
माओवादीलाई सघाएको भन्दै अर्का वकिल पक्राउ

भारतको तमिलनाडु राज्यअन्तर्गत थोनी जिल्लाका ए मरुगन १० वर्षदेखि वकिल पेशामा छन् र मदुरार्इमा बसेर उनले उत्पीडित र निसहाय जनताका मुद्धा हेर्दैआएका छन् । समाचारपत्रहरूका अनुसार उनको बढी परिचय ‘नक्सलीहरूको मुद्दा हेर्ने’ वकिलका रूपमा रहेको छ ।
सञ्चार माध्यमअनुसार उनले २००७ देखि प्रहरीले खतरनाक नक्सली भनेर जेलमा राखेका स्थानीय माओवादी नेता तथा कार्यकर्ताहरू चन्द्रा (४५) र जानकी (५२) लगायत स्थानीय नेता मुरुगामको मुद्दाको बहसपैरवी गरिरहेका छन् र उनलाई यी मुद्दाबाट पछि हट्न प्रहरीले वारम्वार दबाब दिँदैआएको छ । यी मुद्दाको फैसलाको चरणमा हुने बहसपैरवी वञ्चित गर्न अहिले ए मरुगनलाई माओवादीको पक्षमा प्रचारप्रसार गरेको र माओवादी साहित्य घरमा राखेको भनेर अभियोग लगाएर राती घर घेरेर पक्राउ गरिएको छ र उनको मोबाइल लगायत मुद्धाका सबै मिसिलहरू तथा प्रमाणहरू जफ्त गरिएको छ ।

यसैबीच एउटा फ्लाइओभर निर्माण कम्पनीसित सम्बद्ध कार्यक्रममा सहभागी भएको र जुलुसमा भारतीय झण्डा च्यातेको भन्ने आरोप लगाएर सन् २०१६ को जुलाईमा सलेमन केन्द्रीय जेलमा राखिएका सामाजिक कायकर्ता पियुस मानुसलाई जमानतमा छोडिएको छ । उनले पत्रकार सम्मेलन गर्दै आफूलाई ३० जना प्रहरीले अमानवीय यातना दिएको, आफूलाई पछिका दिनमा सरकारका विरद्ध नलेख्न र नबोल्न चेतावनी दिएको भन्दे उनले जेलमा दिइएको यातनाको फुटेजहरू सार्वजनिक गरेका छन् ।
भिडियो फिचरview all