ताजा समाचार
कुलमान फसे कि फसाइए !
डा. ऋषिराज बराल
कुलमान घिसिंग र एलइडी बल्ब प्रकरण अहिलेको तातो समाचार बनेको छ l पक्ष-विपक्षमा समाचार बनेका छन्, पत्रपत्रिका भरिएका छन् र सामाजिक संजालमा युद्ध चलेको छ l १८ घण्टा लोडसेडिङ हुने बेलामा कहिलेकाहीं केही क्षणीक अवरोध भए पनि उनले २४ घण्टा नै बिजुली उपलब्ध हुने वातावरण बनाएका छन् l उनले, ईच्छाशक्ति भए गर्न सकिन्छ भन्ने कुरा देखाएका छन् l कसरी कमिसनखोरहरूले तलदेखि माथिसम्मको सेटिंग मिलाएर नेपाली जनतालाई अँध्यारोमा राख्दा रहेछन्\ राखेका रहेछन् भन्ने कुरा पनि उनले प्रस्ट पारेका छन् l
सस्तोमा बिजुली भारतलाई बेचेर भारतबाटै महंगोमा नेपालले बिजुली किन्नुपर्ने स्थति र नियति वर्षौंदेखि भोग्दै छौं हामी नेपालीहरू l यो यहाँको राज्यव्यस्था र पतीत, कमिसनखोर नेता र भ्रष्ट कर्मचारीतन्त्रको परिणाम हो l किनेर भए पनि लोभलालच त्यागेर कुलमानले बिजुली उपलब्ध हुने स्थिति मिलाए l यो सर्हानीय काम हो l यसमा उनलाई सबैको साथ र सहयोग मिल्यो l यस्तो काममा प्रलोभनमुक्त ईच्छाशक्तिको आवश्यकता पर्छ l कहिले बिजुली आउला र कम्युटरमा बसौंला भन्ने विद्यार्थीहरू, कहिले बत्ती आउला र घरको काम गरौंला भनेर बिजुलीतिर आँखा लगाउने गृहिणी र हामीजस्ता संचारकर्मीका लागि इमान्दारीपूर्वक भन्नुपर्छ कुलमान 'वरदान' साबित भएकै हुन् l निकै ठूलो चुनौतीका बीच उनले यस अभियानलाई अघि बढाएका छन् l गोकर्ण विष्टले केही सङ्केत देखाए पनि पर्खाल भत्काउन सकेका थिएनन्, कुलमानले सहयोगीका साथ यो साहस गरे l यसका लागि यो टिप्पणीकार कुलमानलाई धन्यवाद दिन चाहन्छ l
अहिले उनी ''बल्ब काण्ड'' मा फसेका छन् अथवा भनौं फसाइएका छन् l अहिले कुलमानले चलाएको उज्यालो अभियानलाई माओवादी केन्द्रले चुनाबी अभियान बनाएको छ l हुन पनि पुष्पकमल सरकारसित यो बाहेक सकारात्मक कामका लागि नाम लिन सकिन कुनै सन्दर्भ छैन l तर, ''उज्यालो नेपाल'' का नाममा 'माओवादी केन्द्र' ले एउटा कर्माचारीलाई प्रयोग मात्र गरिरहेको छ, गोटी मात्र बनाएको छ l विश्व कम्युनिस्ट आन्दोलनमा वैचारिक दृष्टिकोणले सबैभन्दा भ्रष्ट, गद्दार र उपयोगवाद र उपभोक्तावादका लागि एक नम्बरमा सूचीकृत गरिएका प्रचण्ड र उनका सहयोगी कृष्णबहादुर महराको चक्रव्यूहमा कतै कुलमान जानी नजानी फस्न त पुगेनन् भनेर अहिले सर्वत्र टिप्पणीको विषय बनेको छ l
अहिले पनि बिजुली चोर्ने काम चलेको छ l सबैभन्दा बढी यो काम सरकारी अड्डाअफिस र संस्थानहरूमा हुन्छ/ हुने गरेको छ l दिनभरि-रातभरि अड्डाअफिस / संस्थानहरूमा बिजुली बलिरहन्छ, पंखाहरू चलिरहन्छन्, हिटर/ एसी चलिरहन्छन् l कमभन्दा कम खपत हुने योजना बनाउने, सेवासुबिधा बढाउने, मर्मतसम्भारमा जोड दिने, सर्वसाधारणका लागि सके बिजुलीको मासिक शुल्क घटाउनेतिर रुचि जानु आवश्यक थियो र यसैअनुसार योजना बन्नुपर्थ्यो l सधैँभरि ग्राहकलाई प्राधिकरणले बल्ब उपलब्ध गराउन सम्भव होलाजस्तो लाग्दैन l कुलमान र प्राधिकरणको नियत राम्रै होला, तर व्यापारमा हात हालेपछि विवादमा आउनु स्वाभाविक छ l चुनावको बेला, विरोधीहरूले निहुँ खोजिरहेको बेला, टेन्डर नगरी अनि महराजस्ता भ्रष्ट पात्रको साथ लिएर उनी जसरी यसमा लागे, यसले प्रश्न उठ्नु/ उठाउनु स्वाभाविक भएको छ l सबैलाई थाहा छ, प्रचण्ड र प्रभाकर बीच राम्रो सम्बन्ध छैन र महरा र प्रभाकरबीच पनि सम्बन्ध राम्रो छैन l आफूभन्दा अरू लोकप्रिय भएको कुरा प्रचण्डलाई मन पर्दैन l
