ताजा समाचार
सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’
सरस्वती मोहोरा
“...यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु ...।”
हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने सशक्त माध्यम भनेको कलासाहित्य नै हो । जीवनलाई हेर्ने दृष्टिकोणले वर्गपक्षधरता छुट्टिन्छ भने जीवनलाई हेर्ने दृष्टिकोणको अभिव्यक्तिको वर्गसाहित्यलाई पनि छुट्टयाउँछ । यसै र प्रगतिवादी कला चेतना वा प्रगतिशील साहित्य, जीवन जस्तो छ, त्यस्तै इमान्दारीपूर्वक जीवनको अभिव्यक्ति र जीवनलाई हेर्ने दृष्टिकोण दुवै हो । यसैक्रममा कविता-कथामा अपुग बनेका बराल सरका केही मनहरू , केही अनुभूति र अनुभवहरुको प्रभावकारी, सुन्दर मर्मस्पर्शी प्रस्तुति शब्दचित्र– फेरि लालभञ्ज्याङमा उभिएर पढ्न पाइयो।
ऋषिराज बराल, बुर्जुवा र क्रान्तिकारी दुवै फाँटमा आआफ्नै ढङ्गले परिचित नाम । प्राज्ञिक-बौद्धिक, साहित्यका अध्येता, व्याख्याता, सर्जक पनि । अखिल नेपाल जनसांस्कृतिक सङ्घसित सम्बद्ध सांस्कृतिक नेताका रूपमा प्रवास र स्वदेश दुवैतिर स्थापित हस्ताक्षर पनि l उहाँको परिचय अरू बढी राख्न पर्दैन सायद ।
अब बराल सरको मन छुने शब्दचित्र सङ्ग्रह 'फेरि लालभञ्ज्याङमा उभिएर’ को चर्चा गरौं ।
नेपाली वर्गसङ्घर्षको आँधीमय पृष्ठभूमिमा जन्मिएर त्यसैमा हुर्किएको र फेरि निरन्तर निरन्तर क्रान्तिको माग गर्दै लाल भञ्ज्याङमा उभिने कृति फेरि लाल भञ्ज्याङमा उभिएर नामै मात्रले पनि क्रान्तिकारी संवेदना जगाइदिने गर्छ ।
विगत १० वर्षदेखि वर्गसङ्घर्षले जन्माएको जीवनलाई त्यसको आफ्नै रङ्गमा जस्ताको तस्तै प्रस्तुत गर्न सक्नु चानचुने कुरा होइन नै । बुर्जुवा लेखक- कलाकारहरू आफ्ना कलासंस्कृतिका माध्यम आफ्नो जीवनदर्शन, दृष्टिकोणलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्न त सफल हुन्छन्, तर जीवन जस्तो छ, त्यसलाई त्यसकै रूपमा प्रस्तुत गर्न भने असफल हुन्छन् अथवा भनौँ बेइमान हुन्छन् ।
पहिलो कुरा, कोठाभित्र सफा टेबुल अगाडि राखेर चियाको चुस्कीसितै कोरिएको अथवा काठमाडौँको कुनै क्याफेमा बसेर गरेको गफ जस्तो हल्का र सजिलो हुँदैन सङ्घर्षको जीवन । समाजमा वर्ग छ, त्यसैले जीवनको रङ्ग यतिखेर रातै छ । सामाजिक विकृति र कुरूप यथार्थका विरुद्ध सहिदको रगतको रङ्ग नै यतिखेर जीवनको रङ्ग बनेको पक्कै हो । त्यसो त कलासाहित्य र प्रतिभाको माध्यम जीवनलाई इमान्दारीपूर्वक प्रस्तुत गर्ने हो भने, जीवनलाई साँच्चै नै भोग्ने हो भने उसले महान् क्रान्तिको भट्टीमा आफूलाई होम्नै पर्दछ, तब मात्र तातोरातो जीवनलाई बुझिन्छ र सिर्जनाको सार्थकता पनि त्यसैमा छ । यस्तै सन्देश बुद्धिजीवी लेखक, सर्जक सबैलाई लाल भञ्ज्याङले दिइरहेको छ भन्ने लाग्छ ।
दोस्रो, वर्गसङ्घर्षले जन्माएको नयाँ जीवन, नयाँ यथार्थको आकर्षक प्रस्तुति ‘सिम्लीकी आमा’ मा लेखकले गोर्कीकी आमाभन्दा हाम्री आमाहरू अग्ली हुनुपर्ने इच्छित आदर्शको कुरा गर्नुभएको छ र गोर्कीकी आमाभन्दा हाम्रा आमाहरू नै अग्ली हुनुहुन्छ भन्ने पनि देखाउनुभएको छ । गोर्कीकी आमा भर्खरै क्रान्तिमा लाग्नुभएको छ र छोरो सहिद बनेको पीडा पनि उनलाई छैन । तर ग्रिनेड बोकेर हिड्ने, छापामार बनिसक्नु भएकी सिम्लीका सहिदहरूकी हाम्री आमा र उहाँजस्तै थुप्रैथुप्रै अरू आमाहरू– छोराको सहादतको खबर छातीमा कतै थिचेर बेनी मोर्चाबाट फर्केको विजय उत्सवमा फूलमालासहित सरिक हुनुहुन्छ । सबैभन्दा अग्रीम पंक्तिमा उभिनुहुन्छ ।
