ताजा समाचार
जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न
अनिल शर्मा
साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेत अथवा असचेत रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन्; जसमा समाजमा भौतिक साधन र स्रोतहरू अर्थात् उत्पादनका साधनहरू कब्जा गर्नका लागि सङ्घर्षहरू भइरहेका हुन्छन्, त्यसरी नै आत्मिक सत्ता कब्जाका लागि पनि पेचिलो सङ्घर्ष चलिरहेको हुन्छ ।
आदिमकालदेखि नै प्रगतिशील पक्ष र पश्चगामी प्रश्नहरू सङ्घर्ष गर्दैआएका छन् । त्यो सङ्घर्षमा प्रगतिशील पक्षले विजय हासिल गर्दैआएको छ । नेपालको सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो । नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । मार्क्सवादी मूल्यमा आधारित साहित्य, कला, संस्कृतिलाई प्रगतिवादी साहित्य, कला संस्कृति भन्न थालियो । नेपालमा नेकपाको स्थापनाकालदेखि नै प्रगतीवादी धारा र प्रतिध्रुवीय धाराका बीचमा सङ्घर्ष चलिरहेको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलनमा आएको उतारचढावसँगै कलासाहित्यको रचना रबुझाइमा पनि उतारचढाव आउने गरेको छ । एक समयका क्रान्तिकारी स्रष्टाहरू अर्को समयमा सुधारवादी धारामा स्खलित हुँदै प्रतिध्रुवीय कित्तामा पुग्ने गरेको नजिर पनि छ । ताना शर्मा, भूपि शेरचन हुँदै मञ्जुलसम्म आउँदा हामी प्रस्टसँग देख्न सक्छौँ । त्यसैगरी युद्धप्रसाद मिश्र, गोकुल जोशी, केवलपुरे किसान हुँदै रायनसम्म आजीवन निरन्तर प्रगतिको पैरवी गर्ने सर्जकहरूको पनि लामै पङ्क्ति छ । जनयुद्धको प्रारम्भ भएपछि त्यसका विरुद्ध फौजी दमन सुरु भएको थियो । त्यसपछि सत्ताका बौद्धिक फौज (प्रतिक्रियावादी र संशोधनवादी दुबै कोणबाट) हरूले पनि कलमका फौजहरू व्यवस्थित गर्दैलगे । जनयुद्ध बलियो बन्दै गएको र प्रत्यक्ष हमला निस्तेज बन्दै गएपछि प्रतिक्रियावादीहरूले दबाब र प्रलोभनमा पारेर सुराकी गर्न लगाउने, आत्मसमर्पण गर्न लगाउने गरेको थियो । त्यही औजार साहित्यिक क्षेत्रमा प्रयोग गर्दा तारा राई, राधा पौडेलजस्ता सर्जकहरू निर्माण भएका हुन् । नारायण वाग्ले, महेशविक्रम शाह, रघुजी पन्तलगायतका लेखकहरू रोमियो अपरेसनका आत्मिक सहगोत्रिया भए । स्मरण रहोस्, एमालेका नेता रघुजी पन्तले “बन्दुक बोक्नेहरूलाई जसरी नै बन्दुकको पक्षमा कलम बोक्नेलाई पनि कारबाही गर्नुपर्छ” भनेको केही दिनभित्रै कृष्ण सेनको हत्या भएको थियो ।
