ताजा समाचार
चुनावी बहुरङ्गी परिदृश्य र चुनौतीहरू
डा. ऋषिराज बराल
स्थानीय चुनावसित सम्बद्ध टिप्पणी र प्रतिक्रिया राख्नु हतारो हुनसक्छ । यसका लागि चुनावी परिदृश्यका थप शृङ्खलाहरूलाई पर्खिनुपर्ने हुन्छ तापनि यहाँ विषयको उठान गर्नु चाहिँ आवश्यक ठानेको छु ।
अहिले चारैतिर स्थानीय चुनावको मत परिणामको होहल्ला र चर्चा छ । चोक, चियापसल जताततै हार र जितको रमाइलो देख्न र सुन्न पाइन्छ । यस्तो लाग्छ सबै कुरा त्यही गएर थेग्रिएका छन् । स्थानीय चुनाव भए पनि यो केन्द्रीय चुनावभन्दा बढी भएको छ । कसैका अनुहार उज्याला छन् र कोही दिउँसै अँध्यारो भएको व्यवहार गरिरहेका छन् । यसो गर्न/गराउन सञ्चारमाध्यमहरूको भूमिका पनि महत्चपूर्ण छ । प्रतिस्पर्धा त्यहाँ पनि छ । दर्शक र स्रोता बढाउने, विज्ञापन सोहोर्ने मौका पनि हो यो । कुन मिडियाले सबैभन्दा नयाँनयाँ सूचना पहिले दिन्छ, कसले प्रभावकारी र आकर्षक ढङ्गले सूचना दिन्छ, स्रोता र दर्शकको आँख-कान त्यहीँ केन्द्रित हुनु स्वाभाविक छ । अझ सामाजिक सञ्जालहरू, त्यसमा पनि फेसबुकमा व्यक्त टिप्पणी र प्रतिक्रिया पढ्दा मनोरञ्जन मात्र होइन, युद्धको मोर्चा नै खुलेको बोध हुन्छ ।
यस्तो बेला जनमेल केही नबोल्नु सही हुँदैन । चुनाव हुँदैनहुँदैन भन्दाभन्दै भयो । दुईतीन जनालाई “सहिद” पनि बनायो । “यो संविधान हामीले बनाएको हो, यसलाई लागु गर्नुपर्छ” संविधानप्रतिको प्रतिबद्धतामा एक थरी लाग्नु स्वाभाविक थियो । यो तप्का वर्तमान सरकार र सत्ता दुवैको तावेदारी गर्ने तप्का हो । यो संविधानको स्वामित्त्व लिने तप्का भनेको अहिलेको नेपाली समाजको सत्ताधारी वर्ग हो । नेपाली समाजमा अर्को तप्का पनि छ l चुनावलाई लिएर क्रान्तिकारी उपयोग र खारेजमा पनि नेपाली समाज र यसका प्रतिनिधिहरू बाँडिएका छन् र ती आफ्नाआफ्ना गच्छेअनुसार तिनले स्थानीय चुनावप्रति व्यवहार प्रतिक्रिया प्रस्तुत गरिरहेका छन् ।
अहिले चुनावी परिणामहरू धमाधम आइरहेका छन् । खासखास सहरका खासखास चासो बनेका स्थानसंगसंगै गाउँठाउँबाट पनि परिणामहरू आइरहेका छन् l पार्टीहरू जोडघटाउको हिसाबकिताबमा व्यस्त छन् । उम्मेदवारको घोषणादेखि तालमेलका रोचक र रङ्गीविरङ्गी परिदृश्य र अनि तिनकै बीचबाट उत्पन्न मत परिणामले मान्छेको टाउको रिङ्ग्याएको छ । प्रचण्डले गरेका नौटंकीले यस्तो पनि हुँदो रहेछ राजनीतिका नाममा भनेर मान्छेहरू अचम्ममा परेका छन् l माओवादको आवरणभित्र परिवारवादको घिनलाग्दो तस्बिरले मान्छेलाई ठाउँकुठाउँ पिच्चपिच्च थुक्नुपर्ने स्थितिमा पुर्याएको छ राणा विरोधी आन्दोलनदेखि यो मुलुक हाम्रो पेवा हो,प्रजातन्त्रका लागि हामीले ठूलो लगानी गरेका छौं भन्नेहरूको जग, फुत्त निस्केका रहस्यमयी पार्टीहरूले हल्लाइरहेका छन् ।
माओवादी आवरणभित्र प्रचण्डले गरेका कुकृत्यहरूले सबैभन्दा बढी पीडा दिएको छ । असाध्यै गरिमामय, त्याग, बलिदान र उदात्त चेतनाका साथै क्रान्तिकारी आदर्श र सौन्दर्यमूल्यसित गाँसिएको पदावली हो माओवाद र माओवादी । तर प्रचण्ड एन्ड कम्पनीले सबैभन्दा बढी प्रहार यसै मूल्यमाथि गर्यो । जनताको आँखामा माओवाद र माओवादी पदावलीलाई बदनाम र दुर्नाम गराउने काममा माके गिरोहलाई लाजसरम नभए पनि यसले तपाईँहामीलाई असाध्यै पीडा दिएको छ । “छोरालाई आईमाई देख्नै नहुने, छोरीलाई रूख देख्नै नहुने” जस्ता टिप्पणीहरूले संजालहरू भरिएका छन् । “टाउको गिँडने र टाउकाको मोल तोक्नेबीच विलय” का कुरा पनि समाचार माध्यमहरूमा आउँदा कम पीडा हुँदैन । उपहास बन्यो माओवाद र हाँसोको पात्र बने माओवादीहरू । चानचुने छैन यो पीडा ।
