menu

ताजा समाचार

गोन्जालोमाथि थप अभियोग लगाइयो

माओत्सेतुङ्को मृत्युपछि विश्व समाजवादी शिविरले भोग्नुपरेको धक्का र चारैतिर अन्योल र अविश्वासको अवस्था रहेको बेलामा पेरु कम्युनिस्ट पार्टीलाई पुनर्गठित गरेर नयाँ जीवन दिँदै जनयुद्धको बाटोमा अघि बढाएर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने कार्यमा अबिमायल गुजमान अर्थात् गोन्जालोको भूमिका महत्वपूर्ण रहेको छ ।

दर्शनशास्त्रका प्राध्यापकको पेशा छाडेर पेरुमा  कम्युनिस्ट आन्दोलनलाई गति दिने कार्यमा अग्रिम भूमिका खेलेका गोन्जालोको नेतृत्वमा रहेको साइनिङ पाथ नामले चर्चित  पेरु कम्युनिस्ट पार्टीले सन् १९८० देखि पेरूमा जनयुद्धको थालनी गरेको थियो । उनका लेख र विचारहरू तथा पेरूमा जनयुद्धले गरेको विकासका आधारमा पेरु कम्युनिस्ट पार्टीले मालेमाका साथै गोन्जालो विचारलाई पनि आफनो पथप्रदर्शक विचारका रूपमा ग्रहण गरेको थियो ।  “पेरुमा लाल झण्डा फहराइरहन्छ” जस्ता पुस्तिकाहरू तथा गोन्जालको रचनाहरू विश्वव्यापी रूपमै विशेष चर्चाका विषय बनेका थिए । रिमको निर्माण र परिचालनमा पनि गोन्जालोको महत्वपूर्ण भूमिका रह्यो ।

सन् १९९२ मा पेरूको लिमामा भएको गोन्जालोको गिरफरतारीले पेरू कम्युनिस्ट पार्टीलाई मात्र नभएर विश्व कम्युनिस्ट आनदोलनलाई नै ठूलो नोक्सान पु¥यायो । उनको गिरफतारीपछि  नेतृत्वमा आएका नेताहरूको एकपछि अर्को गरेर हत्या भयो । त्यो पुरानो पार्टी पनि यतिबेर विभिन्न चिरामा विभाजित भएको छ र छिटफुट छापामार गतिविधि भए पनि विचार, विश्वास, शक्ति, सामथ्र्य र क्रियाशीलताका दृष्टिले पेरू कम्युनिस्ट पार्टी हिजोको स्थितिमा रहेको छैन ।
 
विभिन्न मुद्दा लगाएर सैन्य जेलमा राखिएका ८२ वर्षीय गोन्जालोलाई आरम्भमा १९८३ मा स्यान्टियागो प्रान्तको एन्डियानमा ६९ जनाको हत्या गरिएको अभियोग लगाएर आजीवन कारावासको सजाय तोृकिएको थियो । अहिले पुनः १९९२ मा पेरूको लिमामा २५ जनाको हत्या गरिएको मुद्दासमेत लगाइएको छ । यही मङ्गलवार फेब्रवरी  १४ का दिन सो विषयमा पेरुको अदालतमा गोन्जालो तर्फबाट र सरकारका तर्फबाट गरमागरम बहसपैरवी भउको थियो ।
गोन्जालोका वकिलहरूले पहिले लगाइएको अभियोगकै प्रमाण अपुग भइरहेको अवस्थामा नयाँ अभियोग लगाएर गोन्जालोलाई जेलमै सडाउने परिपञ्च गरिएको भनेर विरोधमाच बहसपैरवी गरेका थिए ।
भिडियो फिचरview all