जनयुद्धका विरुद्ध सुधारवादी र संशोधनवादी राजनीति वृत्तबाट पनि उत्तिकै हमला भएको हो । प्रदीप नेपाल, मोदनाथ प्रश्रित, नारायण ढकाल, डीआर पोखरेल, मोहनविक्रम सिंह, श्याम श्रेष्ठ यो कित्ताका प्रतिनिधि लेखक हुन् । वैचारिक दृष्टिले पुरानो सत्ता र माओवादी सत्ता दुबैका बीचमा रहेको, दुबैप्रति सहमत नभएको अमिवा वर्ग वा समूह पनि नेपालको साहित्यिक क्षेत्रमा देखापर्दछ; जसले घटना घटनामा धारणा बनाउने गर्दछ । यो पङ्क्तिमा खगेन्द्र सङ्ग्रौला, गोविन्द वर्तमानलगायतका सर्जकहरू पर्दछन्; जसका कारण सङ्ग्रौला एक समयमा जनयुद्धलाई ‘राँके भूत’ देख्नपुग्छन् भने अर्को समयमा “रोल्पामा जन्मेको भए म पनि माओवादी हुने थिएँ” अथवा “देशमा चप्पल लगाउने जनताको सेना पनि रहेछ, यो ठूलो उपलब्धि हो” भन्न पुग्छन् । त्यसैगरी सङ्ग्रौलाले महिला नेतृ कुमारी मगरको दोजिया अवस्थामा नुवाकोट कुमारी गाउँमा शाहीसेनाले निःशस्त्र अवस्थामा लखेटीलखेटी हत्या गरेको खबर गणेश पण्डितले दिएपछि त्यसको भण्डाफोर गर्दै लेखे । त्यसप्रकारको कतिपय सकारात्मक भूमिकाका कारण उनलाई शाहीसेनाले गिरफ्तारसमेत गरेको थियो ।
नेपाल आर्थिक रूपमा दलाल पुँजीवाद र आत्मिक सत्तामा सामन्तवाद हावी भएको देश हो । सामन्तवादले आलोचनाको स्वरलाई पचाउने क्षमता राख्दैन । उसको आमाशय कमजोर हुन्छ । त्यसैले उसले स्तुतिगान चाहन्छ । त्यसकारण आलोचनालाई उसले सत्रुको कित्तामा धकेलिदिन्छ । अपराधी घोषणा गर्छ । सत्ताबाहिर रहेको बेला आलोचनालाई अपराधी ठान्नेहरू सत्तामा पुगे भने आलोचनात्मक यथार्थवादी धारालाई समेत देशद्रोही, जनद्रोही आरोप लगाउने अवस्था आउँछ, त्यसपछि आलोचनाको स्वर प्रताडित हुनेछ, जेलमा सडाइनेछ, हुन सक्छ मारिनेछ । त्यसप्रकारको प्रवृत्तिले जनयुद्धमा आलोकको हत्या गर्यो । बाबुराम भट्टराईलाई मार्ने धम्की दियो र रविन्द्र श्रेष्ठलाई हत्याको षड्यन्त्र गरेको थियो । तत्कालीन नेकपा (माले) मा पनि पञ्चायतीकालमा त्यसप्रकारको प्रवृत्ति थियो । माओवादी धाराका सबैजसो समूहमा त्यसप्रकारको प्रवृत्ति कायम छ । त्यसप्रकारको सम्मानित (सामन्ती ? प्रवृत्तिका विरुद्ध लड्नु र आलोचनात्मक यथार्थवादी धाराको रक्षा गर्नु आजको चुनौती हो । विचारधारात्मक रूपमा आधारभूत प्रश्नमा सहमति भएसम्म उनीहरूलाई प्रतिध्रुवतिर धकेल्नु सङ्कीर्ण चिन्तन हुन्छ । उनीहरू सङ्गठनात्मक रूपमा आफ्नो पङ्क्तिबाहिर हुन सक्छन् । मेक्सिम गोर्कीले बोल्सेभिक पार्टी र लेनिनका विरुद्ध कतिसम्म आलोचनामा उत्रिन्थे ज्ञातव्य नै छ । ऐतिहासिक दृष्टिले आलोचनात्मक चेत विरोधी धाराको वाहक नाजी, जर्मनी र फासिस्ट इटाली हुन् । भारतमा त्यसको वैचारिक स्रोत ‘सङ्घ परिवार’ हो । जनतन्त्रमा आलोचनात्मक चेतलाई पचाउन आवश्यक छ । पुँजीवादले आलोचनालाई अंशमा सीमित गरेर विचार र सत्तामाथिको प्रहारलाई सुरक्षित गर्दछ । मार्क्सवादीहरूले त्यसबाट सिक्नुपर्छ, अन्यथा नेता, व्यवस्था र परिस्थितिजन्य आलोचना कुण्ठित गर्दा त्यो असन्तुष्टि समाजवादी सत्ता र मार्क्सवादमाथि नै सोझिने खतरा पैदा हुन्छ ।
