
देउवाको राष्ट्रघाती चरित्रको चौतर्फी भत्र्सना

यो भन्दाअघिको भ्रमणमा २५ बुँदे सहमति गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिकालाई भारतीय दूतावासको हैसियतमा पुर्याएका थिए र अन्तर्राष्ट्रिय मामिलामा नेपाललाई भारतीय विस्तारवादको छातामुनि राख्न लम्पसार परेका थिए । पुष्पकमल दाहालका झैं देउवाले पनि संविधान संशोधनका सम्बन्धमा सार्वजनिक रूपमा जसरी मोदीका सामु प्रभुभक्ति देखाए, यसबाट नेपालको सार्वभौम सत्ताको खिल्ली उड्नुका साथै नेपालीको शीर निहुरिएको स्थिति उत्पन्न भएको छ । देउबाको अभिव्यक्ति र स्थिति मालिकका सामु गल्ती गर्ने नोकरले माफी मागेसरहको देखियो । मुलुकको शीर निहुरिने यस किसिमको कार्यको चोतर्फी निन्दा र भत्र्सना हुनु स्वाभाविक थियो र भयो पनि ।
आफ्नु इच्छाअनुसार नेपाल नचलेको भनेर नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने र नेपालको सार्वभौम सत्तामाथि धावा बोल्ने भारतीय विस्तारवादलाई ‘राष्ट्रसङ्घीय सुरक्षा परिषद्’ को सदस्यमा समर्थन गर्ने समझदारी गरेर देउवाले दलालीको अर्को उदाहरण प्रस्तुत गरेका छन् । यो नेपाली जनतामाथिको अर्को अपराध हो ।
त्यसैगरी नेपालका लागि असान्दर्भिक देखिएको र भारतमै पनि तीव्र विरोध गरिएको पञ्चेश्वरको डिपिआरको सन्दर्भमा पनि देउवा आलोचित भए । नेपालको पूर्वी तराईलाई मात्र नभएर पहाडी क्षेत्रलाई समेत पनि बाढीपहिरो र डुबानमा पार्ने ‘कोशी उच्च बाँध’ का सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेर उनले राष्ट्रघातको अर्को अपराध गरेका छन् । भारतले धेरै पहिलेदेखि दबाब दिँदै आएको र उसको चाँजोपाँजोमा सरकार बनाउने सन्दर्भमा हरेकपल्ट सर्तमा राख्ने गरेको ‘कोसी उच्च बाँध’ को सन्दर्भले जनदबाबका कारण हस्ताक्षरको स्तर प्राप्त गर्न सकेको स्थिति थिएन । शेरबहादुर देउवाको मालिक रिझाउने दलाली र आत्मसमर्पणवादी प्रवृत्तिका कारण अहिले भारत यसमा पनि सफल भएको छ । यो भारतका लागि निकै ठूलो सफलता हो र नेपालका लागि राष्ट्रघातको अर्को शृङ्खला हो ।
भरतीय सत्ताधारीहरूका सामु शेरबहादुर देउवाले देखाएको लाजमर्दो व्यवहार र राष्ट्रघाती चरित्रलाई लिएर नेपालका वाम समूहरूका साथै सचेत नेपाली जनता तथा बौद्धिक समुदायले तीव्र निन्दा तथा भत्र्सना गरेका छन् ।
भिडियो फिचरview all