ताजा समाचार
विप्लव समूहको महाधिवेशन केही प्रश्न केही जिज्ञासा :१
विप्लव समूहका नामले परिचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो आठौँ महाधिवेशन यही फागुन १ गते काठमाडौँबाट आरम्भ गरी रोल्पामा सम्पन्न गर्ने कुरा सार्वजनिक गरेको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) बाट सम्बन्ध विच्छेद गरी २०६९ सालमा सातौं महाधिवेशन सम्पन्न गरी कमरेड मोहन बैद्यको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी-माओवादीको निर्माण भएको थियो । यसले पनि क्रान्ति गर्दैन भन्दै विप्लवले सो समूहबाट पनि सम्बन्ध विच्छेद गरी २०७१ साल मङ्सिर ८ गते आफ्नै नेतृत्वमा अलग पार्टीको घोषणा गरेका थिए ।
यसरी हेर्दा, आफ्नो नेतृत्वमा पार्टी गठन भएको २ वर्षपछि विप्लव समूहले महाधिवेशन गर्नलागेको देखिन्छ । महाधिवेशनलाई कुनै पनि पार्टीको सर्बोच्च निकाय हो । खास गरेर वैचारिक-राजनीतिक तथा नीतिगत विषयहरूमा विशेष निर्णय गर्नुपर्दा राष्ट्रिय भेला तथा सम्मेलन अपुग ठानेर महाधिवेशनको आवश्यकता बोध गर्ने गरिन्छ । विप्लव समूहले कुन विशेष उद्देश्य तथा आवश्यकता बोध गरेर आठौँ महाधिवेशनको आयोजना गर्यो , यसले सैद्धान्तिक, वैचारिक साङ्गठनिक तथा कार्यदिशाका सम्बन्धमा केकस्ता विशेष निर्णयहरू गर्नलागेको छ, 'उही ''हात्ती आयो, हात्ती आयो फुस्सा" अथवा ''हगाइभन्दा पदाइ ठूलो " भनेझैं हुने हो की अरू केही भन्ने कुरा भोलिका दिनमा नै थाहा होला । पत्रपत्रिकाहरूले राजनीतिक प्रतिवेदनमा भएका कुरा भनेर केही सूचना र सन्दर्भहरू बाहिर ल्याए पनि यसको अन्तिम र ठोस निष्कर्षका लागि महाधिवेशन नै पर्खिनुपर्ने हुन्छ ।
बैद्य समूहमा छँदा विप्लव फौजी कार्यदिशाका समर्थक भनेर बुझिएका र “बुढाहरूले क्रान्ति गर्दैनन्” भनेर 'छटपटी' प्रदर्शन गर्ने पात्रका रूपमा चिनिएका पात्र हुन् l विप्लव समूहका २ वर्षका सडकदेखि सडकसम्मका गोलचक्करीय गतिविधिबाट अबका दिनमा सो समूहले अबलम्बन गर्ने वैचारिक पक्षका साथै नीति-योजना र कार्यक्रमहरूबारे आकलन गर्न सकिए पनि यसमा अहिल्यै निष्कर्ष निकालिहाल्नु चाहिँ हतारोको बुझाइ हुन्छ ।
एउटै पार्टीमा रहँदा विप्लवका तर्फबाट प्रस्तुत दस्ताबेज र पछि त्यसैले निर्देशित गरेको बाटोमा हिँडेको सो समूहका कतिपय बुझाइहरूलाई लिएर त्यतिबेर क्रान्तिकारी कोणबाट तीव्र प्रतिक्रिया, टिप्पणी र आलोचना भएका थिए । उनको दस्ताबेजमा जेजस्ता भ्रमपूर्ण र विरोधभासपूर्ण विचार थिए, त्यसप्रति तीव्र प्रतिक्रिया हुनु स्वाभाविक थियो । नयाँ जानवादी क्रान्तिप्रति अरुचि र अस्पष्टता, नेपाली समाजको वर्गचरित्र र अन्तर्विरोधको भ्रमपूर्ण व्याख्या, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी गलत बुझाइ, पेरिस कम्युनदेखि माओको समयसम्मको इतिहासको निषेध लगायत सत्ता साझेदारीको विषय विशेष टिप्पणी र आलोचनाका विषय बनेका थिए । अझ कार्यदिशाका नाममा अघि सारिएको पदावली ‘एकीकृत क्रान्ति’ ले निकै अन्योल र भ्रम उत्पन्न गराएको थियो । सबैभन्दा बढी बहस र विवादको विषय बनेको कार्यदिशा नै भ्रमपूर्ण हुनुले विभाजनको नियतमाथि नै प्रश्न उठेको थियो ।