डा. ऋषिराज बराल चार दशकभन्दा अघिदेखि लगातार प्रगतिवादी लेखनमा संलग्न एकजना वरिष्ठ लेखक हुनुहुन्छ । उहाँको लेखन प्रगतिवादी घेरामा पर्दछ भनिरहनुपर्दैन तर बराल समयसमयमा आलोचनात्मक यथार्थवादी धारामा उभिएर लेख्नुहुन्छ । त्यसप्रकारको शैलीलाई कतिपय सौन्दर्यचिन्तनका अबुझ विषयगत ज्ञान नभएका र सङ्कीर्ण व्यक्तिहरूलाई मार्क्सवादकै विरोधी जस्तो लाग्न सक्छ । बरालका पछिल्ला समसामयिक राजनीतिक टिप्पणीबाट उत्तेजित भएका असहिष्णु र पूर्वाग्रही व्यक्तिहरूले त्यसप्रकारको टिप्पणी गरेको देखिन्छ । बरालको शब्दचित्र ‘फेरि लाल भञ्ज्याङमा उभिएर’ र ‘सलाम रोल्पा’ विषयमा अलग छलफल तथा समीक्षा गर्न आवश्यक छ, तर यहाँ के मात्र भन्न खोजिएको छ भने ती दुई कृति प्रतिध्रुवीय कित्ताकै भए पनि त्यत्तिकै भरमा उनको समग्र मूल्याङ्कन हुन सक्दैन । उनका दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका छन् । ती सबै रचना जनयुद्धमा उनको भूमिका र राजनीतिक तथा वैचारिक सोचको साङ्गोपाङ्गो अध्ययन गरेर मात्र सही मूल्याङ्कन गर्न सकिन्छ । अंशले समग्रको नेतृत्व गर्न सक्दैन । त्यसरी नहेर्ने हो भने पारिजातलाई समेत प्रगतिवाद विरोधी भन्नुपर्ने हुनजान्छ ।
जनयुद्ध र तत्कालीन माओवादी जनयुद्धमा गम्भीर समस्याहरू नभएका होइनन् । नेतृत्व र जनताका आफ्नै खालका समस्याहरू पनि हुन्छन्, तर ती प्रतिनिधि घटना, प्रतिनिधि प्रवृत्ति र प्रतिनिधि पात्र होइनन् । मुख्य पक्ष बलिदान, उत्सर्ग, निर्माण, विजय हो । त्यसैबाट प्रतिनिधि पात्रमार्फत रचना गर्नु लेखकीय दायित्व हो । तर, बरालले यदाकदा सामान्य र सहायक विषयलाई मूल विषयका रूपमा प्रस्तुत गरेको देखिन्छ । बरालको त्यसप्रकारको शैलीगत त्रुटिका कारण पनि भ्रमहरू सिर्जना हुने गरेका छन् । त्यसैगरी, गङ्गा लामा जनयुद्धका अभियन्ता र घाइते हुन् । उनले साहित्यक मूल्यको ज्ञान, आधार र योजनामा भन्दा गृहयुद्धकालका पीडा र कुण्ठाहरू लिपिबद्ध गरेका छन् । लामाको कृति ‘दश बर्से जनयुद्ध : स्मृतिका डोबहरू’ मा उनले कतै पनि समग्र जनयुद्धको विपक्षमा लेखेका छैनन् तर कतिपयले गरेको ज्यादती र अपराधलाई लालित्यमय र पार्टी नीतिकै विपक्षका कचराका रूपमा प्रस्तुत गरेका छन् । शैलीगत सीमा उनको समस्या हो । जनयुद्धप्रति अझैसम्म आस्थावान, जनयुद्धका घाइते योद्धालाई समग्र मूल्याङ्कन नगरी राजनीतिक आस्थाको आधारमा धारेहात लगाउँदा नैतिक पक्षमा पनि ख्याल गर्नुपर्छ ।
