ताजा समाचार
“एकता” को कोर्समा प्रवेश गर्नुअघि
डा. ऋषिराज बराल
स्थानीय चुनाव र त्यसले देखाएको ऐनामा अनुहार हेरिसकेपछि चारैतिर एकता र विभाजनको सिजन सुरु भएको छ । कसैका एकता टुटेका छन् र कसैका एकताका ढोका खुलेका छन् । बाबुराम-उपेन्द्रबीचको निर्देशित एकता टुटेको छ र चुनावका बेला रहस्यमय किसिमले देखापरेका युरो-अमेरिकी योजनाका उपज भनिएका ‘पार्टीहरू’ जुटेका छन् । टुटाइ र जुटाइको सन्दर्भमा माओवादी भनेर नाम लिइने समूहहरू पनि चर्चाको विषय बनेका छन् ।
स्थानीय चुनावमा नाङ्गेझार बनेर सबैभन्दा रन्थनिएको प्रचण्ड समूहले सबैभन्दा ठूलो डाँको छोडेर एकताको हारगुहार गरिरहेको छ । यो उसको पीडा, रोदन अनि लाजपचाइ पनि हो । मार्क्सवादी मूल्यमान्यताबाट धेरै पर पुगिसकेको प्रचण्ड समूहले अरू माओवादीहरूसित एकताको कुरा गर्नु आफैँमा व्यङ्ग्यको विषय हो । संसदीय राजनीतिको टुकुचामा मुख जोत्दा आफूलाई ‘पवित्र’ ठान्ने र आनन्दित हुने पार्टी र मान्छेबाहेक अब प्रचण्डसित मिसिन कोही मान्छे र पार्टी जाँदैन र कोही गयो भने लुतो गयो भनेर उल्टै खुसी माने हुन्छ । योसित क्रान्तिकारीहरूको एकता हुने कुरै छैन ।
विप्लव समूहकै एकजना कार्यकर्ताको भनाइमा स्थानीय चुनावले उत्पन्न गरेको जटिलता र पीडाका कारण “सिरक ओढेर ङ्यारङ्यार गरिरहेको स्थितिमा पुगेको” विप्लव समूहले एकताको आह्वान गरेको छैन । रहस्यमय किसिमले नेपाल कम्युनिस्ट पार्टी-माओवादी बाट सम्बन्ध विच्छेद गरेपछिका केही दिनहरूमा विप्लव समूहले केही गर्छ कि भनेर अलिकति भए पनि आशा र विश्वास गर्नेहरू यसको आठौँ महाधिवेशनपछि निराश भएको स्थिति छ । महाधिवेशनपछि यसले गरेका निर्णयहरूले यो समूह मार्क्सवादका आधारभूत मूल्यबाट मिहिन पाराले परपर जान थालेको बोध हुनु स्वाभाविक भएको छ । संसदीय व्यवस्थालाई अस्वीकार गर्नु र दस्ताबेजमा मालेमावाद र वैज्ञानिक समाजवादको कुरा गर्नु यसको सकारात्मक पक्ष हो । यही पक्षले यसलाई बैद्य समूहको नजिक लगेको छ ।
क्रान्तिका कुरा दस्ताबेजमै सीमित गरेर आत्मगत स्थितिका नाममा व्यवहारमा लागु गर्न रत्तिभर क्रियाशीलता नदेखाउने पार्टीका नाममा नाम कमाएको बैद्य समूहले अघि सारेको मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका लागि तीन जादुगरी हतियार— क्रान्तिकारी कम्युनिस्ट पार्टी, जनसेना र संयुक्त मोर्चासम्बन्धी धारणा सकारात्मक पक्ष हुन् । परन्तु, आधारभूत समस्या कार्यदिशामै छ । विप्लव समूहले अघि सारेको कार्यदिशा ‘एकीकृत क्रान्ति’ भन्दा बैद्य समूहले