ताजा समाचार
हत्या विरुद्ध देशव्यापी मशाल जुलुस र पुत्लादहन
डा. ऋषिराज बराल
कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र बलले गोली चलाएर कयौँलाई घाइते बनाएको र गोविन्द गौतमको हत्या गरेको विषयलाई लिएर नेपालका देशभक्त जनताले पूर्वदेखि पश्चिमसम्म भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै प्रतिरोधका विभिन्न क्रार्यक्रमहरूलाई निरन्तर जारी राखेका छन् ।
भारतीय विस्तारवादको शब्दजाल
गोविन्द गौतमको हत्याका सम्बन्धमा आरम्भमा राजदुतावासमार्फत वक्तव्य दिन लगाएर कञ्चनपुरमा भएको गोली कान्ड आफूले नगरेको भनेर ठाडै अपराध लुकाउन खोजेको भारतीय विस्तारवादले नेपालमा आम जनताको बढ्दो आक्रोसका कारण अहिले “घटनाबारे बुझने” आदिआदि भने पनि घटनालाई ओेझेलमा पार्न, नेपाली जनताको आक्रोसलाई मत्थर पार्न उसले अनेक जालझेल र षड्यन्त्र गर्ने भएकोले प्रतिरोधमा उत्रेका पार्टीहरू तथा आम जनता भारतीय नियतप्रति प्रस्ट हुनु् आवश्यक छ । विगतमा भारतीयद्वारा भद्रपुरदेखि कञ्चनपुरसम्म घटाइएका घटनासमेतलाई अगाडि राखेर सरकारलाई खबरदारी गरिरहनु आवश्यक छ । र यसका लागि भारतीय विस्तारवादको नियतविरुद्ध भण्डाफोर र प्रतिरोध कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।
प्रचण्डसरकारको नक्कली चिन्ता
त्यत्रो घटना हुँदा पनि तीव्र प्रतिक्रिया जनाउनुको सट्टा प्रचण्ड सरकार आरम्भमा बोल्नसमेत डराएको र भारतीयसित सम्बन्ध बिग्रिन्छ भनेर प्रतिक्रिया जनाउन हिचकिचाएको देखियो । सरकारप्रति आम जनताको आक्रोस तीव्र हुन थालेपछि गृहमन्त्रालयमार्फत प्रतिक्रिया जनाउन खोजे पनि सन्ध्या भाषाको प्रयोगका कारण जनता थप आक्रोसित बनेपछि मात्र प्रचण्ड सरकारले भारत सरकारसित सम्पर्क गर्यो । सरकार जसरी भारतसित प्रस्तुत हुनुपथ्र्यो, त्यसरी नभएर अनुनयविनयका साथ प्रस्तुत भएको र भारत रिसाउँछ भनेर घटनालाई गम्भीर रूपमा नलिएको भनेर अहिले सरकारी प्रवृत्तिको चोतर्फी विरोध भइरहेको छ । भारतको आशीर्वादमा बनेको यो सरकार भारतका विरुद्ध कडाइका साथ जान नसक्ने हुनाले जनस्तरबाट दबाबकारी आन्दोलन अगाडि बढाउनु पर्ने आवाज जनस्तरबाट जोडतोडका साथ आउनु स्वाभाविक छ ।
विभन्न राजनीतिक पार्टीहरूको प्रतिक्रिया
सो घटना हुने बित्तिकै सो क्षेत्रका मात्र नभएर देशविदेशबाट आक्रोस र प्रतिरोधका प्रतिक्रियाहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बाहिर आउनु स्वाभाविक थियो । राजनीतिक पार्टीहरूमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र एमाले र अग्र पङ्क्तिमा देखापरे । वक्तव्यसहित आफ्ना कार्यकर्तालाई विप्लव पार्टीले सडकमा उतारेर भारतीय विस्तारवाद विरूद्धको आफ्नो धारणालाई व्यावहारिक रूप दियो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र चित्रबहादुर केसीले नेतृत्व गरेको जनमोर्चाले पनि यस घटनाप्रति आफ्नो धारणा प्रकट गरे । कुर्सी हल्लिने डरले माओवादी केन्द्रले वाइसियलमार्फत आफ्नो मत जाहेर गर्यो भने स्थानीय दबाब झेल्न नसकेपछि काङ्ग्रेसका तर्फबाट सेरबहादुर देउबाले मन नलागीनलागी वक्तव्य जारी गरे । सरकारबाहिर रहेका पार्टीहरूले घटनाप्रति जुन किसिमको तदारुकता देखाउनु पथ्र्यो, विप्लव समूहबाहेक अन्य समूहहरूमा समयमै तदारुकता देखाइएको पाइएन ।
संसद्भवनमा अर्को नोटङ्की
