ताजा समाचार
देशको परिस्थिति
पूर्ण विराम
म त चाहन्छु
एक छटाक मात्र मासु उछिट्टिओस्
एक चौथाई मात्र रगत बगोस्
र, यो मुलुकले सदाकालका निम्ति
बसन्त ऋतुलाई आमन्त्रण गरोस्
तर देशको परिस्थिति यस्तो छैन
शब्दहरूले या बाँसुरीले
म त चाहन्छु
एक छटाक मात्र मासु उछिट्टिओस्
एक चौथाई मात्र रगत बगोस्
र, यो मुलुकले सदाकालका निम्ति
बसन्त ऋतुलाई आमन्त्रण गरोस्
तर देशको परिस्थिति यस्तो छैन
शब्दहरूले या बाँसुरीले
उज्यालो बोलाउन सक्ने भए
म अखण्ड शब्दहरू
चिच्याइरहन पनि सक्छु
थकितै भए पनि
लगातार बाँसुरी
बजाइरहन सक्छु
तर देशको परिस्थिति यस्तो छैन
न शब्दसँग त्यति तागत छ
न बाँसुरीले देशमा
उज्यालो ल्याउने सामथ्र्य राख्छ
देश बुझेरै
शब्दहरू त्यागिरहेछु
र, देशको परिस्थिति बुझेरै
बाँसुरी फालिरहेछु
मेरो शोख होइन
तत्कालै तरबार उठाउने
र, राज्यको अभद्र व्यवहारहरूको हत्या गर्ने
जब त्यसले मेरै अगाडि
मलाई नै सखाप पार्न
आयुधको भण्डारमा
आयुधहरूथपेको
फेहरिस्त देखाइरहेछ
मेरो एउटा सानो
प्रश्नको उत्तर नदिएर
मलाई नै सखाप पार्ने षड्यन्त्र
पर्दाभित्र बुनिरहेछ
म राज्यलाई एउटा
सानो प्रश्न गर्छु
जब उसका सबै छिमेकीहरू
उसलाई अत्यन्तै माया गर्छन्
र, समरको सम्भावना
कतैबाट छैन भने
त्रिपालले हतियारहरू छोपेर
किन राजमार्गहरूमा लहरीहरू
धूलो उडाउँदै दौडिरहेका छन्
किन चाँदमारीको अभ्यास हरेक दिन
भइरहेछ स्वयम्भु नजिकैको चउरमा
पञ्छीहरूको सातो उडाउने तमासा
केका निम्ति हरेक दिन भइरहेछ ?
म त चाहन्छु
एक चिम्टी मात्र
कसैलाई घाउ लागोस्
र, अँध्यारो
हावाभन्दा पनि तेज गतिमा
यो देशबाट भागोस्
तर देशको परिस्थिति यस्तो छैन
कसैलाई अलिकति चिथोरेर
सदाकालका निम्ति यो देशमा
सुन्दर लालटिन बल्ने भए
म किन बेलाबेलामा
आफ्ना नङहरू काटिरहन्थें
र, अखबारहरुले यस कुरामा
आफ्ना निम्ति
मसलाहरू प्राप्त गरिरहन्थे
जब मेरो शरीरलाई नै
गाल्ने हिसावमा
मेरा शरीरका मासुहरू
कु हिन थाल्छन् भने
देशको परिस्थिति यस्तो छैन कि
म तिनीहरुलाई नकाटेर सुमसुम्याइरहूँ ।
अत्याचारका अविरल वर्षाहरूलाई
मेरो आँखाको
लवण मिश्रित पानीले
थुनछेक गर्न सक्ने भए
आँखाबाट अविराव गतिमा
लवण मिश्रित पानी
खसालिरहन सक्थें
तर देशको परिस्थिति यस्तो छैन
बाध्य छु देशकै निम्ति
बाध्यता ग्रहण गर्न
रगतको सानो कुलो बगेर
