ताजा समाचार
मोहनविक्रम, मोहन बैद्य र वामदेवहरूलाई विप्लवको 'चिन्ता' !
सरसरती हेर्दा स्वाभाविक लाग्ने तर सूक्ष्म किसिमले हेर्दा अचम्म लाग्ने केही वक्तव्यहरू यताका दिनमा प्रकाशित भएका पाइन्छन् । यी सबै वक्तव्यहरू प्युठान जिल्लाको निर्वाचन र त्यहाँका नेताहरूसित जोडिएका छन् ।
यसपल्टको स्थानीय चुनावलाई आआफनो पार्टीको हैसियत, नीति, योजना र कार्यक्रम अनुसार सबैले आआफ्नै किसिमले प्रयोग र उपयोग गरे । यो संविधानलाई मान्नेहरूले यसलाई सम्पूर्ण ठाने । यसको आलोचनात्मक समर्थन गर्नेहरूले यसको “क्रान्तिकारी उपयोग” गरे र यसलाई अस्वीकार गर्नेले “खारेज” भनेर आआफ्ना किसिमले कार्यक्रमहरू बनाए ।
चुनावमा लाग्नेहरू चुनाव प्रचारको कार्यक्रममा लागे र खारेज भन्नेहरू स्थानविशेष र विशेषताका कार्यक्रमअनुसार आफ्नो योजनामा सक्रिय भए । यस क्रममा “खारेज” को अभियानसित जोडिएको नेत्रविक्रम चन्द ‘विप्लव को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू पक्राउ परे । खारेजी कार्यक्रमसित गाँसिएका कार्यक्रमहरूमा कालिकोटको कार्यक्रमले विशेष चर्चा पायो । त्यहाँ गोली कान्ड पनि भयो । साथै त्यहाँको क्रार्यक्रम निकै विवादास्पद पनि बन्यो । सोही घटनालाई लिएर काठमाडौँको भोटाहिटीमा गरिएको विरोध कार्यक्रमबाटै सो पार्टीका कार्यकर्ताहरूलाई पक्राउ गरियो ।
पहिलो चरणको चुनावमा विप्लव समूहको चुनाव खारेज कार्यक्रमप्रति सरकार अलि बढी नै आक्रमक र असहिष्णु किसिमले देखापर्यो । दोस्रो चरणको निर्वाचनसँगै सबै फेरि आआफ्ना अभियानमा जुटे । यसैक्रममा प्युठानमा बैठकबाटै विप्लव समूहका केन्द्रीय नेताहरू पक्राउ परे । खुला रूपमा शान्तिपूर्ण किसिमले गरिएको बैठकबाट प्युठानमा केन्द्र र जिल्लाका नेताहरू पक्राउ परेपछि सम्बद्ध पार्टीले विरोधमा आवाज उठाउनु स्वाभाविक थियो । तर कालिकोट लगायतका अन्य क्षेत्रमा भएका धरपकड र गोलीकान्डप्रति चुँसम्म नगरेका पार्टीहरू प्युठानको सन्दर्भमा भने धमाधम मुख खोल्नथाले ।
प्युठानमा बैठकस्थलबाट विप्लव समूहका केन्द्रीय नेता पक्राउ पर्नु र केही नबोल्दा जिल्लाको निर्वाचनका प्रश्न उठ्छ, भोटमा असर पर्छ भनेर हो अथवा केले हो, अथवा कार्यकर्ताको दबाबले पनि हुनसक्छ नेताहरू धमाधम बोल्नथाले । दुईचार दिनअघि मात्र “ बहिस्कारपन्थी साथीहरूले रहस्यवादी राजनीति गर्दैआएका छन्” भन्ने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले बडो चिन्ता जाहेर गर्दै वक्तव्य प्रकाशित गरे : “हाम्रो पार्टी बहिष्कार आन्दोलनमा संलग्न नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ता कमरेडहरुको अबिलम्ब रिहाइ गर्नका लागि सरकारसित जोडदार माग गर्दछ ।”
बैद्य मात्र नभएर प्युठानको चुनावमा एमालेले अहम् प्रदर्शन गरेर धोका दिएको भनेर छटपटिएका प्युठानबासी नेता मोहन विक्रमको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पनि चुनावी खारेजी कार्यक्रमसँगै राज्यका तर्फबाट भएको दमनलाई प्युठानको चुनावमा मात्र देखेको कुरा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको वक्तव्यमा देखियो ।
प्युठान जिल्ला राज्यआतङ्कको चिन्ता मोहन बैद्य र मोहनविक्रमलाई मात्र नभएर प्युठानबाट सभासदको चुनाव जितेका वामदेवलाई पनि निकै भएको देखियो । सोही जिल्लाका अर्का नेता सूर्य थापाले थुनामा रहेका विप्लव समूहका नेता तथा कार्यकर्ताको नामसहित वक्तव्य निकालेर धरपकडको विरोध गर्दै रिहाइको माग गरेका छन् ।
पहिलो चरणको निर्वाचनमा राज्यआतङ्क नदेख्ने र प्युठानको चुनावमा मात्र राज्यआतङ्क देख्ने कमरेडहरूको वक्तव्यबाजीले विप्लव समूहमाथि भएको राज्यआतङ्कको चिन्ता हो अथवा भोटको मात्रामा देखापर्ने असरको चिन्ता हो, आफैँमा प्रश्नचिन्ह बनेको छ । अन्यत्र धरपकड र आतङ्क नदेख्ने र प्युठानमा पुगेपछि मात्र देख्ने यो प्रवृत्तिले कमरेडहरूको चिन्ता र चिन्तन केको लागि हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
संसदीय राजनीति र यो संविधानको अभ्यासमा लागेको मसाल समूह तथा एमालेले भोट र प्युठानलाई मात्रै सोचेर राज्यआतङ्कको विरोध गरेजस्तो गर्नु अनौठो कुरा भएन । उनीहरूमा भोटको राजनीति र क्षेत्रीयतावादी चिन्तन देखिनु अनौठो कुरा होइन । तर क्रान्तिकारी भनिने बैद्य समूहले पनि सोही बाटो पछ्याउनुलाई चाहिँ विडम्बना नै भन्नुपर्छ । यसले मोहन बैद्यहरूको राजनीतिक आयाम र चिन्तनको धरातललाई पनि राम्ररी उजागर गरेको छ । यो विप्लवको पार्टीमाथि भएको दमनको चिन्ता नभएर भोटमा पर्ने असर हो भन्ने कुरा सबैले बुझ्ने गरी सतहमा आएको छ ।

भिडियो फिचरview all