२०६३ सालमा जनयुद्ध समाप्तीको घोषणा गरियो । १२ बुँदेपछि तारतम्य मिलाइएको मिलिजुली सत्ताले केन्द्रमा आफ्नो पकड राखेको भए पनि स्थानीय सत्तामा उसको पहुँच तदर्थ स्थितिमा मात्र थियो । २० वर्षपछि मिलिजुली सत्ताले जनसत्तालाई विधिवत विस्थापित गरेको छ । यो जनसत्ताका पक्षधरहरूलाई गम्भीर बनाउने विषय हो । पुरानो सत्ता र जनसत्ताबीच एउटा खालि स्थान थियो, अब त्यो स्थानमा नयाँ सम्बिधानअन्तर्गतको पुरानो सत्ताले लिएको छ ।
हारजित, सफल असफलका कुराहरू आएका छन् । विचार, सिद्धान्त, नैतिकता र सिङ्गो आन्दोलन गुमाएपछि पनि माकेका प्रवक्ताहरू “आफ्नो एजेन्डा सफल भएकोमा आफू सफल भएको” भनेर नाङ्गै नाच्न थालेका छन् । नाङ्गिनुको पनि हद हुन्छ ।
खारेजीवालाले कसरी समीक्षा गर्लान् र क्रान्तिकारी उपयोगवादीले कसरी आफ्ना तर्कहरू सही हुनुको पुष्टि गर्लान्, यसका लागि केही समय पर्खिनु पर्ने हुन्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र अबको न्यूनतम कार्यक्रम समाजवाद (वैज्ञानिक) भन्नेहरूका लागि स्थानीय सत्ता होइन, केन्द्रीय सत्ता प्रधान बन्छ, यो समाजवादी केन्द्रीय योजनाअनुसार चल्छ । तर नयाँ जनवादी क्रान्तिको लागि मुक्तक्षेत्र, आधारइलाका र स्थानीय सत्ता महत्वपूर्ण हुन्छ, यो उसको प्रमुख आधारशीला हो ।
जनयुद्धको सबैभन्दा ठूलो प्राप्ति स्थानीय सत्ता र यसका अङ्गउपाङ्गहरू थिए । पहिले विघटन थियो, अब विधिवत विस्थापित भएको छ । यस अर्थमा यो चुनाव र यसको परिणाम नयाँ जनवादी क्रान्तिका लागि थप चुनौती हुनु स्वाभाविक छ । वास्तवमा वैचारिक रूपबाट हेर्दा प्रतिक्रियावादी स्थानीय सत्ता सुदृढ हुनु भनेको नयाँ जनवादी आन्दोलनका लागि थप चुनौती हो । नयाँ जनवादी क्रान्ति नै सम्पन्न नभएको अवस्थामा वैज्ञानिक समाजवादको कुरा गर्नेहरू कसरी अगाडि बढ्छन्, यो प्रस्ट हुँदैजाला, तर मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवाद पक्षधरहरूका लागि अबको समय साँच्चिकै चुनौतीपूर्ण छ । मोदीले नेपालका आगामी दिनका बारेमा “भविष्यवाणी” गरिसकेका छन् र पश्चिमाहरूले तराईमा हुने चुनावमा आफ्नो भूमिकाको खोजी गरेको कुरा पनि समाचारमा आएका छन् । त्यसैले स्थिति त्यति सहज छैन ।
यो चुनौतीको सामनाको पहिलो खुट्किलो भनेको आत्मसमीक्षा हो । सम्बद्ध पक्षबाट उपयोग र खारेजीका सकारात्म–नकारात्मक पक्षहरूबारे पनि समीक्षा र संश्लेषण होलान् । तर त्यो भन्दा पनि आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनतन्त्रका क्षेत्रमा आउने सम्भावित चुनौतीहरूको सामना कसरी गर्ने भन्ने प्रश्न अहिलेको अहम् प्रश्न हो । यसलाई गम्भीरतापूर्वक नलिनु भनेको एक वा अर्को किसिमले विसर्जनको बाटो समात्नु हो । आत्मगत स्थिति कमजोर भएकाले केही गर्न सकिँदैन भनेर सचेतन प्रयासप्रति उदासी हुने प्रवृत्ति र एक्लेबीर बन्ने प्रवृत्ति दुवैको मिलनबिन्दु भनेको विसर्जनवाद नै हो । ‘खारेजीवालाहरू’, ‘क्रान्तिकारी उपयोग’ का पक्षधरहरू र माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्नुपर्छ भनेर लागेका ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’, र नेकपा (माओवादी) विघटन भएको छैन भनेर पुनार्गठनमा लागेकाहरूबीच इमानदारीपूर्वक बहसछलफल र आत्मसमीक्षा अहिलेको आवश्यकता हो ।
०००

भिडियो फिचरview all