वास्तवमा विप्लव समूहले नेपाल कम्युनिस्ट पार्टी-माओवादीबाट सम्बन्ध विच्छेदको जेजस्तो रूप अँगाल्यो, त्यसले प्रश्नहरू उठ्नु/उठाउनु स्वाभाविक बनेको थियो । प्रतिक्रियावादी सत्ताभित्रको ‘सत्ता साझेदारी’ को चाहना र अर्थनवर्थको कार्यदिशाका कारण क्रान्तिकारी कोणबाट यसलाई “उत्तरमालेमावादी चिन्तनको अभ्यास”, ‘क्रान्तिकारी शब्दाडम्बरभित्र दक्षिणपन्थी अभ्यास”, “विसर्जनवादको नयाँ स्वरूप” “बर्नस्टिनवादी चिन्तन” आदि भनेर विश्लेषण गर्नु स्वाभाविक थियो ।
अझ पछिल्ला दिनहरूमा फ्रान्सेली राज्यक्रान्तिले अघि सारेका भौतिकवादी आधुनिक मूल्यमान्यता र यसलाई समृद्ध पार्ने मार्क्सवादका विरुद्ध दार्शनिक, वैचारिक र व्यावहारिक तहमा साम्राज्यवादले अघि सारेको अन्त्यको सिद्धान्त 'उत्तरवाद' लाई स्वीकार गर्दै विप्लव समूहले 'उत्तर-साम्राज्यवाद' (post-imperialism) वकालत गरेपछि यसले अन्योल मात्र उत्पन्न नगरी अचम्मै मान्नुपर्नै स्थिति उत्पन्न भएको छ ।
साम्राज्यवादले नित्सेलाई अङ्कमाल गर्दै शून्यवादको सहारा लिएर सबै कुराको अन्त्य भयो, ‘उत्तर’ (post) भयो भन्यो । यसले पदार्थ र चेतनासम्बन्धी वैज्ञानिक मान्यतामाथि धावा बोल्यो । यथार्थको अन्त्य भयो, मार्क्सवादको अन्त्य भयो, भन्यो । यसले ‘उत्तर-मार्क्सवाद’ लाई अघि सार्यो । ‘उत्तर’ अर्थात् अन्त्यको सिद्धान्त प्रयोग गर्दै उपनिवेशवाद पनि अन्त्य भयो, साम्राज्यवाद पनि अन्त्य भयो, अर्थात् 'उत्तर' भयो भन्यो र ‘उत्तर-उपनिवेशवाद’ र ‘उत्तर-साम्राज्यवाद’को धारणा अघि सार्यो ।
साम्राज्यवादले ‘उत्तर’ अवधारणालाई मार्क्सवादको अन्त्यसित मात्र जोडेन, साम्राज्यवादको अन्त्यसित पनि जोडेर उसले आफ्ना आततायी र आतङ्ककारी व्यवहारमाथि पर्दा लगाउन खोज्यो । जसरी ‘उत्तर-मार्क्सवाद’ को अर्थ आजको मार्क्सवाद होइन, त्यसैगरी ‘उत्तर-साम्राज्यवाद’ को अर्थ आजको साम्राज्यवाद, साम्राज्यवादको पछिल्लो चरण र चरित्र होइन, यो भनेको साम्राज्यवादको अन्त्य भयो यो ‘उत्तर’ (post) भयो भनेको हो । संसारभरिका मार्क्सवादीहरूले बुझेको र व्याख्या गरेको सत्यतथ्य यही हो । यसो नभएर ‘उत्तर-मार्क्सवाद’ भनेको अहिलेको मार्क्सवाद हो र ‘उत्तर-साम्राज्यवाद’ भनेको अहिलेको साम्राज्यवाद हो, मेरो मार्क्सवाद मेरै अर्थ र व्याख्यामा चल्छ, मैले जे भन्छु, त्यही नै सत्य हो, मार्क्सवाद हो भनेर कसैले अड्डी कस्छ भने लेनिनले आफ्नो महत्त्वपूर्ण कृति के गर्ने ? मा भन्नुभएझैँ “धापैतिर लाग्नसमेत तपाईँहरू स्वतन्त्र हुनुहुन्छ” भन्नुबाहेक केहि भन्न र गर्न सकिंदैन ।
जानेर होस् अथवा नजानेर, विप्लको लेखन र कथनमा यो सन्दर्भले निरन्तर ठाउँ पाएको छ र फेरि पनि निरन्तरता पाउन सक्छ । कहिलेकाहीं भूलवस अथवा बुझाइमा रहेका समस्याले यस्ता विरोधासपूर्ण र गलत अभिव्यक्ति लिपिबद्ध हुनेगर्छन् । मार्क्सवादी त्यो हो, जसले वड़प्पन देखाएर गल्तीलाई ढाकछोप नगरी बरू, गल्ति बाट सिक्छ, गल्ती सच्याउन उत्साहित हुँदै तत्परता देखाउँछ । गल्तीकमजोरी महसुस गरेर सच्याउनु तथा सुधार्नु, सानो हुनु र कमजोर देखिनु होइन, बरु मार्क्सवादप्रति प्रतिबद्धता जनाउनु हो । असली मार्क्सवादीहरूले अहमका रूपमा लिएर कालोलाई रातो भनेर जिद्दी गर्दैनन् । मार्क्सवादले यसो गर भन्दैन । मार्क्सवादमा जङ्गेले बोलेपछि बोल्योबोल्यो, ठकुरी बाबुसाहेबले बोलेपछि बोल्योबोल्यो हुँदैन । यस सत्यलाई महाधिवेशनको दस्ताबेजले आत्मसात गर्नेछ भनेर आशा गर्नु अन्यथा नहोला ।
