
फ्यालिएला त कन्सुलर कार्यालयको झण्डा ?

विषयवस्तुको आयाम सानो हुनुको साथै, नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले बाहिरका कार्यक्रमहरूभन्दा सदनका कार्यक्रममा बढी चासो र क्रियाशीलता देखाएको र देशव्यापी सङ्गठनात्मक जालो नभएको, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को देशव्यापी सङ्गठन भए पनि कार्यक्रमलाई औपचारिकतामा मात्र लिएको र कार्यक्रममा कायकर्ताहरूले नै उपस्थित हुन सक्रियता नदेखाएको र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पनि महाधिवेशनमा बढी समय दिनु परेकाले अपेक्षित सक्रियाता देखाउन नसकेको भन्ने टिप्पणी रहेको छ। परन्तु, विप्लव समूहको चाहिं यस किसिमको कार्यक्रमका लागि आफूहरूले नै बढी पहल गरेको र आफ्नो समूहको क्रियाशीलताले नै कार्यक्रम त्यति प्रभावकारी हुनसकेको भन्ने भनाइ रहेको छ ।
यति महत्त्वपूर्ण कार्यक्रममा आम नागरिकलाई सहभागी हुन जोड गर्नु पर्नेमा कार्यकर्ता नै अल्छी लागीलागी उपस्थित हुनु टिप्पणीको विषय बन्छ नै l सङ्खुवासभामा सङ्गठनात्मक रूपमा मसाल समूहको स्थिति शून्यजस्तै रहे पनि माउ सङ्गठनका रूपमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को जुन किसिमको उपस्थिति र उत्साह देखिनुपर्ने थियो, त्यो हुन नसकेका कारण सङ्खुवासभाको कार्यक्रम विप्लव समूहको एकल प्रस्तुति जस्तो भएको कुरा पनि चर्चाको विषय बनेको छ l
तीन पार्टीले गर्ने भनेको अर्को कार्यक्रम भारतले जबर्जस्ती किसिमले विराटनगरमा राखेको कन्सुलर कार्यालय हटाउने विषयसित सम्बद्ध छ। काठमाडौमा काठमान्डौमा भएको विचार गोष्ठीमा विराटनगरको कन्सुलर कार्यालय हटाएरै छाड्ने, झन्डा निकालेर फ्याल्ने प्रतिबद्धता जनाएका कमरेड किरण र विप्लवले साँच्चिकै त्यो झन्डा निकालेर फ्याल्लान् अथवा आफूलाई भाषणमै सीमित राख्लान्, यसका लागि पुस २९ लाई पर्खिनुपर्ने हुन्छ ।
भिडियो फिचरview all