमरेडको पार्टीमा मिसिए । हामीले नयाँ किसिमले टिमबद्ध गर्यौं ।
दुवैतिर मेरा विमति थिए र छन् । राम्रा कुरा दुवैको समर्थन गर्छु, लेख्छु, नराम्रा कुराको आलोचना गर्छु भन्ने मेरो विचार रह्यो । दुवै एक ठाउँमा आउन सके, ल्याउन सके राम्रो हुन्थ्यो भन्ने मेरो विचार थियो । कम्तीमा पनि नेपालको माओवादी आन्दोलनबाट असाध्यै उत्साहित भएको र प्रचण्ड-बाबुरामको गद्दारीका कारण निरास बनेका विश्वका माओवादीहरूलाई नेपालमा एक थरीले आत्मसमर्पण गरे पनि नेपालमा अझै माओवाद जीवन्त छ, माओवादीहरू सक्रिय छन् र उनीहरू नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुँदैछन् भनेर विश्वका माओवादीहरूसमक्ष सन्देश दिनु/दिइरहनु मेरो उद्देश्य थियो । र अहिले पनि म यही काम गरिरहेको छु । विश्वका माओवादीहरू पछिल्ला दिनमा किरण-गौरवबाट समेत निरास भएको र विप्लवलाई वैचारिक रूपमै नपत्याएको स्थिति हो भन्ने कुरा पनि म यतिबेला प्रस्ट पार्न चाहन्छु ।
त्यसबेला विप्लवजीहरूले नयाँ र विकसित सिद्धान्त र विश्लेषण भनेर ‘उत्तर-साम्राज्यवाद’ को धारणा सार्वजनिक गरेको बेला थियो । यो त अचम्मको कुरा लाग्यो । यो भनेको साम्राज्यवाद पनि ‘उत्तर’ अर्थात् हिजो थियो, अब छैन भन्ने कुरा हो र अमेरिकी साम्राज्यवादले आफूलाई सहज बनाउन उसका थिङ्क ट्याङ्कहरूमार्फत अघि सारेको धारणा हो । यसलाई ‘रिम’ को प्रकाशन ‘ए वल्र्ड टु विन’ मा त्यतिबेला लामो विश्लेषणद्वारा खण्डन गरिएको थियो । म आफैँले ४ वर्षअघि ‘आजको साम्रज्यवाद र माओवादी आन्दोलन’ पुस्तकमा खण्डन गरिसकेको विषय हो । क्रान्ति गर्छु भन्ने पार्टी र त्यसका नेताले साम्राज्यवाद नै ‘उत्तर’ भयो, हिजो थियो, अब छैन भन्छ भने यो त अचम्मको विषय भयो भनेर मैले ‘अन्नपूर्ण’ दैनिकमा एउटा लेख पनि लेखेँ । विप्लवजीका क्रान्तिकारी सेनाले बरालमाथि भौतिक कारबाही हुनुपर्छ, सिध्याउनुपर्छ भनेर फेसबुक रङ्गाए । त्यति मात्र होइन, सो पार्टीमा मैलै सम्मान गर्ने एक जना पोलिटब्युरो सदस्यले समेत सो पार्टीको साप्ताहिक प्रकाशन तथा अनलाइनमा “बरालले कम्युनिस्ट न्युक्लिअसमार्फत बैद्य र विप्लवलाई मिलाएर आफ्नो भूमिका बढाउन खोजेको थियो, नभएपछि उत्तरसाम्राज्यवादको निहुँ निकालेर विप्लवहरूमाथि प्रहार गर्यो ” भन्ने आसयको टिप्पणी लेखेको पढेँ । यो बडो अचम्मको विषय र विश्लेषण थियो । मैले मेरो भूमिकालाई मात्रै केन्द्रमा राखेर चिन्ता गरेको भए थुप्रै प्रस्तावहरू आएका थिए र आइरहेका छन् । म विचारलाई केन्द्र बनाएर चल्ने मान्छे हुँ । मेरो प्रयास दुवै थरीलाई नजिक ल्याउने थियो / छ ।
