ताजा समाचार
फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी
डा. ऋषिराज बराल
युद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित गाँसिएको एउटा विशेष जिल्ला रुकुमका बासिन्दा थिए, म अङ्ग्रेज साम्राज्यवादलाई अल्लो, सिस्नु र अरिङ्गालको समेत सहयोग लिएर परास्त गर्न सक्षम सिन्धुली जिल्लामा जन्मेर हुर्केको निम्नमध्यम वर्गको पात्र थिएँ ।
तर यति मात्रै हामीबीच पटरी नखाने आधार थिएन । पटरी नखानुको कारण सांस्कृतिक आन्दोलनसम्बन्धी हेराइ र बुझाइमा रहेको भिन्नता थियो । सांस्कृतिक आन्दोलनका सम्बन्धमा उनमा रहेको यान्त्रिकतापूर्ण चिन्तन नै हामी बीचको भिन्नताको मूल कारण थियो ।
मैले यसका बारेमा सलाम रोल्पा पुस्तकमा प्रस्ट पारेको छु । एउटा कुरा चाहिँ उनको विशिष्ट पक्ष थियो र त्यो मलाई पनि मन पर्ने कुरा थियो । युद्धकालदेखि नै केही नयाँ कामकुरा गर्ने, अरूभन्दा छुट्टै पहिचान बनाउने र गतिशीलतामा जाने उनको स्वभाव थियो । कतिपय सन्दर्भमा उनमा देखिने मनोगतवादी चिन्तनले उनलाई आलोचनाको पात्र पनि बनाउँथ्यो । प्रभाकरसितको सन्दर्भलाई निरपेक्ष रूपमा व्यक्ति प्रभाकरसित मात्र नजोडेर रुकुम-रोल्पासित पनि जोड्नुपर्छ भन्ने मेरो बुझाइ छ ।
रुकुम-रोल्पाको द्वन्द्व निकै पुरानो हो । अहिले पनि त्यहाँ प्रतिस्पर्धा छ भन्ने लाग्छ । कुन जिल्लाले कतिओटा मोर्चा लड्यो, कुन जिल्लामा कति सहिद भए । रोल्पाका कति सिसिएम, कति पिबिएम भए र रुकुमका कति जना कमान्डर, कति जना सिसिएम र कति जना पिबिएम भए भन्ने कुरासमेत उठ्ने गथ्र्यो त्यतिबेर र अहिले पनि रुकुमले कति पद पायो र रोल्पाले लाभका कति पद पायो भनेर चर्चा हुने गर्छ । रोल्पाले बढी लगानी गरेको छ, उसले बढी पाउनुपर्छ भन्ने जोड हुन्थ्यो । लगानी त रुकुमले पनि कम गरेको छैन, किन रोल्पालाई मात्रै बढी महत्व दिने भन्ने कुरा पनि हुन्थ्यो । वास्तवमा थवाङको इतिहासले रोल्पाको महत्व बढाए पनि आन्दोलनमा रुकुमको पनि कम लगानी थिएन—खत्रीबन्धुको इतिहास साक्षी बनेर अगाडि आउँथ्यो । तर पार्टी र प्रचण्ड दुवैले युद्धकालदेखि रोल्पालाई बढी च्यापेका थिए । रुकुम, खास गरेर चुनवाङ बैठकपछि प्रचण्डको कोपभाजनमा पर्यो र त्यसमा सबैभन्दा बढी प्रभाकर परेका हुन् । यो यथार्थ हो ।
किन प्रभाकर प्रचण्डको कोपभाजनमा परे यसको अलग्गै कथा छ । जनयुद्धको पछिल्लो चरण बुटवल कृष्णनगर मोर्चा असफल भएपछि प्रचण्डले रुकुम विरुद्ध त्यसमा पनि प्रभाकर विरुद्ध योजनाबद्ध किसिमले प्रहार गरेका हुन् । हेर्दा पछिल्ला मोर्चाको असफलताले प्रचण्ड रिसाएका हुन् जस्तो लागे पनि कारण अर्कै थियो । त्यसको कारण चुनवाङ बैठक वरिपरि सिर्जित वातावरण थियो । लामो हुन्छ, अहिले यसतर्फ नजाऔँ ।
प्रभाकरका विरुद्ध सिक्लेसदेखि पश्चिम कमान्डसम्मको बैठकमा योजनाबद्ध किसिमले हुटिङ गराउन लगाइयो । सिक्लेसमा यो टिप्पणीकार आफैँ उपस्थित थियो । रुकुम-रोल्पाको द्वन्द्वमा प्रचण्ड खेल्थे । कहिले रुकुमलाई च्यापेर रोल्पामाथि प्रहार गरेजस्तो गर्ने र कहिले रोल्पालाई च्यापेर रुकुमलाई प्रहार गर्ने प्रचण्डखेल त्यतिबेर पनि चल्थ्यो । प्रभाकरका विरुद्ध प्रचण्डले सुदर्शनलाई अघि सार्थे । गणेशमान पुन ‘रश्मि’ प्रचण्डका विश्वास पात्र थिए र मिल्दोजुल्दो जीवनशैलीका कारण पूर्ण घर्ती चाहिँ प्रचण्डको सबैभन्दा प्रिय पात्र थिए । यसको पनि लामो व्याख्या यहाँ सम्भव छैन ।
