ताजा समाचार
पहिले गोर्खाहरूको इतिहास पढ,अनि बोल
विष्णु शर्मा
(भारतीय लेखक विष्णु शर्माको यो लेखले अहिले भारतमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनबारे संक्षिप्तमा तर सटिक किसिमले प्रकाश पार्दछ । उनले अहिले जुन भागमा गोर्खाल्याण्ड आन्दोलन चलिरहेको छ, त्यो त अस्तिसम्म नेपालकै भाग थियो र अहिले गोर्खाहरूले भारतको रक्षा गरिरहेका छन् र हामी गर्व गरिरहेका छौं भनेका छन् । साथै भारतमा नयाँनयाँ राज्य बनिरहेका छन् र गोर्खाल्याण्डको माग न्यायोचित माग हो र यसलाई नेपाल तथा चीनसित जोडेर दमन गर्न खोज्नु मुर्खता हो भनेका छन् । )
आज भारतमा आफ्नो अधिकारको कुरा गर्ने अल्पसङ्ख्यक जोसुकै पनि आशङ्कको घेरामा छ । अब यो सूचीमा नयाँ नाम भाषागत रूपमा अल्पसङ्ख्यक गोरखा समुदाय जोडिएको छ । बितेका दुई वर्षमा यो देशको रक्षा गर्नका लागि, युरोप, अफ्रिका, मध्यपूर्व र खाडी देशहरूमा पुगेर लड्नेहरू अनि आजाद भारतको सबै लडाइँमा वीरताको उच्च तकमा प्राप्त गर्ने गोरखाहरू आज आफ्नो अधिकारका लागि दार्जिलिङमा सङ्घर्ष गरिरहेको बेला राज्यको त्रिणमूल काङ्ग्रेस सरकार उनीहरूसित कुराकानी गरेर समाधान खोज्नुको साटो उनीहरूलाई “चीन प्रायोजित आन्दोलनकारी ब्रान्ड” साबित गर्न लागेको छ ।
आजभोलि राज्यको गृहमन्त्रालय निरन्तर रूपमा गोरखाल्यान्ड आन्दोलनमा चीनको “घुसपैठ” लाई लिएर चिन्ता गरिरहेको छ र यो चिन्ताबारे जानकारी गराउन केन्द्रलाई पत्राचार पनि गरिरहेको छ । राज्य सरकार यस्तो वातावरण बनाउने प्रयासमा छ, जसबाट आन्दोलनकारीहरूमाथिको घोर दमनलाई राष्ट्र हितको पक्षमा भनेर अति संवेदनशील राष्ट्रीय आत्मालाई जगाउन सकियोस् र दमनलाई जायज ठह¥याउन सकियोस् ।
अलग राज्यको मागलाई लिएर भरतमा निरन्तर सङ्घर्ष भइरहेका छन् र गोरखाल्यान्डको माग कुनै अनौठो माग होइन । सन् २००० पछि भारतमा छत्तिसगढ, उत्तराखण्ड र तेलङ्गाना राज्यहरूको गठन भयो । महाराष्ट्रमा विदर्भ र मध्यप्रदेशमा गोन्डावानाल्यान्डका साथै अन्य ठाउँहरूमा पनि भाषा तथा अन्य आधारमा राज्य गठनका मागहरू भइरहेका छन् र यो स्वाभाविक पनि हो ।
साना राज्यहरूको निर्माणबाट सत्ताको स्वरूप बढी समावेशी बन्छ र जातीय तथा अन्य ऐतिहासिक कारणले पछि परेका जनतालाई विकासको मूलधारामा सामेल हुने अवसर पनि मिल्छ । छत्तिसगढ, झारखण्ड र उत्तराखण्ड यसका उदाहरण हुन् । सत्तामा लामो समयदेखि जारी खास वर्चस्व भत्किनु लोकतन्त्रका लाथि राम्रो सङ्केत हो । सामान्यतः गोरखाल्यान्ड आन्दोलन पनि यसै आधारभूत बुझाइको अभिव्यक्ति हो ।
आज भारतको जुन नक्सालाई लिएर राष्ट्रवादी मान्छेहरू भावुक हुन्छन्, त्यो नक्साको निर्माणमा भारतका गोर्खाहरूको धेरै ठूलो योगदान छ । परन्तु, इतिहासको अन्याय हेर्नुस् त यस देशको स्मृतिहरूमा उनीहरूको यस भूमिकालाई बिर्साइएको छ र गोरखाहरूलाई “बहादुर” “साब जी” जस्ता अपमानित गर्ने खाले टुक्काको पर्यायवाची बनाइदिएको छ ।
