ताजा समाचार
एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू
माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र समूहहरू एकताबद्ध होऊन् भन्ने चाहना अहिले चौतर्फी रूपमा उठेको छ र यसो हुनु स्वाभाविक छ । यसै क्रममा विभिन्न सञ्चारमाध्यमहरूमा अमुकअमुक पार्टीहरूबीच एकताको कुराकानी चलेको र अमुकअमुक नेताहरूबीच भेटघाट भएको समाचारहरू पनि प्रकाशमा आएका छन् ।
वर्तमान संविधान नमान्ने, संसदीय व्यवस्था नमान्ने र नेपाली समाजको आमूल परिवर्तनको मालेमावादी दिशाप्रति प्रतिबद्ध पार्टी, समूह र व्यक्तिहरूबीच भरिसक्के पार्टी एकता नभए कार्यगत एकताको स्थिति बनोस् भन्ने चाहना आम जनमानस तथा कार्यकर्ताहरूमा रहेको कुरा सही हो । प्रचण्डले आफूलाई माओवादीको केन्द्र बनाएर साम, दाम दण्ड, भेद लगायतका थुप्रै कुराहरूको च्याँखे थापेर अरू पार्टीहरूबाट कार्यकर्ता ओसार्न थालेपछि कतिपय पार्टीहरूमा कार्यकर्ता कसरी जोगाउने भन्ने चिन्ता पनि देखिन्छ र एकताको कुरा उनीहरूका लागि बाध्यात्मक हतियार बनेको कुरा पनि यथार्थ नै हो ।
मोहनविक्रमको पार्टीबाट समेत कार्यकर्ता माओवादी केन्द्रमा जान थालेको अवस्था पछिल्लो अवस्था हो । जनमोर्चामार्फत चुनावमा भाग लिएका चित्रबहादुर केसीहरू यसै संसदीय व्यवस्थामा उपप्रधानमन्त्री पनि बनेका हुन् । वर्तमान संविधान स्वीकार गरेर सरकारमा बसेर सत्तासहभागिता जनाउने मोहनविक्रम सिंहहरूसित खासखास प्रश्नमा कार्यगत एकताको आधार बने पनि त्यो समूहसित मोहन बैद्यले नेतृत्व गरेको पार्टी र विप्लवको नेतृत्वमा रहेको पार्टीको एकताको स्थिति बनिहाल्ला जस्तो देखिँदैन । मोहनविक्रम समूहको बढी सहकार्य र सम्बन्ध एमालेसित हुँदै आएको हो । खासगरेर दोस्रो चरणको स्थानीय निर्वाचनदेखि भने मोहनविक्रम समूहको एमालेसित सम्बन्ध बिग्रिएको स्थिति हो । यसको प्रतिबिम्बन पत्रकारहरूको चुनावमा समेत देखिएको छ ।
संविधानप्रतिको हेराइ र बुझाइ तथा सहकार्यको स्थिति हेर्दा तत्काल मोहनविक्रम समूहसित बैद्य तथा विप्लव पार्टीको त्यसमा पनि विप्लवले नेतृत्व गरेको पार्टीको मोहनविक्रम समूहसित पार्टी एकताको त्यस्तो सम्भावना देखिँदैन । तर पछिल्लो समयमा बैद्य समूहभित्र हरिभक्त कडेल र परिथापाहरूले मोहनविक्रम समूहसितको एकताका लागि गरेको दौडधूप तथा यसमा मोहन बैद्य पनि सहमत भएको कुराहरू जसरी प्रकाशमा आएका छन् , यसबाट बैद्य समूह र मोहनविक्रम समूहबीचको एक वर्षअघिदेखिको सहकार्य पार्टी एकताको स्तरसम्म विस्तारित हुनथालेको आकलन गर्न सकिन्छ ।
सहकार्य तथा पार्टी एकताको कुरा गर्दा मोहनविक्रम समूहसित भन्दा मोहन बैद्य र विप्लवको नेतृत्वमा रहेका पार्टीहरूबीचको सहकार्य तथा एकतामा सो पार्टीका अधिकांश कार्यकर्ताहरूको जोड रहेको पाइन्छ । तर मूलभूत प्रश्न कार्यदिशामा रहेको भिन्नता र एकले अर्कोको कार्यदिशा स्वीकार गर्ने अवस्था नभएका कारण तत्काल पार्टी एकताको स्तरसम्म सम्बन्ध विस्तार हुने सम्भावना देखिंदैन ।