थुप्रै कुरा भन्न बाँकी छ र लेख्न बाँकी छ । महराजस्तो दुई नम्बरी पाखण्डीका विरुद्ध त थुप्रै लेख्न बाँकी छ । नेपालको कम्युनिस्ट आन्दोलनमा अलिकति लगानी नगरी बाबुरामले खाएझैँ रोल्पाको कम्युनिस्ट आन्दोलनमा केही लगानी नगरी रोल्पाली हुनुको नाममा महराले जति लाभ कसले लियो होला र ! पछिल्लो समयमा रोल्पाले न त चुनावी राजनीतिमा सफलता प्राप्त गर्यो न त बहिष्कारको राजनीतिमा । अहिलेको द्वन्द्वमा विजय प्रभाकरको रह्यो, अर्थात् रुकुमको रह्यो ।
म त्यति चिठीपत्रहरू सँगालेर राख्ने मान्छे होइन, तर कमरेड पोस्टबहादुर बोगटी ‘दिवाकर’ र फौजी कमान्डर प्रभाकरको चिठी मसित सुरक्षित रहेछन् । यहाँ म जनयुद्ध घनीभूत भएको समयमा प्रभाकरले लेखेको एउटा चिठी प्रस्तुत गर्दैछु । व्याख्याबिना यो चिठीको सन्दर्भ र पृष्ठभूमि त्यति प्रस्ट हुँदैन र प्रस्ट नभएपछि चिठीको आनन्द पनि त्यति आउँदैन । तर पनि म प्रस्तुत गर्दैछु । यसलाई त्यस कालखण्डको परिवेशमा बुझ्नु आवश्यक छ । सन्दर्भ प्रस्ट पार्न ब्य्राकेटमा राखिएका इटालिक शब्दहरू मेरा हुन् ।
...................................................................................................
आदरणीय कमरेड बरालजी,
लाल सलाम
पश्चिम कमान्डमा (भेरी-कर्णाली, सेती-महाकाली) कमरेडको जिम्मेवारी एवं कार्यप्रारम्भको सफलताका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दछु । तपाईँको सौन्दर्यचिन्तन, साहित्यिक व्यक्तित्वबाट मात्र प्रभावित र परिचित भएको स्थितिमा प्रत्यक्ष भेटघाट र सहकार्यको लामो अपेक्षा राखेकोमा अहिले आएर यो अवसर प्राप्त भएकोमा अत्यन्तै खुसी लागेको छ । दुखको कुरा कार्यक्रमको अत्यन्त चापमा इन्चार्ज कमरेडको (कमरेड दिवाकर) समयाभावको बीचमा हतारमा हिँडिहाल्नुपर्ने स्थितिमा पहिलो भेट( सुर्खेत सान्ने)मा छलफल हुनै पाएन । आशा एवं विश्वास गरौँ तपाईँको तालिम र प्रशिक्षण (त्यतिबेर जनरेडियो ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को कमान्डमा थियो र पश्चिम कमान्डअन्तर्गगत जाजरकोट र अछामस्थित जनरेडियो स्टेसनका कर्मीहरू र बाँकेबर्दियादेखिका कमान्डका सबै संवाददाताहरूलाई दिइने पत्रकारिता र जनपक्षीय सूचनासम्बन्धी तालिम र प्रशिक्षण) दिने कार्यक्रमपछि भेटघाट र छलफल गर्ने अवसर मिल्ने छ ।
तपाईँहरूले (सांस्कृतिक मोर्चाले पनि कमान्ड स्तरीय प्रशिक्षण कार्यक्रम तय गरेको थियो ) बनाउनुभएको योजना अतन्त्य वस्तुवादी र वैज्ञानिक छ । सांस्कृतिक प्रत्याक्रमणको अभियानात्मक जुन योजना छ, यसलाई सफल पार्न आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने नै छु । यो अभियानले सांस्कृतिक क्रान्तिको (आफ्नो मान्यतामा) एउटा रूप ग्रहण गर्नपर्छ भन्ने लाग्छ, नेपाली क्रान्तिले हामीलाई त्यो आवश्यकता बोध गराएको छ । त्यसको समग्र पक्ष र सबैभन्दा महत्वपूर्ण कुरा प्रचण्डपथीय सौन्दर्यचिन्तनलाई जसरी संश्लेषण गर्ने योजना बनेको छ, त्यो हो । यसको लागि पश्चिमका जनताको सांस्कृतिक सम्पतिले तपाईँलाई महत्वपूर्ण टेवा दिनेछ । सांस्कृतिक क्षेत्रको ज्ञान र शीप नभए पनि त्यसको अध्ययन र श्रवणप्रति लालायित हुने भएकाले मात्र भए पनि आफ्नो ठाउँबाट आवश्यक सहयोगमा कमी हुने छैन र तत्काल अभियानको सेटिङले केही नमिलेजस्तो देखिए पनि सारतः त्यसको आवश्यकता र महत्वलाई अभियानको रूपमा अभिव्यक्ति गर्न वार्षिक उत्सवदेखि नै लैजाने कुरामा हाम्रो सल्लाह भइरहेको छ ।
