ताजा समाचार
प्रचण्डको चक्रव्यूहभित्र फसेका ‘कमरेडहरू’
डा. ऋषिराज बराल
यो हप्ता, “एमालेलाई सिध्याउन काङ्ग्रेससँग सहकार्य” र “बाबुराममा ज्ञान छ, बुद्धि छैन” भन्ने प्रचण्डको भनाइ चर्चाको विषय बनेझैँ “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले आफूहरूमाथि अचाक्ली गरिरहेको” भन्ने कमरेड किरणको भनाइ पनि चर्चाको विषय बन्यो ।
माओवादका आधारभूत मूलयमान्यताबाट धेरै टाढा पुगिसकेका प्रचण्ड र बाबुरामहरूलाई अब माओवादी भन्नुको अर्थ छैन । परन्तु, दुनियाँलाई भ्रममा राख्न, माओवादका नाममा विचारको दुईनम्बरी धन्दा गर्न अहिले पनि प्रचण्डले आफ्ना दस्ताबेजबाट माओवाद पदावली हटाएका छैनन्, बरु उल्टै आफूलाई माओवादीहरूको केन्द्रका रूपमा राखेर व्यवहार गरिरहेका छन् । उनको चिन्तन र व्यवहारका कारण माओवाद र माओवादी आन्दोलनका विरोधीहरूले भन्न, लेख्न र गाली गर्ने अवसर पाएका छन् । उनले जे गरेका छन् र गरिरहेका छन्, त्यो माओवादप्रतिको गद्दारी हो । पछिल्ला गतिविधिले उनी सामाजिक फासिवादको अभ्यासमा लागेको यथार्थ प्रस्ट हुन्छ ।
प्रचण्डीय फासिवाद
यो टिप्पणीकारले धेरै पहिलेदखि प्रचण्ड शक्तिमा हुँदा हिटलरका झैँ व्यवहार गर्छन्, बाघझैँ झम्टिन्छन् र शक्तिबाहिर हुँदा बिरालोका झैँ म्याउँम्याउँ गर्छन् भनेर लेखेको हो र सत्य पनि यही हो । विदेशी शक्तिका सामु उनी कतिसम्म लम्पसार पर्न सक्छन् भन्ने कुरा भारतीय विस्तारवादसामु उनको लम्पसारको चरित्रले प्रस्ट पारेको छ र राजनीतिमा निर्लज्जाताको कुन हदसम्म उनी पुग्न सक्छन् भन्ने कुरा भरतपुर नगरपालिकाको चुनावबाट प्रस्ट भएको छ । प्रचण्डको चिन्तन र व्यवहार साथै माओवादका नाममा उनले गरेका गतिविधिको जति निन्दा र भ्रत्र्सना गरे पनि कम हुन्छ । प्रचण्डका कुकुत्यको विरोध गर्ने नाममा सिङ्गो माओवादी आन्दोलनलाई जसरी बदनाम गरिएको छ, जसरी आन्दोलनमाथि नै प्रहार गरिएको छ, यो चाहिँ निकै पीडादायी छ ।
प्रचण्ड समूहले आफ्नो दस्ताबेजबाट माओवाद पदावली हटाओस्, नामबाट ‘माओवादी केन्द्र’ हटाओस् भनेर कामना गर्न सकिन्छ, तर प्रचण्ड भनेको अति निर्लज्जताको अर्को नाम हो । नाङ्गै हिँडदा पनि “महाराजको लुगा कति राम्रो” भन्ने झुन्ड उनको वरिपरि फन्का मारिरहेको छ । माओले भनेझैँ प्रचण्डले आफू नसिद्धिउन्लजेलसम्म माओवादी आन्दोलनका विरुद्ध गडबडी गरिरहन्छन् । राष्ट्रिय स्वाधीनताका पक्षधरहरू र उत्पीडित जनताको मुक्तिका पक्षमा लड्दै गरेकाहरू विरुद्ध प्रचण्ड र उनको गिरोहले जेजस्तो व्यवहार गरिरहेको छ, यसले अब माकेलाई नेपालका अन्य प्रतिक्रियावादी समूहसित जोडेर प्रधान सत्रुकै रूपमा किटान गर्नु आवश्यक भएको छ । जनकपुरमा विप्लव समूहलाई महान् सहिद कमरेड रामवृक्ष यादवको स्मृति दिवस मनाउन नदिने चिन्तन र व्यवहार सामाजिक फासिवादको टड्कारो उदाहरण हो ।
बाबुरामको कोर्स पूरा