हामी सबैलाई थाह छ– नेपाली समाज क्रान्तिको प्रक्रियाबाट गुज्रिरहेको छ र सम्पन्न हुन बाँकी छ । आमाहरूका लागि अहिले नै साम्यवादको आकाङ्क्षा पलाएको छ । आमाहरूको भावना, नयाँ समाजमा हुने सबैलाई आफ्नै, एउटै, बराबरी गर्ने साम्यवादी सांस्कृतिक रूपान्तरण पलाइसकेको छ । साँच्चै, जीवनको प्रकृति, जीवनबाट टिपिएको सुन्दर विम्ब कृतिकारले सुन्दर ढङ्गले आफ्नो सिर्जनामा समेट्न सक्नुभएको छ । साथै नेपाली क्रान्तिसँगै विडम्बना र विसङ्गतिहरू पनि कसरी प्रस्तुत भइरहेका छन् भन्ने कुरा पनि उहाँले देखाउनुभएको छ । नेपाली क्रान्ति धेरै अगाडि पुगिसक्यो, नयाँ लु सुन र नयाँ गोर्कीहरू सयौँको संख्यामा जन्माउनु पर्ने माग नेपाली क्रान्तिले गरेको भन्ने उहाँको भनाइको अर्को पाटोलाई बुझ्न गाह्रो पर्दैन ।
तेस्रो, लेखक लालभञ्ज्याङमा पहिले पनि उभिनु भएकै हो । तर यसपालीको लेखकको उभ्याइ धेरै फरक र धेरै चुनौतीपूर्ण छ । यसपटक अठोट र प्रतिबद्धताहरू मात्र बाँडेर लेखकले लालभञ्ज्याङमा मुठ्ठी उचाल्नुभएको छैन । नेपाली क्रान्तिको अन्तिम विजयको सर्तमा अब हुने भीषण लडाइँमा, सांस्कृतिक प्रत्याक्रमणको झण्डा पनि लालभञ्ज्याङबाटै उठाउनु भएको छ । त्यो दुस्मनको विरुद्ध मात्रै होइन, अब आफ्नै विरुद्ध पनि घोषित र लक्षित कार्य बनेको छ । मलाई लाग्छ, लालभञ्ज्याङको आकर्षणको केन्द्रबिन्दु यही नै हो र यसलाई बोध गर्न सके नै यसका तरङ्गहरूलाई पनि महसुस गर्न सकिन्छ । यो नयाँ सांस्कृतिक लेखनको सुरुवात पनि हो र नयाँ लु सुन र नयाँ गोर्कीहरू जन्माउने अभीष्ट पनि सायद यही नै हो । आफ्नै विरुद्ध धावा बोलेर नदीको वेगको विपरीत बग्ने साहस पनि लेखकले गर्नुभएको छ, त्यसलाई सह्राहनीय मान्नैपर्ने हुन्छ ।
निकै मार्मिक प्रस्तुति छ । दुस्मनको विरुद्ध पूरै लड्न सकिए पनि, आफ्ना विरुद्ध आफैँलाई पनि दुई फ्याक पारेर, भाग लगाएर लड्नु त्यति सजिलो हुँदैन नै । माओको नजिक बनेका लिन प्याओहरू जस्ताका विरुद्ध भने जेहाद छेड्नैपर्छ । लेखकीय आसयबमोजिम लिन प्याओहरू जन्मिने मुहानमा नै कुचो लगाइदिनु पर्दछ । ठीकै पनि हो ।
लिन प्याओहरूको संस्कार बोक्ने धमिराहरूले क्रान्तिपथमा जीवनलाई दिशाबोध गर्ने पथको सुन्दर गीत गाइरहन सक्तैनन् । क्रान्ति भनेको विज्ञान हो र विज्ञानले प्रतिभाहरू जन्माएर क्रान्तिलाई अभीष्टमा पुर्याऊँने हुँदा प्रतिभाहरूका विरुद्ध उभिने लिनप्याओहरू मूर्दावाद ! भन्नैपर्ने हुन्छ । चौतर्फी रूपमा देखिन थालेका सांस्कृतिक विद्रूपता र विसङ्गतिका विरुद्ध, सहिदको मूल्यविरुद्ध जाने संस्कृतिका विरुद्ध सांस्कृतिक प्रत्याक्रमणको नयाँ मोर्चाबाट पनि लडाइँ छेड्नुपर्छ । अब जमिन्दारी चिन्तन, युद्ध सरदारवाद, मासुभाते संस्कृति, दक्षिणपन्थी आत्मसमर्पणवाद, जडसूत्रवादी सङ्कीर्णवाद मूर्दावाद ! किन नभन्ने ? त्यसरी नै नेपाली क्रान्तिको बाँकी कार्यभार, महान् विजयका लागि लेखककै सुन्दर शब्दहरू टिपेर बरु हामीले पनि भनौँ : “फूलहरू, राता फूलहरू– जिन्दावाद !”
कमीकमजोरीको पाटा हेर्ने/केलाउन बाँकी नै रहे पनि अहिलेलाई सुन्दर र आकर्षक र नवीन शैलीमा लेखकले जसरी सुन्दर विचारको प्रस्तुति गर्नुभएको छ, यो सांस्कृतिक लेखनमा नयाँपनको सुरुवात हो, यो साहसको लेखन पनि हो । यस अर्थमा यो आफैँमा सुन्दर र आकर्षक छ भन्नैपर्ने हुन्छ ।
(जनादेश : २०६२)

भिडियो फिचरview all