
चुनाव कार्यनीतिक प्रश्न हो : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी)

विज्ञप्तिको पूर्णपाठ यस प्रकार छ :
हालै नेपाल सरकारद्वारा २०७४ वैसाख ३१ गते स्थानीय निर्वाचन गरिने घोषणा जारी गरिएको र निर्वाचन तथा संविधान संशोधन लगायतका विषयमा वर्तमान सत्ता एवम् व्यवस्था पक्षधर राजनीतिक दलहरूबीचमा विवाद चर्किदैगएको स्थितिमा ती विषयवारे पार्टी धारणा तथा अभिमत निम्नअनुसार सार्वजनिक गरिएको छ l
१) वर्तमान पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाअन्र्तगत गरिने संविधान संशोधन र हुने निर्वाचनद्वारा जनताका राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधान हुन सक्तैन र त्यसनिम्ति नयाँ जनवादी राज्यसत्ताको स्थापना अनिवार्यरूपमा आवश्यक छ भन्नेवारे पार्टीको दृष्टिकोण तथा धारणा स्पष्ट रहिआएको छ ।
२) स्थानीय निर्वाचनको मिति घोषणा गरिए पनि वर्तमान राज्यसत्ता र व्यवस्थाका पक्षधर राजनीतिक दलहरूका बीच पैदा हुँदैआएका अन्तर्विरोध तथा विवाद र अन्य विविध जटिलताका कारण सो निर्वाचन हुने नहुने अझै स्पष्ट भइनसकेको हाम्रो ठहर छ ।
३) संसदीय निर्वाचन बहिष्कार र उपयोगसम्बन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएकोमा पार्टी स्पष्ट नै रहिआएको छ । यसवारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइने छ ।
माथिको व्यहोराको अध्ययनपछि चुनाव भएमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी) ले आफ्नो वैधानिक मोर्चामार्फत स्थानीय निर्वाचनमा भाग लिन सक्ने सम्भावना रहेको बोध गर्न सकिन्छ l
भिडियो फिचरview all