देशबाट अँध्यारो
भाग्दैन भन्न बाध्य छु
देशको परिस्थिति यस्तो छ
रगतको महासागरपश्चात् मात्र
राज्यका अभद्र व्यवहारहरू
ध्वस्त भएका इतिहास भन्न सकिन्छ ।
१ फागुन, ०५२, कालोपुल
(समयबद्ध साप्ताहिक फागुन ३, २०७३)
म अखण्ड शब्दहरू
चिच्याइरहन पनि सक्छु
थकितै भए पनि
लगातार बाँसुरी
बजाइरहन सक्छु
तर देशको परिस्थिति यस्तो छैन
न शब्दसँग त्यति तागत छ
न बाँसुरीले देशमा
उज्यालो ल्याउने सामथ्र्य राख्छ
देश बुझेरै
शब्दहरू त्यागिरहेछु
र, देशको परिस्थिति बुझेरै
बाँसुरी फालिरहेछु
मेरो शोख होइन
तत्कालै तरबार उठाउने
र, राज्यको अभद्र व्यवहारहरूको हत्या गर्ने
जब त्यसले मेरै अगाडि
मलाई नै सखाप पार्न
आयुधको भण्डारमा
आयुधहरूथपेको
फेहरिस्त देखाइरहेछ
मेरो एउटा सानो
प्रश्नको उत्तर नदिएर
मलाई नै सखाप पार्ने षड्यन्त्र
पर्दाभित्र बुनिरहेछ
म राज्यलाई एउटा
सानो प्रश्न गर्छु
जब उसका सबै छिमेकीहरू
उसलाई अत्यन्तै माया गर्छन्
र, समरको सम्भावना
कतैबाट छैन भने
त्रिपालले हतियारहरू छोपेर
किन राजमार्गहरूमा लहरीहरू
धूलो उडाउँदै दौडिरहेका छन्
किन चाँदमारीको अभ्यास हरेक दिन
भइरहेछ स्वयम्भु नजिकैको चउरमा
पञ्छीहरूको सातो उडाउने तमासा
केका निम्ति हरेक दिन भइरहेछ ?
म त चाहन्छु
एक चिम्टी मात्र
कसैलाई घाउ लागोस्
र, अँध्यारो
हावाभन्दा पनि तेज गतिमा
यो देशबाट भागोस्
तर देशको परिस्थिति यस्तो छैन
कसैलाई अलिकति चिथोरेर
सदाकालका निम्ति यो देशमा
सुन्दर लालटिन बल्ने भए
म किन बेलाबेलामा
आफ्ना नङहरू काटिरहन्थें
र, अखबारहरुले यस कुरामा
आफ्ना निम्ति
मसलाहरू प्राप्त गरिरहन्थे
जब मेरो शरीरलाई नै
गाल्ने हिसावमा
मेरा शरीरका मासुहरू
कु हिन थाल्छन् भने
देशको परिस्थिति यस्तो छैन कि
म तिनीहरुलाई नकाटेर सुमसुम्याइरहूँ ।
अत्याचारका अविरल वर्षाहरूलाई
मेरो आँखाको
लवण मिश्रित पानीले
थुनछेक गर्न सक्ने भए
आँखाबाट अविराव गतिमा
लवण मिश्रित पानी
खसालिरहन सक्थें
तर देशको परिस्थिति यस्तो छैन
बाध्य छु देशकै निम्ति
बाध्यता ग्रहण गर्न
रगतको सानो कुलो बगेर
देशबाट अँध्यारो
भाग्दैन भन्न बाध्य छु
देशको परिस्थिति यस्तो छ
रगतको महासागरपश्चात् मात्र
राज्यका अभद्र व्यवहारहरू
ध्वस्त भएका इतिहास भन्न सकिन्छ ।
१ फागुन, ०५२, कालोपुल
(समयबद्ध साप्ताहिक फागुन ३, २०७३)
भिडियो फिचरview all