
माओवादीहरू भारतको पश्चिम क्षेत्रमा सक्रिय

भारतमा यतिखेर विभिन्न प्रान्तमा विधान सभाको चुनाव चलिरहेको र भाकपा (माओवादी) ले सक्रिय चुनाव वहिष्कारको अभियान चलाइरहेको अवस्थामा फ्रेब्रवरी २ का दिन नैनीतालको धारीमा छापामार शैलीमा सरकारी गाडी जलाएको घटना सेलाउन नपाउंदै त्यहाँ भेटिएका पर्चाहरू र नैनितालका भित्ताहरू जनयुद्धको समर्थन र चुनाव बहिष्कारको नाराले रङ्गिएपछि प्रहरी-प्रशासनका लागि थप टाउको दुखाइको विषय बनेको छ भनेर पनि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
माओवादीहरूले 'चुनाव बहिष्कार गरौँ', 'युवाहरूलाई रोजगारी दे' , 'रक्सी भट्टीहरू बन्द गर' , 'प्राकृतिक स्रोतसाधनमाथि जनताको अधिकार कायम गर' , 'उत्तराखण्डमा जनयुद्दलाई तीव्र पारौँ', 'भ्रष्ट सत्ताका विरुद्ध लडाइँ जारी राखौँ', 'जनयुद्धमा सामेल हौं', 'एउटा मात्र बाटो जनयुद्धको बाटो' जस्ता पोस्टरहरू चारैतिर टाँसेका छन् र प्रहरी-प्रशासन चाहिँ यी पोस्टरहरू च्यात्न र मेटाउन तल्लिन देखिन्छ । जति च्याते पनि रातारात टाँसिएका पोस्टरहरूका कारण प्रहरी-प्रशासन हैरान भएको कुरा पनि भारतीय सञ्चामाध्यमहरूले जनाएका छन् ।
(पुलिसहरू पोस्टर च्यात्तै र मेटाउँदै)

उत्तराखण्डमा सन् २००४ देखि माओवादी आन्दोलनले गति लिएको र त्यहाँको जङ्गल उनीहरूको तालिम केन्द्र भएको कुरा प्रहरीले बताएको कुरा पनि सञ्चामाध्यमहरूले उल्लेख गरेका छन् । सन् २०१४ मा माओवादीको वैधानिक मोर्चा ‘क्रान्तिकारी जनवादी मोर्चा’ ४ जनालाई पक्राउ गरिएको थियो ।
समाचार माध्यममहरूले दिएको जानकारी अनुसार उत्तराखण्डका अलमोडा तथा नैनीलताल क्षेत्रलाई विशेष क्षेत्र घोषणा गररे प्रहरीको तैनाथी बढाइएको छ र उनीहरूलाई हाइ एलर्टमा राखिएको छ ।
स्मरण रहोस्, भारतीय सत्ताधारी वर्गले उत्तराखण्डमा फेब्रवरी १५ मा विधान सभाको चुनाव घोषणा गरेको छ ।
०००
भिडियो फिचरview all