menu

ताजा समाचार

राज्यआतङ्क विरुद्ध भारतीय बुद्धिजीवीहरू

भारतको छत्तिसगढ राज्यका विभिन्न जिल्लामा  भएका राज्यआतङ्कका विविध घटनालाई लिएर हैदराबादबाट गएको त्यसतर्फ गएको ‘तेलङ्गना प्रजातान्त्रिक मञ्च’ का ७ जना सदस्यहरूलाई उल्टै पक्राउ गरी जेलमा राखेको विषयले यतिखेर भारतीय बौद्धिक क्षेत्र आश्चर्यचकित मात्र नभएर आक्रोसित पनि भएको कुरा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसै सन्दर्भमा ‘छत्तिसगढमा शान्ति र न्यायका लागि अभियान’, (CPJC), ‘राज्यआतङ्क र महिला हिंसा विरुद्धको अभियानमा मसिहलाहरू’  (WSS) नामक संस्थाहरूले पत्रकार सम्मेलन गरी “छत्तिसगढमा प्रजातन्त्रको हत्या भएको छ’ भन्दै  यसका लागि आवाज उठाउन पत्रकार मानवअधिकारवादी क्षेत्रलाई आह्वान गरेका छन् ।

पत्रकार सम्मेलन ती संस्थाका महिला अधिकारकर्मीहरूले जेलमा रहेका मानवअधिकारवादीहरूलाई बाहिरका मान्छेहरू र आफन्तहरूसित वनि भेट्न नदिएको, कुटपिट र हत्याको धिम्की दिएर “आफू माओवादी भएको र माओवादीहरूलाई पैसा दिन छत्तीसगढ आएको” कुरा स्वीकार गरेर कागज गर्न दबाब दिएको कुराको जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा दन्तेवाडाको अदालतमा प्रहरीले प्रतिबन्धित नक्सली सामग्री भनेर तेलगु भाषाका बजारमा पाइने साहित्यिक पुस्तकहरू प्रमाणका रूपमा  पेस गरेको, बन्दीका तर्फबाट वकिल राख्न नदिएको र अदालत ल्याउँदा पनि हात र खुटटामा सिक्री लगाएर ल्याएको कुराको पनि जानकारी दिइएको थियो । भारतीय पत्रिका भन्छन् : समितिकी प्रतिनिधि  अधिवक्ता सावित्रीले भनिन् : “प्रहरी आतङ्कको अलिकति पनि विरोध गर्नेहरू बस्तरमा नक्सली ठाहरिन्छन् ।”

सोही समतिकी सदस्य प्राध्यापक तथा लेखिका नन्दिनी सुन्दरले “मान्छेहरू जो त्यस क्षेत्रमा भएका पुलिस दमन र आतङ्कका साथै महिलामाथि भएका बलात्कार र हिंसाका घटनाबारे जानकारी लिन आउँछन्,  ती प्रहरीको निसानामा पर्छन्” भनिन् । उनले अगाडि भनिन् “ सो क्षेत्रमा ९ वर्षको वालकलाई समेत ‘खुँखार नक्सली’ बनाएर हत्या गरिएको छ ।

भारतीय माध्यमहरू भन्छन्—पत्रकार सम्मेलनमा छत्तिसगढ राज्यमा भएका राज्यआतङ्कका  विषयमा पत्रकार तथा बौद्धिक क्षेत्रले गम्भीरताका साथ प्रश्न उठाएर त्यहाँ प्रजातन्त्र बहालीका लागि  भूमिका खेल्न पनि अनुरोध गरिएको थियो ।

भिडियो फिचरview all