
प्राध्यापक बेला भाटियालाई ज्यान मार्ने धम्की

२३ जनवरीका दिन सुमो गाडी तथा मोटरसाइकलमा आएका ३० जना भिजिलान्ते केटाहरूले आधा घण्टाभित्र उनलाई बस्तर नछाडे सिध्याइ दिने धम्की दिएपछि र घर धनीलाईसमेत धम्की दिएपछि २४ घण्टाभित्र घर छाड्ने कागज गराएर गुन्डाहरू हिँडेका थिए ।
बस्तरमा मानवअधिकार तथा न्यायको क्षेत्रमा काम गर्ने वुद्धिजीवीहरूलाई त्यहाँको प्रहरी प्रशासनले “सुकिला नक्सली’ को संज्ञा दिएर अघोषित रूपमा प्रवेशमा रोक लगाएको छ । त्यहाँको प्रशासनले केही दिनअघि मात्र आन्ध्रबाट त्यहाँ आएका सात जना अधिकारकर्मी वकिल तथा पत्रकारहरूलाई गिरफ्तार गरी “नक्सलीलाई सघाएको” भनेर जेलमा राखेको छ । बेला भाटियाले महिलामाथि भएका हिंसा, प्रहरीले गरेको बलात्कारका घटनालाई उछालेको भनी पहिले पनि प्रहरी र स्थानीय भिजिलान्तेहरू मिलेर उनको पुतला जलाएका थिए ।
बेला भाटियालाई बस्तर छाड्न दिइएको धम्कीका बारेमा वकिल तथा बुद्धिजीवीहरूले बस्तर प्रशासन तथा प्रहरी प्रमुखसित कुरा गर्दा प्रहरी प्रमुखले उल्टै महिला वकिलमाथि दुर्व्यवहारको भाषा (FU-एफ यु) प्रयोग गरेपछि यो विषय अहिले भारतीय सञ्चारमाध्यमहरूमा विशेष चर्चाको सन्दर्भ बनेको छ । पत्रिकाले सो फेसबुकको फोटो प्रकाशित गरेर छत्तिसगढका प्रहरीहरू पढेलेखेका महिलाहरूसित त यस्तो व्यवहार गर्छन् भने आम नागरिक तथा आदिवासी महिलाहरूसित कस्तो व्यवहार गर्दा होलान् भनेर आश्चर्य प्रकट गरेका छन् ।
बेला भाटिया

यसैबीच प्राध्यापक बेला भाटियामाथि भएको दुर्व्यवहाको भत्र्सना गर्दै महिलामाथि हुने हिंसात्मक अपराधका विरुद्ध काम गरिरहेको संस्था ‘उमन एग्नेस्ट सेक्सुअल भाइलेन्स एन्ड स्टेट रिप्रेसन’ ले “अपराधीहरूमाथि कारबाही गर्नुपर्नेमा उल्टै डिआइजीले जथाभावी मुख छाडेर नक्सलीलाई सहयोग गर्नेहरूलाई बलात्कार गर्ने र नक्सलीका कुकुरहरूलाई बस्तरबाट सदाका लागि समाप्त पार्ने भनेको” भनेर बस्तर प्रहरीको व्यवहारको निन्दा गर्दै कारवाहीको माग गरेको छ ।
सो संस्थाले निकालेको वक्तव्यमा, बेला भाटियामाथि भएको दुर्व्यहारबारे प्रश्न सोद्धा उल्टै '' FU" गर्छु भन्ने प्रहरी प्रमुख कल्लुरीलाई त्यहाँबाट हटाउनु पर्ने, उनको निर्देशनमा बस्तरमा भएका जनतामाथिको दमन र महिलाहरूमाथि भएका हत्या तथा बलात्कारका घटनाको छानबिन हुनुपर्ने कुराको माग गरिएको छ ।
भिडियो फिचरview all