उहाँहरूको बुझाइ र विश्लेषण त्यस्तो भए पनि, मेरो अनुभव र विश्लेषण फरक थियो । दुवै अकर्मण्यतामा छन्, दुवैमा कार्यकर्ता पलायन तीव्र छ, वैचारिक अन्योल छ, गति दिन सकेको स्थिति छैन, विश्वास जगाउन सकेको अवस्था छैन । त्यसैले दुवै पार्टीबीच सह कार्य तथा एकताको वातावरण बनाउनुपर्छ, नत्र दुवै पार्टी विसर्जनतर्फ जान्छन् भन्ने मेरो चिन्ता र चिन्तन थियो/छ । यसै प्रयासस्वरूप पार्टी स्थापना दिवस पनि न्युक्लिअससहित तीन थरी मिलेर मनाएका थियौँ । साथीहरूको बुझाइप्रति म छक्क परें ।
पछिल्लो समयमा खासगरेर स्थानीय चुनावपछिको स्थितिलाई देखेर मैले फेरि दुई पार्टीहरूबीच एकताको वातावरण बनाउन बहसछलफल चलाउनुपर्छ भनेर भेट्न सकिने कमरेडहरूसित भेटघाट तीव्र बनाएकै बेलामा माके र एमालेको ‘महागठबन्धन’ को परिणाम आयो । आआफ्ना पार्टीका वैचारिक तथा साङ्गठनिक समस्या हल गर्ने सन्दर्भमा होस् अथवा ‘महागठबन्धन’ ले उत्पन्न गरेको चुनौतीलाई सामना गर्ने सन्दर्भमा होस्, दुई पार्टीहरूलाई एक ठाउँमा ल्याएर मुलुक र जनताको हितका लागि एकताबद्ध हुन बहसछलफलको जुन वातावरण पैदा भएको छ, यो सकारात्मक पक्ष हो । यहाँ गम्भीरताको आवश्यकता छ । खासगरेर कार्यदिशाकै प्रश्न बढी मन्थनको विषय छ भन्ने लाग्छ ।
चुनौतीको आयाम
यति लामो पृष्टभूमि प्रस्तुत गर्नुको उद्देश्य हामी क्रान्तिकारी भनौँदाहरूको मानसिक दशा र स्थिति दर्शाउनु हो ।कसरी फूट हुँदा रहेछन / किन कसैले पार्टी छोड्दो रहेछ भन्ने कुरा देखाउन खोजेको हो । मलाई दुवै थरीले पीडा दिएका छन् तापनि क्रान्तिकारीहरूबीचको एकताको प्रयाश जारी रहनेछ । माथिको पृष्टभूमिले थप यसो पनि भन्छ : कसरी प्रतिक्रियावादी शक्तिहरू र पार्टीभित्रका तिनका एजेन्टहरूले कहिले खुलेर र कहिले मिहिन पाराले माओवादी आन्दोलनलाई ध्वस्त पारेका रहेछन् र अब पनि सचेत नहुने हो भने बाँकी रहेकाहरूका लागि पछिका दिन थप चुनौतीपूर्ण हुनेछन् ।
वास्तवमा अहिलेको चुनौती कुनै एक समूहलाई मात्र होइन, सिङ्गो आन्दोलनलाई हो । नेपालबाट माओवाद र माओवादी आन्दोलनलाई हिजोको विषय बनाएर अब नेपालमा माओवादी आन्दोलन छैन भनेर ‘उत्तर-माओवाद’(Post-Maoism) चरण घोषणा गर्ने योजनाबद्धताको उपज हो अहिलेको ‘महागठबन्धन’ । यसलाई नेपाल माओवाद र माओवादीहरूबाट मुक्त भयो भनेर ढोलपिट्ने साम्राज्यवादी चाल हो भन्दा पनि हुन्छ । यो पार्टीहरूमा सङ्गठित अथवा बाहिर बसेर आन्दोलनलाई सघाइरहेका माओवादीहरू सबैका सामु उपस्थित चुनौती हो । यसअर्थमा यो विश्व माओवादी आन्दोलनसित पनि सम्बद्ध चासो र चिन्ताको विषय हो । यस्तो कार्यलाई कसैले आफ्नो भूमिका खोज्न गरेको भनेर न्यूनीकरण गर्नु त्यति उचित हुँदैन ।