सबैलाई थाहा छ, महरा भनेका नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि माओवादी आन्दोलनमा थोरै लगानी गरेर धेरै फाइदा लिने पात्र हुन् l रोल्पाली हुनुको नाताले उनले धेरै फाइदा लिए, कहिले चीनको नजिक भएर लिए, कहिले भारतको नजिक भएर उनले दुवैतिरबाट फाइदा लिए l धेरजसो भारतको स्वार्थमा काम गरेर फाइदा लिए l आन्दोलनमा धेरै त्याग गरेका क्षमतावानहरू पछि परे, तर प्रचण्डको आर्थिक कारोवारमा साझेदार भएकाले उनी सदैव लाभको पदमा रहे l एनसेल लगायत थुप्रै कारोवारी साझेदारीमा उनी प्रचण्डको सहयोगी बने l अहिले उनीसित जोडिएको सुन काण्ड पनि ओझेलमा पारिएको छ l जनसेनाको रगत-पसिनामा समेत कमिसन खाने प्रचण्ड-महरा त्यसै बल्ब खरिद गर्न आकर्षित भएका छैनन् l बिनाटेन्डर काम हुनु र मन्त्रीमण्डलले बडो सहजताका साथ निर्णय गर्नु जस्ता कुराले प्रश्न उठ्नु/ उठाउनु स्वाभाविक भएको छ l
६५ भारूको दाममा अरोबौंको बल्ब किन्दा कुलमानको नियत सफा भए पनि अर्थ मन्त्रालय, पैसा दिने निकाय चोखो होला र रहला भन्न सकिने आधार छैन l नेपालको कर्मचारीतन्त्र र मन्त्रीहरूका कथित सल्लाहकारहरूको सुमधुर सम्बन्धबारे भुक्तभोगी नेपालीहरू अनभिज्ञ छैनन् l एउटा गुणस्तरीय बल्ब किन्दा नेपालमा २५० देखी ३०० भन्दा काममा पाइंदैन l राम्रो बल्ब १३५ देखि १५० रू मा पाइन्छ भने यो स्वागतयोग्य छ l तर भूकम्पको राहतका लागि आएको सामान बजारमा महँगो विक्री भएझैं बल्ब बिक्री नहोला, यसको दुई नम्बरी धन्दा नहोला भन्न सकिन्न l चलाउने तिनै कर्मचारी हुन् l यसको उपलब्धता कसरी हुन्छ र वितरण कसरी हुन्छ भन्ने प्रश्नहरू पनि योसित जोडिएका छन् l
यो भोलिको कुरा हो l अहिले भने प्रक्रियाका साथै नियतमै पनि प्रश्नहरू उठेका छन् l पत्रकार सम्मेलनमा देखिएको कुलमानजीको भावुकताप्रति हार्दिकता प्रकट हुन्छ l उनले ''मेरो कुनियत भेटे झुन्ड्याइदिनु'' भनेर आफूलाई प्रस्ट पारेका छन् l ग्राहकलाई सस्तोमा उपलब्ध गराउने र बिजुली बचत गराउने भन्ने उनको पवित्र चाहनामा शंका गर्ने ठाउँ छैन l उनमा एक पैसाको लोभ पनि नहोला l उनी स्वच्छ रहून् र होऊन् भन्ने हाम्रो पनि चाहना हो l तर समय र सन्दर्भ, पद्धति र प्रक्रियाका कारण केही प्रश्न उठ्नु स्वाभाविक छ भएको छ l कमिसन प्रस्ट नभई वरको फाइल पर नसर्ने यो मुलुकमा अर्बौंको हिसाबकिताब स्वच्छ मनसायले आएको होला भनेर सोच्न सकिने आधारहरू असाध्यै कम छन् l अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सिनु स्वाभाविक छ l त्यसमा पनि जब प्रचण्ड र महरा जोडिन्छन्, विश्वासका आधारहरू एकदमै कमजोर बन्छन् l यी दुवै व्यक्तिगत स्वार्थका लागि राष्ट्रकै सौदा गर्न पछि नपर्ने व्यापारी हुन् l
अहिले बिजुलीचोरहरूबाट कसरी बिजुली जोगाउने र ग्राहकलाई कसरी बढीभन्दा बढीमात्रमा बिजुली उपलब्ध गराउने भन्नेमा कुलमान र बिजुली प्राधिकरणको चिन्ता र चिन्तन हुनुपर्थ्यो l तर अहिले बल्ब व्यापार गरेर बिजुली जोगाउने जुन कुरा आएको छ, यसले प्रश्न उठाएको छ l यसमा कुलमान 'कमरेड' फसे अथवा फसाइए आफैंले सोच्ने / बुझ्ने कुरा हुँन् l व्यक्तिका दृष्टिले कुलमानले खराब नियतबस यो काम गरे होलान् भन्ने लाग्दैन l उपभोक्तालाई राहत दिउँ भन्ने उनको नियत होला l तर समय-सन्दर्भ र सम्बन्धले उनको नियतमाथि अतिक्रमण गरेको छ l
मन्त्रीका नाताले यो सन्दर्भमा ऊर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर' पनि गाँसिनु स्वाभाविक छ तापनि प्रचण्ड-महरा देशकै लागि खतरनाक पात्र हुन् र 'बलिदान' को अर्थ बुझेका यिनले आजको परिस्थिमा क-कसको बलिदान गर्ने/ गराउने हुन् बुझ्न गारो छ l कुलमान 'सोझो जनजाति' कतै प्रचण्ड-महराको ''बलिदानी चिन्तन'' को सिकार त भएनन् भनेर यो टिप्पणीकार चिन्ता र आशंका व्यक्त गर्छ l साथै यो सन्दर्भले मात्र उनको आत्मबल र मनोबल कमजोर हुनुहुन्न l जुनसुकै सरकार आवोस्,उज्यालो अभियान रोकिनु हुन्न भन्ने शुभकामना पनि यो टिप्पणीकार व्यक्त गर्छ l

भिडियो फिचरview all