सिमाना मिचेर साँघुरो पार्दा पनि, सिमानामा भारतीय प्रहरी आएर लुटपाट मच्चाउँदा र नेपाली महिलामाथि हातपात गर्दा पनि (विगतमा बाँके-बर्दियाको जमुनाह नाकालाई लिन सकिन्छ ) हाइसञ्चो मान्ने मधेसवादी भनिने दलालहरू अस्ति पनि बोलेनन्, हिजो पनि बोलेनन् र आज पनि बोल्ने कुरा थिएन र बोलेनन्, भारतले नेपालनै निले पनि तिनीहरू बोल्दैनन । अहिले सङ्घीय समाजवादी पार्टीका नेता, सङ्घीय गठबन्धन र मधेसी मोर्चाका नेतासमेत रहेका अशोक राईले कञ्चनपुर घटनाका सन्दर्भमा भारतीय राजदुतावासको वक्तव्यको पक्षमा आफूलाई जसरी प्रस्तुत गरे, यसले सबैलाई आश्चर्यचकित पारेको छ । सिङ्गो नेपाल देशविदेशका नेपालीहरू भारतीयद्वारा गरिएको हत्याको कुकृत्यका विरुद्ध एक जुट भएको स्थितिमा उनले जसरी भारतीय विस्तारवादको दलाली गरे, यसले “उनले उताबाट मासिकरूपमा कति पाउँदा रहेछन्” भनेर आम जनताले प्रश्न उठाउनु स्वाभाविक छ । यसले नेपाली नागरिकता बोकेका केकस्ता भारतीयहरू संसदमा पुगेका रहेछन् भन्ने थप जानकारी प्राप्त भएको छ । एकथरी त परिचित थिए, अब केही नयाँ नाम थपिएका छन् l
मशाल जुलुस र पुत्लादहन
कतिपय पार्टीले वक्तव्य निकालेपछि आफ्नो जिम्मेवारी पुगेको ठहर गरे पनि हिजो दिनभरि कैलाली कञ्चनपुरखेदखि विराटनगरसम्म भारतीय विस्तारवादका विरुद्ध नाराजुलुस, मसाल जुलुसका साथै मोदीको पुत्ला दहनका कार्यक्रमहरू निरन्तर रूपमा जारी रहे । कैलाली, बुटबल, पोखरा, विराटनगरलगायत काठमाडौँका सडकहरूमा दिनभर विस्तारवादविरोधी नारा गुन्जिए । विप्लव समूहले भारतीय राजदूतावास घेराउको कार्यक्रमसहित साँझ मसाल जुलुस निकाल्यो भने विराटनगरमा एमाले सम्बद्ध अनेरास्ववियुले मोदीको पुत्ला जलायो । त्यसैगरी मसाल जुलसुकै क्रममा मसाल समुहसम्बद्ध अनेरास्ववियु, छैटौँका विद्यार्थीहरू काठमाडौँमा पक्राउ परेको समाचार पनि प्रकाशमा आएको छ भने मधेसस्थित रैथाने परिषद्ले भारतीय राजदूतावास अगाडि मोदीको पुत्ला दहन गरेको छ ।
सामूहिकता र संयुक्तताको अभाव
गोविन्द गौतमको हत्या विरुद्ध उठेको प्रतिरोधको आावाजले केही भारतीय दलाहरूबाहेक सिङ्गो नेपाली जनता भारतीय विस्तारवादी कुकुत्यका विरुद्ध छन् र यस मामलामा जुनसुकै किसिमको चुनौती सहन गर्न तयार छन् भन्ने कुरा पुष्टि गरेको छ । परन्तु, कार्यक्रमलाई समायोजन र संयोजन गरेर संयुक्त रूपका साथ लगेर लगेर प्रभावशाली बनाउने कुरामा भने केही कमी देखियो । प्रचण्ड सरकार मालिक रिसाउँछ कि भनेर भारतको मानसिकता बुझ्दै अघि बढ्नु स्वाभाविक हो । लाजगालले भए पनि प्रचण्डका कायकर्ताहरू सडकमा निस्केजस्तो गरेका छन् । माकेका नेताहरूले ''अहिलेको अवस्थामा जे गर्न सकियो, त्यो पुग्दो गरियो'' भनेर फेसबुकमा जिरह गर्न थालेका छन् । उनीहरूबाट आशा गर्ने कुरा भएन् l
अरूका कार्यक्रमहरू औपचारिकता पूरा गर्ने खालका भए पनि नेकपा (क्रान्तिकारी माओवादी), विप्लवको नेतृत्ववमा रहेको नेकपा, र मसाल समूहबीच समझदारी बनाएर सडकमा निस्केको भए प्रतिरोधको कार्यक्रमको आयाम व्यापक हुन्थ्यो र कार्यक्रम पनि प्रभावशाली हुने थियो । यहाँ पनि एकथरी उछिनापाछिनमा लागेको र एकथरी अकर्मण्र्यतामा परेर टोलाएजस्तो देखियो ।
अन्त्यमा,
अहिलेको घटना नेपालको सार्वभौम सत्तामाथिको ठाडो हस्तक्षेप हो । भारतले चाह्यो भने जे पनि गर्न सक्छ भनेर दिएको चुनौती हो । यो घटना मात्र नभएर सप्तरी घटना पनि नेपालभित्र गडबडी मच्चाउन भारतीय विस्तारवादले योजनाबद्ध किसिमले घटाएको घटना हो । गोविन्द गौतम हत्या घटनामा कसले के गर्यो, को अघि देखियो र को पछि देखियो भन्दा पनि नेपालको सार्वभौमसत्तालाई ध्यानमा राखेर भारतीय विस्तारवाद विरोधी शक्तिहरू कसरी एक जुट हुने, राष्ट्रिय स्वाधीनताका पक्षधरहरू बीच कसरी सहमति र समझदारी कायम गर्ने भन्ने कुरामा गम्भीर हुनु आवश्यक छ । अहिलेको अवस्थामा भन्दा सरकारलाई निरन्तर रूपमा खबरदारी गर्नु र दबाब दिनु आवश्यक छ । भारतले शब्दजालमार्फत यस घटनालाई ओझेलमा पार्ने दुष्प्रयास गर्ने छ र उसको प्यादाझैँ बनेको यो सरकारले अडान लिनसक्ने सम्भावना एकदमै कम छ । यस्तो बेला यो देशलाई माया गर्नेहरू आफ्नो शक्ति र सामथ्र्यअनुसार सडकमा निस्कनुको विकल्प छैन ।

भिडियो फिचरview all