
फिलिपिन्स कम्युनिस्ट पार्टीद्वारा राज्यआतङ्क विरुद्ध प्रतिरोधका लागि आह्वान

गत अक्टोबरदेखि एक तर्फी युद्धविराम गरेर फिलिपिन्सको दुतार्ते सरकारसित शान्ति वार्तमा रहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र दुतार्ते सरकाबीच वार्ताका सन्दर्भमा भएका समझदारी र सहमति, खास गरेर राजबन्दीको रिहाइजस्ता विषयमा कुरा नमिलेपछि र वार्ताका क्रममा सरकारले सैन्य गतिविधि विस्तार गरेपछि यही फेब्रवरी १० तारिख देखि फिलिपिन्स कम्युनिस्ट पार्टीले युद्धविरामको अन्त्यको घोषणा गरेको थियो र जनसेनालाई प्रतिरोधका लागि सजग हुन आह्वान गरेको थियो । यसपछि विभिन्न ठाउँमा धरपकड तथा झडपहरू भइरहेको अवस्थामा पार्टीको तर्फबाट अपिल जारी गरिएको हो ।
''कार्यकर्ता तथा जनता विरुद्ध लादिएको चौतर्फी युद्धका विरुद्ध” भन्ने नाम दिइएको सो अपिलमा भनिएको छ:
''दुतार्ते सरकारका प्रहरी र सेनाले फेब्रवरी ४ देखि १२ सम्म देशको विभिन्न भाग हत्या, गिरफतार र दमन तीव्र पारिएको छ र महानगर मनिलाबाट मात्रै १९ जना पार्टी समर्थकहरू तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। साथै धरपकड र दमनको प्रक्रियालाई ग्रामिण क्षेत्रमा पनि विस्तारित गरिएको छ र दमनको केन्द्र बढीभन्दा बढी पार्टी प्रभावित क्षेत्रलाई बनाइएकाले पार्टी यसको घोर निन्दा तथा भ्रत्र्सना गर्दछ र प्रतिरोधमा उत्रिन आम जनता तथा कार्यकर्तालाई आव्हान गर्दछ ।”
अपिलमा अगगाडि भनिएको छ :
“यो सबै काम राष्ट्रिय सुरक्षा सल्लाहकार हमोजेन्स उसपेरेन तथा सेनाको प्रमुख अन्नोको नेतृत्वमा भएको छ । अहिलेको दमन र आक्रमणको शैलीले २००५ देखि २००९ सम्म भएको दमनको सम्झना गराएको छ । महासेनानी अन्नोले ‘तिनीहरूलाई सखाप पार्ने” भनेर दिएको मन्तव्यसँगै आरम्भ भएको यो दमनको सिकार आम जनता र सामान्य कायकर्ता भएका छन्, यो जनतामाथि युद्ध लाद्ने काम हो । पक्राउ परेकालाई हत्या र विभिन्न किसिमकाको अपराधमा संलग्न भनी मुद्दा चलाउन गरिएको प्रयास निन्दनीय छ ।”
पार्टीले १२ फेब्रवरीमा पक्राउ परेका कार्यकर्ता तथा सर्वसाधारणको नाम सावर्जनिक गरेको छ । वक्तव्यमा भनिएअनुसार र मिन्डानाओमा कम्युनिस्टलाई सहयोग गरेको भनेर बस्ती नै खाली गर्न गरिएको दमन छ । बालान र काउलो क्षेत्रबाट करिब १०० परिवार राज्यआतङ्कका कारण विस्थापित भएका छन् । खासगरेर युवाहरूलाई पक्राउ गरेर जनसेनाको सदस्य भन्दै मुद्धा चलाउने काम भएको छ । त्यसैगरी ११ तारिखका दिन कापिज प्रान्तमा एकजनाका हत्या गरिएको छ र अरू ५ जनालाई घाइने बनाइएको छ ।
वक्तव्यमा प्रहरीसित भिजिलान्तेहरू समेत मिसिएर गाउँलेमाथि दमन, आतङ्क र हत्याको शृङुखला चलाइएको छ र चोतर्फी आतङ्कको वातावरण बनेको छ भनिएको छ । समग्र रूपमा जनताका विरुद्ध भीषण दमन चलाइएकाले मानअधिकारवादीहरूले यसप्रति गम्भीर हुन पनि वक्तव्यमा अपिल गरिएको छ ।
भिडियो फिचरview all