ताजा समाचार
गोलीले जनताको आवाज बन्द गर्न सक्तैन : गदर
“राज्यका दमनकारी नीतिनियमलाई लिएर प्रश्न उठाएकै भरमा कसैले पनि जनताको आवाज बन्द गर्न सक्तैन । फाँसी दिएर अथवा गोली ठोकर प्रतिरोधको आवाजलाई दबाउन सक्तैन ।यो दमन र उत्पीडनको विरोधमा निरन्तर लागिरहेका लाखौँ जनताको मनमस्तिष्कमा सदैव जीवित रहन्छ ।”
राज्यआतङ्कको विरोधमा आवाज उठाउने जो-कोहीलाई पनि आतङ्ककारी र पाकिस्तानको एजेन्ट भन्दै फासिवादी मोदी सरकारले दमन गरिरहेको अवस्थामा भारतमा जनगाएकका रूपमा बहुचर्चित गायक तेलङ्गना गुमादी भिथल अर्थात् गदर भने सहरी तथा आदिवासी क्षेत्रमा उत्पीडित जनताका पक्षमा र ‘अपरेसन ग्रीन हन्ट’ मार्फत माओवादीहरू तथा आदिवासी जनतामाथि चलाइएको हत्या अभियानका विरुद्ध गीतसङ्गीतको माध्यमबाट प्रतिरोधअभियान चलाइरहेका छन् । भर्खरै पनि उनले तेलङ्गानमा यस्तै विशाल कार्यक्रम सम्पन्न गरेका छन् । इन्जिनियरका विद्यार्थी तथा ब्याङ्कका कर्मचारी तेलङ्गना गुमादी भिथल सन् ८० को दशकदेखि ने आन्ध्रको जनआन्दोलनसित गाँसिए र भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार) को सांस्कृतिक मोर्चासम्बद्ध जननाट्य मण्डलीको संयोज बने । पंजाबको गदर विद्रोहबाट प्रभावित भएर उनले आफ्नो नाम पनि गदर राखे ।
जननाट्य मण्डलीले अपेरा र जनसङ्गीत मार्फत भारतीय प्रतिक्रियावादका विरुद्ध धावा बोलेपछि आन्ध्र सरकारले अवाञ्च्छित तत्व भन्दै पटकपटक उनलाई पक्डाउ गर्यो र ५ वर्षसम्म जेलमा राख्यो । सन् १९९७ मा एउटा यस्तै एउटा जनसङ्गीत कार्यक्रमका बीचमा पुलिसले गोली चलार उनलाई निसाना बनाउन खोज्यो । तर उनी बाँच्न सफल भए । भर्खरै भएको एउटा कार्यक्रममा उनले भनेका छन् :

सत्ताआतंकको विरोधमा उनी भन्छन् : “जब मेरा गीतहरू गोली बनेर प्रतिक्रियावादी सरकार र यसका मतियारहरू विरुद्ध प्रहार गर्न थाले प्रहरीहरूले ममाथि गोली प्हार गरेर मेरो आवाज बन्द गर्न खोजे । मेरो शरीरमा अझै गोलीका छर्राहरू छन् । र मलाई लाग्छ यी राज्यआतङ्कका प्रतीक बनेर मसितै रहनेछन् ।”
उनका भनाइमा : गीत उत्पीडित वर्गको आवाजलाई बुलन्द गर्ने एउटा महत्वपूर्ण माध्यम हो । यो लोक जीवनको जीवन हो । धेरै गायकहरूले जनताका लागि लड्दा प्राणको आहुति दिएका छन् । तर उनीहरूले गाएका गीतहरू जनमनका गति बनेर गुन्जिरहेका छन् ।
गदरले अमेरिकी गायक बब डिलोनलाई दिइएको साहित्यतर्फको नोबेल पुरुस्कारको पनि स्वागत गरेका छन् । यसलाई उनले अमेरिकी जनताको प्रतिरोधको आवाजलाई अनुमोदन गरिएको भनेका छन् र आफूजस्ता गायकहरूको सामाजिक भूमिकालाई स्वीकारिएको अर्थमा लिएका छन् । माओवादी सांस्कृतिक कर्मीका रूपमा फासिवादी सत्ताद्वारा आतङ्ककारीको सूचीमा राखिएका ६७ वर्षीय गदर अहिले पनि भौतिक र वैचारिक रूपमा त्यत्तिकै सक्रिय छन् र राज्य आतङ्को विरुद्ध र उत्पीडित जनताको पक्षमा गीतसङ्गीतको माध्यमबाट आवाज उठाइरहेका छन् । हिजोको ब्याज खाएर अहिले पनि माओवादी हुनुको नाटक गरिरहेका नेपालका 'माओवादी सांस्कृतिक कर्मीहरू' का लागि गदर उत्प्रेरणाको उदाहरण हुन सक्छन्

भिडियो फिचरview all