यी हिजो उठेका बहस र विवादका सन्दर्भहरू थिए । दस्ताबेज पढ्ने अवसर नपाएकाले विवादका यी सन्दर्भहरू सच्याइएका छन् अथवा यथावत छन् भनेर भन्न सकिने अवस्था छैन तापनि यस्तो नहोस् भनेर कामनाचाहिँ गर्न सकिन्छ ।
अब
मार्क्सवाद र वर्गीय प्रश्नलाई निषेध गर्दै साम्राज्यवादले पछिल्लो चरणमा 'उत्तरवादी’ धारणाको भूमण्डलीकरण गर्दै वर्ग होइन जात, क्षेत्र, लिङ्ग र पहिचान भन्दै समग्रता र एकताबद्धताका विरुद्ध विभाजन, विखण्डन, चकनाचुर र सनक (fad ) को राजनीति गरिरहेको छ । यसको मूल उद्देश्य साम्यवादी आन्दोलनलाई धस्त पार्नु हो l 'पहिचान', संघीयता र 'आत्मनिर्णयको अधिकार’ पढ्दा र सुन्दा ठिकैजस्तो लागे पनि यी खतरनाक सारतत्त्वका साथ नेपाली राजनीतिमा प्रवेश गरेका छन् l यस यथार्थलाई ध्यानमा राख्दै रूसको विशिष्ट अवस्था र क्रान्तिको विशिष्ट चरणमा लेनिनले अघि सार्नुभएको र पछि स्टालिन र माओले त्यसको सान्दर्भिकता समाप्त भएको भनेर घोषणा गर्नुभएको 'आत्मनिर्णयको अधिकार’ जस्तो घातक अवधारणाप्रति पनि विप्लव समूहले वैज्ञानिक निर्णय गरोस् भनेर कामना गर्नु अनुचित नहोला । वर्गीय प्रश्नभित्र नै सबै उत्पीडित जातजाति, क्षेत्र र लिङ्गको समस्या हल गर्नुपर्छ र गर्न सकिन्छ भन्ने कुरा बुझ्नु नै मार्क्सवादलाई बुझ्नु हो । मार्क्सवाद बाहिर समाधान खोज्नु भनेको साम्राज्यवादको गोटी बन्नु हो l
“वैज्ञानिक समाजवाद असफल” भएको छैन र “नेपालको माओवादी आन्दोलन पनि पराजित र असफल ” भएको होइन र छैन । यस्तो निष्कर्ष निकाल्नु गलत बुझाइ हो र निराशाभावको परिणाम हो । यसले धक्का खाएको अवश्य हो l पत्रपत्रिकामा विप्लव समूहले पार्टीको नामबाट माओवाद हटाउन लागेको भनेर समाचार आएका छन् । माओवादी पुच्छरको आवश्यकता छैन भनेर प्रचण्ड-बाबुरामले एक दशकअघि नै अमेरिकासम्म पुगेर साम्राज्यवादलाई आश्वस्त पार्न खोजेका हुन् ।
माओवाद पूच्छर पनि होइन, सामान्य नाम मात्र पनि होइन, यो लोगो पनि होइन, यो मूल्य हो र क्रान्तिकारिताको परिचायक हो, यो विशिष्ट चिनारी हो । आत्मगौरव र उदात्तताको प्रतिक हो । दुस्मनले भ्रम सिर्जना गर्यो , जनतामा यो 'बदनाम' भयो भनेर माओवाद हटाउनु भनेको आफैँमाथि विश्वास नहुनु हो, यो एक हिसाबले पलायनता हो । भगुवा प्रवृत्ति हो l दुस्मनले त केके भन्छभन्छ l भाग्ने होइन, लड्ने हो, माओवादलाई अझ स्थापित गर्ने हो । यसका सन्दर्भमा जुन तर्क विप्लव समूहले अघि सारेको छ, यो निरासाभावको उपज हो । यसले क्रान्तिकारी आशावादको प्रतिनिधित्व गर्दैन, बरू पलायनाताको ।
पहिले नामबाट माओवाद हटाउने र पछि विस्तारै कामबाट पनि माओवाद हटाउने स्थिति नआओस् भन्ने कामना गर्नु पनि अन्यथा नहोला l
अन्त्यमा,
महाधिवेशनपछि विप्लव समूहले कुन दिशा लिन्छ, त्यो पछिको कुरा हो । अहिलेलाई, यताका २ वर्षमा आर्जन गरेको व्यावहारिक अनुभवबाट केही सिकेर आफ्ना कमीकमजोरी तथा त्रुटीहरूप्रति विप्लव समूह सचेत बनोस् र इतिहासको वैज्ञानिक समीक्षा र संश्लेषण गरेर मालेमाको आलोकमा क्रान्तिकारी वैज्ञानिक कार्यदिशा निर्धारण गर्दै नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाओस् भनेर कामना मात्र गर्न सकिन्छ । शुभकामना मात्र दिन सकिन्छ l
ऋषिराज बराल

भिडियो फिचरview all