अघि सारेको कार्यदिशा “नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह” अलि प्रस्टजस्तो देखिन्छ तापनि यो पनि एक किसिमले अमूर्त कर्यदिशा नै हो र बैद्य समूह ५ वर्षदेखि यसैको वरिपरि फन्का मारिरहेको छ । चुनावको “उपयोग” गर्ने र त्यसमा पनि मोर्चालाई (घुमाउरो किसिमले त्यो भनेको पार्टी नै हो ) चुनाव आयोगमा दर्ता गरेर संसदीय चुनाव जितेर ‘भण्डाफोर’ गर्ने कुराले चाहिँ बैद्य समूहलाई विप्लवको नजिक होइन, प्रचण्डको नजिक पुर्याएको छ । निर्वाचन आयोगले दिएको लाइसेन्समा चुनाव लडेर क्रान्तिकारी उपयोग र भण्डाफोर भन्नुको औचित्य छैन । सारतः यो क्रान्तिसम्बन्धी माओवादी मूल्यलाई व्यवहारमा त्याग्नु हो । र पनि एकताको कुरा गर्दा सबैभन्दा नजिकका पार्टीहरू भनेका बैद्य र विप्लव समूहहरू नै हुन् । यिनमा पनि नयाँ जनवादी क्रान्तिका पक्षधरहरू नजिकका मित्र शक्ति हुन् ।
विप्लव समूहले एकताका लागि सर्तहरू अघि सारेको छैन, उसले ध्रुवीकरण भनेको छ । उसको एकतासम्बन्धी नीति भनेको अरू आएर विप्लव समूहमा मिसिने हो । सिद्धान्त, विचार नीति आदिमा बहस र समझदारी हुने त्यहाँ कुनै गुन्जाइस छैन, जे छ त्यसैलाई शिरोपर गरेर मिसिने हो । यो एकता नभएर विलय हो । त्यस्तै प्रचण्डको एकता भनेको पनि उनको समूहमा गएर मिसिने हो-बादलहरू मिसिएझैँ । यसरी हेर्दा, बैद्य समूहले अघि सारेका आधारप्रति सहमति तथा विमति जनाउन सकिए पनि एकताका आधार प्रस्तुत गरेर बैद्य समूहले एकता-प्रक्रियालाई गम्भीरताका साथ लिएको देखिन्छ । विप्लवहरू एकताका नाममा मिसिने र विलय हुने चिन्तनको प्रतिनिधित्व गर्छन् भने वैचारिक तथा कार्यदिशागत बहस-छलफल गरेर एउटा मिलनबिन्दु खोज्ने कुरामा बैद्य समूह सकारात्मक देखिन्छ । यस अर्थमा एकताको आह्वानमा बैद्य समूह बढी तार्किक र इमानदार देखिन्छ ।
यहाँ ध्यान दिनुपर्ने सबैभन्दा गम्भीर कुरा चाहिँ के छ भने कोही पनि मूल विषयवस्तुमा प्रवेश गरेको देखिँदैन र प्रवेश गर्न चाहँदैन–त्यो हो इतिहासको समीक्षा । कोही पनि इतिहासमा भएका गल्तीकमजोरीमा आफूलाई जोड्न चाहँदैन, स्वामित्व लिन चाहँदैन । सकारात्मक कुरा भए ‘म’ र ‘मेरो’ भन्छ र नकारात्मक कुरा भए भाग्छ । कोही पनि आफू नेतृत्व तहमा रहेर पनि यहाँनेरी मेरो गल्ती भयो भनेर आत्मसमीक्षा तथा आत्मालोचना गर्न चाहदैन । भनौँ गर्नु आवश्यक ठान्दैन । हिजोकै दिनमा पनि प्रचण्डले राम्रो जति मैले मात्रै गरेका नराम्रो अरूले गरेका भनेकै हुन् । दस्ताबेजमा बैद्य र विप्लवले पनि आफूलाई जोगाएर आफूले गल्ती नगरेको