
भिडन्तमा स्पेसल टास्क फोर्सका दुई जनाको मृत्यु

यसैक्रममा आन्ध्र-ओडिसा सीमामा पर्ने मलकानगिरि जिल्लाका ग्राम पञ्चायतको निर्वाचनमा जम्मा १९ ओटा बुथमध्ये १३ ओटामा शून्य मतदान र ६ ओटा बुथमा पनि एकदमै न्युन मतदान भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
गत नोभेम्बरमा दोहोरो भिडन्तका नाममा ३८ जना माओवादीको हत्या भएको र गाउँमा अझै आतङ्कको स्थिति रहेको र मौका छोपेर निर्वाचन गर्न खोजिए पनि जनताले आतङ्कको विरुद्ध जवाब दिएका छन् । चुनावअघि ने चुनाव गराउन गएका कर्मचारीलाई कब्जामा लिएर माओवादीले प्रशिषण दिएर फिर्ता पठाउका थिए ।
यसैबीच भारतको छत्तिसगढ राज्यको बस्तर जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार र सरकारी स्पेसल टास्क फोर्सबीच भएको दोहारो भिडन्तमा विशेष टास्क फोर्सका दुई जनाको मूत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भिडियो फिचरview all