देशकाल परिस्थितिले बाबुराम भट्टराईलाई माओवादी नेता बनायो, प्रधानमन्त्री पनि बनायो । तर, बाबुराम जे थिए, सबैले देखिने गरी सतहमा आए । जनयुद्ध कालदेखि उनको गुटको रूपमा नामाङ्कित केही पात्रहरू, भ्रष्ट पूर्व कर्मचारीहरू, आइएनजीओका सूचकहरू फिल्मी हिरोइनहरू लगायतका झारपातपतिङ्गर जम्मा पारेर बनाइएको ‘नयाँ शक्ति’ नामको उनको समूह अब करिबकरिब रित्तिसकेको छ । वास्तवमा बाबुरामले माओवादी आन्दोलनलाई सिध्याउन जेजे गर्नुपर्ने थियो, सबै गरे, आफ्नो कोर्स पूरा गरे, मार्क्सवाद छाडे र जनयुद्धप्रति पश्चाताप गर्दै आफूलाई धोईपखाली गरे ।
ऋषिकेश शाह हुँदै मोहनविक्रम समूहमा प्रवेश गरे/गराइएका बाबुरामलाई मोहन विक्रमले समयमै चिने र कारबाही गरेका थिए । र त्यो फोहोरमैलालाई प्रचण्डले टिपेर टाउकामा राखेका थिए । प्रचण्डले एकातिर पार्टीभित्रका क्रान्तिकारीहरूलाई ठीक पार्न उनलाई प्रयोग गरे भने अर्कोतिर उनीमार्फत भारतीय शासक वर्गसित सम्बन्ध विस्तार गरेर माओवादी आन्दोलनलाई विघटन गरेर मात्र होइन, आवश्यक परे मुलुकलाई नै जिम्मा लगाउन तमतयार रहेको व्यवहार देखाएर आफूलाई “सुरक्षित” राख्ने प्रयास गरे ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकबाट आरम्भ भएको बाबुरामको धम्की र घुर्कीलाई पूरा गर्दै जाँदा कोको पक्राउ परे, किन परे, कसरी भित्रियो ‘२१औँ शताब्दीको जनवाद’, कस्ताकस्ता नाटक र नौटङ्की भए चुनवाङ बैठकमा र पार्टी कसरी अहिलेको स्थितिमा पुग्यो भन्ने कुरा भुक्तभोगीहरूलाई थाहा छ । योजनाबद्ध किसिमले उनलाई माओवादी आन्दोलनमा प्रवेश गराइएको थियो र जे गर्न पठाइएको थियो, त्यो काम उनले सफलताका साथ सम्पन्न गरे । प्रचण्डसितको उनको विमति विचारमा होइन, “अब मेरो पालो हो” भन्ने मात्रै थियो । प्रचण्डले स्थान खाली गर्छु भनेर पनि खाली गरेनन् भन्ने पीडा मात्र हो । ‘नयाँ शक्ति’मा सबैलाई समेट्न उनले मार्क्सवादलाई बाधक ठाने । विचार र व्यवहारमा छाडेपछि दस्ताबेजमा किन मार्क्सवाद राख्नु भनेर बाबुरामले यति इमानदारी चाहिँ देखाए ।
माओवादी समूहहरूभित्र षड्यन्त्रकारी खेल
अनेक झालझेल पैसा, सत्ताको प्रयोग, अदालत सबै कुराको दुरूपयोग गरेर प्रचण्डले छोरीलाई भरतपुर नगरपालिकाको चुनाव जिताएपछि पैसा र प्रशासन हातमा छ भने जे पनि गर्न सकिँदो रहेछ भन्ने भावनाले उनलाई उत्ताउलो बनाएको देखिन्छ । पछिल्लो चरणमा उनले एकातिर देउबासित बार्गेनिङ गरिरहेको देखिन्छ भने अर्कोतिर सबै माओवादीहरूको नेता मैँ हुँ र सबै मेरो वरिपरि आउनुपर्छ भनेर व्यवहार गरिरहेको देखिन्छ । नक्सलबाडी आन्दोलनलाई ध्वस्त पार्न ज्योति बसुको पार्टी सिपिआई(एम) र इन्दिरा गान्धीको नेतृत्वमा रहेको काङग्रेस पार्टी एक भएर लागेझैँ प्रचण्ड र देउबाको गठबन्धनले यसै इतिहासको झल्को दिएको छ ।