त्यसैगरी हाम्रो समालोचनाका निश्चित मूल्य, धारा र परम्परा छन् । प्रकाशित कृति र कृतिकारको समालोचना गर्दा त्यसको पनि ख्याल गर्नुपर्छ, अन्यथा व्यक्तिवाद र अराजकताको विरोध गर्दै त्यही पथका यात्री भइरहने रोग लाग्नसक्छ । आफू रहेको पार्टीको भातृ सङ्गठनको औपचारिक धारणा र नेताहरूको धारणामा अन्तर्विरोध हुनुहुँदैन । त्यसप्रकारका धारणामा संस्थागत छलफल आवश्यक हुन्छ । अझ सम्बन्धित विषयका विज्ञ अथवा सङ्गठनकै नेतृत्वबाट धारणा आउनु उचित हुन्छ । त्यसैले विद्रूपीकरणको विरोधमा अर्को विद्रूपीकरण हुन जाने समस्याबाट बच्नुपर्छ र विषयको समग्र ज्ञान राख्नुपर्ने हुन्छ । जहाँसम्म बरालको पछिल्लो उपन्यास ‘समरगाथा’ को सन्दर्भ हो, शाहीसेनाले खाल्डो खनेर आधा पुर्दा पनि ‘माओवादी–जिन्दावाद !’ भन्ने थबाङका गरिब किसान, आँखा झिकेर बलात्कार गरेर मारिएकी कुमारी बुढा, प्रहरीलाई ओढारमा थुनेर हतियार खोस्ने कालिकोटे महिला, भैरवनाथ गणबाट बेपत्ता बेपत्ता पारिएका युवाहरूको विषयमा उपन्यास चाहिएको छ ।
हामीले जनयुद्धका भुइँमान्छेको साहित्य अपेक्षा गरेका थियौँ, छौँ तर समरगाथाले बौद्धिक क्षेत्रलाई विषय बनायो । उनीहरूका भूमिकाको सौन्दर्यकरण गर्यो । जनयुद्धमा बुद्धिजीवीहरूको गौरव गर्न लायक भूमिका छ । त्यसलाई न्यूनीकरण गर्ने र दुर्गमस्थलमा जन्मनु अथवा कुनै उत्पीडितको फरियामा हुर्कनुलाई नै क्रान्तिकारिताको दसीप्रमाण दावी गर्ने गैरमार्क्सवादी प्रवृत्तिले टाउको उठाउन खोजिरहेको बेला बरालको पछिल्लो उपन्यासले चोटिलो जवाफ दिएको छ । सहर र बौद्धिक क्षेत्रको विषयमा केन्द्रित भएर साहित्य आउनुलाई निरुत्साहित गर्नु, एउटा यथार्थको पैरवी गर्दा अर्को यथार्थको विरुद्ध उभिनु हो । जहाँसम्म बरालका कतिपय रचना र साहित्यांशको प्रतिध्रुवीय कोणबाट प्रशंसा भयो भन्ने गुनासो हो, त्यो कुनै बौद्धिक तर्क नै होइन । हामी मार्क्सवादीहरूले विपी कोइरालाका कतिपय प्रसङ्गको बारम्बार स्मरण गर्दछौँ । त्यसकै आधारमा विपी कोइरालाले पुँजीवादी विचारमाथि प्रहार गरेको ठहर्न सक्दैन । मेरो जेल संस्मरण ‘सम्झनामा भारतीय जेल’ को जनयुद्धका कट्टर विरोधी प्रदीप नेपाल, डीआर पोखरेलले मुक्तकण्ठले प्रशंसा गरेका थिए । गुटस्वार्थमा धक्का लाग्नासाथ त्यो कृतिमाथि हमला गर्न मान्छेहरू कलम उध्याएर बसेका पो छन् कि ! सौन्दर्यचिन्तन र लेखनको क्षेत्रबाट जनयुद्धको सौन्दर्यकरण गर्नमा चैतन्यपछि बराल नै उभिएको यथार्थ कसैले लुकाउन सक्दैन । भविष्यमा को कता पुग्ला, त्यसबारे अहिले नै के भन्न सकिन्छ र !
(समकालीन साहित्य र संस्कृति बाट)
०००

भिडियो फिचरview all