यो लेखकको हातमा आकाशवाणीका पूर्वअधिकारी स्वर्गीय मणिप्रसाद राईको एउटा महत्वपूर्ण कृति वीर जातिको अमर कथा छ, जसमा स्वतन्त्रता आन्दोलनमा गोरखा समुदायलाई लेखकले आफ्नो निजी प्रयास र संसाधनद्वारा नयाँ स्थान दर्ज गराउने प्रयास गरेका छन् । ६४ अध्यायमा लेखिएको यस पुस्तकमा भारतीय स्वतन्त्रता सङ्ग्राममा प्रत्यक्ष एवं अप्रत्यक्ष किसिमले योगदान दिने गोरखाहरूको बारेमा चर्चा गरिएको छ ।
पुस्तकमा क्याप्टेन रामसिंह ठाकुरको बारेमा भनिएको छ, १५ अक्टोबर १९४३ मा नेताजी सुभाषचन्द्र बोसले रामसिंह ठाकुरलाई गुरुदेव रवीन्द्रनाथ ठाकुरको “जन गण मन ” लाई हिन्दीमा अनुवाद गरेर सङ्गीतबद्ध गर्न अनुरोध गर्नुभयो । २१ अक्टोबर १९४३ का दिन अस्थायी आजाद हिन्द सरकारको गठनको समय शपथ ग्रहणअघि राष्ट्रिय झण्डा फहराउने समय रामसिंहले तयार पारेको धुनमा बाजा बजाइएको थियो । आजाद भारतको राष्ट्रगान “जन गण मन ” मा यसै धुनको प्रयोग गरिएको छ ।
भारतको जुन भूभागमा आज गोरखा समुदायको बाहुल्य छ, त्यसमध्ये अधिकांश भूभाग सन् १८१५–१६ सम्म गोरखा साम्राज्यको अधीन थियो भन्ने कुरा सायद भारतका सारै थोरै मान्छेलाई थाहा छ । धर्मशाला, देहरादुन–मंसुरी, सिमला र पुर्वोत्तरमा दार्जिलिङ र अन्य भाग गोरखा साम्राज्यको भाग थियो, जसलाई अङ्ग्रेज-नेपाल युद्धपछि भारतमा मिलाइएको थियो ।
यो युद्धमा गोरखाको बहादुरीप्रति कायल भएका अङ्ग्रेजले युद्धमा पराजित गोरखालाई आफ्नो सेनामा सम्मानित स्थान दिए र १८५७ भन्दा अघि र स्वतन्त्रता युद्धपछि पनि सेनामा उनीहरूलाई सिख र अन्य जातिहरू जो, यो आन्दोलनमा बफादारिताको निर्वाह गरिरहे, उनीहरूभन्दा बढी सम्मान दिन थालियो ।
त्यसैले गोर्खाहरूलाई बाहिरबाट आएर यस क्षेत्रमा बसेका मान्छेहरूझैँ व्यवहार गर्नु इतिहासको मजाक उडाउनु हो । यो साँचो हो कि नेपालका नेपालीहरूमा भारतप्रति अविश्वास छ । हालैका दिनमा यो अविश्वास अझ धेरै बढेको छ, जसका पछाडि केही कारणहरू पनि छन् । नेपालको राजनीतिमा भारतको हस्तक्षेपले त्यहाँ भारतविरोधी राष्ट्रवादलाई बलियो बनाएको छ, परन्तु त्यसै चस्माले भारतका मूल निवासी गोर्खाहरूलाई हेर्नु लाजमर्दो कुरा हो ।
तुच्छ राजनीतिक स्वार्थका लागि ममता सरकारले गोरखाहरूलाई राष्ट्रको अखण्डताको दुस्मन घोषण गर्नु अशोभनीय र एकदमै गैरजिम्मेवारपूर्ण कार्य हो । ममता बनर्जी उनको सरकार निष्पक्ष छ र भेदभाव गर्दैन भनेर लगातार भन्दै आइरहेकी छन् । परन्तु, घरीघरी गोरखा आन्दोलनलाई चीनसित जोड्नु, त्यो पनि यस्तो समयमा जतिबेर दोल्कममा चीनका साथ भारतको तनाव चरम रूपमा छ, यसलाई एउटा जातिका विरुद्ध खतरनाक षड्यन्त्र मात्र भन्न सकिन्छ । प्रश्न उठ्छ, कतै ममता गोरखाहरूको विरुद्ध गम्भीर षड्यन्त्र त गरिरहेकी छैनन् ?
(हिन्दी अनलाइन : जनज्वारबाट : अनु :ऋषिराज बराल)

भिडियो फिचरview all