ताजा समाचार
'शोकाञ्जली' मार्फत 'इच्छुक' को सम्झना
शोकाञ्जली क्रान्तिकारी योद्धा, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुकद्वारा लेखिएको खण्डकाव्य हो । नामका आधारमा यो शोककाव्य जस्तो लागे पनि वास्तवमा यो क्रान्तिकारी विचार युक्त लामो कविता हो । शोकाञ्जली २०४२ साल वैशाख १८ का दिनमा चितवनको मेघौलीमा नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका गुन्डाहरूद्वारा हत्या गरिएका आफ्ना सहयोद्धा मित्र विद्यार्थी नेता मित्रमणि आचार्यको सम्झनामा लेखिएको खण्डकाव्य हो ।
सो खण्डकाव्यका बारेमा कविको भनाइ यस्तो छ :
“सहिद मित्रमणि आचार्यसितको मेरो वैचारिक मित्रता, साङ्गठनिक हार्दिक आत्मीयता, म जेलभित्र छँदा उनले मलाई लेखेका भावपूर्ण दुई चिठीहरू र सबैभन्दा महत्त्वपूर्ण कुरा त एकाएक उनको दुखद हत्याको तीतो खबरले मेरो व्याकुल हृदयमा परेको असह्य बज्रप्रहार नै यो 'शोकान्जली' जन्मिनुको मूल कारण र त्यसको पृष्ठभूमि हो । मेरो बन्दी जीवनको पीडा र घोर एकाकी क्षणको त्यो बेलामा एउटा प्रिय मित्रको निर्दयतापूर्ण हत्याको खबरले मलाई जस्तो गहिरो शोकको चरम अनुभूति गरायो, त्यसैलाई मैले निश्छल अभिव्यक्ति दिएको छु । ...आफू गए पनि उनले हामी बाँच्नेहरूका लागि छोडेको हाम्रो दायित्वलाई पनि मैले ती महान् शोकका क्षणमा बिर्सेको छैन र त्यसप्रति शततः सजग रहने प्रयत्न गर्ने छु । ”
यसैगरी सो खण्डकाव्यको सानो भूमिकाका पारिजातले लेख्नुभएको छ :
''कर्मठ साथीको मृत्युपछि सेनको कलम छटपटिनु एउटा शोक काव्य लेखिइनु साहित्यिक मात्रै नभएर वैचारिक उपलब्धि पनि हो । कविको शब्दचयन र प्रस्तुति अति सम्बेदनशील भएको छ । त्यसैले शोकाञ्जली कलापक्षले सिँगारिएको एउटा कुञ्ज हो, जहाँ कविले वैचारिकताको एउटा दियो प्रज्वलित पार्न बिर्सेका छैनन् ।''
त्यसैगरी सेनका अनन्य मित्र तथा मार्क्सवादी समालोचक डा. ऋषिराज बरालले शोकाञ्जलीबारे भनेका छन् :
“कलाचेत र सौन्दर्यचेतको सुन्दर संयोजन हो 'शोकाञ्जली' । यो ऐतिहासिक, संज्ञानात्मक र सौन्दर्यात्मक तिनओटै दृष्टिले उच्च स्तरको कृति हो । पीडा र शोक मात्र छैन यसमा । यसमा विद्रोह र परिवर्तनचेत पनि छ । सबैभन्दा बढी उदात्त भावावेगले पाठकलाई उद्वेलित बनाउँछ । क्रान्तिकारी आशावाद यसको केन्द्रीय सारतत्त्व हो ।”
चारैतिर निराशा र पलायनाताले टाउको उठाउन थालेको बेला आफन्त भनिएकाहरू र बैरीहरूको अनुहार उस्तै देखिन थालेको बेला यो खण्डकाव्यको महत्त्व झन् बढेको छ । प्रस्तुत छ, शोकाञ्जलीको एउटा अंश :
तिम्रो शेषपछि
गौरवपूर्ण मुक्तिका लागि
हामीले थालेको न्यायपूर्ण युद्ध लडनै बाँकी छ ।
युद्धको भूमिबाट
विरहका शोकधुनहरू नबजाउन् कोही
पर्वत पनि डिगाइदिने अदम्य साहसहरूले
हामी लड्न विवश अनिवार्य युद्ध जित्नै बाँकी छ ।
गेस्टापोको ग्याँसच्याम्बरजस्तो
चिताको वेदीबाट
पीडाका आँसुहरू नबगाउन् कोही
हाम्रो अवश्यम्भावी विजयका लागि
तिम्रो रोहबरमा हामी एकसाथ लडेको युद्ध
अन्तिम टुङ्गो लाग्नै बाँकी छ
जितको हाराहारीबाट
निम्छरा भएर पीठहरू नफर्काउन् कोही ।
०००

भिडियो फिचरview all