अरूले मात्रै गल्ती गरेको भावमा लेखेका छन् । नेतृत्वमा रहेकाहरूले आफूलाई सहज र अनुकूल हुने गरी मात्र लेखेका छन् र पार्टीमा पारित गराएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनको यो एउटा विशेषता नै बनेको छ । सबैले दस्ताबेज तयार पार्दा आफू जवाफदेही हुनुपर्ने तथा आफू अप्ठेरो पर्ने ठाउँमा फड्को मारेका छन् । गल्ती गुणात्मक स्थितिमा नपुगुन्जेल आफूहरू त्यसैको अंश बन्ने र धुलो लाग्यो भने टकटक्याएर मुक्त हुने चरित्र नेतृत्व तहमा रहेकाहरूको छ । यो इतिहासले पुष्टि गरेको यथार्थ हो ।
इतिहासको समीक्षा र आत्मालोचनाको सन्दर्भ सेक्टरकाण्डदेखि नै जोड्न सकिन्छ तापनि अहिले त्यति पर जानु आवश्यक छैन । जनयुद्धको आरम्भदेखि कथित शान्तिसम्झैतासम्मको समीक्षा गर्नुपर्ने एउटा पाटो छ । त्यसपछि खरिपाटी बैठक र नारायण काजीहरूसितको एकतासित सम्बद्ध अर्को पाटो छ । पालुङ्टार बैठक र त्यसपछि प्रचण्डविरुद्ध विद्रोह, फेरि विप्लवबाट सम्बन्ध विच्छेद, अनि फेरि बादलहरूको बहिर्गमनका थुप्रै कुराहरू समीक्षा सन्दर्भहरूसित जोडिएका छन् ।
जनयुद्धको विसर्जनलाई प्रभावित पार्ने केही महत्त्वपूर्ण पक्षको सही किसिमिले समीक्षा हुनसकेको छैन । माओवादी पार्टीको चौथो विस्तारित बैठक र नेतृत्वको केन्द्रीकरणको सन्दर्भ र बाबुरामको असन्तुष्टि, अनि यसलाई मिलान गर्न ल्याएजस्तो लाग्ने माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन र ‘२१औँ शताब्दीको जनवाद’, सँगसँगै ‘प्रचण्डपथ’ र पार्टी हेडक्वार्टरबाट किरण कमरेडलाई हटाएर दोस्रो नम्बरमा बाबुरामलाई राख्नु, यी सबै सहज र स्वाभाविक किसिमले आएका थिएनन्—यहाँ योजनाबद्धता थियो, भित्र एउटा र बाहिर अर्कै मनसाय थियो । कमरेड किरण र गौरवको गिरफ्तारी र पटना गिरफ्तारी पनि सहज र स्वाभाविक योजनाका उपज थिएनन् । यी सबैको सार, संश्लेषण थियो–पार्टीमा बाबुरामको भूमिका बढाउनु र चुनवाङ बैठक निम्त्याएर १२ बुँदेसम्म पुग्नु ।
सैद्धान्तिक तथा वैचारिक दृष्टिले सबैभन्दा खतरा र जनयुद्धको विसर्जनको रूपरेखा थियो चुनवाङ बैठक । अर्थात् चुनवाङ बैठक मिहिन पाराले तय गरिएको जनयुद्धको विसर्जनको योजना थियो । किरण कमरेडहरू चुनवाङ बैठकबारे केही प्रस्ट हुनुहुन्छ, हामीहरू थिएनौँ भन्न पनि सजिलो छ उहाँहरूलाई । प्रचण्डप्रतिको उहाँको मोह देख्दा भने किरण कमरेड हुनुभएको भए पनि भाषा यसो मिलाएर चुनवाङ बैठक जान्थ्यो होला अगाडि भन्ने लाग्छ । प्रस्ट कुरा के हो भने चुनवाङ बैठकको तयारी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाटै भएको थियो । दोस्रो राष्ट्रिय सम्मेलनमा कोरिएको गोरेटो चुनावाङ बैठकमा फराकिलो भएको थियो र त्यो गोरेटो कोर्नमा सबै जिम्मेवार छन् । किरण कमरेड पनि भाग्न सक्नुहुन्न यसबाट ।