अहिले पार्टी एकताका लागि बैद्य नेतृत्वमा रहेको पार्टी बढी सक्रिय भएको देखिन्छ । बैद्य र विप्लवहरूबीच पनि भेटघाट भएको कुरा प्रकाशमा आएका छन् । कसरी सँगै जान सकिन्छ भनेर भेटघाट र छलपल हुनु राम्रो कुरा हो । यो आवश्यक छ । परन्तु, पार्टी एकताको वातावरण बनोस् भन्ने कामना गर्न सकिए पनि यी दुई पार्टीहरूबीच एकताको वातावरण तत्कालै बन्छ जस्तो देखिँदैन ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता हरिभक्त कँडेलका अनुसार विप्लवको पार्टीबाट एकताका लागि निकै जोडबल गरिएको छ । तर नेपाल कम्युनिस्ट पार्टीका जिम्मेवार नेताका अनु्सार भेटघाट र कुराकानी नै नहुने भन्ने होइन, तर जनजीवीकाको प्रश्न तथा राष्ट्रिय स्वाधीनताको प्रश्नमा सहकार्य गर्न सकिए पनि हाललाई पार्टी एकताको कुनै सम्भावना छैन । उहाँ भन्नुहुन्छ : “खासखास सन्दर्भमा हामी सहकार्य गर्न तयार छौँ, तर हामी क्रान्तिकारी ध्रुवीकरणको अभियानमा छौँ । हाम्रा नीति र कार्यदिशामा सहमति जनाउनेहरूसित धु्रवीकरणको प्रक्रिया चल्छ, तर कार्यदिशा पनि नमिल्ने र यो संविधानअन्तर्गत चुनावमा सहभागी भएर क्रान्तिकारी पनि हुने कुरा हामीलाई मान्य छैन । बैद्यजीहरूले यो संविधान स्वीकार गरिसक्नुभयो ।”
विप्लव समूहका जिम्मेवार नेताको माथिको भनाइअनुसार सो समूहको बैद्य तथा मोहनविक्रमहरूसित तत्काल कार्यगत एकताको मात्र सम्भावना देखिन्छ ।
विप्लव समूहसित तत्काल पार्टी एकता हुन नसके पनि मालेमावाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू बलपूर्वक सत्ता प्राप्तिको मान्यताप्रति प्रतिबद्धहरू, वर्तमान संविधान र संसदीए व्यवस्था नमान्नेहरूहबीच पार्टी एकताको वातावरण बनाउने प्रयासलाई सकारात्मक मान्नुपर्छ । सशस्त्र सङ्घर्षद्वारा सत्ता प्राप्त गर्ने मूल्यमान्यताप्रति प्रतिबद्ध नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीचको एकताको वातावरणले सकारात्मक सन्देश दिन्छ र नयाँ आधार तयार पार्छ । यसप्रति त्यति नकारात्मक हुनु आवश्यक छैन । परन्तु, एकता क्रान्तिकारी विचार र कार्यदिशालाई अगाडि बढाउने कडीका रूपमा मूर्तिकृत हुनुपर्छ । एकता ठूलो पार्टी बनाएर “चुनावको क्रान्तिकारी उपयोग” का नाममा चुनावमा धेरै सिट जितेर संसदीय सत्ता र भत्तामा रमाउनका लागि हो भने, यो मालेमा र नयाँ जनवादी क्रान्तिप्रति नै विश्वासघात हुन्छ । यसप्रति पनि सचेत र सजग हुनु आवश्यक छ । यो भनेको अन्त्तत: प्रचण्डकै बाटो हो ।
एकताको वातावरण बनोस् र पार्टी अघि बढोस् भन्ने चाहना र कामना गर्न सकिए पनि बैद्य समूह र मोहनविक्रम समूहबीच हुने पार्टी एकताले नयाँ गति, नयाँ क्रमभङ्ग र छलाङको स्थिति उत्पन्न हुन्छ भन्ने कुराप्रति भने कमै आशा तथा विश्वास गर्न सकिन्छ । अहिलेको सन्दर्भमा एकताको प्रयास र आधारहरूको खोजी बैद्य र विप्लवका पार्टीहरूबीचमा नै खोज्नु बढी वैज्ञानिक र वस्तुवादी देखिन्छ ।

भिडियो फिचरview all