
लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी

खासगरेर चारुको मृत्युपछि बंगालमा अस्तव्यस्त अवस्थामा पुगेको माओवादी आन्दोलनलाई सही दिशा दिन कमरेड किसनजीको महत्त्वपूर्ण भूमिका छ सन् २००४ मा पिपुल्स वार र बिहार-बङ्गालमा सक्रिय माओइस्ट सेन्टरबीच एकता प्रक्रियालाई अगाडि बढाउन उनको महत्वपूर्ण भूमिका रह्यो ।
२००७ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एकता अधिवेशनपछि उनको भूमिका झन् बढ्यो । बङ्गाली पनि राम्रोसित बोल्न सक्ने राव पार्टीमा प्रह्लाद, रामजी, बिमल र किसनजी नामले परिचित थिए र हत्या हुँदाको समयमा उनी माओवादी पार्टीको ‘इस्टर्न रिजनल ब्युरो’ सदस्य तथा सो ब्युरोको प्रवक्ताको जिम्मेवारीमा थिए । उनकै नेतृत्त्वमा लालगढ ऐतिहासिक जनआन्दोलन भएको थियो ।
उनलाई नायक बनाएर नवभारत टाइम्सक वरिष्ठ पत्रकार सिन्धेन्धु भट्टाचार्यले लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी शीर्षकमा एउटा किताब तयार पारेका छन् ।
यस पुस्तकमा नक्सलबाडी किसान आन्दोलनदेखि किसनजीको हत्या भएको समयसम्मका घटनाहरूलाई समेटिएकोछ । उनले लेखेका छन् :
“१९९५ दृखि २००८ सम्म किसनजी बङ्गालको नक्सलवादी आन्दोलनलाई पुनर्जीवित गर्ने मूल योजनाकार थिए । माओवादी आन्दोलनमा उनको जति अनुभव भएका माओवादीहरू थोरै थिए । १९८० को दशकमा सिपिआइ (एमएल) (पिडब्ल्यु) को विकास कालमा अहिलेका महासचिव गणपति पनि उनीअन्तर्गत काम गर्थे ।
एउटा गाउँदेखि अर्को गाउँमा पुलिस स्टेसनको वरिपरिसमेत पिठ्युँमा ल्यापटपको झोला, साइडमा ए.के. फिप्टिसेवेन भिरेर सुरक्षा कमान्डका साथ हिँड्ने ५४ वर्षीय त्यो मान्छेको एउटा मोबाइल फोन नै भारत सरकार र राज्यसरकारको प्रतिरोधका लागि पुग्दो थियो ।"
उनको पुस्तक लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी को समीक्षा गर्दै निशान्त छिन्कवीले लेखेका छन् :
''यो पुस्तक खास गरेर राजनीति र जनता र राष्ट्रको सामाजिक परिवर्तनमा लागेकाहरूका लागि एकदमै आवश्यक पुस्तक हो ।"
उनले अगाडि लेखेका छन् :
“लालगढ शान्त छ, मेलमिलामका रहेको देखिन्छ, छ, तर उसले न्यायका लागि पर्खेर जेलजीवन बिताइरहेका आफ्ना छोराछोरीहरूलाई बिसैको छैन ।”
भिडियो फिचरview all