‘शान्तिप्रक्रिया’ मा आएपछि एकता गर्ने, ठूलो पार्टी बनाउने प्रवाह चल्यो र विचारको प्रश्न विस्तारै ओझेलमा पर्यो । खरिपाटी बैठकको सम्झौता सारसङ्ग्रहवादको जगमा उभिएको सम्झौता थियो । विभिन्न पार्टीहरूसितको एकताप्रक्रियाको संयोजक किरण कमरेड हुनुहन्थ्यो र उहाँकै नेतृत्वमा नारायणकाजीहरू भित्रिएका थिए । काजीहरू मात्र होइन, सबैथरी भित्रिए । जनयुद्धको रगतको अबमूल्यन गर्नेहरू र 'प्रतिकार समिति’ मा बसेर ''माओवादीको सिकार खेल्ने'' भन्ने बागलुङ र अर्घाखाँचीका ‘कमरेडहरू’ पनि भित्रिए । गौर हत्याका हत्यारामा आफ्नै पार्टीले तयार पारेको प्रतिवेदनमा नाम दर्ज भएकाहरू पनि माथिल्लो तहमा रहने गरी भित्रिए । एकताको नामसित जोडिएको यो सबै प्रक्रियाको संयोजक किरण कमरेड हुनुहुन्थो भनेर हामीले बिर्सिनु हुँदैन ।
एकताका नाममा फोहारमैलाको प्रवेशसँगै पार्टीभित्रको क्रान्तिकारी धार अल्पमतमा पर्यो र प्रचण्ड-बाबुराम र काजीको दक्षिणपन्थी विचलनवादी धार बहुमतमा पर्यो । एकपछि अर्को गरेर धमाधम गलत निर्णयहरू हुँदैगए । यसै क्रममा प्रचण्डको एकमनावादी प्रवृत्तिलाई ठीक पार्ने नाममा रुकुम-रोल्पा- कालिकोटको विराशत बोकेका पार्टीका 'युवा नेताहरू' र बाबुरामको गठबन्धन बन्यो र किरण कमरेडसमेतको अगुवाइमा गोँगबु र धोबिघाट परिदृश्यहरू घटित भए । बाबुरामजस्ता पतीत भारतीय दलाललाई टाउकामा बोक्ने काममा युवा नेताहरू त थिएथिए, किरण-गौरवहरू पनि सहभागी भए । काजीसितको एकतापछि गरिएको ‘धोबिघाट महायज्ञ’ अर्को ठूलो गल्ती थियो । किरण कमरेडले चुनवाङ बैठकका निर्णयहरू गलत थिए भनेर लेखेको पाइन्छ, तर धोबिघाटबारे बोल्दा चाहिँ सन्ध्या भाषाको सहयोग लिएको पाइन्छ । विप्लवले चाहिँ चुनवाङ बैठक सही थियो भनेर दस्ताबेजीकरण गरेका छन् र धोबीघाट प्रकरणबारे एक शब्द पनि बोलेका छैनन् ।
प्रचण्डसित अलग भएपछिको मूल नेता किरण कमरेड नै हुनुहुन्थ्यो । किरण कमरेडको नेत्रित्त्वमा क्रान्ति गर्न नयाँ पार्टी बनाएका विप्लवहरूले किन सम्बन्ध विच्छेद गरे ? विप्लवको नियत के थियो ? यो स्वाभाविक थियो अथवा निर्देशित ? बादलहरू किन उतै फर्किने स्थिति बन्यो ? जनयुद्धकालदेखि आआफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिने केन्द्रीय समितिका बौद्धिक र इमानदार पात्रहरू