पोखरासम्मेलनको आह्वान
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको उद्घाटन शत्रमा कमरेड किरणद्वारा व्यक्त भनाइले गम्भीरताबोधलाई दर्शाउँछ :
''अहिले जुन दक्षिणपन्थी गठबन्धन बनेको छ, त्यो भनेको नेपालको वामपन्थी आन्दोलनमा, नेपालको कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी आन्दोलनमा गम्भीर प्रकारको चुनौती हो । त्यो चुनौतीको सामना गर्ने तागत हामीबीचको एकतामा छ । हामी एकताबद्ध भयौं भने त्यसको सामना गर्न सक्छौं । हामी एकताबद्ध भएनौ भने टुक्राटुक्रा भएर जम्मै त्यही गएर मिसिन्छन्, देख्नु होला । त्यसकारण सक्दो चाँडो सच्चा कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुन जरुरी छ ।"
सत्य यही हो । भावुकता अथवा मनोगतताले हुँदैन, मूल कुरा विचार हो भन्ने कुरामा विवाद छैन । यी दुई पार्टी एक होऊन् र क्रान्तिकारी कार्यदिशा तय गरेर अघि बढून् भन्ने चाहना मुक्तिकामी जनताको हो र अन्तर्राष्ट्रिय जगतको पनि हो । हुन त कार्यदिशा मात्र पुग्दो छैन, त्यसैअनुरूपको नेतृत्वदायी टिम र कायकर्ता पनि चाहिन्छ । माओले भनेझैँ दब्बु सेनाले लडाइँ लड्दैन, भुत्ते कर्दले रगत निकाल्दैन । हुलमुलमा सबैतिर थुप्रै फोहारमैला भित्रिएको हुनसक्छ, झारपात पतिङ्गर थुप्रिएको हुनसक्छ र लेउ लागेको हुनसक्छ । यसले सङ्गठनात्मक शुद्धीकरणको माग गर्छ । कमरेड किरणले आफ्नो दस्ताबेजमा उल्लेख गर्नुभएको , “आवश्यकता र क्षमताबीच अन्तर्विरोध” को समस्याको हल भनेको क्रान्तिकारी वर्गसङघर्षको व्यवहार नै हो ।
एकताका सम्बन्धमा किरण कमरेडमा जुन गम्भीरताबोध देखिएको छ, अन्यत्रबाट पनि यस किसिमको गम्भीरताबोधको आशा र माग गर्नु अन्यथा होइन । खासगरेर विप्लव कमरेड यो चुनौतीलाई कसरी लिनुहुन्छ भन्ने कुरामा सबैको ध्यान गएको छ । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियार र सशस्त्र सङ्घर्षद्वारा सत्ताकब्जा, यी नेपाली क्रान्तिका आधारभूत र सार्वभौम पक्ष हुन् । मूल कार्यदिशा सशस्त्र सङ्घर्षको स्वरूप के हुने भन्ने विषय नै बहसछलफलको विषय हो र हामी साँच्चिकै क्रान्तिप्रति गम्भीर छौँ भने यो हल नहुने विषय होइन । समस्या पहलकदमीको हो ।
आशा गरौँ किरण कमरेडको सम्मेलन र विप्लवजीहरूको बैठक नयाँ उत्साहको सञ्चार र सम्प्रेषण गर्न सक्षम र सफल होस् ।
०००

भिडियो फिचरview all