
विप्लव समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि' द्वारा पार्टी परित्याग

१) कम्युनिस्ट पार्टी भनेकै निश्चित दर्शनको मार्गनिर्देशन र राजनीतिको प्रयोगमा समतामूलक आर्थिक निति पार्टी र समाजमा लागु गर्नु हो l यदि त्यसो गर्न सकिएन भने इमानदारहरू उत्पीडनमा परिरहने हुन्छ l २) आर्थिक अराजकता र व्यभिचार नेपाली समाजले बढीभन्दा बढी नियमन गर्ने प्रसंगहरू छन् l कम्युनिस्ट पार्टी र त्यसका नेता कार्यकर्ता त यस मामिलामा झनै जननिगरानीमा हुने गर्दछन् l यस मामिलालाई बेवास्ता गर्नु भनेको ढिलोचाँडो पार्टीलाई भ्रष्टीकरण गर्नु हो l ३ ) पार्टी भनेको विचार र भावनात्मक सोचाइहरूको छलफलबाट उन्नत विचार अनुसन्धान गरी त्यसको वैज्ञानिक प्रयोग गर्ने साधन हो l अत: विचार र भावना प्रकट हुनबित्तिकै असहिष्णु हुने कुराले मोनोलोथिक एकताको खराब अपेक्षाको माग गर्दछ l ४) जनयुद्द हाम्रो पुस्ता र जीवनको सबैभन्दा गौरवपूर्ण अवधि थियो l त्यहाँदेखि अहिलेसम्म विभिन्न नेतृत्व र कमिटीसँग सहकार्य गर्दाका बहुआयामी अनुभूतिहरू छन l यस अवधिसम्म सहयोग गर्ने सबैलाई आभार प्रकट गर्द छु l साथै आफू बसुन्जेल सस्था पूर्णरूपले ठीक र आफू अलग भएपछि पूर्णरूपले बेठीक भन्ने परम्परागत प्रचलनबाट पनि आफूलाई अलग गर्दछु l किन कि यो पनि कम्युनिस्ट एकताको लागि बाधक छ । ६) अत: केही राजनीतिक र व्यावहारिक कारणले आजदेखि नै नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको जानकारी गर्दछु l कम्युनिस्ट राजनीति र सक्रियतालाई फरक ढङ्गगले निरन्तरता दिनेछु l छलफलमा रहेका अरू केन्द्रीय सदस्य र सबै कमरेडहरूसँग सम्बाद जारी नै रहने छ l
रुकुम जिल्लाका कमरेड पारसमणि जनयुद्ध कालदेखिका इमान्दार र क्रान्तिकारी विचारका कमरेड मानिन्छन् l पार्टीभित्रको दुई लाइन सङ्घर्षमा सदैव क्रान्तिकारी धारका पक्षमा उभिएका उनी युद्धकालमा आधारइलाकाका ब्युरो इन्चार्ज 'विप्लव' को विश्वासपात्रका रूपमा चिनिन्थे l ब्युरो कार्यालय सचिवको जिम्मेवारीलगायत विभिन्न जिल्लाको जिम्मेवारी सम्हालेका पारसमणिको पार्टी परित्यागले सो पार्टीमा पहिरो जानथालेको संकेत मिल्छ l केही दिनअघि जाजरकोटका के.स. 'जीवन' तथा बाँकेका इन्चार्ज 'संगम' ले पनि पार्टी परित्याग गरेका थिए l
भिडियो फिचरview all