साम्राज्यवादले आफ्नो अस्तित्चलाई उत्तरआधुनिकतावादमार्फत जसरी विस्तार गर्ने र टिकाउने प्रयत्न गरिरहेको छ, यसले नेपाली समाज र क्रान्तिलाई प्रभावित पार्ने कुरा त भयो नै, यसका विरुद्ध सङ्घर्षमा पार्टीले जसरी सम्पूर्ण विभ्रमहरू विरुद्ध मालेमावाद र प्रचण्डपथको विकासलाई अगाडि बढाइरहेको छ । यस महान् अभियानको महत्वबारे हाम्रो भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको ऐतिहासिक एवं दूरगामी महत्वको बैठक र त्यसले लिएका निर्णयहरूले स्पष्ट गरेका छन् । एकाइसौँ शताब्दीको सर्वहारा क्रान्तिका चुनौतीहरू सामना गर्दै निर्मित भएको हाम्रो “घोषणापत्र” ले गरेको आह्वान स्वतः स्पष्ट नै छ । यसमा सौन्दर्यचिन्तनका पक्षबाट किरणजीका सौन्दर्यचिन्तन सम्बन्धी दार्शनिक लेख र तपाईँका सौन्दर्यचिन्तनका क्षेत्रका रचनाहरूले महत्वपूर्ण वैचारिक फिडब्याक गरिरहेका छन् । अब उप्रान्त सांस्कृतिक संश्लेषणले आफ्नो भूमिकालाई नयाँ स्तरमा उठाउनेछ । साम्राज्यवादले सर्वहारा विचार, नेतृत्व र आन्दोलनमा एकपछि अर्को स्तरबाट आक्रमण गरिरहेको बेला समग्र पक्षबाट नेतृत्वको रक्षा र विकासमा हामी लागिपर्नु हाम्रो कर्तव्य हो । तपाईँको सांस्कृतिक र सौन्दर्यचिन्तन र ज्ञानले यसमा महत्वपूर्ण योगदान गर्नेछ ।
अन्य विषयमा भन्नुपर्दा दैलेखले पार्टीभित्र हुर्किएको व्यक्तिवादी अराजकता, नोकरसाही कार्यशैली र जनदिशाको अपहेलना आदिलाई अभिव्यक्त गरेको छ— (त्यतिबेर दैलेखको पार्टीमा देखिएको जनदिशा तथा पार्टीनीति विपरीतका कार्यलाई लिएर कमरेड एकराज भण्डारीको संयोजकत्वमा छानबिन समिति बनेको थियो र त्यसले पार्टी इन्चार्ज र सेक्रेटरी दुवैको गल्ती देखाएर कारबाहीको सिफारिस गरेको थियो ) । यो पाठबाट अवश्य पनि पार्टी र क्रान्तिका सामु उत्पन्न चुनौतीहरू सामना गर्न समग्र रूपमा पार्टी माथि उठ्नुपर्ने, राजनीतिक परिचालनलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता बोध गराएको छ । इन्चार्ज कमरेड (कमरेड दिवाकर) यसको निरीक्षण र समाधानका लागि स्वयं फिल्डमा जानुभएको छ । यसबारे उहाँले पनि पत्राचार गर्नुभएको होला नै ।
पाण्डोनसम्म आइपुग्दा फौजी सफलताहरू अत्यन्त सानदार भए । गमगढीबाट खैरिखोला, पहलवानपुर हुँदै पाण्डोनले योजनाको सानदार सुरुवात गरेको छ । ‘रेन्जरफोर्स’ लाई एक स्तरमा पराजय गर्न सक्नु हाम्रो अर्को ठूलो सफलता रहेको छ । आफ्नो हारलाई ढाकछोप गर्न राजेन्द्र थापा प्रचार प्रक्षमा माथि देखियो । हाम्रा प्रचारका कामहरूमा कमी भएको छ । अब छिटै रेडियो सञ्चालन हुनेछ । पत्रिका बारे सामग्री जोहो गरिँदैछ ।
तालिमपछि तपाईँ आछामतिर आउँदा भेट गर्नेछु । हामी पनि त्यतैतिर नजिकै छौँ । आछम तपाईँका लागि अनुकूल र कामका लागि सहयोगी स्थान छ, साधनस्रोत पनि त्यहाँ उपलब्ध छन् । लौ त अहिले यति नै । फेरिफेरि भेट र पत्रद्वारा तपाईँबाट सिक्ने मोका पाउँने आशा गर्दै बिदा हुन्छु ।
उही
प्रभाकर
२०६१/८/२१

भिडियो फिचरview all