केही दिनअघि मात्र पत्रकारहरूको भेलामा प्रचण्डले एमालेलाई सिध्याउन आफूले काङ्ग्रेससित गठजोड गरेको भनेर जसरी भने यसले प्रचण्डको वैचारिक पाखण्डपनको मात्र द्योतन गर्दैन, फासिवादी चिन्तन र व्यवहारको पनि झल्को दिन्छ । यसबाट आफ्नो स्वार्थका लागि प्रचण्ड र उनको समूह जोसित पनि गठजोड गर्छ र जे पनि गर्न तयार हुन्छ भन्ने कुरा प्रस्ट भएको छ । वास्तवमा प्रचण्ड समूह एमालेलाई मात्र समाप्त पार्न चाहँदैन , साम, दाम, दण्ड, भेद अनेक तिकडम र कुनीतिमार्फत माओवादीहरू खास गरेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी ) र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहभित्र पनि विभाजन र विखण्डनका लागि अनेक तानाबाना बुनिरहेको छ ।
मैले अघिल्लो लेखमा विचारबाट थाकेकाहरू र लोभिपापीहरू थकाइ मार्न प्रचण्डको छाता ओढ्न त्यता जान सक्छन् भनेको थिएँ र सत्य पनि यही नै हो । माओवादीहरूको गौर नरसंहारमा सूचीकृत भएका अपराधी रामकुमार शर्मादेखि भारत मधुवनीको नागरिकतासित गाँसिएर विवादमा आएका रामचन्द्र झाजस्ताहरू र क्रान्तिप्रति विश्वास हराएका खाओवादीहरूको विश्रामस्थल भनेको पेरिसडाँडा नै हो ।
त्यतिबेर भरिसक्के किरणसहित बादलहरूलाई ल्याउने नभए किरणलाई रित्तो पार्ने प्रचण्डको नीति र योजना भएझैँ अहिले पनि प्रचण्डले बाबुरामसहितको टोलीलाई ल्याउन चाहेको हो । अब बाबुरामको हिजोको जस्तो हैसियत पनि छैन र बार्गेनिङ पावर पनि छैन, अब आउने बाबुराम भनेको नैतिक र आत्मबलका दृष्टिले कमजोर बनेको बाबुराम आउने हो भन्ने कुरा उनलाई थाहा छ । बाबुरामलाई भेटेर उनको मानसिकता बुझेपछि उनले बाबुरामलाई एक्ल्याउन टुक्राटुक्रा पार्न थालेका हुन् र रामचद्र झापछि देवेन्द्र पौड्यालहरू र परसुराम तामांगहरूलाई भित्र्याउन लागेका हुन् । मोहन बैद्यको प्रशिक्षण र वैचारिक लालनपालनबाट आयाम विस्तार गरेर गुरूकै टाउकामा लात हानेर ‘अग्लिएका’ प्रचण्डले बाबुराम भट्टराईलाई “बाबुराम ज्ञान भएका बुद्धि नभएका” भन्नुमा पीडा पनि छ र आक्रोस पनि छ । वास्तवमा यो कुण्ठाबोधको अभिव्यक्ति हो र तल्लो स्तरको अभिव्यक्ति हो ।
किरण र विप्लव समूहभित्र चलखेल
अनेक तिकडम गरेर विभिन्न खेल खेल्न माहिर प्रचण्डले एमालेभित्र पनि आफूले खेलेको भनेर खुलासा गरेका छन् । वास्तवमा एमालेभित्र मात्र होइन, उनी किरण समूहभित्र र विप्लव समूहभित्र पनि खेल्न थालिसकेका छन् । किरण तथा विप्लव समूहभित्र केकस्ता मान्छेहरू छन् , कसका केकस्ता समस्या छन् र को के चाहन्छ भनेर बुझेका प्रचण्डले यसपल्टको स्थानीय चुनावपछि किरण र विप्लव दुवै समूह भित्रको यथार्थ र अन्तर्विरोधलाई राम्रोसित बुझ्नै मौका पाए । खास गरेर विप्लव स्वयं र उनको समूहमा निहित सैद्धान्तिक-वैचारिक समस्या र व्याहारिक अनुभवको कमीलाई प्रचण्डले राम्रोसित बुझेका छन् । यही ‘मौका’ र 'बुझाइ' ले उत्पन्न गरेको जगमा उभिएर उनले खासखास व्यक्तिका कमजोर कडी र मनोविज्ञानलाई दरोसित समातेका छन् । यही कमजोर कडी र मनोविज्ञानका आधारमा प्रचण्डले दुवै समूहमा खेलिरहेका छन् ।