ऋषिराज बराल र रोशन जनकपुरीले किन किरणको साथ छाडे ? किरण कमरेडबाट कहाँनेरी गल्तीकमजोरी भयो ? उहाँबाट कुनै कमजोरी भएन र ? भयो । पछिल्ला दस्ताबेज तथा लेखादिमा यसबारे कतै उल्लेख पाइँदैन । विश्वास आर्जन गर्ने हो भने किरण कमरेडबाट इमानदारीका साथ यी सबै कुराको खुलासा हुनु आवश्यक छ । नेताहरूबाटै आत्मालोचनाको संस्कृतिको उदाहरण प्रस्तुत हुनु आवश्यक छ ।
हिजो प्रचण्डले यसो गरे उसो गरे भनियो । खरिपाटीले अभिमत नदिँदानदिँदै पनि काजीसित किरण कमरेडकै संयोजकत्वमा एकता भयो, उहाँले अडान लिन सक्नुभएन । उहाँ पार्टीको मूल नेता रहेकै बेलामा क्रान्तिकारी भनिएका विप्लवहरू र प्रचण्डपरस्त भनिएका बादलहरूलाई समाल्न सक्नु भएन । किरण कमरेडको नेतृत्वक्षमतामाथि नै प्रश्न उठ्नु स्वाभाविक बन्यो । यसको कारणको खोजी गर्नु आवश्यक छैन र ?
कोही भावुकता अथवा आवेगमा विप्लव समूहमा मिसिन जान सक्छ, आर्थिक उत्प्रेरणामा रमाउन चाहनेहरूका लागि त्यहाँ अनुकूल वातावरण (यसको पनि समयसीमा होला) पनि छ । तर विप्लव समूहको बहुरङ्गी मार्क्सवादलाई आधार मानेर कुनै पनि क्रान्तिकारी व्यक्ति तथा समूह सो समूहमा मिसिन जान्छजस्तो लाग्दैन र विप्लव समूह पनि ‘उत्तरवादी’ धारणा त्यागेर नयाँ जनवादी क्रान्तिका पक्षधरहरूसित एकतामा आउलाजस्तो लाग्दैन । बैद्य र विप्लव दुवै समूहभित्रका थाकेका खाओवादीहरू भने माकेको खोरमा घुस्रिन जानसक्छन् । विप्लव गुटले सम्बन्ध विच्छेद गरेपछिको राष्ट्रिय भेलामा बादलले प्रयोग गरेको शब्द 'ढोडिया' थापेर प्रचण्ड अहिले पनि बसेको कुरामा विवाद छैन ।
बैद्य समूहले अघि सारेका एकतासम्बन्धी बुँदाको अलग्गै चर्चा हुनु आवश्यक छ । अर्को लेखको विषय यो पनि हुनसक्छ । सँगसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएर पार्टीलाई चुनावी आहालमा डुबाउन खोजिएको त होइन ? भन्ने आशङ्क पनि तीव्ररूपमा बढेको छ । यसबाट बैद्य समूहले अघि सारेको एकताको आयाम साँघुरिन्छ र बैद्य समूहको नजिकको मित्र मोहनविक्रम समूह बन्छ । र पनि एकचरण नीति नेतृत्व, सङ्गठनात्मक प्रश्न र कार्यदिशाबारे छलफल गर्न सकिन्छ । तर, एउटा बुँदा त्यसमा थप्नु पर्ने हुन्छ : इतिहासको वैज्ञानिक समीक्षा र नेतृत्व तहबाट गरिएका गल्तीकमजोरीहरूको आत्मसमीक्षा । यसले मात्र बैद्य समूहले अघि सारेका एकताका बुँदाबारे छलफलको वातावरण बन्छ । अब पुरानै आधार र सङ्गठनात्मक स्वरूपमा एकताको आधार बन्छ जस्तो लाग्दैन । अर्थात् साङ्गोपाङ्ग छलफल : नयाँ आधारमा नयाँ एकता ।
०००

भिडियो फिचरview all