
रोशन जनकपुरीद्वारा पार्टी परित्यागको घोषणा

नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ केन्द्रीय सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष कमरेड रोशन जनकपुरीले आफू सो पार्टीको सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गर्दै हाल कुनै पनि पार्टीमा नजाने तर माओवादी आन्दोलनप्रति प्रतिबद्ध भएर देशकाल परिस्थितिअनुसार अघि बढ्ने कुरा उल्लेख गरेका छन् ।
जनकपुरबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ : “उनले आफू राजनीतिक रूपमा यहाँका युवा, ब्यापारी, किसान र श्रमजीवीसंग भेट घाट तीब्र पार्ने र छुटै समूह गठन गरेर अगाडि बढ़ने कुरा पत्रकारलाई प्रतिक्रिया दिएका छन ।''
'जनमेल' सितको कुराकानीमा उनले वैचारिक रूपमा त्यति ठूलो मतभेद नभए पनि सङ्गठनात्मक अराजकताभित्र रहेर काम गर्न सकिने स्थिति नरहेकाले त्यहाँबाट अलग्गिनु नै उचित ठानेको कुरा उल्लेख गरेका छन् ।
उनी भन्दछन् :
''अराजक संगठनबारे मैले लामो समयदेखि कुरा उठाउँदै आएको हुँ । मैले क्रा.मा. माथि कुनै आरोप लगाएको छैन, निजी कारण ले भनेको छु । तत्कालै नया पार्टी बारे सोचेको छैन , तर सम्भावनालाई इन्कार गर्न सक्दिन । तर यसै हुन्छ भनेर अहिले नै केही भन्न सक्दिन । एउटा कुरा प्रस्ट छ, म माओवादी नै रहनेछु ।''
भिडियो फिचरview all