विप्लव समूह र स्थानीय चुनावका सन्दर्भसित जोडिएको ‘थवाङ प्रकरण’ सामान्य घटनासन्दर्भ होइन र भेरीकर्णाली र धौलागिरीका नेताहरूको पार्टी परित्यागलाई पनि सामान्य रूपमा हेर्न मिल्दैन । त्यस्तै अहिले किरण समूहभित्र खेल्न प्रचण्डले खासखास मान्छेहरूलाई जिम्मेवारी दिएको कुरा पनि चर्चामा आएको छ । किरणसित भएको सम्पति के हो र समस्या के हो भन्ने कुराका साथै विप्लवको स्थिति र महत्वाकाङ्क्षा, शीघ्र विजय र सत्तासाझेदारीको मानसिकताबारे पनि उनलाई थाहा छ । त्यसैले प्रचण्डले बराबर “एकतामा किरण पनि आउँछन् विप्लव पनि आउँछन्” भनेर एक हिसाबले किरण र विप्लवलाई गिज्याइरहेका/जिस्क्याइरहेका छन् ।
चितवनबाहेक प्रचण्डसित आफ्नो शक्ति र सम्पति केही थिएन । प्रचण्ड उभिएको धरातलको जग मशालको जग हो र यसको विराशत कमरेड किरणसित छ । यो सङ्गठनात्मक सम्पतिलाई प्रचण्डले खोसेको नभएर आफूले समाल्न नसकेर किरणले प्रचण्डलाई सुम्पेका हुन् । अब पनि किरणले आफ्नो सम्पति सुरक्षित राख्न सक्तैनन् भन्ने कुरा प्रचण्डलाई थाहा छ । त्यसैले प्रचण्ड अहिले किरण समूहभित्र पनि खेलिरहेका छन् । भर्खरै रामवृक्ष यादवको स्मृति दिवसका सन्दर्भमा “प्रतिक्रियावादी कम र दक्षिणपन्थी अग्र भागमा रहेर हामीलाई सिध्याउन लागिपरेका छन् ।...अहिले माओवादी केन्द्रले आफूहरूमाथि अचाक्ली गरिरहेको” भन्ने कमरेड किरणको भनाइ यसै पीडाको उपज हो ।
कित्ता प्रष्ट हुनु आवश्यक
वास्तवमा माओवादको झण्डा उचालेर माओवादी आन्दोलनलाई सिध्याउन प्रचण्ड कस्सिएर लागेका छन् र भरिसक्के अन्य माओवादी समूहलाई आफ्नो छातामुनि ल्याउने, नभए विघटन र विभाजनमा लगेर अरूको उपस्थिति शून्य बनाउने उनको कार्ययोजना हो । त्यसैले अहिलेको स्थितिमा हेर्ने हो भने परम्परागत प्रतिक्रियावादी शक्तिहरू भन्दा क्रान्तिका लागि प्रचण्डको चिन्तन र व्यवहार बढी बाधक र हानिकारक छ । कार्यनीतिगत दृष्टिले मात्र नभएर राणनीतिक दृष्टिले पनि प्रचण्डको चिन्तन र व्यवहार क्रान्तिका लागि बाधक छ । अब उनी र उनको समूहको वर्गचरित्र फेरिएको छ । माकेले सिध्याउनै लागेको तथा अचाक्ली नै गरेको हो भने उसलाई दक्षिणपन्थी, नवसंशोधनवादी अथवा प्रतिक्रियावादोन्मुख भनेर मात्र पुग्दैन, सोझै नवप्रतिक्रियावादको कित्तामा राख्नु आवश्यक छ । अनि मात्र “क्रान्तिको प्रक्रियामा देखिएका अवसरवादी र गद्दारहरूसँग क्रान्तिकारीहरूले बदला दिनुपर्दछ” भन्ने कमरेड किरणको भनाइले सार्थकता पाउँछ । अन्यथा क्रान्तिकारी भनिएका कमरेडहरूलाई प्रचण्डले “सुनको बाला लिएको बुढो बाघ” बनेर लोभ्याइरहेका छन् र उहाँहरू पनि कताकता लोभिइरहनु भएको छ भनेर बुझ्नुपर्ने हुन्छ ।
“अवसरवादी र गद्दारहरूसँग क्रान्तिकारीहरूले बदला लिने” कुराले कार्यदिशा, नीति, योजना तथा कार्यक्रममा नयाँ क्रमभङ्ग, नयाँ छलाङको माग गर्छ भन्ने कुरा पनि त्यत्तिकै सत्य हो । अन्यथा “अचाक्ली” गरिरहने र पीडा पोखिरहने मात्र हुन्छ-गोलचक्कर, अर्थात् विसर्जन ।
०००

भिडियो फिचरview all